दिक्तेलमा १० बेडको ‘होल्डिङ’ सेन्टर
२१ असार २०७७
•
२ मिनेट पाठ
दिक्तेलमा १० बेडको ‘होल्डिङ’ सेन्टर
स्वदेश तथा विदेशबाट खोटाङ भित्रिने स्थानीयलाई पिसिआर परीक्षण अवधिसम्मका लागि राख्न ‘होल्डिङ’ सेन्टर बनाइएको छ । स्वदेश तथा विदेशबाट भित्रिने स्थानीयलाई पिसिआर परीक्षणको रिपोर्ट नआएसम्मका लागि राख्ने व्यवस्था मिलाउन दिक्तेलको पञ्च माबिमा १० बेडको ‘होल्डिङ’ सेन्टर बनाइएको हो ।  




नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले आवश्यक सामग्री उपलव्ध गराएपछि गोरखनाथ गण मुढे व्यारेकका सेना र रेडक्रसका कर्मचारीले संयुक्तरुपमा ‘होल्डिङ’ सेन्टर तयार पारेका हुन् । जिल्ला बाहिरबाट भित्रिएका स्थानीयलाई सरासर घर पठाउँदा कोरोना संक्रमणको खतरा बढेकाले उनीहरुको पिसिआर परीक्षण गरेर मात्र घर पठाउने र त्यतिञ्जेलसम्म सुरक्षित तरिकाले राख्नका लागि ‘होल्डिङ’ सेन्टर बनाइएको प्रमुख जिल्ला अधिकारी एबं जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक शालिग्राम शर्मा पौडेलले बताए । निर्माण गरिएको ‘होल्डिङ’ सेन्टर रेडक्रसका सभापति कुमारसिं बस्नेतले शुक्रबार एक कार्यक्रमकाबीच जिल्ला समन्वय समिति खोटाङकी उपप्रमुख गोमादेवी खत्रीलाई हस्तान्तरण गरेका छन् । क्वारेन्टिनकै रुपमा प्रयोग गरिने ‘होल्डिङ’ सेन्टरमा जयराम नाकाबाट भित्रिएर दिक्तेल हुँदै घर जाने स्थानीयलाई मात्र राखिने छ ।  

पिसिआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएका व्यक्तिलाई घर पठाइने छ भने पोजिटिभ रिपोर्ट आएका स्थानीयलाई उपचारमा पठाइने छ । ‘दिक्तेल आएर घर पुग्ने स्थानीयले ठाउँ–ठाउँमा बास बस्दै गाउँ पुग्नुपर्ने हुन्छ । त्यसबीचमा अन्य व्यक्तिसँग संसर्ग हुनेहुँदा संक्रमणको जोखिम बढेको छ,’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘त्यस कारण अन्यत्रबाट दिक्तेल आइपुगेका व्यक्तिको स्वाब संकलन गरेर पिसिआर परीक्षणमा पठाउने र त्यो रिपोर्ट नआएसम्मका लागि अलग्गै राख्ने व्यवस्थाका लागि ‘होल्डिङ’ सेन्टर बनाउने निर्णय गरिएको हो ।’ ‘होल्डिङ’ सेन्टरमा बस्ने व्यक्तिको खानाको व्यवस्थापनका लागि खोटाङ उद्योग वाणिज्य संघले २० हजार रुपैयाँ सहयोग गर्ने रेडक्रसले जनाएको छ ।  
अर्को समाचार
दिक्तेलमा ‘होल्डिङ’ सेन्टर बनाउने तयारी
१७ असार २०७७
•
२ मिनेट पाठ
दिक्तेलमा ‘होल्डिङ’ सेन्टर बनाउने तयारी
खोटाङ भित्रिने स्थानीयलाई पिसिआर परीक्षणको रिपोर्ट नआएसम्मका लागि राख्ने ‘होल्डिङ’ सेन्टर बनाउने तयारी गरिएको छ । स्वदेश तथा विदेशबाट भित्रिने स्थानीयलाई पिसिआर परीक्षणको रिपोर्ट नआएसम्मका लागि राख्ने व्यवस्था मिलाउन दिक्तेलको पञ्च माविमा १० बेडको ‘होल्डिङ’ सेन्टर बनाउने तयारी गरिएको हो । 




जिल्ला बाहिरबाट भित्रिएका स्थानीयलाई सरासर घर पठाउँदा कोरोना संक्रमणको खतरा बढेकाले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले उनीहरुको पिसिआर परीक्षण गरेर मात्र घर पठाउने र त्यतिञ्जेलसम्म सुरक्षित तरिकाले राख्नका लागि ‘होल्डिङ’ सेन्टर बनाउने निर्णय गरेको हो । क्वारेन्टिनकैरुपमा प्रयोग गरिने ‘होल्डिङ’ सेन्टर निर्माणका लागि आवश्यक सामग्री नेपाल रेडक्रस सोसाईटीले उपलव्ध गराउने तथा नेपाली सेना र रेडक्रसकर्मीले ‘होल्डिङ’ सेन्टर गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी एबं जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक शालिग्राम शर्मा पौडेलले बताए ।  

‘होल्डिङ’ सेन्टरमा जयराम नाकाबाट भित्रिएर दिक्तेल हुँदै घर जाने स्थानीयलाई मात्र राखिने छ । पिसिआर परीक्षणकाक्रममा नेगेटिभ रिपोर्ट आएका व्यक्तीलाई घर पठाइने छ भने पोजिटिभ रिपोर्ट आएका स्थानीयलाई उपचारमा पठाइने छ । ‘होल्डिङ’ सेन्टर निर्माणका लागि पञ्च माबिका व्यवस्थापन समिति, प्रअ लगायतसँग समन्वय गरिसकिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ । ‘दिक्तेल आएर घर पुग्ने स्थानीयले ठाउँ–ठाउँमा बास बस्दै गाउँ पुग्नुपर्ने हुन्छ । 

त्यसबीचमा अन्य व्यक्तीसँग संसर्ग हुनेहुँदा संक्रमणको जोखिम बढेको छ,’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘त्यस कारण अन्यत्रबाट दिक्तेल आइपुगेका व्यक्तीको स्वाव संकलन गरेर पिसिआर परीक्षणमा पठाउने र त्यो रिपोर्ट नआएसम्मका लागि अलग्गै राख्ने व्यवस्थाका लागि ‘होल्डिङ’ सेन्टर बनाउने निर्णय गरिएको हो ।’  

३२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ  

यसैबीच, हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट पिसिआर परीक्षणमा पठाइएका ३३ जनामध्ये ३२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट २१ जना र हलेसी तुवाचुङ नगरपालिकाबाट १२ जनाको पिसिआर परीक्षणमा पठाइएकामा एक जना बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको हो । त्यसमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक जनाको रिपोर्ट आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस