जिन अनुसन्धान गर्न दिएकोमा ६ जनासँग स्पष्टीकरण
०२ जेष्ठ २०७७
•
१० मिनेट पाठ
जिन अनुसन्धान गर्न दिएकोमा ६ जनासँग स्पष्टीकरण
सरकार तथा सम्बन्धित निकायलाई जानकारी नदिई कोरोना संक्रमित पहिलो युवाको जिन विदेशी संस्थालाई अनुसन्धान गर्न दिएको विषयमा स्वास्थ्य अनुसन्धान परिषद्ले जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डाक्टर रुना झासहित ६ जनालाई स्पष्टीकरण सोधेको छ । उनीहरूलाई परिषद्ले लिखित पत्रमार्फत स्पष्टीकरण सोधेको हो । 




परिषद्ले निर्देशक झा, राष्ट्रिय इपिडियामोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर वासुदेव पाण्डे, शुक्रराज सरुवा रोग अस्पतालका डाक्टर अनुप बाँस्तोला, महाशाखाका पूर्वनिर्देशक डाक्टर विवेककुमार लाल, प्रयोगशालाकै रंजित शाह र हेमन्त चन्द्र ओझालाई स्पष्टीकरण सोधिएको परिषद्ले जनाएको छ । 

नेपालका पहिलो संक्रमित युवाको जिन अनुसन्धानका लागि राष्ट्रिय प्रयोगशालासहितको समूहले सम्बन्धित निकायमा अनुमति नलिई दिएकाले स्पष्टीकरण लिइएको स्वास्थ्य अनुसन्धान परिषद्का एक अधिकारीले बताए । केही दिनअघि ‘अमेरिकी सोसाइटी फर माइक्रोबायोलोजी जर्नल’मा प्रकाशित भएपछि मात्र अनुसन्धान परिषद् तथा स्वास्थ्य मन्त्रालयले थाहा पाएको हो । 

राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनअनुसार कुनै पनि जिनको अनुसन्धान गर्नुअघि सम्बन्धित व्यक्ति तथा देशको सम्बन्धित निकायको अनुमति लिनुपर्ने र निकायहरूबीच छलफलसमेत हुनुपर्ने प्रक्रिया छ । सम्बन्धित देशमा अनुसन्धान परिषद् नभएको अवस्थामा अन्य प्रक्रिया पूरा गर्नुपर्छ तर परिषद् भएको अवस्थामा लिखित प्रस्ताव पूरा गर्नुपर्छ । 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन २०४७ बमोजिम कुनै पनि मानव स्वास्थ्यसँग सम्बन्धित अनुसन्धान कार्य गर्दा परिषद्को पूर्वस्वीकृत लिनुपर्छ । ऐनको दफा १२ उफदफा ३मा कसैले स्वीकृत नलिई स्वास्थ्यसम्बन्धी अध्ययन अनुसन्धान गरे कारबाही गरिने व्यवस्था छ । यो स्वीकृतिबिना नै झासहितको टोलीले वैज्ञानिक अनुसन्धान कार्य सम्पन्न गरी लेखसमेत प्रकाशित भएको पाइएकाले स्पष्टीकरण सोधिएको राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य डाक्टर प्रदीप ज्ञवालीले बताए । ‘स्पष्टीकरण पत्रमार्फत सोधेका छौं, जवाफ आएको छैन, इथिकल नभएपछि परिषद्ले स्पष्टीकरण सोधेको हो,’ डाक्टर ज्ञवालीले भने । 

गत माघ ९मा चीनको वुहानबाट आएका एक ३५ वर्षीय युवकमा लक्षण देखिएपछि उनी टेकु अस्पताल पुगे । अस्पतालले परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठायो । प्रयोगशालामा परीक्षण नभएपछि विश्व स्वास्थ्य संगठनले मान्यता दिएको हङकङस्थित प्रयोगशालामा पठाइएको थियो । प्रयोगशालाको रिपोर्ट आएपछि युवकको जिन अनुसन्धानका लागि विदेशी अनुसन्धान निकायलाई पठाइएको परिषद्को छानबिनको क्रममा पाइएको छ । 

स्पष्टीकरण सोधिएको समूहले नेपालको कानुनविपरीत मात्र नभएर अन्तर्राष्ट्रिय कानुन बायोम्याट्रिकसम्बन्धी महासन्धि २०१४ समेत उल्लंघन गरेको छ । घटनालगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झासहितको टोलीलाई बोलाई छलफलसमेत गरेको मन्त्रालय स्रोतले जनाएको छ । 

यस विषयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक झाले भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला आफैंमा भाइरस अनुसन्धानका लागि सक्षम निकाय भएको र यो प्रक्रियामा अन्य निकायसमेत भएकाले आफ्नो मात्र निर्णय नभएको बताइन् । ‘अनुमति दिने निकायमा राष्ट्रिय इपिडियामोलोजी तथा अन्य निकाय पनि छन्, म मात्र होइन,’ उनले शुक्रबार नागरिकसित भनिन् । प्रक्रियाबारे डाक्टर झा थप बोल्न चाहिनन् । 

यस विषयमा राष्ट्रिय इपिडियामोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर वासुदेव पाण्डेले सो समयमा आफू महाशाखामा नरहेको र टेकु अस्पतालको निर्देशकको रूपमा रहेको बताए । त्यतिबेला पहिलो संक्रमितको इन्फ्लुएन्जा परीक्षण गर्दा नेगेटिभ आएपछि मात्र परीक्षणका लागि अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विश्व स्वास्थ्य संगठनको समन्वयमा हङकङ पठाएको बताए । डाक्टर पाण्डेले पनि यस विषयमा थप बोल्न चाहेनन् । 

नेपालसित बिनाअनुमति अन्तर्राष्ट्रिय अनुसन्धान निकायलाई जिनको अनुसन्धान गर्न दिँदा अनुसन्धानको आधारमा भाइरसविरुद्ध खोप बनेको अवस्थामा उनीहरूले भाइरसविरुद्ध खोप बनाएर प्रतिलिपि अधिकारसमेत खोस्न सक्थे । ‘भाइरस नयाँ थियो भने उनीहरूले भ्याक्सिन बनाएर प्रतिलिपि अधिकारसमेत खोस्थे, भाइरस नयाँ नभएर नोवेल रहेछ । राज्यमा अनुसन्धानबारे कतै पनि दर्ता नभएकाले प्रतिलिपि अधिकार पनि खोसिने स्थिति थियो,’ परिषद् स्रोतले शुक्रबार नागरिकसित भन्यो । कुनै पनि स्वास्थ्यसम्बन्धी अध्ययन अनुसन्धान गर्दा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई लिखित रूपमा प्रस्ताव पठाउनुपर्ने प्रक्रिया छ । परिषद्को बोर्डले पारित गरेपछि मात्र अनुसन्धान गर्न पाइन्छ ।
अर्को समाचार
अमेरिकामा एक महिनामा दुई लाख ७० हजार बालबालिका सङ्क्रमित
०८ चैत्र २०७८
•
१ मिनेट पाठ
अमेरिकामा एक महिनामा दुई लाख ७० हजार बालबालिका सङ्क्रमित
अमेरिकामा पछिल्लो एक महिनामा दुई लाख ७० हजार बालबालिका कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित भएका छन्। अमेरिकाको वालबालिका अस्पताल संघले सोमबार दिएको जानकारीअनुसार महामारी सुरु भएदेखि अहिलेसम्म भने एक करोड २० लाख ८० हजारभन्दा बढी सङ्क्रमित भएका छन्।




गत मार्च १७ सम्ममा पछिल्लो एक हप्तामा भने ३१ हजार ९९१ बालबालिका कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। ठूलो सङ्ख्यामा बालबालिकाहरु कोरोनाभाइरसबाट सङ्क्रमित भएको विषयलाई अमेरिकी अधिकारीहरुले चिन्ताको रुपमा लिएका छन्।

'यसले बालबालिकाको स्वास्थ्यमा असर पार्नेछ भन्ने कुरालाई गम्भीर रुपमा लिनु पर्दछ, त्यसैले त्यसतर्फ बेलैमा ध्यान दिनु पर्दछ,' एक अधिकारीले भने।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १० मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस