आफैं दुखिरहेको वीरको दन्त चिकित्सा
२२ माघ २०८१
•
२ मिनेट पाठ
आफैं दुखिरहेको वीरको दन्त चिकित्सा
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालको डेन्टल सेवा अरू अस्पतालहरूको तुलनामा विभिन्न खालका आधुनिक उपचार दिन सक्ने विभाग हो। तर यो विभागबाट दिने गरिएका केही नियमित सेवामा बिरामीले पालो पाउनसमेत महिनौँ कुर्नुपर्ने स्थिति छ । उपचारका लागि त्यहाँ पुग्नेहरूले नियमित सेवा समयमै पाउन नसकेको भन्दै गुनासो गर्ने गरेका छन् । नक्कली दाँत राख्ने, किराले खाएको दाँतमा सिमेन्ट भर्ने र दाँतको जरा भर्नेलगायत विभिन्न सेवामा बिरामीले पालो पाउन ६ महिनासम्म कुर्नुपर्ने अवस्था रहेको देखिएको छ। 




अस्पतालमा यो समस्या लामो समयदेखिको हो। समयमै पालो नपाएपछि बिरामी कि निजीमा जान कि रोग पालेर जटिल समस्या झेल्न बाध्य हुन्छन्। डेन्टल विभागका अनुसार ६ महिना पालो कुर्नुपर्ने समस्या रहे पनि आकस्मिक रूपमै उपचार गर्नुपर्ने अर्थात् दाँत दुखेका र दाँत निकाल्नुपर्ने बिरामीलाई भने उही दिन सेवा दिने गरिएको छ। तर अरूको हकमा चाहेर पनि छिटो सेवा दिने स्थिति नरहेको डेन्टल विभागका प्रमुख प्रमोद कोइरालाले स्वीकार गरे।

अस्पतालको कन्जोभेटिभ एन्ड इन्डोडेन्टिस्ट विभाग प्रमुख डा. आशा थापाले वीर अस्पतालमा दैनिक धेरै संख्यामा बिरामी आउने गरेको तर अस्पतालको कार्यक्षमता त्यहीअनुरूप हुन नसक्दा चाहेर पनि छिटो सेवा दिन नसकेको बताइन्। ‘एउटै दाँत जरादेखि भर्नुपर्‍यो भने धेरै दिन लाग्छ, त्यो अनुसार समय दिनुपर्छ,’ उनले भनिन्। उपचारमा धेरै समय लाग्ने र व्यवस्थापकीय पक्षमा थुप्रै कमी रहेकाले पनि वर्षौंदेखि छरितो सेवा दिन नसकेको उनले बताइन्। 

‘तत्कालै उपचार गर्नुपर्ने खालका गरिहाल्छौँ, पर्खेर गर्न मिल्नेलाई पालो आउन ६ महिना लाग्छ,’ डा. थापाले भनिन्। यो विभागमा जम्मा आठवटा डेन्टल चेयर छन्। तीमध्ये तीनवटा बिग्रका छन्, बाँकी पाँचवटा सञ्चालित छन्। त्यसमा पनि विशेषज्ञले काम गर्ने डेन्टल चेयर दुईवटा मात्र रहेको डा. कोइराला बताउँछन्। पालो आउन ६ महिना लाग्ने भएपछि एक वर्षमा दुई पटक असोज र जेठमा मात्र बोलाइन्छ।

यसका साथै उपचारमा आवश्यक मेडिकल सामग्रीसमेत समयमै खरिद गरी पठाउनमा ढिला हुँदा पनि उपचारमा ढिला हुने गरेको डा. थापा बताउँछिन्। अहिलेको परिस्थतिमा थप आठवटा डेन्टल चेयर थप्ने र यसका लागि ठाउँको समेत व्यवस्थापन गर्नसके अहिलेको पालोको अवधि घटाएर तीन महिनाभित्र गर्न सकिने डा. थापाले बताइन्। पालो घटाउन र बिरामीलाई छिटोछरिटो सेवा दिन विभागले कार्यविधि बनाई विस्तारित दन्तसेवा सञ्चालन गर्न खोजे पनि कार्यान्वयमा सबै कुरा मिल्न नसकेको विभागीय प्रमुख डा. कोइराला बताउँछन्।  

यसका लागि विभागले प्रयास गरे पनि अस्पतालले निर्माण गर्नुपर्ने सफ्टवेयर र अन्य तदारुकताको कमीको कारण यो विस्तार हुन नसकेको उनीहरूको बुझाइ छ। ‘अस्पताल प्रशासनको नजरमा पनि दन्तसेवा प्राथमिकतामा पर्न सकेको छैन,’ उनले भने। अहिलेको चापलाई सम्बोधन गर्न सरकारी तहबाट छुट्टै डेन्टल अस्पताल खोलेमा मात्र छिटो उपचार सम्भव हुने डा. कोइरालाको सुझाव छ। तर विभागको दाँत निकाल्ने, गिँजाको उपचार गर्ने, एक्सरे र परीक्षण सेवामा भने पालो पर्खिनुनपर्ने कोइरालाले बताए।
अर्को समाचार
गरिबीको दारुण चित्र
२७ जेष्ठ २०८२
•
३ मिनेट पाठ
गरिबीको दारुण चित्र
नेपालमा करिब १० लाख परिवार गरिबीबाट गुज्रिरहेका तथ्यांक सार्वजनिक भएको छ। भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले १२ वर्षअघिदेखि सुरु गरेको गरिबी पहिचान कार्यक्रमअन्तर्गत यस्तो वास्तविकता फेला परेको हो। यो तथ्यांकले अझै पनि नेपालका जनता कुनखालको सुविधा प्रयोग गर्न बाध्य छन् र उनीहरूको जीवनस्तर कति जटिल होला भन्ने सहजै अनुमान लगाउन सकिन्छ।




अति गरिब, गरिब र सामान्य गरिब गरी तीन भागमा वर्गीकरण गरेर लिइएको तथ्यांकले यति धेरै परिवार गरिबको सूचीमा पर्न बाध्य भएका देखाएको हो। जसमध्ये मधेस प्रदेशको सर्लाहीमा सबैभन्दा बढी गरिब रहेका पाइएको छ भने मनाङमा सबैभन्दा कम गरिब रहेका भेटिएको छ। त्यसो त मनाङ पर्यटकीय र सबैभन्दा कम जनसंख्या भएको जिल्लासमेत भएकाले यहाँ गरिबहरू कम देखिएका हुन सक्छन्। 

सर्लाहीको गरिबीको तथ्यांकले सबै नेपालीलाई मुन्टो निहुराउनुपर्ने अवस्थामा पुर्‍याएको छ। यहाँका ५० हजार दुई सय ४८ परिवार गरिबीबीच बाँच्नुपर्ने यथार्थले तिनीहरूको जीवन कति कष्टदायी र असुविधाले भरिपूर्ण होला भन्ने जान्न कठिनाइ पर्दैन। यसैगरी सुदूरपश्चिमस्थित बाजुराको गरिबी तथ्यांक पनि डरलाग्दो छ। यहाँका १३ हजार आठ सय २५ परिवारमध्ये ६ हजार चार सय ९४ अति गरिब, चार हजार दुई सय ६२ मध्यम गरिब र तीन हजार ५९ परिवार सामान्य गरिब छन्। यसरी नै कर्णाली प्रदेशको कालीकोटका १२ हजार ६ सय ८४ परिवारमध्ये पाँच हजार नौ सय ८५ अति गरिब, तीन हजार नौ सय ५१ परिवार मध्यम गरिब तथा दुई हजार सात सय ४८ परिवार सामान्य गरिब छन्। यी केही जिल्लाले नै प्रमाणित गर्छन् कि नेपालीको जीवनचर्या कति कष्टमय र दारुणिक छ भन्ने।

जीविका गरिबीले असर पार्ने सबैभन्दा मुख्य पक्ष हो। जो आफ्नो जीविकाकै लागि हरदिन चिन्तित हुन्छ स्वाभाविकरूपमा उसले शिक्षामा ध्यान दिन पाउँदैन। जो अशिक्षित छ, ऊ हरकुराको जानकारी पाउनबाट वञ्चित हुन्छ। यसरी जानकारी र अधिकारबाटै वञ्चित हुनुपरेपछि अरू सुविधा पाउने कुरै भएन। यसबाहेक स्वास्थ्य सुविधामा पनि उसको पहुँच पुग्ने कुरै भएन। न उसको राजनीतिमा पहुँच हुन्छ न त सामाजिक, आर्थिक, सांस्कृतिक पक्षमै। यस्तो अवस्थाले उसको गरिबीलाई झन् झन् बढाउँछ र जीवनलाई दु:खको आहालमा धकेल्छ। यसर्थ पनि अहिले देखिएको गरिबीको तथ्यांक निकै डरलाग्दो छ भन्न सोच्नै पर्दैन।

पञ्चायतकालमा केन्द्रीकृत शासन व्यवस्थाका कारण विकास र स्रोतका प्रतिफल सबैतिर पुग्न नसकेको साँचो हो। त्यसैले मुलुकले क्रमश: लोकतन्त्र र गणतन्त्र माग गर्‍यो। यस्तो माग स्रोतको विकेन्द्रीकरणका लागि थियो जुन सबै क्षेत्र, भूगोल, वर्ग, समुदाय, वर्ण, लिंग, जात, समुदाय आदिको जीवन स्तरमा सुधार ल्याउने अपेक्षासँग जोडिएको थियो। तर लोकतन्त्र हुँदै मुलुक गणतन्त्रमा गइसकेपछि पनि विकासको प्रतिफल सबै ठाउँमा समानरूपमा पुग्न सकेको रहेनछ भन्ने माथिको तथ्यांकले देखाएको छ। खासमा यो तथ्यांक यही वास्तविकता महसुस गरेर अघि बढ्नका लागि गतिलो पाठसमेत बन्न सक्छ।

कुशासन र अपारदर्शिता तथा यिनैको जगमा मौलाएको भ्रष्टाचार गरिब परिवार बढ्नुको मुख्य कारण हो। शक्ति र पहुँचका आधारमा स्रोतलाई केही ठाउँविशेष, व्यक्तिविशेष, जिल्लाविशेष, सहर/गाउँ/टोलविशेष बनाइनुको नतिजा पनि हो यो अवस्था। जसले गणतन्त्र र संघीयताको मर्मलाई सोझै खिल्ली उडाइरहेका छन्। त्यसैले अहिले जुन तथ्यांक सार्वजनिक भएको छ, त्यसलाई आत्मसात गरेर अघि नबढ्ने हो भने धनी र गरिबबिचको खाडल अझै बढ्ने निश्चित छ। यो यथार्थ मनन गर्न जति ढिला भयो हामी गरिब उत्पादनका लागि उति नै ऊर्बर बन्दै जानेमा शंका छैन।
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
यो पनि पढौँ
वर्षा, विनाश र पूर्वतयारी
वर्षा, विनाश र पूर्वतयारी
नागरिक नागरिक • · १९ जेष्ठ २०८२ · ३ मिनेट पाठ
अनुदानमा अनियमितता
नागरिक नागरिक • · १२ जेष्ठ २०८२ · ३ मिनेट पाठ
किसानमारा संस्थान
नागरिक नागरिक • · ३० वैशाख २०८२ · ३ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस