स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका दुई जना सचिव अनिवार्य अवकाशमा जाँदैछन् । मन्त्रालयका सचिव डा. रोशन पोखरेल र अतिरिक्त सचिव दीपेन्द्र रमण सिंह अनिवार्य अवकाशमा जान लागेका हुन् ।
सोमबारदेखि सेवा अवधि सकिने दुवै सचिवलाई आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले औपचारिक विदाइ गरे ।
२०७६ सालमा मन्त्रिपरिषदको निर्णय अनुसार तत्कालिन १२औं तहका कर्मचारी महेन्द्र श्रेष्ठ र रोशन पोखरेल विशेषज्ञका रुपमा नियुक्ति भएका थिए । यी मध्येमा श्रेष्ठ सेवा अवधि सकिएपछि अवकाश लिएका थिए भने डा. पोखरेल २०७८ सालमा सचिवको रुपमा नियुक्ति पाएका थिए ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार रिक्त दुवै पदको लागि एक साताभित्र सचिव नियुक्ति प्रक्रिया टुंगो लाग्नेछ ।
डा. बुढाथोकीका अनुसार लोकसेवा आयोका अध्यक्ष, विज्ञ, सामान्य प्रशासन मन्त्रालयका सचिवले तीन जनाको नाम सिफारिस गर्नेछन् । ती मध्येमा मन्त्रिपरिषदले एक जनालाई सचिवको रुपमा नियुक्ति गर्नेछ ।
सो अनुसार हालका १२ औ तहका स्वास्थ्य कर्मचारीहरु डा. विकास देवकोटा, डा. संगिता मिश्र र डा. टंक बराकोटी यो पदको लागि उम्मेदवार हुन । उनीहरु मध्येमा एक जना अवको सचिव बन्ने डा. बुढाथोकीले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित रुपमा गतिविधिको भिडियो ब्रिफिङ गर्ने भएको छ ।
मन्त्रालयले फागुन ९ गते शुक्रबारदेखि हरेक साता दिउँसो १ः३० बजे गतिविधिको भिडियो ब्रिफिङ गर्ने भएको हो । साताभर मन्त्रालयबाट भएका नीतिगत परिवर्तनका निर्णय, गतिविधि तथा स्वास्थ्य क्षेत्रका जानकारी समेटेर साप्ताहिक ब्रिफिङ गर्ने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालय तथा स्वास्थ्य सम्बन्धी गतिविधि र सूचना नागरिकले बढी भन्दा बढी थाहा पाउने व्यवस्था मिलाउन भनेका थिए । यसअघि मन्त्री पौडेलले नागरिकका गुनासा सम्बोधन गर्न हेल्लो स्वास्थ्य सञ्चालन गर्न गरेको निर्णय कार्यान्वयनमा आइसकेको छ । हेल्लो स्वास्थ्यले निःशुल्क हटलाइन नम्बर १११५, सामाजिक सञ्जाल तथा इमेलबाटसमेत नागरिकका गुनासा लिएर सम्बोधन गर्दै आइरहेको छ ।
यसैक्रममा नागरिकको सूचना पहुँच वृद्धि गर्न भिडियो ब्रिफिङ शुरुवात गर्न लागिएको हो । 'साताभरका गतिविधि भिडियोमार्फत पस्कँदा प्रभावकारी हुने निष्कर्षसहित नियमित ब्रिफिङको तयारी गरेका हौं,' उनले भने,'भोलिबाट शुरुवात हुनेछ ।'
मन्त्रालयले सञ्चारमाध्यमका अलावा सामाजिक सञ्जालबाटसमेत यस्ता गतिविधि नियमित प्रसार गर्ने तयारी गरेको छ । यसअघि कोभिडका समयमा आवश्यक सूचना यसैगरी नियमति दिने गरिए पनि पछि रोकिएको थियो । हाल मन्त्रालयले प्रेस विज्ञप्तिका अलावा सामाजिक सञ्जालमार्फतसमेत सूचना र जानकारीहरु प्रेषण गर्दै आइरहेको छ ।
स्वास्थ्य क्षेत्रमा भैरहेका काम, स्वास्थ्य सम्बन्धमा आवश्यक सूचना आदि नागरिकलाई नियमित रुपमा जानकारी गराउन भिडियो ब्रिफिङ शुरुवात गर्न लागिएको मन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...