स्वास्थ्य सेवा सुधारका कार्यक्रम ‘निरोगी नेपाल अभियान’
०९ कार्तिक २०८१
•
४ मिनेट पाठ
स्वास्थ्य सेवा सुधारका कार्यक्रम ‘निरोगी नेपाल अभियान’
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्रालयको पदभार ग्रहण गरेको एक सय दिन पुगेको अवसरमा स्वास्थ्य सेवा र संस्था सुधारमा जोड दिएको घोषणा गरे। यो अवधिमा नागरिकको स्वास्थ्य सेवामा गुणस्तरीय सेवासहितको पहुँचका लागि काम गरेको उनले बताए।




यो अभियानका लागि बढ्दै गएका नसर्ने रोग, मुटु, मिर्गौला र क्यान्सरजस्ता समस्यामा सेवा विस्तार गरेको जनाए। मिर्गौला र क्यान्सर रोगको समयमै पहिचानका लागि प्राथमिक स्वास्थ्य केन्द्रमै यसको परीक्षण गर्ने गरी व्यवस्थापन गर्न लागेको बताए। उनले भने, ‘पहिलो र दोस्रो चरणमै मिर्गौला तथा क्यान्सरको पहिचान भयो भने निको पार्न सकिन्छ ढिला भएमा उपचारले पनि काम नगर्ने भएकाले सुरुकै अवस्था पहिचान गर्ने गरी काम गर्न लागेको छु,’ उनले भने।

यसका लागि स्थानीय स्वास्थ्य संस्थामा यी रोगको पहिचान हुने गरी सेवा विस्तार गर्न लागेको पौडेलले जानकारी गराए। ‘तर यो कार्यक्रमका लागि बजेटको कमी छ,’ उनले भने, ‘आम नागरिकको घरनजिक गएर मिर्गौलाको जाँच गर्न जानुस् भन्न चाहन्छौं तर स्रोत र जनशक्ति जुटाउन नसकेकाले समयमै भन्न पाएको छैन।’

मन्त्री पौडेलले अबको तिन महिनामा सबै व्यवस्थापन गरेर कार्यक्रम लागु गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गरे। तर मिर्गौला प्रत्यारोपणमा नाता विस्तार गर्ने कुरा सम्भव नभएको, यसको सट्टा मृत्युपर्यन्त अंगदानलाई प्रभावकारी बनाई सेवामा पहुँच पु¥याउने उनले बताए। ‘मिर्गौला दातामा नाता विस्तार गर्दा अंग बेचबिखनले प्रश्रय पाउँछ, यसो हुन सक्दैन,’ उनले भने।

त्यसैगरी ‘निरोगी नेपाल, निरोगी पुस्ता’ निर्माणका लागि कार्यक्रम सुरु गरेको मन्त्री पौडेलले जानकारी दिए। सबै प्रदेशमा मुटु तथा मिर्गौला सेवाको थालनी, आरोग्य केन्द्रको विस्तार, किशोरीहरूलाई यही वर्षदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप, सुत्केरी महिलाको मानसिक स्वास्थ्यका लागि प्रसूति अस्पतालमा मानसिक स्वास्थ्य सेवा विस्तार गरिसकेको बताए।

स्वास्थ्य बिमालाई हालको एक लाखको दायराबाट पाँच लाखको दायरामा पु¥याउने, कुनै पनि रोगको जाँच नेपालमै हुने गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको स्तरोन्नति गर्ने तयारी गरेको उनले जानकारी दिए।

त्यस्तै चिकित्सा शिक्षामा सिट थप गरी विषयगत कार्यक्रम थप गरिएको छ। जसमा राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत एमडी र एमबिबिएस कक्षा विस्तार गरिने बताए। ‘समिति बनाएर मुख्य काम थालेका छौं। प्रधानमन्त्रीज्यूसँग पनि कुराकानी भइरहेको छ। हामीले कुराकानी गरेको विषयवस्तु बुझाउन बाँकी छ,’ उनले भने, ‘घरखेत जोड्नका लागि यो गरेको होइन। हामीले बनाएको संविधान स्वास्थ्य क्षेत्रमा लागु गर्नका लागि यो गरेका हौं।’

मुटु, फोक्सो, मिर्गौला र क्यान्सर उपचारका निमित्त बिमाको कुरा गर्दै छौं। धर्मभक्त अंग प्रत्यारोपण केन्द्रलाई सूर्यविनायकमा स्थानान्तरण गर्दै छौं। अर्थ मन्त्रालयले ४० रोपनी जग्गा हेरेको र सुनिश्चित भइसकेको छ। उनले अंग प्रत्यारोपण सेवाविस्तार गर्दै हालको राष्ट्रिय धर्मभक्त केन्द्रलाई हालको स्थानवाट सूर्यविनायकमा सार्ने गरी ३० रोपनी जग्गाको सुनिश्चित भइसकेको जानकारी दिए।

मन्त्री पौडेलले स्वास्थ्य बिमामा सुधार गरी कुनै पनि औषधीको मूल्य नबढ्ने गरी समायोजन गर्ने तयारी भएको, यसका लागि औषधी ऐनको प्रतिस्थापन विधेयक तयार भएको, आधारभूत अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति र बजेटका लागि कार्य भइरहेको, संघीय अस्पतालमा दुई सत्रमा बहिरंग सेवा विस्तार गरेको, अस्पतालमा रहेका पुराना उपकरणको उचित उपयोग गर्न मर्मत कार्य भइरहेको छ। यसका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता भई काम भइरहेको उनले जनाए।

स्वास्थ्य सेवाका लागि बेलायत सरकारसँग १२ मिलियन पाउन्ड सहयोग हुने र पोषण कार्यक्रमका लागि अमेरिकी सरकारबाट ७२ मिलियन रूपैयाँ सहयोग गर्ने सम्झौता भएको जानकारी दिए। यसका साथै निरोगी पुस्ताका लागि नवजाति शिशुको स्वास्थ्य जाँचको नवजात शिशु मुटु परीक्षण सेवा विस्तार भएको छ।

त्यसैगरी यो अवधिमा मन्त्रालयले वीर अस्पतालको बन्द जलन उपचार सेवा पुनः सञ्चालनमा ल्याएको र सातै प्रदेशमा निःशुल्क जलन उपचार सेवा विस्तार गरेको छ। हैजा तथा डेंगीजस्ता संक्रमण रोगको व्यवस्थापनका लागि स्थानीय तहसँग बैठक बसी सहकार्य गर्ने व्यवस्था गरेको छ।

डेंगी, हात्तीपाइले सार्ने लामखुट्टेको मलिक्युलर परीक्षण ल्याब सञ्चालन, वैशाखदेखि मंसिरसम्म ‘लामखुट्टेको बासस्थान खोज र नष्ट गर’ कार्यक्रमअन्तर्गत हरेक शुक्रबार सफाइ कार्यक्रम सञ्चालन गरेको छ। त्यसैगरी विश्वमा महामारीको रूप लिँदै गएको एमपक्सको पनि सातै प्रदेशमा १४ वटा अस्पतालमा उपचारको व्यवस्थापन गरेको छ।
अर्को समाचार
स्वास्थ्य मन्त्री पौडेलले निःशुल्क घोषणा गरेको हेमोफिलियाको औषधि नेपाल आइपुग्यो
२३ वैशाख २०८२
•
१ मिनेट पाठ
स्वास्थ्य मन्त्री पौडेलले निःशुल्क घोषणा गरेको हेमोफिलियाको औषधि नेपाल आइपुग्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले घोषणा गरेको रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई वितरण गर्ने निःशुल्क औषधि नेपाल आएको छ।




समस्या परेका नागरिकलाई निःशुल्क औषधि उपब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व हेमोफिलिया महासंघबिच गत फागुन ४ गते सम्झौता भएको थियो।

सम्झौता अनुसारको औाषधि स्वास्थ्य सेवा विभागमा आइपुगेको र अब वितरण प्रक्रिया सुरु हुने व्यवस्थापन महाशाखाका प्रमुख डा. पवनजंग रायमाझीले जानकारी दिए।

'पाँच प्रकारका औषधि आएको छ,' उनले भने, 'आवश्यकताअनुसार वितरण सूची तयार गरी अस्पतालमा पठाइने छ।'

मन्त्रालयले संघीय राजधानी काठमाडौंका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल तथा सिभिल अस्पतालमार्फत औषधि वितरण गर्ने भएको छ।

यसका अलावा सातै प्रदेशका अन्य थप १० प्रादेशिक अस्पतालहरूमा औषधि पुग्ने व्यवस्था मन्त्रालयले मिलाएको छ। गत माघ १० गते सरकारी अस्पतालमार्फत यस्तो सुविधा उपलब्ध गराउने स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले निर्णय गरेका थिए।

निकै महँगो औषधि अवश्यक पर्ने रोगको उपचारका लागि धेरै बिरामी तथा सरोकारवालामार्फत सरकारले आफैँ व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै आएका थिए।

त्यसअनुसार औषधि व्यवस्था विभागमा महासंघ र मन्त्रालयबिच यससम्बन्धी सम्झौता भएपछि वितरणको प्रक्रिया सुरु भएको हो।

अब महासंघबाट प्राप्त जटिल किसिमको वंशाणुगत तथा पछि समेत देखिने यस रोगको उपचारका लागि पाँच प्रकारका औषधि मन्त्रालयले प्राप्त गरेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।

विश्व स्वास्थ्य संगठनले नेपालमा पहिचान हुन नसकेका यस्ता करिब ५ हजार बिरामी रहेको अनुमान गरेको छ। २०७८ को जनगणनामा २.२ प्रतिशतमा अपांगता देखिएका मध्ये ०.८ मा हेमोफिलिया भएको हुनसक्ने अनुमान गरिएको छ। 
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
यो पनि पढौँ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस