सुविधाथैली खारेजीसँगै टिचिङमा स्वास्थ्य बिमा खुल्यो
०८ माघ २०८१
•
३ मिनेट पाठ
सुविधाथैली खारेजीसँगै टिचिङमा स्वास्थ्य बिमा खुल्यो
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) मा लामो समयदेखि बन्द बिमासेवा सोमबारदेखि खुलेको छ। स्वास्थ्य बिमा बोर्डले लागु गरेको बिमामा सुविधाथैली खारेज गरेपछि यो सुचारु भएको अस्पतालका निर्देशक डा. घनश्याम गुरुङले बताए।




गत भदौदेखि बोर्डले लागु गरेको प्याकेजमा सेवा र सामग्रीको मूल्य अमिल्दो भएपछि अस्पतालले कार्यान्वयन गरेको थिएन। ‘मुटुको औषधीको मूल्य अस्पतालको खरिद मूल्यभन्दा कम थियो, अरू सामग्रीमा त्यस्तै,’ डा. गुरुङले भने।

टिचिङमा गत पाँच महिनादेखि स्वास्थ्य बिमा कार्यक्रम बन्द भएको थियो। उनका अनुसार बहिरंग विभागका बिरामीको हकमा यो थैली सहज देखिए पनि गम्भीर तथा भर्ना भएका बिरामीको हकमा सहज थिएन।

बोर्डका निमित्त कार्यकारी सदस्य डा. सरोज शर्माले सुविधाथैली खारेज गरी प्रत्येक सेवा र सामग्रीको मूल्यअनुसार बिरामीको भुक्तानी दिने निर्णय गरेको छ। गत भदौदेखि बोर्डले सबै अस्पतालको हकमा लागु गरेको यो सेवा टिचिङ अस्पताल महाराजगन्ज र मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले लागु गर्न अस्वीकार गरेका थिए।

यी दुई अस्पतालले अस्वीकार गरेको भनेर अन्य अस्पतालको गुनासो आएकाले स्थलगत अनुगमन गरी बोर्डले सुविधाथैली कार्यक्रम खारेज गरेको निर्देशक शर्माले बताए। सुविधाथैलीअनुसार उपचार गर्दा अस्पतालमा लामो बसाइ हुने बिरामीको हकमा अस्पताललाई घाटा पर्नुका साथै कतिपय जटिल रोगका सामग्रीसमेत महँगो पर्ने हुनाले लागु गर्न नसकिने भन्दै अस्पतालले अस्वीकार गरेका थिए।

सुविधाथैली खारेज गरे पनि स्वास्थ्य बिमा कार्यक्रमबापत बोर्डले अस्पताललाई करोडौं रकम तिर्न बाँकी हुँदा समस्या कायमै रहेको अस्पतालका निर्देशक डा. गुरुङले बताए।

उनका अनुसार बिमा बोर्डले यो अस्पताललाई ६९ करोड रूपैयाँ भुक्तानी गरेको छैन। अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको समय २०७७ सालदेखि यताको भुक्तानी थपिँदै गएर ६९ करोड रूपैयाँ बाँकी भएको डा. गुरुङले जानकारी दिए।

भुक्तानी गर्न बाँकी रकममध्ये २० करोड रूपैयाँको माग दाबी हेर्नै बाँकी छ भने एक करोड रूपैयाँ माग दाबी बोर्डले अस्वीकार गरेको थियो। एकातिर समयमा भुक्तानी नगर्ने र अर्कोतिर मागदाबी रकममाथि बोर्डले एक करोड रुपैयाँ अस्वीकार गर्दा अस्पताल समस्यामा परेको छ। ‘एक पटकमा दुई करोड रूपैयाँ दिने र २० करोड रुपैयाँ बाँकी राख्ने प्रवृत्तिले ठुलो रकम भुक्तानी गर्न बाँकी रहेको हो,’ उनले भने।

धेरै रकम बाँकी रहँदा अस्पतालको दैनिकीदेखि आपत्कालीन खर्चमा समस्या परेको गुरुङले जानकारी दिए। ‘उपकरण बिग्रेपछि तुरुन्तै किन्नुपर्छ, त्यो किन्न सकेका छैनौं, यो धेरै ठुलो रकम हो,’ उनले भने।

देशैभरीको स्वास्थ्य बिमा मागदाबीको फाइल पुनः बिमाका कर्मचारीले हेरेर पुष्टि गरेपछि मात्र भुक्तानी गर्ने प्रक्रियाले ढिला भएको स्वास्थ्य बिमा बोर्डका निमित्त कार्यकारी निर्देशक डा. शर्माले बताए।

बक्यौता रकम तीन महिनाको अन्तरालमा भुक्तानी गर्ने बोर्डको प्रक्रिया छ। डा. शर्माका अनुसार देशभरीको मागदाबीको समयमै भेरीफाइ गर्न नसक्दा समस्या उत्पन्न भएको हो। टिचिङसहित देशभरका अस्पतालमा गरी बोर्डले ११ अर्ब भुक्तानी गर्न बाँकी छ। हालसम्म कुल जनसंख्याको २७ प्रतिशत नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध रहेको बोर्डले बताएको छ।
अर्को समाचार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
०२ साउन २०८२
•
१ मिनेट पाठ
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बीमा गरेका व्यक्तिले ३७७ अस्पतालबाट प्रथम सेवाको उपचार गर्न पाउने भएका छन्। यही साउनदेखि प्रथम सेवा विन्दुका लागि बोर्डमा सूचीकृत भएका अस्पतालबाट सेवा पाउने बोर्डका सूचना अधिकारी विकेश मल्लले बताए।




यसअघि बोर्डले तोकेको स्वास्थ्य संस्थामा गएर प्रथम सेवा विन्दुबाट मात्र प्रथम सेवा लिनुपर्ने व्यवस्था रहेको थियो।

“अब झापाको बीमितले कञ्चनपुरमा रहेको प्रथम सेवा विन्दुका लागि सूचीकृत भएको स्वास्थ्य संस्थाबाट उपचार पाउनेछन्”, उनले भने, “प्रथम सेवा विन्दुमा गएर उपचार गर्ने व्यवस्थालाई खुला गरिएको हो।” 

ती प्रथम सेवा विन्दुमा उपचार गरेपछि प्रेषण केन्द्र (रिफरल) अस्पतालमा गएर उपचार विमितले पाउनेछन्।

देशभरि बोर्डमा प्रथम सेवा विन्दु ३७७ स्वास्थ्य संस्था र रिफरल स्वास्थ्य संस्था ९८ छन्। बोर्डले सङ्घीय अस्पताल, विशेषज्ञ अस्पताल, विशिष्टीकृत अस्पताल र प्रतिष्ठानलाई प्रेषण केन्द्रका रूपमा राखेको छ।

बोर्डमा ९४ लाख बीमित छन्। यस्तै बोर्डले प्रत्येक स्थानीय तहमा एकएकवटा प्रथम सेवा विन्दु स्वास्थ्य संस्था राख्न अनुरोध गरेको छ।

बोर्डका सूचना अधिकारी मल्लले स्थानीय तहअन्तर्गतका कुनकुन सेवा प्रदायक स्वास्थ्य संस्थामा स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु आवश्यक पर्ने हो सोको जानकारी गराउन आग्रह गरेका छन्।

सरकारले २०७२ साल कैलालीबाट सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रमले आर्थिक अवस्था कमजोर भएका विपन्न नागरिकलाई उपचार सेवा पुर्याउँदै आएको छ।
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस