महिला मृत्युको कारक ‘सुत्केरी रक्तश्राव’
०५ पौष २०८१
•
३ मिनेट पाठ
महिला मृत्युको कारक ‘सुत्केरी रक्तश्राव’
नेपालमा अहिले पनि सुत्केरीपछि धेरै आमाको मृत्यु हुने गरेको परिवार कल्याण महाशाखाले जनाएको छ। प्रति एक लाख जीवित जन्ममध्ये औसतमा एक सय ५१ जना आमाको मृत्यु हुने गरेको पछिल्लो तथ्यांक छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०७८ को तथ्यांकअनुसार कुल आमाको मृत्युमध्येमा ६१ प्रतिशतको प्रसूतिपछि ज्यान जाने गरेको छ। त्यसमध्येमा ९२ प्रतिशतको सुत्केरीपछिको रक्तश्रावका कारणले, दुई प्रतिशतको सुत्केरीकै क्रममा र ६ प्रतिशतको सुत्केरीपछि आत्महत्याका कारणले ज्यान गएको तथ्यांक छ।




परिवार कल्याण कल्याण महाशाखाको आमा सुरक्षा शाखाका अनुसार सुत्केरीपछि हेरचाहको कमीका कारण रक्तश्राव भई मृत्यु हुने दर बढी भएको हो। प्रसूतिपछिको ४२ दिनभित्र सुत्केरीको राम्रो हेरचाह नहुँदा र विभिन्न स्वास्थ्य समस्या आउँदा समयमै व्यवस्थापन नभएका कारण रक्तश्राव हुन गई धेरैको मृत्यु हुने गरेको आमा सुरक्षा शाखाकी प्रमुख डा. गौरी प्रधान श्रेष्ठले बताइन्।  

डा. श्रेष्ठका अनुसार सुत्केरीपछि ४८ घण्टा स्वास्थ्य संस्थामा नराखी घर लैजानु, संक्रमण हुनु, हेरचाह नपुग्नुजस्ता कारणले रक्तश्राव बढी हुन्छ। ‘सुत्केरीपछि कम्तीमा २४ घण्टा स्वास्थ्य संस्थामै राख्नुपर्छ, कतिले त्योभन्दा पहिला नै घर लैजान्छन्’, उनले भनिन्। सुत्केरी भएको ४२ दिनभित्र कुनै पनि बेला रक्तश्राव हुने सम्भावना भएकाले यो अवधिमा विशेष हेरचाह आवश्यक हुन्छ। यो अवधिमा कुनै कारणवश रक्तश्राव भइहालेमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ। रक्तश्राव भएपछि बेलैमा स्वास्थ्य संस्थामा नपुग्ने चलनले पनि मृत्यु हुने गरेको उनी बताउँछिन्।  

कतिपय समुदायमा सुत्केरीलाई अरुले छुन नहुने र अलग्गै राख्ने चलनका कारण पनि सुत्केरीमा संक्रमण भई रक्तश्राव हुने गरेको डा. श्रेष्ठ बताउँछिन्। कसैले नछुँदा सुत्केरीले आफू र बच्चाको हेरचाह गर्न नसक्दा फोहोरले संक्रमण निम्त्याउँछ। ‘संक्रमणले सुत्केरीको पाठेघरमा घाउ हुन गई रक्तश्राव हुन्छ’, उनले भनिन्, ‘पश्चिम र तराईका कतिपय समुदायमा अहिले पनि सुत्केरीलाई छुनु हुँदैन भन्ने मान्यताले संक्रमण भएको छ ।’ तथ्यांकअनुसार लुम्बिनी प्रदेशमा सबैभन्दा बढी प्रति एक लाखमा दुई सय सात (२५ प्रतिशत) जना सुत्केरी आमाको मृत्यु हुने गरेको छ। त्यस्तै कर्णालीमा एक सय ७२ (९ प्रतिशत) जना र गण्डकी प्रदेशमा एक सय ६१ जना सुत्केरी आमाको मृत्यु हुने गरेको तथ्यांक छ। शिक्षितको तुलनामा अशिक्षित र शिक्षाको तहअनुसार प्रसूतिपछि आमाको मृत्यु हुने अनुपात फरक रहेको डा. श्रेष्ठ बताउँछिन्। तथ्यांकअनुसार मृत्यु हुने ३८ प्रतिशत सुत्केरी आमा नपढेको समूहका छन्।  

स्नातक तह माथिको शिक्षा लिएका गर्भवतीमा एक सय प्रतिशतले नै स्वास्थ्य संस्थामा पुगेर गर्भ जाँच गराउने र प्रसूति सेवा लिने गरेको पाइएको छ। नपढेका महिलामा यो दर न्यून रहेको डा. श्रेष्ठ बताउँछिन्। नेपालले दिगो विकास लक्ष्य अर्थात् सन् २०३० सम्म मातृ मृत्युदर प्रतिलाखमा ७० मा झार्ने लक्ष्य लिएको भए पनि पछिल्लो तथ्यांकले यसमा चुनौती थपिएको उनले बताइन्। ‘अहिलेको स्थितिमा सुधार हुन सकेन भने हामी लक्ष्यमा पुग्न सक्दैनौं’, उनले भनिन्।

सुत्केरी आमाको मृत्युमा कमी ल्याउन स्वास्थ्य संस्था र सेवा सुधारमामा थप कार्यक्रम सुरु गरेको आमा सुरक्षा शाखाले जानकारी दिएको छ। प्रसूतिपछि हुने रक्तश्रावको जटिलताबाट सुत्केरीलाई बचाउन प्रसूति केन्द्रमा ‘एन्टिसक गार्मेन्ट डिभाइस’ राखिएको छ। जुन डिभाइस प्रसूतिपछि पाठेघरमा राख्दा त्यसले रक्तश्राव हुन दिँदैन। यो डिभाइस राखेर प्राथमिक स्वास्थ्य केन्द्रबाट माथिल्लो तहको स्वास्थ्य संस्थामा पुग्ने अवधिभर सहज हुन्छ। त्यसपछि माथिल्लो तहमा रक्तश्रावको कारण पत्ता लगाई सोहीअनुसार उपचार गर्न सकिन्छ। प्रसूतिपछि मानसिक समस्याका कारण हुने आत्महत्याका घटनामा कमी ल्याउन यसै वर्षदेखि प्रसूति गराउने अस्पतालमा मानसिक स्वास्थ्य सेवा पनि सुरु गरिएको शाखाले जनाएको छ। यो कार्यक्रम विस्तारै देशभरि विस्तार गर्ने लक्ष्य रहेको डा. श्रेष्ठले जानकारी दिइन्। प्रसूतिपछि आमा र शिशुको सफाइ, आराम र पौस्टिक खानामा ध्यान दिनुपर्ने श्रेष्ठले बताइन्।
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
यो पनि पढौँ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस