काठमाडौं, पुस २४- नागरिक अस्पताल भक्तपुरले द्वन्द्वकालमा गोली लागी घाइते भएकाहरुको शरीरमा रहेका गोलीका छर्राको निःशुल्क शल्यक्रिया गर्ने भएको छ। अस्पतालका अध्यक्ष गोपीकृष्ण न्यौपानेले पैसाकै अभावमा कोही पनि स्वस्थ रहने अधिकारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अस्पतालले सो कार्यक्रम ल्याएको बताए।
निःशुल्क शल्यक्रियाका लागि सम्बन्धित गाउँ विकास समिति अथवा नगरपालिकाको सिफारिस आवश्यक हुने अस्पतालले जनाएको छ।शल्यक्रिया वरिष्ठ न्युरो-सर्जन डा राकेश वर्माको नेतृत्वको विशेषज्ञ समूहले गर्ने अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो। साथै अस्पतालले सुत्केरी सेवा निःशुल्क र शल्यक्रिया गरी बच्चा निकाल्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुटको समेत व्यवस्था गरेको जनाएको छ। रासस