महाभारतमा बृहत् स्वास्थ्य शिविर
१९ मंसिर २०८१
•
१ मिनेट पाठ
महाभारतमा बृहत् स्वास्थ्य शिविर
काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रमा अवस्थित महाभारत गाउँपालिकामा मङ्गलबारदेखि दुईदिने स्वास्थ्य शिविर सञ्चालन भएको छ। विशेषज्ञ चिकित्सकसहित जिल्ला जनस्वास्थ्य कार्यालयद्वारा उक्त गाउँपालिकाको वडा नम्बर ६ बनखुचौरमा आयोजित शिविरमा मेथिनकोट अस्पताल, बज्रबाराही अस्पताल, शिर मेमोरियल अस्पताल, धुलिखेल प्राथमिक स्वास्थ्य चौकी, सिन्धुली अस्पताल, नेपाल परिवार नियोजन सङ्घमा आबद्ध विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मीले सामान्य चिकित्सा, बालरोग, नाक, कान, घाँटी, आँखा, दाँत, मुख, स्त्री तथा प्रसूति,स्वास्थ्य परीक्षण, उपचार र परामर्श सेवा प्रवाह गरिरहेका छन्।




शिविरमा प्रयोगशाला परीक्षण, एक्सरे, अल्ट्रासाउण्ड र निःशुल्क औषधि वितरण गरिएको छ। एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्द्धन अभियानअन्तर्गत सेवा प्रवाह गरिएको हो।

शिविरको बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले उद्घाटन गर्दै दुई थान अक्सिजन कन्सन्ट्रेटर, अल्ट्रासाउण्ड मेसिन, डेलिभरी सेटसहित रु ११ लाखबराबरको स्वास्थ्य उपकरण र  तीन लाख रुपैयाँ बराबरका औषधि हस्तान्तरण गरेका छन्। रासस
अर्को समाचार
काभ्रेमा बस दुर्घटना, २३ जना घाइते (नामसहित)
०३ साउन २०८२
•
२ मिनेट पाठ
काभ्रेमा बस दुर्घटना, २३ जना घाइते (नामसहित)
तस्बिर सौजन्य: कर्म सिंह लामा
रामेछापबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बस शनिबार दिउँसो काभ्रेको भुम्लु गाउँपालिकामा दुर्घटना हुँदा २३ यात्रु घाइते भएका छन्।




जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) मीन बहादुर घलेका अनुसार, रामेछापको दोरम्बाबाट काठमाडौंका लागि छुटेको बा ३ ख ८४०८ नम्बरको बस भुम्लु गाउँपालिका–८, पौवास्थित भित्री सडक खण्डमा दिउँसो करिब १२:२० बजे ब्रेक फेल भई सडकको भित्तामा ठोक्किएको थियो।

डिएसपी घलेका अनुसार बसमा कुल ३२ जना यात्रु सवार थिए। दुर्घटनामा घाइते भएका सबै २३ जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। घाइतेहरूमध्ये अधिकांशको अवस्था मध्यम रहेको र केहीलाई सामान्य चोटपटक लागेको छ।

तस्बिर सौजन्य: कर्म सिंह लामा
दुर्घटनाग्रस्त बस घटनास्थलमै रहेको र चालकलाई प्रहरी चौकी दोलालघाटले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए।

घाइतेहरूको विवरण:

भिम बहादुर मगर, ४६ वर्ष, रामेछाप (अवस्था मध्यम)

नम्बर सिंह तामाङ, ४४ वर्ष, रामेछाप (अवस्था मध्यम)

फुल माया तामाङ, ४६ वर्ष, रामेछाप (अवस्था मध्यम)

राम बहादुर चापागाई, ३० वर्ष, काभ्रे (अवस्था मध्यम)

मिन बहादुर बि.क., ४५ वर्ष, काभ्रे (अवस्था मध्यम)

भुवन थापा मगर, २८ वर्ष, रामेछाप (सामान्य)

कमल सुनार, ३५ वर्ष, गोरखा (अवस्था मध्यम)

सुवास तामाङ, २६ वर्ष, काभ्रे (अवस्था मध्यम)

निर्मला खत्री, ४४ वर्ष, काभ्रे (सामान्य)

सरोज रसाईली, २१ वर्ष, काभ्रे (सामान्य)

राम गौतम, २६ वर्ष, काभ्रे (अवस्था मध्यम)

सरोज बि.क., २१ वर्ष, काभ्रे (अवस्था मध्यम)

दोर्जे लामा, ७८ वर्ष, काभ्रे (अवस्था मध्यम)

प्रकाश गौतम, १७ वर्ष, काभ्रे (सामान्य)

असलमान तामाङ, ५९ वर्ष, रामेछाप (सामान्य)

सुकलाल लामा, ६४ वर्ष, रामेछाप (अवस्था मध्यम)

शेर बहादुर तामाङ, ४५ वर्ष, रामेछाप (सामान्य)

तारा बहादुर श्रेष्ठ, ४० वर्ष, रामेछाप (सामान्य)

दिव्या थापा मगर, १५ वर्ष, रामेछाप (सामान्य)

चेत बहादुर श्रेष्ठ, ५१ वर्ष, रामेछाप (अवस्था मध्यम)

माईली तामाङ, ५८ वर्ष, काभ्रे (सामान्य)

मैया बुढाथोकी, ६४ वर्ष, काभ्रे (अवस्था मध्यम)

जनक रिजाल, ४१ वर्ष, काभ्रे (अवस्था मध्यम)
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस