दीपक दाहाल, काठमाडौं पुस १६- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अर्न्तगतका आवासिय चिकित्सकले वीर अस्पतालमा गरेको हड्ताल टुग्यांउन स्वास्थ्य मन्त्रालयले चासो देखाएको छैन।
चिकित्सकहरुले न्यामका उपकूलपतिसँग वार्ता नगर्ने र सहकूलपतिसँग मात्रै वार्ता गर्ने बताएपछि रहेको अन्यौल हटाउँन दुवै पक्षले मन्त्रालयलाई आग्रह गरेको भएपनि कुनै प्रयास गरेको छैन्। एक साताअघि वार्ताका क्रममा दुवै पक्षबीच विवाद उत्पन्न भएपछि न्याम्स अर्न्तगका आवासियहरुले उपकूलपतिको कार्यलयमा ताला लगाउँनुका साथै उनीहरुले पुर्याउँदै आएको आकस्मिक बाहेकको सेवा रोकेका थिए।
रेसिडेन्ट एसोसियसन अफ न्याम्स (र्यान) ले गत सोमबार स्वास्थ्य मन्त्रीका नाममा ज्ञापन पत्र मार्फत् समस्याबारे अवगत गराउँदै वार्ताको लागि पहलगर्न ध्यानाकर्षण गराएका थिए। 'वार्ताको वातावरण मिलाइदिनु पर्यो, भन्ने अनुरोध गरेका हौ तर मन्त्रालयले चासो दिएन् ' र्यानका प्रवक्ता डा. अर्विन जोशीले बताए। उनीहरुले वार्ताका क्रममा आफूहरुलाई नराम्रो व्यवहार गरेको भन्दै उपकूलपतिसँग वार्ता नगर्ने घोषणा गरेका छन्। 'हड्ताल खुलाउँन मन्त्रालय उदासिन देखियो।' डा.जोशीले भने। उपकूलपति डा.सिपी मास्केले पनि न्याम्स हेर्ने मन्त्रालयका सचिव डा.प्रविण मिश्रलाई बन्द खुलाउन आग्रह गरेको बताए। 'आवासियहरुलाई बोलाइरहेको छु ,तर आएका छैनन्।' डा.मिश्रलाई उदृतगर्दै डा.मास्केले भने। मास्केले चिकित्सक र कर्मचारीको आन्दोलनलाई राजनीति उदेश्यले प्रेरित भएको बताएका छन्।
मन्त्रालयका सचिव डा.प्रविण मिश्रले मन्त्रालयलाई औपचारिक रुपमा त्यस्तो आग्रह नगरेको बताए। उनले आफूले व्यवस्थापन पक्षलाई बोलाएर पछिल्लो अवस्थाबारे जानकारी लिएपनि आन्दोलनरत पक्षसँग सम्पर्क हुननसकेको बताए। उनले आफूले पनि आन्दोलनकारी पक्षलाई भेट्न नसकेको बताए। 'वीर अस्पताल स्वायक्त संस्था हो, सकेसम्म हामी देखिनेगरी हस्तक्षेप गर्न नपरोस भन्नेमा छौ।' मिश्रले भने 'उहाँहरुले सक्नुभएन् भने हस्तक्षेप गरेर समस्य हलखोज्छौ।'
र्यानका प्रवक्ता डा.जोशीले आफूहरुले ग्यापनपत्र मन्त्रालयमा दर्ता गराएर मन्त्रीको पिएलाई बुझाएको बताए। उनले वोर्धार्थ स्वास्थ्य सचिवलाई बुझाएको जानकारी दिए। 'मिश्र जनसंख्या सचिव हो हामीले स्वास्थ्य सचिव सुधा शर्मालाई वोधार्थ दिएका छौ, वार्ता गर्न उहाँले खोजेको भए फोन खोज्दै हिड्ने होइन् पत्र पठाउँनु पर्यो।' डा जोशीले नागरिकलाई भने।
आकस्मिक बाहेकका सेवामा काम नगर्ने आवासियको निर्णयले वीर अस्पतालले दिने सम्पूर्ण सेवा प्रभावित भएको छ। रेजिडेन्टस एसोसिएसन अफ न्याम्स (र्यान) अर्न्तगत झण्डै दुई सय चिकित्सक वीर अस्पतालमा कार्यरत छन्। उनीहरु प्रतिष्ठान अर्न्तगत चिकित्साशास्त्रमा स्नातकोत्तर तह (एमडी/एमएस) अध्ययनरत चिकित्स हुन्। वीर अस्पतालले दिने ओपिडी सेवा अधिकांश आवासिय चिकित्सकले दिदै आएका छन्। सबै शल्याक्रिया समेत बरिष्ट चिकित्सकको नेतृत्वको टोलीमा आवासियहरु नै हुन्छन्। वीरमा आकस्मिक बाहेक दैनिक ७ देखि १० वटा अप्रेसन हुनेगर्छ। आवासिय वाहेक वीरमा ६० भन्दा बढी वरिष्ठ चिकित्सक भएपनि उनीहरु पूर्ण समय काम गर्दैनन्।
आवासिय चिकित्सको ड्युटी कक्षलगयत पुरानो सहमति कार्यन्वनका बारे छलफलका क्रममा प्रतिष्ठानका उपकूलपति डा.सिपी मास्के र र्यानका चिकित्सकबीच अघिल्लो वुधबार बिबाद भएको भएको थियो। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका (न्याम्स) उपकूलपतिलगायतका पदाधिकारीलाई वीर अस्पतालका आवासिय चिकित्सकहरुले गत बुधबार दिउँसो करिब एक घण्टा उनीहरुकै कार्यकक्षमा थुनेका थिए। ड्युटी रुममा बिना सूचना कर्मचारीहरुले ताल्चा लगाउँदा प्रशासन मौन रहेको र कारवाहीको सट्टा कर्मचारीसँग आवासियलाई ड्युटी रूमबाट हटाउँने गरेको भन्दै पदाधिकारीको कक्षमा वार्ताका लागि गएका थिए।
गत भाद्र १६ गते पनि आकस्मिक बाहेकका सबै सेवा नदिएर आन्दोलनमा उत्रीएका आवासियहरुसँग न्याम्सको सहमति भएको थियो। सो क्रममा रात्रीकालीन ड्युटी कक्षको व्यवस्था गर्ने, आवासियहरुलाई उपचार निशुल्क गर्ने ,अस्पतालमा आवाश्यक उपकरणको व्यवस्था गर्ने, सरकारी सुविधामा पढेकाहरुको ३ सय प्रतिशतले बढेको ट्युसन फि घटाउँने, ट्युटी भत्ता २ सय ५० बाट ५ सय पुर्याउने र शूल्क तिरेर पढेकाहरुको मासिक भक्ता बृद्धि गर्ने सहमति भएको थियो। ती मध्ये विरामीका लागि बनाइएको दशवटा कक्ष रहेको सुविधा सम्पन्न न्यु क्याबिन ड्युटी रूमको रुपमा प्रयोग गर्नदिने र मासिक भक्तामा २ हजार बृद्धि गर्ने बाहेक अन्य माग पूरा नभएका डा जोशीले बताए।
यसैबीच चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कर्मचारी यूनियन, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल स्वास्थ्यकर्मी यूनियन र नेपाल स्वास्थ्यकर्मी संघले पनि विभिन्न माग सहित चिकित्सकहरुको तालाबन्दीमा समर्थन जनाएर धर्ना लगायतका कार्यक्रम गर्दै आएका छन्। वीर अस्पताल प्रतिष्ठानमा परिणत भएपछि कर्मचारीको सेवा शर्तमा रहेको अन्यौल हटाउनुपर्ने लगायतका माग अगाडी सारेका छन्। उनीहरुले वर्तमान पदाधिकारीको राजिनामा समेत माग गरेका छन्। कर्मचारीहरु आन्दोलनका नाममा पदाधिकारीसँग वार्गेनिङ्ग गरिरहेको विभाग स्रोतले बतायो। स्रोतले वीरमा पदाधिकारी फेर्न चलखेल भइरहेको र त्यसमा साथदिनेगरी आन्दोलनमा उत्रिने धम्की पदाधिकारीहरुलाई यूनियनका पदाधिकारीहरुले दिइरहेको बतायो।
१५ पौष २०६६
•
८ मिनेट पाठ