२९ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

सभामुख सापकोटाद्धारा स्वास्थ्य सामाग्री बितरण

सिन्धुपाल्चोक- प्रतिनिधिसभाका समामुख अग्निप्रसाद सापकोटाले आफ्नो निर्वाचन क्षेत्रमा कोरोना भाइरस नियन्त्रणका लागि अत्यावश्यक पर्ने स्वास्थ्य सामाग्री बितरण गरेका छन्।  

आफ्ना प्रतिनिधि नेकपाका केन्द्रीय सदस्य माधव सापकोटामार्फत उनले मंगलबार र बुधबार निर्वाचन क्षेत्र नं. १ का आठ स्थानीय तहका स्वास्थ्य संस्थाको लागि सामाग्री बितरण गरेका हुन्।  यी स्थानीय तहमा रहेका ७३ स्वास्थ्य संस्थालाई सभामुख सापकोटाको पहलमा संकलित सामाग्री बितरण गरिएको नेता सापकोटाले बताए।  

उनका अनुसार स्वास्थ्य संस्थालाई ७३/७३ थानका दरले थर्मलगन, पिपिइ सेट, गमबुठ, ग्लोब्स् र आवश्यक संख्यामा सेनिटाइजर, एन–९५ र सामान्य माक्स, पञ्जा लगायत सामाग्री बितरण गरिएको हो।  सम्वन्धित स्थानीय तहमार्फत स्वास्थ्य संस्थालाई सामाग्री हस्तान्तरण गरिएको छ।  बुधबार जुगल, बलेफी र सुनकोसी गाउँपालिमा तथा मंगलबार चौतारा साँगाचोकगढी, बाह्रविसे नगरपालिका, त्रिपुरासुन्दरी, भोटेकोसी र लिसंखुपाखर गाउँपालिकामा स्वास्थ्य सामाग्री वितरण गरिएको थियो।  साथै सभामुख सापकोटाले जिल्लाका सञ्चारकर्मी, एफएम रेडियो र सिन्धु सदाबहार सामुदायिक अस्पताललाई समेत स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन्।  

इन्जिनियरहरुको अस्पताललाई सामाग्री

जिल्लाका इन्जिनियरहरुले चौतारा अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन्।  सिन्धु इन्जिनियरिङ समाज नेपालले अस्पताललाई स्वाब संकलन गर्ने कलेक्सन बुथ एकथानसहित एउटा थर्मोगन, तीन पिपिइ सेट र २० थान एन–९५ माक्स सहयोग गरेको हो।  

नेपाल इन्जिनियर्स एसोसियसन बाग्मती प्रदेशसँगको सहकार्यमा झण्डै एक लाख रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको समाजका अध्यक्ष सञ्जय सापकोटाले बताए।  दोस्रो चरणमा तत्कालै मेलम्ची र बाह्रविसे स्वास्थ्य चौकीलाई समेत स्वाब कलेक्सन बुथसहितका सामाग्री उपलब्ध गराउने उनले जानकारी दिए।  

               

प्रकाशित: १० वैशाख २०७७ १५:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App