अस्पतालको कोठै असुरक्षित
११ असार २०७७
•
२ मिनेट पाठ
अस्पतालको कोठै असुरक्षित
अस्पताल जो धेरै समस्या बिरामी परेर जाने ठाउँ हो । अस्पताल जस्तो संवेदनशिल ठाउँमा आफू असुरक्षित हुन्छु भन्ने कसैको पनि सोच हुँदैन र सोच्दैनन् । तर, बुधबार ठीक त्यसको उल्टो घटना भयो विराटनगरस्थित कोसी अस्पतालको फिमेल मेडिकल वार्डमा ।




कोसी अस्पतालको फिमेल मेडिकल वार्डमा उपचार गराइ रहेकी बहिनीको हेरविचारका लागि कुरुवा बस्न एक साताअघि आएकी २१ वर्षीया युवतीलाई जबरजस्तीको प्रयास भएको घटना बहिरिएको छ ।  

कोसी अस्पतालको सुरक्षा व्यवस्था कमजोर हुँदा समय समयमा बिरामी र कुरुवाका सामान चोरी भएको घटना सार्वजनिक हुँदै आएको थियो । अस्पतालको सुरक्षा अवस्थालाई चुनौती दिँदै खोटाङ घर भई सुनसरीको इटहरी–४ मा डेरा गरी बस्दै आएकी युवतीलाई बुधबार बिहान साढे ३ बजेतिर अस्पतालको वार्डमा जबरजस्तीको प्रयास भयो ।  

फिमेल मेडिकल वार्डको २०२ नम्बरको खाली बेडमा सुतेकी युवतीलाई बुधबार बिहान ३ बजेतिर एक्कासी चुम्बन गर्दा आफू ब्यूँझिएर हेर्दा अगाडि एक अपरिचित युवालाई हुन्छन् । ‘म सुतिरहेको थिएँ । मलाई चुम्बन गर्दै संवेदनशिल ठाउँमा हात हाल्न थालेको थाहा पाएर  ब्यूँझिएर,’ युवतीले भनिन्, ‘बिहानको ३.३० बजेको हुनुपर्छ र आफूले प्रतिकार गर्दा अस्पतालको २ तले सिँढीबाट हाम्फालेर भाग्यो ।’ म नर्भस भएकाले कराउन पनि सकिन र अतालिएको बेलमा कराउनु पर्छ भनेर आएन । उ भाग्ने क्रममा सबै सिँढीको गेट बन्द भएकाले माथिबाटै हाम्फाल्यो र भाग्यो उनले भनिन् ।  

‘बल्ल होस आयो र अरुलाई हल्ला गरेर बोलाएँ,’ युवतीले भनिन्, ‘हामी सबै तल पुग्दा उ भागी सकेको रहेछ । तल्लो तलमा कुरुवा बस्नु भएको महिलालाई सोध्दा एक जना पुरुष खुट्टा खल्चाक खल्चाक बाहिर गयो भन्नु भयो ।’ त्यसपछि एकैचोटी मलाई यस्तो भयो भन्न पनि सकिन र बिस्तारै घटना सुनाएँ । त्यो केटा अस्पतालको स्टाफ नभए पनि यहाँको स्टाफसँग आउनेजाने रहेछ । मैले केटाको हुलिया बताएपछि नर्सहरूले यो मान्छे हो कि होइन भनेर फोटो देखाउँदा त्यही केटाको फोटो चिने उनले भनिन् ।  

पीडत युवतीको आफन्तले जिल्ला प्रहरी कार्यालयमा घटनाको जानकारी गराउँदै उजुरी दर्ता गराए । ‘प्रहरीले घटनालाई सामान्य लिँदै ‘अभद्र व्यवहारमा मुद्दा दर्ता गरेकोप्रति हाम्रो चित्त बुझेको छैन,’ उनीहरुले भने, ‘यौन दुव्र्यवहारको मानसिकता लिएर त्यस्तो व्यवहार गर्छ भने कसरी अभद्र भन्न मिल्छ ?’  

प्रहरीले घटनामा संलग्न भएको आरोपमा बुधबार साँझ मोरङको कटहरी–४ नयाँ बजारका २४ वर्षीय सुरजकुमार मण्डललाई पक्राउ गरे जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बिरामी कुरुवा बसेकी युवतीमाथि दुव्र्यवहार गरेको पाइएपछि खोजी गरेर मण्डललाई पक्राउ गरेको बताए ।  

रातको समयमा ती युवा कसरी अस्पतालको महिला वार्डमा पुग्न सके र बिरामी कुरुवामाथि दुव्र्यवहार गर्न भ्याए भन्ने बारेमा थप अनुसन्धान अघि बढाएको छौं, राईले भने । पक्राउ परेका मण्डल हेल्थ असिस्टेन (एचए) अध्ययन गरेका युवा हुन् । उ केही समयअघि कोसी अस्पतालमै स्यंमसेवकका रुपमा काम गरेको खुलेको छ । उविरुद्ध परेको किटानी जाहेरीका आधारमा प्रहरीले अभद्र व्यवहार मुद्दामा म्याद थपेर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
अर्को समाचार
अस्पतालको कोठै असुरक्षित, कुरुवामाथि जबरजस्तीको प्रयास
११ असार २०७७
•
२ मिनेट पाठ
अस्पतालको कोठै असुरक्षित, कुरुवामाथि जबरजस्तीको प्रयास
अस्पताल जो धेरै समस्या बिरामी परेर जाने ठाउँ हो । अस्पताल जस्तो संवेदनशिल ठाउँमा आफू असुरक्षित हुन्छु भन्ने कसैको पनि सोच हुँदैन र सोच्दैनन् । तर, बुधबार ठीक त्यसको उल्टो घटना भयो विराटनगरस्थित कोसी अस्पतालको फिमेल मेडिकल वार्डमा ।




कोसी अस्पतालको फिमेल मेडिकल वार्डमा उपचार गराइ रहेकी बहिनीको हेरविचारका लागि कुरुवा बस्न एक साताअघि आएकी २१ वर्षीया युवतीलाई जबरजस्तीको प्रयास भएको घटना बहिरिएको छ ।  

कोसी अस्पतालको सुरक्षा व्यवस्था कमजोर हुँदा समय समयमा बिरामी र कुरुवाका सामान चोरी भएको घटना सार्वजनिक हुँदै आएको थियो । अस्पतालको सुरक्षा अवस्थालाई चुनौती दिँदै खोटाङ घर भई सुनसरीको इटहरी–४ मा डेरा गरी बस्दै आएकी युवतीलाई बुधबार बिहान साढे ३ बजेतिर अस्पतालको वार्डमा जबरजस्तीको प्रयास भयो ।  

फिमेल मेडिकल वार्डको २०२ नम्बरको खाली बेडमा सुतेकी युवतीलाई बुधबार बिहान ३ बजेतिर एक्कासी चुम्बन गर्दा आफू ब्यूँझिएर हेर्दा अगाडि एक अपरिचित युवालाई हुन्छन् । ‘म सुतिरहेको थिएँ । मलाई चुम्बन गर्दै संवेदनशिल ठाउँमा हात हाल्न थालेको थाहा पाएर  ब्यूँझिएर,’ युवतीले भनिन्, ‘बिहानको ३.३० बजेको हुनुपर्छ र आफूले प्रतिकार गर्दा अस्पतालको २ तले सिँढीबाट हाम्फालेर भाग्यो ।’ म नर्भस भएकाले कराउन पनि सकिन र अतालिएको बेलमा कराउनु पर्छ भनेर आएन । उ भाग्ने क्रममा सबै सिँढीको गेट बन्द भएकाले माथिबाटै हाम्फाल्यो र भाग्यो उनले भनिन् ।  

‘बल्ल होस आयो र अरुलाई हल्ला गरेर बोलाएँ,’ युवतीले भनिन्, ‘हामी सबै तल पुग्दा उ भागी सकेको रहेछ । तल्लो तलमा कुरुवा बस्नु भएको महिलालाई सोध्दा एक जना पुरुष खुट्टा खल्चाक खल्चाक बाहिर गयो भन्नुभयो ।’ त्यसपछि एकैचोटी मलाई यस्तो भयो भन्न पनि सकिन र बिस्तारै घटना सुनाएँ । त्यो केटा अस्पतालको स्टाफ नभए पनि यहाँको स्टाफसँग आउनेजाने रहेछ । मैले केटाको हुलिया बताएपछि नर्सहरूले यो मान्छे हो कि होइन भनेर फोटो देखाउँदा त्यही केटाको फोटो चिने उनले भनिन् ।  

पीडित युवतीको आफन्तले जिल्ला प्रहरी कार्यालयमा घटनाको जानकारी गराउँदै उजुरी दर्ता गराए । ‘प्रहरीले घटनालाई सामान्य लिँदै ‘अभद्र व्यवहारमा मुद्दा दर्ता गरेकोप्रति हाम्रो चित्त बुझेको छैन,’ उनीहरुले भने, ‘यौन दुव्र्यवहारको मानसिकता लिएर त्यस्तो व्यवहार गर्छ भने कसरी अभद्र भन्न मिल्छ ?’  

प्रहरीले घटनामा संलग्न भएको आरोपमा बुधबार साँझ मोरङको कटहरी–४ नयाँ बजारका २४ वर्षीय सुरजकुमार मण्डललाई पक्राउ गरे जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बिरामी कुरुवा बसेकी युवतीमाथि दुव्र्यवहार गरेको पाइएपछि खोजी गरेर मण्डललाई पक्राउ गरेको बताए ।  

रातको समयमा ती युवा कसरी अस्पतालको महिला वार्डमा पुग्न सके र बिरामी कुरुवामाथि दुव्र्यवहार गर्न भ्याए भन्ने बारेमा थप अनुसन्धान अघि बढाएको छौं, राईले भने । पक्राउ परेका मण्डल हेल्थ असिस्टेन (एचए) अध्ययन गरेका युवा हुन् । उनी केही समयअघि कोसी अस्पतालमै स्यंमसेवकका रुपमा काम गरेको खुलेको छ । उनीविरुद्ध परेको किटानी जाहेरीका आधारमा प्रहरीले अभद्र व्यवहार मुद्दामा म्याद थपेर थप अनुसन्धान अघि बढाएको जनाएको छ । 
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस