सत्तरी प्रतिशत मानसिक रोगी स्वास्थ्य सेवाको पहुँच बाहिर
२८ मंसिर २०८१
•
३ मिनेट पाठ
सत्तरी प्रतिशत मानसिक रोगी स्वास्थ्य सेवाको पहुँच बाहिर
मानसिक स्वास्थ्य समस्या हुनेहरुमध्ये ७० प्रतिशत व्यक्ति अझै पनि स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसकेको सरोकारवालाले बताएका छन्। विकासोन्मुख देशमा मानसिक स्वास्थ्य सेवामा बजेट न्यून विनियोजन हुने र उपलब्ध स्वास्थ्योपचार सेवा पनि सहर केन्द्रित हुँदा ठूलो सङ्ख्यामा मानसिक रोगी स्वास्थ्य सेवाको पहुँचमा नपुगिरहेको बताइएको छ।

धनगढीमा आज आयोजित मानसिक स्वास्थ्यको अवस्था र मानसिक स्वास्थ्य रणनीतिक कार्ययोजनासम्बन्धी अन्तक्र्रियामा नेपालमा मानसिक स्वास्थ्य समस्या बर्सेनि बढ्दै गएको जानकारी दिइयो। अस्पताल तथा स्वास्थ्य संस्थामा आवश्यक मनोचिकित्सकको व्यवस्थापन हुननसक्दा यो समस्या थप गम्भीर बन्दै गएको छ।

नेपालमा अहिले औसतमा एक जना विज्ञ चिकित्सकले चार लाख ६० हजार जनाको उपचार गर्नुपर्ने अवस्था रहेको जनाइएको छ। मानसिक स्वास्थ्यको मुख्य समस्याको रुपमा ‘डिप्रेसन’ र ‘एन्जाइटिस’ देखिएको छ। समुदायमा पत्ता लाग्ने मानसिक स्वास्थ्य समस्यामध्ये २८ प्रतिशत ‘डिप्रेसन’ र ४० प्रतिशत ‘एन्जाइटिस’सँग सम्बन्धित समस्या हुने गरेको छ। 

एक तथ्याङ्कका अनुसार नेपालमा पाँच दशमलव दुई प्रतिशत १३ देखि १७ वर्ष उमेरका किशोरकिशोरी र दश प्रतिशत १८ वर्षमाथिका वयस्कमा मानिसक स्वास्थ्य समस्या पाइएको छ। जटिल मानसिक रोगकै कारण बर्सेनि आत्महत्या गर्नेको दर पनि बढ्दो छ।

मानसिक रोग प्रवद्र्धनका क्षेत्रमा कार्यरत मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सिएमसी) ले यो रोगको रोकथामका लागि चेतनामूलकलगायतका गतिविधि गर्दै आएको छ। केन्द्रका प्रादेशिक संयोजक हिमाल गैरेले कार्यक्रममा मानसिक स्वास्थ्य तथा मनोसामाजिक कार्यक्रमलाई विभिन्न कार्यक्रममा मूलप्रवाहीकरण गर्न जरुरी रहेको बताए।

उनले भने,'समाजमा गम्भीररुप लिँदै गएको मानसिक स्वास्थ्य समस्या रोकथामका लागि ठोस रणनीति एवं योजना त्याएर कार्यान्वयनमा लैजान जरुरी भइसकेको छ।' घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतले मानसिक स्वास्थ्यको समस्यालाई केन्द्रित गरेर गाउँ र वडा तहसम्म योजना बनाएर अघि बढ्न जरुरी भइसकेको बताए।

सामाजिक विकास मन्त्रालयका सचिव चक्रपाणि पाण्डेले आवश्यक जनशक्तिको अभावले स्वास्थ्यसम्बन्धी गतिविधि प्रभावकारी ढङ्गले सञ्चालन गर्नमा कठिनाइ भएको बताए। उनले भने,'मानसिक रोग समाजमा गम्भीर समस्याका रुपमा देखिन थालेको छ, प्रदेशमा मनोचिकित्सकको अभाव देखिँदा रोगको रोकथाममा समस्या देखिएको छ।'

सरकारले निःशुल्करुपमा उपलब्ध गराउने ११ प्रकारका औषधि मानसिक रोगसँग सम्बन्धित छन्। कार्यक्रमका सहभागीले मानसिकरोगीको समस्या बढ्दै गए पनि गाउँ र वडा तहसम्म पुग्नुपर्ने स्वास्थ्यसम्बन्धी कार्यक्रम प्रभावकारी रुपमा पुग्न नसकेको र सरकारले निःशुल्करुपमा उपलब्ध गराउने औषधिको पहुँचमा अधिकांश बिरामी पुग्न नसकिरहेको अनुभव सुनाउनुभएको थियो । प्रदेश तहमा मानसिक रोग रोकथामका लागि योजना तथा स्पष्ट नीति बनाएर अघि बढ्नुपर्नेमा सहभागीले जोड दिएका थिए।  

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कका अनुसार विश्वमा प्रतिएक लाख जनसङ्ख्यामा ११ जनाले आत्महत्या गर्ने गरेका छन्। नेपालमा यो सङ्ख्या प्रतिएक लाख जनसङ्ख्यामा २३ दशमलव चार जना छन्।

विकासोन्मुख देशमा मानसिक स्वास्थ्य समस्या हुने कारणमा लडाइँ प्राकृतिक विपद्, दुर्घटना, गरिबी तथा आर्थिक भेदभाव, बालबालिकको आभिभावक विहीनता, एक्लोपना, लामो अवधिको तनाव वा शारीरिक अस्वस्थ्यता, लागुऔषधको कुलतलगायत देखिएका छन्।  
अर्को समाचार
मानसिक रोगी किशोर किशोरीहरू सामाजिक सञ्जालमा धेरै समय बिताउँछन्– अध्ययन
२४ वैशाख २०८२
•
३ मिनेट पाठ
मानसिक रोगी किशोर किशोरीहरू सामाजिक सञ्जालमा धेरै समय बिताउँछन्– अध्ययन
बेलायतमा गरिएको एक वृहत् सर्वेक्षणले मानसिक स्वास्थ्य समस्या भएका किशोरकिशोरीहरु सामाजिक सञ्जालमा धेरै समय बिताउने देखाएको छ । औसतमा अन्यभन्दा उनीहरु यस्ता सञ्जालमा ५० मिनेट बढी समय बिताउने गरेको र उनीहरूको अनलाइन अनुभव र खुसी अन्य किशोरी भन्दा कम हुने देखिएको छ । ३,००० भन्दा बढी बेलायती किशोर किशोरीमा गरिएको उक्त सर्वेक्षणले यस्तो देखाएको हो ।

‘नेचर ह्युमन बिहेभियर’ नामक वैज्ञानिक जर्नलमा हालै प्रकाशित सो अध्ययन अन्तर्गत विशेष गरी मानसिक स्वास्थ्य समस्या भएका किशोर किशोरीहरूले कसरी सामाजिक सञ्जाल प्रयोग गर्छन् भन्ने कुराको अन्वेषण गरिएको थियो । 

अध्ययनको सहभागी रहेकी बेलायतको क्याम्ब्रिज विश्वविद्यालयकी युवाहरूको मानसिक स्वास्थ्य र सामाजिक सञ्जाल प्रयोग विषयकी विशेषज्ञ लुइसा फास्सीका अनुसार यो बिषयमा यति ठुलो स्तरमा हालसम्म धेरै कम अध्ययन भएकाले यो अध्ययनको सान्दर्भिकता महत्त्वपूर्ण रहेको छ ।

यसैगरी, कोलम्बिया युनिभर्सिटी इरभिङ मेडिकल सेन्टर, न्यू योर्क सहरकी क्लिनिकल बाल तथा किशोर मनोविज्ञानी एनी मेरी अल्बानो भन्छिन्, ‘यदि तपाईंको युवावस्था चिन्ता, डिप्रेसनका कारणले कमजोर छ भने, सामाजिक सञ्जाललाई सावधानीपूर्वक निगरानी गर्नुपर्ने हुन्छ । अध्ययनले सम्बद्ध परिवारलाई  एउटा राम्रो चेतावनी दिएको छ । ’

अनुसन्धानकर्ताले बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)ले सन्  २०१७ मा ११ देखि १९ वर्षका बालबालिकामा गरेको सर्वेक्षणका तथ्याकहरुको विश्लेषण गरेका थिए । अध्ययनमा सहभागीहरूको गहन क्लिनिकल मूल्याङ्कन गरिएको थियो भने  र उनीहरूलाई सामाजिक सञ्जाल साइटहरूको प्रयोगको बिषयमा र यी साइटहरू कस्तो लाग्छ भनेर सोधिएको थियो ।

अध्ययनमा समेटिएका १६ प्रतिशत उत्तरदाताहरूमा कम्तीमा एक मानसिक स्वास्थ्य समस्या थियो। यी मध्ये ८ प्रतिशतमा  डिप्रेसन र चिन्ता जस्ता ‘आन्तरिक’ समस्याहरू थिए । उनीहरुले आफैँप्रति नकारात्मक भावनाहरू राखेको पाइएको थियो । यसैगरी, ३ प्रतिशतमा  बाह्य समस्याहरू थिए र उनीहरु अरूप्रति नकारात्मक भावना राख्ने गरेको देखिएको थियो ।

तथ्याक विश्लेषणले मानसिक स्वास्थ्य समस्या भएका युवाहरूले समग्रमा सामाजिक सञ्जालमा धेरै समय बिताउने गरेका देखाएको थियो । आन्तरिक समस्या भएकाहरूमा बाह्य समस्या भएका वा कुनै मानसिक स्वास्थ्य समस्या नभएकाको तुलनामा अनलाइनमा आफूलाई अरूसँग तुलना गर्ने सम्भावना बढी देखिएको थियो । 

आन्तरिक समस्या भएकाहरू आफ्ना पोस्टमा गरिएका टिप्पणी वा प्रतिक्रियाबाट पनि बढी प्रभावित हुनु गरेको पाइएको थियो ।  सामाजिक सञ्जालमा  कति समय बिताउने भन्ने बिषयमा उनीहरूको नियन्त्रण कम थियो । 

अध्ययनले  विभिन्न मानसिक स्वास्थ्य समस्याहरूसँग संघर्ष गरिरहेका किशोर किशोरीहरूको उपचार कसरी गर्ने भन्नमा दिशा निर्देश गर्ने अनुसन्धानकर्ताको दाबी छ । 

अध्ययनको सहलेखक समेत रहेकी फास्सी भन्छिन्, ‘चिकित्सकले यो जानकारीलाई प्रयोग गर्न सक्छन्। उदाहरणका लागि, युवाहरूलाई सामाजिक सञ्जालको प्रयोगलाई नियमित गर्न वा कम सामाजिक तुलना गर्न मद्दत गर्ने प्रविधिहरू प्रयोग गर्न सकिन्छ।’

यसैगरी, अध्ययन परिणामको क्लिनिकल प्रयोग हुनेमा अल्बानो पनि सहमत छिन् । ‘सामाजिक सञ्जाल साक्षरताका क्षेत्रमा हामीले धेरै काम गरेका छौ । उदाहरणका लागि, सामाजिक सन्देशको जवाफ कसरी दिने, उनीहरूको रुचिलाई बढवा दिने साइटहरू कसरी छनोट गर्ने, आत्म–मूल्यलाई  नकारात्मक प्रभाव नपार्ने साइटहरू कसरी सिफारिस गर्ने जस्ता विषय महत्त्वपूर्ण रहन्छन्, ’ उनी भन्छिन् ।

अध्ययनले सामाजिक सञ्जालले किशोर किशोरीहरूमा मानसिक स्वास्थ्य समस्याहरू निम्त्याउँछ अथवा निम्त्याउनै भन्ने विषयलाई नसमेटेको उनको कथन छ । यो विश्वका अनुसन्धानकर्ताहरूका लागि बहसको विषय पनि हो । यो विषयलाई सम्बोधन गर्न सहभागीहरूको विभिन्न उमेर समूहमा थप अध्ययन हुनुपर्ने र त्यस्ता अध्ययन लामो अवधिसम्म हुनुपर्ने अनुसन्धानकर्ताको सुझाव छ । 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस