वीपीमा प्लाज्मा थेरापी गरिएका दोस्रो संक्रमितको मृत्यु
०६ भदौ २०७७
•
१ मिनेट पाठ
वीपीमा प्लाज्मा थेरापी गरिएका दोस्रो संक्रमितको मृत्यु
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको निधन भएको छ ।




धरान १५ निवासी ६७ बर्षीय वृद्धको मध्याह्न सवा १२ बजे निधन भएको प्रतिष्ठानले जनाएको छ । सिकिस्त अवस्था भएर ती संक्रमितलाई भेन्टिलेटरमा राखेर उपचार भइहेको थियो भने हिजो (शुक्रबार) राती मात्र उनलाई प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो । ‘उहाँको अवस्था एकदमै सिकिस्त थियो, आज मध्याह्न सवा १२ बजे निधन भएको छ,’प्रवक्ता डा.निदेश सापकोटाले भने ।

मृतकलाई एक सातादेखि अत्यधिक खोकी, श्वासप्रश्वास फेर्न समस्या र ज्वरो आएको थियो । उनी उच्च रक्तचापको दीर्घ रोगी पनि भएको प्रवक्ता डा.सापकोटाले जानकारी दिए । सिकिस्त अवस्था हुदै गएपछि ३ दिनदेखि प्लाज्मा दाता खोजी गरेर हिजो शुक्रबार राती मृतकलाई प्लाज्मा दिइएको थियो । उनी वीपीमा प्लाज्मा थेरापी उपचार गरिएका दोस्रो संक्रमित व्यक्ति हुन् । यसअघि धरान ८ का एक व्यक्तिलाई पनि प्लाज्मा दिइएको थियो । उनको भने स्वास्थ्य सुधारोन्मुख रहेको बताइएको छ ।

प्रतिष्ठानका मेडिसिन विभागका प्रमुख एवं प्लाज्मा थेरापी उपचारको लागि सरकारद्वारा गठित उच्चस्तरीय समितिका सदस्य प्रा.डा.सञ्जिव शर्माले मृतक सिकिस्त अवस्था भएर नै प्लाज्मा थेरापी गरिएको बताए । ‘सामान्य विरामीलाई प्लाज्मा थेरापी गरिने होइन, सिकिस्त विरामीलाई नै दिइने हो । उहाँ पनि भेन्टिलेटरमा हुनुहुन्थ्यो,’डा.शर्माले भने,‘उहाँको निधन भयो ।’

मृतकको साउन २७ गते पिसिआर पोजेटिभ रिपोर्ट आएको थियो । उनलाई सोही दिन अस्पताल भर्ना गरिएको थियो । मृतकको शव व्यवस्थापन प्रोटोकल अनुसार गर्ने तयारी भइरहेको प्रवक्ता डा.सापकोटाले जानकारी दिए । धरानमा कोरोना संक्रमण पुष्टि भएको व्यक्तिको यो दोस्रो मृत्यु हो । यसअघि पनि धरान १५ की कोरोना पोजेटिभ वृद्धाको पनि मृत्यु भएको थियो ।
अर्को समाचार
वीपीमा पहिलो पटक प्लाज्मा थेरापी गरिएका कोरोना संक्रमितको पनि मृत्यु
०७ भदौ २०७७
•
१ मिनेट पाठ
वीपीमा पहिलो पटक प्लाज्मा थेरापी गरिएका कोरोना संक्रमितको पनि मृत्यु
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पहिलो पटक प्लाज्मा थेरापी गरिएका कोरोना संक्रमितको पनि मृत्यु भएको छ । धरान ८ निवासी ६८ वर्षीय संक्रमित पुरुषको आइतबार साँझ उपचारको क्रममा निधन भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार उनको साँझ ६ बजेर ३५ मिनेटमा निधन भएको हो ।




मृतक संक्रमित धरानका परिचित हार्डवेयर तथा जग्गा व्यापारी हुन् । उनको अवस्था सिकिस्त भएपछि भदौ १ गते राती प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो ।

उनको साउन २९ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो भने ३० गते अस्पताल भर्ना गरिएको थियो । अत्यधिक खोकी, श्वास फेर्न समस्या र ज्वरो आएपछि उनले वीपी प्रतिष्ठानको हेल्प डेस्कमा गएर स्वाब दिएका थिए । मृतकलाई उच्च रक्तचाप, मधुमेह र श्वासप्रश्वास सम्बन्धी विगतदेखि नै समस्या भएको प्रवक्ता डा. सापकोटाले जानकारी दिए ।

योसँगै धरानमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३ पुगेको छ । यसअघि धरान १५ का एक महिला र पुरुषको पनि निधन भइसकेको छ । मृतक ३ जना मध्ये २ जना पुरुषलाई प्लाज्मा थेरापी गरिएको थियो ।
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस