एकीकृत स्वास्थ्य सेवा ऐन ल्याउने तयारी
१९ फागुन २०८१
•
२ मिनेट पाठ
एकीकृत स्वास्थ्य सेवा ऐन ल्याउने तयारी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकीकृत स्वास्थ्य सेवा ऐन ल्याउने तयारी गरेको छ। मन्त्रालयका अनुसार एकीकृत स्वास्थ्य सेवा ऐनको मस्यौदा तयार भइसकेको तर निजामती ऐन पारित भएपछि मात्र प्रस्ताव अघि बढाउने तयारी भएको हो। ‘संघीय निजामती ऐन बनेपछि संसदमा पेस गर्छौं’, मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथाकीले भने।




संघीय निजामती ऐनको लाइनअनुसार स्थानीय र प्रदेशमा जाने लाइन अघि बढाउने तयारी भएको बुढाथोकीको भनाइ छ।

स्वास्थ्यकर्मीको प्रोत्साहन र विशिष्ट सेवालाई व्यवस्थित गर्न पनि एकीकृत स्वास्थ्य सेवा ऐन बन्नैपर्ने स्थिति रहेको उनले बताए। यो ऐनको अभावमा प्रदेश र स्थानीय तहले आआफ्नो ऐन बनाएर स्वास्थ्य सेवा आउँदा स्वास्थ्यकर्मीको वैज्ञानिक रूपमा बढुवा–सरुवालाई चुस्त बनाउन पनि यो ऐन आवश्यक हुने बताए। दुर्गममा स्वास्थ्यकर्मी पुर्‍याउन पनि यो ऐनले सुनिश्चित गर्ने भएकाले अन्तिम लाभ जनतालाई हुने उनको भनाइ छ।

दुइ वर्षअघि नै एकीकृत स्वास्थ्य सेवा ऐनको मस्यौदा बनेपछि संघीय निजामती ऐन पारित नभएसम्म विधेयक अघि नबढाएको प्रवक्ता बुढाथोकीले बताए। यसपटक एकीकृत स्वास्थ्य सेवा ऐन ल्याउने प्रतिबद्धता स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले बताएका हुन्। ‘संघीयताको सीमाभित्र रहेर सेवा विस्तार गर्न एकीकृत स्वास्थ्य सेवा ल्याउनुपर्छ’, मन्त्री पौडेलले भने।

उनले शुक्रबार स्वास्थ्य सेवा दिवसका अवसरमा यस्तो प्रतिबद्धता जनाएका हुन्। सो अवसरमा सहभागी स्वास्थ्यकर्मी युनियनका अध्यक्ष उज्ज्वलकुमार शर्माले स्वास्थ्य सेवामा रहेको अन्योल हटाउन र स्वास्थ्यकर्मीको मनोबल बढाउन पनि अलग्गै स्वास्थ्य सेवा ऐन आवश्यक रहेको बताए।

यो ऐनले स्वास्थ्यकर्मीको उत्प्रेरणा बढाउने भएकाले आवश्यक रहेको हालै अवकाश प्राप्त स्वास्थ्य सचिव रोशन पोखरेलले बताए। ‘छुट्टै स्वास्थ्य सेवा ऐन भएमा मात्र स्वास्थ्यकर्मीको उत्प्रेरणा हुन्छ, यसर्थ पनि यो ऐन आउनैपर्छ’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका हालै अवकाशप्राप्त सचिव रोशन पोखरेलले भने।

पोखरेलले ऐनको कमीका कारण दुर्गममा स्वास्थ्यकर्मी खाली हुँदै गएको र सुगममा स्वास्थ्यकर्मी थुपे्रर रहेको बताए। स्वास्थ्य सेवा ऐन बन्दा सेवामा प्रवेश उमेर बढाएर ४५ सम्म पुर्‍याउनुपर्ने र अवकाशको उमेर ६५ वर्ष हुनुपर्ने जनस्वास्थ्यविद् झलक गौतमले बताए।

उनले भने, ‘चिकित्सा विषय अध्ययन पूरा गर्न नै ढिला हुने भएकाले ३५ बर्से हदबन्दी लागु हुनु हुँदैन’, उनले भने। यसका साथै यो सेवामा प्रोत्साहनका लागि निजामतीसरहको सेवा सुविधा राख्न नहुने पनि उनले बताए।
अर्को समाचार
संघीय अस्पतालमा सेवा मूल्यमा एक रुपताको लागि विधेयक ल्याउने तयारी
२१ वैशाख २०८२
•
१ मिनेट पाठ
संघीय अस्पतालमा सेवा मूल्यमा एक रुपताको लागि विधेयक ल्याउने तयारी
संघीय अस्पताल विकास समितिहरूमा पारदर्शिता र सेवा तथा मूल्यमा एक रुपता ल्याउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एकीकृत विधेयक ल्याउने तयारी गरेका छन् ।




यसका लागि मन्त्री पौडेलले अघि बढाएको एकीकृत अस्पताल सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धी विधेयक तर्जुमाका लागि गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक सहमति दिएको छ ।

मन्त्री पौडेलले अस्पतालपिच्छे रहेका विकास समितिमा भएका सेवा शुल्कको भिन्नता,खर्चमा देखिएको अपारदर्शिता तथा कर्मचारीको नियुक्ति तथा स्थायी प्रक्रियालाई एकरूपता ल्याउने गरी सुधार गर्ने उद्देश्य लिएका छन् ।

हाल संघीय अस्पतालहरुमा भएका बेग्ला बेग्लै समिति अस्तित्वमा हुँदा उनीहरुले एकै खालका अन्य संघीय अस्पतालभन्दा फरक नियम तथा सेवा शुल्क लिने गरेका छन् । यसलाई कम गर्नका लागि अब ऐनमार्फत एकीकृत रुपमा सेवा तथा नीतिगत व्यवस्था हुने गरी व्यवस्था गर्ने तयारी अघि बढाइएको छ । अस्पतालहरूका आन्तरिक आम्दानीको खर्चको प्रवृत्तिसमेत एकै खालको नभएकाले यसलाई समेत नयाँ विधेयकमा समेट्ने तयारी मन्त्री पौडेलको छ । कतिपय अवस्थामा बढिरहेको प्रशासनिक खर्चसमेत कम गर्ने लक्ष्य मन्त्रालयले लिएको छ ।
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस