यो वर्ष ६० हजारलाई डेंगी संक्रमण हुने आंकलन
१८ असार २०८२
•
३ मिनेट पाठ
यो वर्ष ६० हजारलाई डेंगी संक्रमण हुने आंकलन
अहिले केही जिल्लाहरूमा दुई सयको हाराहारीमा डेंगी संक्रमण फैलिइसकेको छ । केही जिल्लामा त्यो भन्दा कम संख्यामा संक्रमण फेला परेको छ । यी  सबै गरी रिपोर्ट भएका संक्रमित संख्या १६ सय  पुगेको छ ।




यो समयमा गत वर्षभन्दा आधा संख्यामा तथ्याकं देखिएपनि भित्र–भित्रै डेंगी संक्रमण फैलिरहेको इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। ‘यो वर्ष ६० हजार डेंगी संक्रमित हुने सक्ने आंकलन गरिएको छ ’ कीटजन्य शाखाका प्रमुख गोकर्ण दाहालले भने ।

बुधबार एक छलफल कार्यक्रमको बिच महाशाखाले सम्भावित जोखिमलाई ध्यान दिई पुर्वतयारी पनि भइसकेको जनाएको हो । ‘सबै स्थानीय तह र स्वास्थ्य संस्थालाई डेंगु विरुद्धको अभियान र उपचारको लागि समान उपचार विधि र अभियानको बारेमा जानकारी गराएका छौ ’ महाशाखा कीटजन्य शाखाका प्रमुख डा।गोकर्ण दाहालले भने । यसको साथै २५ हजार कीट रहेको र सम्बन्धित तहलाई कीट खरिद र अभियानको लागि बजेट पठाइसकेको नयाँ वर्षमा पनि यो बजेट निष्कासन हुने जानकारी दिए ।  अभियानको लागि विभिन्न भाषामा सन्देशमूलक सामाग्री प्रचार÷प्रसारण गर्ने गरी कार्य योजना र आवश्यक बजेटको व्यवस्थापन गरेको महाशाखाले जनाएको छ ।

असारको मध्यसम्ममा गत वर्षको तुलनामा आधा संख्यामा देखिएपनि डेंगी संक्रमण भने धेरै भएको हुने उनको अनुमान छ । कतिपय डेंगीले कडा लक्षण नदेखिने र कतिपयको परीक्षण बिना नै निको हुने भएकोले समुदायमा दोब्बर संख्यामा भएको हुन सक्ने दाहाल बताउँछन् । डेंगी संक्रमण साउनदेखि कात्तिकसम्म बढी सक्रिय हुने हुने र यही मनसुनमा सक्रिय हुने हुनाले अव हरेक निकाय सजक हुनु पर्ने देखिएको सुझाए । विशेष गरी लामखुट्टे खोज र नष्ट गर अभियान अबको तीन महिनासम्म निरन्तर जारी राख्नु पर्ने सुझाए । ‘लामखुट्टेको वासस्थान नै नभएपछि वृद्धि हुँदैन, वृद्धि नभएपछि संक्रमण हुँदैन’ उनले भने ।

चिकित्सकको अनुसार एडिस एजिप्टाइ’ नामक लामखुट्टेको सङ्क्रमणबाट डेंगी संक्रमण हुन्छ । यो लामखुट्टेले डेंगी संक्रमित  व्यक्तिलाई टोकेमा अर्को व्यक्तिमा सर्छ । एउटा लामखुट्टेबाट कम्तीमा आफ्नो जीवनकालमा दश जनालाई संक्रमण गर्न सक्ने भएकोले यो लामखुट्टेको टोकाइबाट बच्नु नै मुख्य उपाय रहेको चिकित्सक बताउँछन् ।  

यो लामखुट्टे बिहान  र साँझपख सक्रिय हुने हुनाले यसको टोकाइबाट बच्नको लागि शरीर छोप्ने लुगा लगाउने, खालि भागमा मलम लगाउने, घरमा जाली लगाउने, सफा भाँडोमा धेरै दिन पानी खुल्ला गरी नराख्ने, खाल्डाखुल्डी र  बट्टामा पानी जम्मा भएमा सफा गर्ने जस्ता अभियान जारी राख्न दाहालले सुझाउँछन् ।

विगत चार वर्षदेखि नेपालमा हरेक वर्ष डेंगी संक्रमण देखिएको हुनाले यसको नियन्त्रण चुनौती बनेको दाहाल बताउँछन् ।  विशेष गरी ‘लामखुट्टेको वासस्थान खोज र नष्ट गर’निरन्तरता हुन नसक्नु मुख्य चुनौती बनेको छ’उनले भने । अबको जोखिममा तीन महिनासम्म निरन्तर खोज र नष्ट गर अभियानमा स्थानीय तह, हरेक घर परिवार सक्रिय हुने हो भने डेंगी संक्रमण नियन्त्रण गर्न सम्भव हुने उनले बताए । यसको साथै यो वर्ष डेंगी सङ्क्रमणबाट हुने मृत्युलाई पुरै घटाउने गरी उपचार कार्यविधी समान रुपमा लागु हुने व्यवस्था गरेको उनले बताए ।

महाशाखाका निर्देशक डा.चन्द्रबल झाले डेंगीको तुलनामा अन्य संक्रमित रोग कम देखिएकोले डेंगी नियन्त्रणमा केन्द्रित हुनु पर्ने बताए ।  डेंगी नियन्त्रणको लागि सबै निकायको भूमिका आवश्यक रहेको छ बताए । ‘ स्वास्थ्य क्षेत्रले मात्र गरेर हुँदैन, वातावरण, तीनै तहका सरकार सबैको भूमिका आवश्यक छ’उनले भने ।
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस