कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: कर्णालीका लागि वरदान 
२१ मंसिर २०८१
•
४ मिनेट पाठ
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: कर्णालीका लागि वरदान 
दशक अघिसम्म कर्णालीमा डाक्टर पाउनु त परको कुरा उपचार नै सम्भव थिएन । सामान्य बिरामी पर्दा वा घाउ चोट लाग्दा भएका अस्पतालहरूले बाहिर रेफर गर्थे । अस्पतालहरू एचए, स्टाफ नर्स, अहेब र अनमीहरूले धानेका थिए । 




भएका मेडिकल अधिकृतका दरबन्दी कि त रिक्त थिए, कि त्यो दरबन्दीमा रहेका चिकित्सक काजमा सुविधा सम्पन्न सहरमै बस्थे । उपचार नपाउँदा कर्णालीवासीका लागि अकालमै मर्नुपर्ने नियति थियो । 

अहिले भने त्यो अवस्थाबाट कर्णाली लगभग बाहिर निस्किएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक, वरिष्ठ हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डा. पूजन रोकाया कर्णालीवासीका लागि त्यो अँध्यारो काल कर्णालीका लागि इतिहास बनेको बताउँछन् । 

अहिले कर्णाली डाक्टर(चिकित्सक) पर्खने भन्दा डाक्टर आफै उत्पादन गर्छ । २०६८ मा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि कर्णालीको कालो अध्यायले कोल्टे फेरेको हो । प्रतिष्ठानमा चिकित्सा शिक्षाको पठनपाठन सुरु भएयता कर्णालीले डाक्टरको अभाव झेल्नुपर्ने अवस्थाबाट बिस्तारै छुटकारा पाउन थालेको छ । 

प्रतिष्ठानले जनस्वास्थ्य, नर्सिङ र चिकित्सा शिक्षाका कार्यक्रम चलाइरहेको छ । दुर्गम थलोमै स्वास्थ्य सेवा सम्बन्धी शिक्षा पठनपाठन हुँदा कर्णाली मात्र होइन सुदूरपश्चिमको हिमाली क्षेत्रका बासिन्दाले गुणस्तरीय स्वास्थ्य सेवाका साथै सर्वसुलभ चिकित्सा सेवाको सुविधा पाएका छन् ।

प्रतिष्ठानमा अहिले तीन सय शय्याको अस्पताल पूर्ण रूपमा सञ्चालनमा छ ।  अस्पतालमा ७५ जना विशेषज्ञ डाक्टर, ३० जना एमबिबिएस डाक्टर र १३० जना नर्स कार्यरत छन् । उनीहरूबाहेक प्रशिक्षार्थीहरूले पनि प्रयोगात्मक शिक्षाका माध्यमबाट आम जनतालाई स्वास्थ्य तथा चिकित्सा सेवा दिइरहेका छन् । प्रतिष्ठानले कुल ४५० जना कर्मचारीलाई रोजगारी दिएको छ । 

प्रतिष्ठानका कारण सेवासँगै कर्णाली क्षेत्रका विद्यार्थीले सस्तोमा स्वास्थ्य तथा चिकित्सा शिक्षाको अवसर पनि पाएका छन् । २०७१ देखि यहाँ स्टाफ नर्स, ०७३ देखि हेल्थ असिस्टेन्ट –एचए) को पठन पाठन भइरहेको छ । कर्णालीमै नर्सिङ र जनस्वास्थ्य सम्बन्धी पठनपाठन सुरु भएपछि यहाँका स्वास्थ्य संस्थाले स्वास्थ्यकर्मी अभावको समस्या टर्दै गएको छ । ०७५ देखि जनस्वास्थ्य तर्फको स्नातक कार्यक्रम सुरु भएको छ । यसले पनि कर्णालीमा राम्रो प्रभाव पारेको छ । 

०७६ सालमा तीन वर्षे डिप्लोमा इन फार्मेसी र ०७७ सालमा एमडिएमएस पठनपाठन पनि सुरु भएको छ । यो सँगै प्रतिष्ठानले जुम्लामा स्नातकोत्तर तहको पठनपाठन गराइरहेको छ । 

लामो प्रयासपछि प्रतिष्ठानले ०७८ फागुनमा २० सिटको एमबिबिएस पठनपाठनको अनुमति प्राप्त ग¥यो । अहिले जुम्लामा कर्णाली, सुदूरपश्चिम र नेपालका विकसित ठाउँका मात्र नभई छिमेकी मुलुक भारतसम्मका विद्यार्थीले एमबिबिएस पढिरहेका छन् । ‘भारतको हिमाञ्चल प्रदेशका दुई जना महिला विद्यार्थी एमबिबिएस पढ्दै छन्,’ उपकुलपति डा. मङ्गल रावलले भने । 

प्रतिष्ठानले जुम्लाबाट प्रतिवर्ष २० जना एमबिबिएस, २० जना बिएमएस, २० जना बिपिएच, २० जना बिफार्मेसी जनशक्ति उत्पादन गरिरहेको छ । हाल यहाँ १३० जना एमबिबिएस, ५९ जना बिपिएच, पाँच जना जनस्वास्थ्यकै स्नातकोत्तर तहमा, ६१ जना, स्नातक फार्मेसी, दुई जना स्नातकोत्तर फार्मेसी, ९४ जना नर्सिङमा अध्ययन गरिरहेको प्रतिष्ठानले जनाएको छ । 

प्रतिष्ठानबाट सेवा लिनेको संख्या पनि उल्लेख्य छ । चालू आवमा बहिरङ्ग सेवा ८६ हजार ६५० जना, अन्तरङ्ग सेवा ६ हजार १६४ जना र शल्यक्रिया सेवा तीन हजार ९४३ जनाले लिएका छन् । 

प्रतिष्ठानमै धेरै विशेषज्ञ चिकित्सक कार्यरत हुँदा कर्णालीवासी चिकित्सक रोजी रोजी सेवा लिने गरेको प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावल बताउँछन् । उनका अनुसार दैनिक एक सय भन्दा बढी बिरामी उपचारका लागि प्रतिष्ठानद्वारा सञ्चालित अस्पताल पुग्छन् ।  

दुर्गममै यस प्रकारको सेवा पाउँदा कर्णालीवासी पनि खुसी छन् । ‘हामीजस्तो दुर्गमका बासिन्दाका लागि यो वरदान नै हो,’ चन्दननाथ नगरपालिका–२ का धनराज भण्डारी भन्छन्, ‘राज्यले हेपेको कर्णालीका बासिन्दा बिरामी पर्दा ज्युँदै मर्नुपर्थ्यो । अहिले दिनहुँ दर्जनौँ मान्छेले जीवनदान पाउँदै छन् ।’ 

प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षाका अलावा स्वास्थ्य क्षेत्रमा विभिन्न खाले अनुसन्धानका क्षेत्रमा काम पनि गरिरहेको प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महत बताउँछन्। ‘कर्णालीले अहिले चिकित्सा सेवा दिने, डाक्टर उत्पादन गर्ने मात्र गर्दैन । जनस्वास्थ्य र चिकित्सा क्षेत्रमा नयाँ अनुसन्धान गरेर समग्र क्षेत्रका लागि नयाँ विषय पनि खोजेर दिन्छ,’ उनी भन्छन् । कर्णालीको स्वास्थ्य क्षेत्र अब स्वर्णिम युगमा प्रवेश गरेको उनले बताए । 
अर्को समाचार
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा ५८ जना दीक्षित हुने
२७ कार्तिक २०८१
•
१ मिनेट पाठ
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा ५८ जना दीक्षित हुने
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा ५८ विद्यार्थी दीक्षित हुने भएका छन्।




बुधबार हुने दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ जना विद्यार्थी दीक्षित हुने भएका हुन्।

दीक्षान्त समारोह कार्यक्रम तयारी पूरा भएको प्रतिष्ठानले जनाएको छ। दीक्षान्त समारोहमा कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा. अञ्जनीकुमार झा, अमेरिकास्थित हार्डवेयर मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक क्रिस्टिन मसेङ्गर पनि समारोहमा सहभागी हुने प्रतिष्ठानका शिक्षाध्यक्ष डा. डबलबहादुर धामीले बताए।

उनले भने, ‘स्नातकतर्फ बिपीएचमा ३८, एमबिबिएस १३ र स्नातकोत्तरतर्फ एमडिजीपीमा तीन, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी ५८ विद्यार्थी दीक्षित हुन योग्य छन्।’

प्रधानमन्त्री ओलीले दीक्षान्त समारोहमा भाग लिएपछि प्रतिष्ठानको शैक्षिक भवनको उद्घाटनसमेत गर्नुहुने कार्यक्रम रहेको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरिरहेको प्रशासकीय अधिकृत अमृतबहादुर भण्डारीले जानकारी दिए।

दीक्षान्त समारोहपछिको सिनेट बैठकमा प्रतिष्ठानका भावी योजना र गतिविधिबारे थप छलफल हुने जनाइएको छ। रासस
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २४ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस