बागमती प्रदेशका चार लाख ७० हजार परिवार स्वास्थ्य बीमामा आबद्ध
१३ मंसिर २०८१
•
२ मिनेट पाठ
बागमती प्रदेशका चार लाख ७० हजार परिवार स्वास्थ्य बीमामा आबद्ध
सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा बागमती प्रदेशका चार लाख ७० हजार दुई सय ५६ परिवारका १३ लाख ६५ हजार तीन सय ६२ जना आबद्ध छन्।




उक्त तथ्याङ्क विसं २०७४ भदौ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम लागू भएयता हालसम्मको रहेको स्वास्थ्य बिमा बोर्ड मकवानपुरका प्रमुख नरबहादुर खड्काले बताए। उनका अनुसार सबैभन्दा बढी चितवनमा ७२ प्रतिशत परिवार स्वास्थ्य बिमामा आबद्ध छन् भने सबैभन्दा कम काठमाडौँमा छ प्रतिशत परिवार स्वास्थ्य बिमामा आबद्ध भएका छन्।

चितवनमा एक लाख ७९ हजार तीन सय ४५ परिवारमध्ये एक लाख २९ हजार चार सय ३८ परिवार बिमित हुँदा काठमाडौँमा पाँच लाख ४४ हजार आठ सय ६७ परिवारमध्ये ३० हजार चार सय २० परिवार मात्र स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएको प्रमुख खड्काले बताए।

भक्तपुरको ६६ हजार नौ सय ५६ परिवार, मकवानपुरको ५४ हजार पाँच सय २३ परिवार बिमामा आबद्ध भएको तथ्याङ्क छ। काभ्रेपलाञ्चोकका ४३ हजार तीन सय ५६ परिवार, नुवाकोटमा २३ हजार एक सय ६७ परिवार, सिन्धुपाल्चोकमा १७ हजार छ सय ३० परिवार, सिन्धुलीमा २७ हजार सात सय ५८ परिवार, रामेछापमा २१ हजार एक सय ६५ परिवार, दोलखामा १५ हजार छ सय आठ परिवार, धादिङमा २५ हजार आठ सय ३८ परिवार, रसुवामा चार हजार सात सय ६५ परिवार र ललितपुरमा नौ हजार छ सय ३२ परिवार स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएको प्रमुख खड्काले बताए।

कार्यालयमा बिमा दर्ताका लागि नयाँ आवेदन पनि आइरहेको स्वास्थ्य बिमा बोर्ड कार्यालयले जनाएको छ। मकवानपुरमा स्वास्थ्य बिमा बोर्डले जिल्लाको सम्पूर्ण स्थानीय तहका वडामा सहजकर्तामार्फत प्रचारप्रसारसँगै बिमितहरूको नाम दर्ता गराउँदै आएको छ।

स्वास्थ्य बिमा गराएकाले जिल्लाको आठ स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा लिँदै आएका छन्। हेटौँडा अस्पताल, मनहरी आधारभूत अस्पताल, हेटौँडा सामुदायिक आँखा अस्पताल, पालुङ प्राथमिक स्वास्थ्य केन्द्र, भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्र, बकैया आधारभूत अस्पताल, राक्सिराङ आधारभूत र सिएम सि चुरेहिल अस्पताल प्राली हेटौँडाबाट स्वास्थ्य बिमा गरेकाले सेवा लिँदै आएका छन्।
अर्को समाचार
‘शतप्रतिशत नागरिक समेट्ने गरी प्रतिवेदन बनेको छ’
२४ पौष २०८१
•
२ मिनेट पाठ
‘शतप्रतिशत नागरिक समेट्ने गरी प्रतिवेदन बनेको छ’
स्वास्थ्य बिमा सुधार गरी नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको बिमा सुधार समितिले हालै प्रतिवदेन बुझाएको छ। यो प्रतिवेदनले स्वास्थ्य बिमामा देखिएका समस्यालाई सम्बोधन कसरी गर्ला ? भन्ने विषयमा अहिले सबैको चासो देखिएको छ।




स्वास्थ्य बिमा सुधार समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई पुस १७ गते नै प्रतिवेदन बुझाइसकेका छन्। एक साताअघि नै मन्त्रालयमा पेस भएको उक्त प्रतिवेदन मन्त्रिपरिषद्मा पेस गर्ने तयारी भएको मन्त्री पौडेलले जानकारी दिए। प्रतिवेदन भने सार्वजनिक गरिएको छैन।

स्वास्थ्य बिमा सुधार समितिका सदस्य डा. रघु काफ्लेले हालै गठिन समितिले सबैलाई स्वास्थ्य बिमा अनिवार्य गर्ने र हुनेबाट बिमाको आयतन बढाउने गरी सैद्धान्तिक सुझाव दिएको बताएका छन्। ‘मुख्य कुरा सैद्धान्तिक रूपमै सुधार गरेका छौं,’ डा. काफ्लेले भने।

हालसम्म स्वास्थ्य बिमामा बहुसंख्यक बिमित हुनुपर्ने नागरिक छुटेको र राज्यले शुल्क तिरेका अपांगता भएका, ज्येष्ठ नागरिक, अति विपन्न, असहायहरू या पैसा तिर्न नसक्ने वर्ग मात्र बिमामा आवद्ध भएको उनले बताए। अबको सैद्धान्तिक पक्ष भनेको शतप्रतिशत नागरिकलाई स्वास्थ्य बिमामा आबद्ध गराउने रहेको डा. काफ्लेले बताए।

पहिलो कुरा स्वास्थ्य बिमामा नसमेटिएका समूहहरू व्यापारी, व्यवसायी, नेता, शिक्षक, कर्मचारी, औपचारिक क्षेत्रका कर्मचारी, जनप्रतिनिधिसमेतलाई अनिवार्य सहभागी हुने गरी नीतिगत सुझाव प्रतिवेदनमा उल्लेख भएको उनले जानकारी दिए।

यसरी समेट्दा प्रगतिशील शुल्क तिर्ने व्यवस्था पनि हुनेछ। यस्तो व्यवस्थाले समेट्दा हुनेबाट थप रकम लिएर बिमाको पुँजीको आयतन ठुलो बनाउन सकिने उनको तर्क छ। बिमामा को–पेमेन्टको प्रणाली पनि समेटिएको छ। स्वास्थ्य बिमा प्रणालीमा विश्वका सबैजसो मुलुकमा को–पेमेन्ट प्रणाली कायम रहेकाले सोहीअनुसार नेपालमा पनि निरन्तरता दिनुपर्ने देखिएको उनको सुझाव छ।

हुनेहरूले केही बढी योगदान हुने गरी बिमा सदस्यको रकमको व्यवस्था हुने र यसरी योगदान गर्ने बिमितको हकमा उपचार एउटै भए पनि अस्पताल या सुविधा फरक हुनेछ। ‘उपचारको गुणस्तर एउटै हुन्छ, बढी योगदान गर्नेको हकमा क्याबिन या निजी अस्पताल बस्छु भने पनि दिनुपर्ने हुन्छ,’ उनले भने।

पछिल्लो बिमा प्रणालीले बिमाको दायरा एक लाखबाट थपेर पाँच लाख पुर्‍याउनेछ। यही बिमा रकमबाट आधारभूत स्वास्थ्य सेवा पनि निःशुल्क नै उपलब्ध हुनेछ। डा. काफ्लेको अनुसार अहिलेको बिमा बोर्डको संरचनागत परिवर्तन गर्न आवश्यक रहेको, कानुनी रूपमै सुधार गरेर लैजानुपर्ने आवश्यकता रहेको प्रतिवेदनले सुझाएको छ। यसको साथै बिमा लागु गर्नका लागि आवश्यक जनशक्तिको व्यवस्थापनसमेत सुझाएको छ।

अहिले निःशुल्क स्वास्थ्य सेवा, विपन्न नागरिक उपचार कोषजस्ता छरिएर रहेका सामाजिक सुरक्षाका कार्यक्रमलाई एकीकृत गरी लागु गर्दा सम्भव हुने प्रतिवेदनमा समेटेको डा. काफ्लेले बताए। यो बिमा लागु गर्दा मापदण्ड पूरा गरेका निजी अस्पताल पनि समावेश हुने गरी सुझाव समावेश भएको काफ्लेको भनाइ छ।
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस