प्रदेश १ मा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभका नयाँ २७ जना संक्रमित पुष्टि भएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार प्रदेशमा २७ जना नयाँ कोरोना पोजेटिभका संक्रमित भएको जनाएको छ । नापी कार्यालय विराटनगरका २ जना कर्मचारीसहित मोरङमा १६ जना र सुनसरीमा ११ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मोरङ विराटनगरको ४ महिला र ८ पुरुष, बुढीगंगामा १ पुरुष, कटहरीमा २ पुरुष तथा ग्रामथानमा १ पुरुष संक्रमित रहेका छन् भने सुनसरीको धरानमा १ महिला र ८ पुरुष, बराहक्षेत्र नगरपालिमा १ पुरुष तथा इहटरीमा १ पुरुष संक्रमित रहेका छन् ।
विराटनगर महानगरपालिकामा १२ जनामा संक्रमण पुष्टि भएको महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । कार्कीले नापी कार्यालय विराटनगरका २ कर्मचारी, प्रहरी तालिम केन्द्र विराटनगरका २ जना प्रहरी र ३ जना स्वास्थ्यकर्मी र महानगरपालिकाका विभिन्न वडाबाट ५ जना संक्रमित पुष्टि भएको बताए ।
शुक्रबार कार्यालयका ७ जनाको स्वाब संकलन गरी पठाइएकोमध्ये ३६ र ३८ वर्षीय पुरुष कर्मचारीमा संक्रमण देखिएको नापी कार्यालयका कार्यवहाक प्रमुख गणपति साहले बताए ।
महानगरमा हालसम्म १ सय २१ जनामा संक्रमण पुष्टि भएको छ । ३० र ३२ वर्षीय दुई जना पुरुष प्रहरीमासमेत कोरोना भाइरस संक्रमण पुष्टि भएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखाले जनाएको छ । दुवै जनाको ठेगाना मोरङ कारागार लेखिँदा केहीसमय अन्योल भएको थियो । यद्यपि फोन सम्पर्कबाट उनीहरूको वास्तविक ठेगाना पत्ता लागेको जनस्वास्थ्य महाशाखाले जनाएको छ ।
आइतबार मात्रै ३ सय ३८ महिला र ७ सय ७७ जना पुरुष गरी १ हजार ९३ जनाको पिसिआर परीक्षण भएकोमध्ये २७ जनामा संक्रमण पुष्टि भएको हो सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्र विराटनगरबाट मोरङका २ महिला र २ पुरुष, सुनसरीकी २ महिला तथा झापाकी १ महिला डिस्चार्ज भएका हुन् । हालसम्म प्रदेशमा ४४ हजार ८ सय २० जनाको पिसिआर परीक्षण भइसकेको छ भने १ हजार ७१ जनामा कोरोना भाइरस पोजेटिभ संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टीस्पेसियालिटी अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना भाइरस पुष्टि भएपछि आकस्मिक सेवा दिने शाखा शनिबारदेखि सिल गरिएको छ ।
अस्पतालका निर्देशक एवं कोभिड-१९ व्यवस्थापनका अध्यक्ष रञ्जितराज बस्नेतका अनुसार अस्पतालले सो शाखालाई सिल गरी अर्को स्थानबाट बिरामीलाई सेवा प्रदान गरेको बताए । हाल आकस्मिक शाखालाई सेनिटाइज गर्नका लागि सिल गरिएको बस्नेत बताए ।
शुक्रबार अस्पतालका मेडिकल अफिसरमा कोरोना पोजेटिभ देखिएपछि अस्पतालले सावधानी अपनाएको हो । दुई महिनाअघिबाटै कोभिड व्यवस्थापन समिति र आइसोलेसन वार्ड बनाएर कार्य गरिरहेको बताएका निर्देशक बस्नेतले हाल संक्रमित चिकित्सकसँग सम्पर्कमा रहेका सबैको पिसिआर परीक्षणका लागि स्वाब नमुना पठाइएको बताए । संक्रमित चिकित्सक विराटनगर अस्पतालमा पनि काम गर्दै आएको र सो अस्पतालको घटनाबाट आफूहरू सजग रहेको बताए ।
यसक्रममा अस्पतालमा समेत कोभिडका लागि करिब ६ जनाको फरक फरक समूहमा चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन गरिएको बस्नेतले जानकारी दिए ।