नेपालमा पहिलो पटक ट्रान्सजेन्डरबाट लिंग परिवर्तन भएको छ । त्रिवि शिक्षण अस्पताल महारागञ्जमा जनकपुरका २५ वर्षीय टान्सजेण्डरको शल्यक्रिया गरी महिलाको यौनाङ बनाइएको हो । जेठको दोस्रो साता शल्यक्रिया भई जेठको तेस्रो साता डिस्चार्ज भइसकेकी उनको लिंगकै तन्तुहरुलाई आवश्यकता अनुसार प्रतिस्थापन गरिएको अस्पतालले जनाएको छ । ‘शल्यक्रियापछि यी व्यक्तिले खोजे अनुसारको लैगिक सुविधा लिन सक्षम बनेका छन्’ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अमेरिकी प्लास्टिक सर्जन डा.अलरिजा हामीदियान जारोमीको सहयोगमा अस्पतालको प्लास्स्टिक सर्जरी विभागका प्रमुख डा.जयनमान श्रेष्ठको नेतृत्वसहित अस्पतालको चिकित्सक टोलीको सहभागितामा शल्यक्रिया गरिएको हो । अस्पतालमा पहिल्यै सीपयुक्त जनशक्ति भएपनि पहिलो शल्यक्रिया अनुभवी चिकित्सकको सहयोगमा गर्ने निधो गरी अमेरिकी सर्जन डा.जारोमीको सहयोग लिएको प्लास्टिक सर्जरी विभागका प्रमुख डा. श्रेष्ठले बताए ।
डा. जारोमीले शल्यक्रिया गरेवापत कुनै शुल्क नलिएको अस्पतालले जनाएको छ । डा.जारोमी आइतबार नै अमेरिका फर्केको र भविष्यमा अस्पतालले बोलाएमा आउने प्रतिबद्धता जनाएको डा. श्रेष्ठले जानकारी दिए । उनका अनुसार शल्यक्रियाको क्रममा सेवाग्राहीको लिंगमा आवश्यक ‘क्लाइरटस’ संरक्षण गरी उनको लिंग परिवर्तन गरेकोले भविष्यमा उक्त व्यक्ति पूर्णरुपमा महिलारुपी यौन जीवन अपनाउन सक्षम हुनेछिन । ‘उनी अव पुरुषसँग यौन सम्वन्ध राख्न सक्षम हुनेछिन,’ उनले भने । लिंग परिवर्तन गर्ने व्यक्तिले आफ्नो परिचय गोप्य राख्न अनुरोध गरेकाले नाम सार्वजनिक नगरेको डा. श्रेष्ठले बताए ।
लिंग परिवर्तन गर्ने शल्यक्रिया अत्यन्तै जटिल शल्यक्रिया मानिन्छ । लिंग परिवर्तनपछि पिसावको नली च्यापिने, लिंगमा संक्रमण हुने जस्ता जटिलता आउने भएकोले शल्यक्रिया गरेको व्यक्ति अत्यन्तै सजक भई सफाइमा ध्यान दिनु पर्ने डा. श्रेष्ठ सुझाउँछन् ।
लिंग परिवर्तन गर्ने शल्यक्रियाको लागि डा. श्रेष्ठले थाइल्याण्डमा पुगी दुई महिनाको तालिम लिएर आएका थिए । त्यसपछि उनको प्रयासमा नेपालमै यो कार्यक्रम ल्याइएको हो । आफुसँग प्रर्याप्त सीप भएकोले अबको शल्यक्रिया गर्न अस्पतालकै टिम पर्याप्त भएको उनले सुनाए ।
यो शल्यक्रियाको लागि नेपालमा डेढदेखि दुई लाख रुपैयाँ शुल्क लाग्नेछ । नेपालमा यो सेवा सुरु भएसंगै यो शल्यक्रियाको लागि टान्सजेण्डर विदेश गएर लाखौ खर्च गर्ने समस्यावाट मुक्त हुने दाबी डा. श्रेष्ठको छ । ‘यस्तो शल्यक्रियाको माग धेरै छ, भविष्यमा थप शल्यक्रिया गर्छौ’ उनले भने ।
नेपालमै पहिलो लिंग परिवर्तनको शल्यक्रियासंँगै यस्तो शल्यक्रियाको लागि अस्पताल सक्षम भएको अस्पतालका डा. श्रेष्ठले बताए ।
शल्यक्रियामा प्लास्ष्टिक सर्जरी विभागका सवै प्लाष्टिक सर्जनहरू प्राध्यपक डा. ईश्वर लोहनी, डा. संगम रायमाझी, डा. हिमालय निरौला, रेजिडेन्ट डा. अनुप थापा, डा. सुदिप पण्डित, डा. आशिष अधिकारी, डा.नोभेल, डा.ईशा, डा.अस्विन संलग्न थिए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो।
आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ।
छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ।
माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...