किट अभावमा परीक्षणमा ढिलाइ
०७ जेष्ठ २०७७
•
१० मिनेट पाठ
किट अभावमा परीक्षणमा ढिलाइ
कपिलवस्तु नगरपालिकाका स्वास्थ्य संयोजक उमेश गुप्ता नगरपालिकाले निर्माण गरेको क्वारेन्टिनमा बसेका व्यक्तिहरूलाई हेर्न जान हचकिन्छन् । क्वारेन्टिनको अवस्था बुझ्न उनलाई दिनहुँ त्यहाँ जार्नुपर्छ । तर त्यहाँ भने उनी अप्ठेरोमा पर्ने गरेका छन् । क्वारेन्टिनमा ७ दिन बिताएकालाई पिसिआरका लागि स्वाब संकलन गर्नु पर्ने नियम छ । तर क्वारेन्टिनमा २ देखि ३ हप्ता बितिसक्दा पनि किट अभावले स्वाब संकलन हुन सकेको छैन ।  




‘क्वारेन्टिनमा जाँदा ढुंगाले हान्छ खोज्छन्,’ स्वास्थ्य संयोजक गुप्ताले भने ‘किट अभावले परीक्षणमा निकै ढिलाइ भएको छ । उनले अहिले क्वारेन्टिनमा जानसक्ने स्थिति नै छैन,’ उनले भने । ६ सय ३० जना क्वारेन्टिनमा रहेको नगरपालिकामा नौ जना संक्रमति भेटिएका छन् ।

प्रदेश सरकारसँ किट माग गर्दा पनि उपलब्ध हुन नकसेपछि अहिले नगरपालिकाले आफैले १ हजार किट किनेको उनले बताए । यस्तै नौ जना संक्रमित भेटिएको मायादेवी गाउँपालिमामा पनि किट अभावले परीक्षणमा ढिलाइ भएको मायादेवी गाउँपालिका स्वास्थ्य सांयोजक महेन्द्रप्रसाद यादवले बताए । क्वारेन्टिनमा रहेको व्यक्तिको दिनहँु गाली खानु परेको उनले गुनासो गरे ।  

‘क्वारेन्टिनमा २० दिनभन्दा बढी बसेकासमेत छन् तर उनीहरूको अहिलेसम्म परीक्षण हुन सकेको छैन,’ उनले भने । क्वारेन्टिनमा १४ बिताइसकेकाहरूले कि परीक्षण गरियोस् नत्र घर जान दिइयोस् भन्ने माग गरिरहेको यादवले बताए ।  

गाउँपालिकामा ६ सय ६ जना क्वारेन्टिनमा छन् । उता परीक्षण ढिला हुँदा गत शुक्रबार र शनिबार गरी यशोधरा गाउँपालिका–८ खोरियाका २ क्वारेन्टिनमा रहेका ४५ जना भागेका थिए । यशोधरा गाउँपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकालले क्वारेन्टिनमा १४ दिनभन्दा बढी बिताएका मानिस बढ्दै गएको तर किट अभाव देखाउँदै स्वाब संकलन नगरिँदा धेरै समस्या आएको बताए । जिल्लामा सबैभन्दा बढी १२ जना संक्रमति भेटिएको यशोधराका क्वारेन्टिनमा ९ सय ८ जना छन् । त्यसमध्ये आधा भन्दा बढीले १४ दिन बढी क्वारेन्टिनमा बिताए पनि परीक्षण गरिएको छैन ।  

सीमित मात्रामा किट उपलब्ध हुँदा क्वारेन्टिनमा बसेका ८० प्रतिशत बढीको अझै स्बाव संकलनमा ढिलाइ भएको स्वास्थ्य कार्यालय कोरोना फोकल पर्सन कुमार थापाले बताए । उनका अनुसार १ हजार ३ सय ३ जनाको स्वाब टेस्ट भइसकेको छ । । जिल्लाका लागि तत्काल १० हजार किट माग गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । जिल्लाका १० स्थानीय तहले १ सय ८५ स्थानमा निर्माण गरेको क्वारेन्टिनमा ७ हजार ४ सय ५१ जना रहेका छन् ।
अर्को समाचार
ताप्लेजुङका थप २० जनाको पीसीआर रिपोर्ट नेगेटिभ
१० साउन २०७७
•
१ मिनेट पाठ
ताप्लेजुङका थप २० जनाको पीसीआर रिपोर्ट नेगेटिभ
ताप्लेजुङबाट पठाइएको २० जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । क्वारेन्टिन सुरक्षामा खटिएका ४ सुरक्षाकर्मीसहित २० जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । उनका अनुसार अहिले सम्म ताप्लेजुङमा २ सय ९५ जनाको पीसीआर अर्थात् स्वाब परीक्षण गरिएको छ । ८ सय ९ जनाको आरडीटी परीक्षण गरि सकिएको प्रजिअ निरौलाले बताए ।  




पीसीआर परीक्षण गरिएका मध्ये ७ जनाको रिपोर्ट पोजेटिभ आएकोमा ४ जना निको भएर घर फर्किसकेका छन् । ३ जना भने चिकित्सकीय निगरानीमा फुङ्लिङस्थित ताप्लेजुङ उद्योग बाणिज्य संघको क्वारेन्टिन केन्द्रमा रहेका छन् । यहाँ पीसीआर परीक्षण गरिएका मध्ये औसतमा २.३७ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । 

कोरोना अहिले सम्मको अवस्था नियाल्दा संक्रमण देखिएको कम्तिमा ७ देखि बढीमा १० दिनको अवधिमा कोरोना संक्रमितले संक्रमणलाई जितेको पाईएको छ । संक्रमित ३ जनाको पनि केहि दिनमै स्वाब संकलन गरी परीक्षणका लागि पठाउने तयारी गरिएको छ ।  

आरडीटी परीक्षणका क्रममा २ जनाको रिपोर्ट आरडीटी पोजेटिभ आएपनि पछि पीसीआर परीक्षण रिपोर्ट भने नेगेटिभ आएको थियो । यहाँका संक्रमित सबै बैदेशिक रोजगारीमा खाडी राष्ट्र पुगेर फर्किएका नागरिक रहेका छन् ।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यो पनि पढौँ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस