मनाङमा फेरि देखियो कोरोना
०३ पौष २०७७
•
१ मिनेट पाठ
मनाङमा फेरि देखियो कोरोना
देशैभरि कोरोना सङ्क्रमण फैलिएको बेला मनाङमा भने सङ्क्रमितको सङ्ख्य शून्य थियो। सङ्क्रमितको सङ्ख्या घट्दो अवस्थामा मनाङमा आज कोरोना सङ्क्रमण देखिएको छ। जिल्लामा सङ्क्रमण न्यूनीकरणका लागि सरकारी कर्मचारी र स्थानीय बासिन्दाबाहेक मनाङ प्रवेश गर्न ७२ घण्टाको नेगेटिभ पिसीआर अनिवार्य गरिएको छ।




हालसम्म मनाङमा २८२ जनाको स्वाब सङ्कलन भएकामा १० जनाको कोरोना पोजेटिभ देखिएको जिल्ला स्वस्थ्य प्रमुख बद्री आचार्यले जानकारी दिए। उनका अनुसार नौ जना सङ्क्रमित निको भएसँगै मनाङ शून्य रहेको हो।

शून्य भएको धेरै दिनपछि आज एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। ज्वरो, रुघाखोकीका कारण लमजुङ सदरमुकाम बेसीँशहरमा उपचार गराइरहेका नासो गाउँपालिकाका ५८ वर्षीय पुरुषको पिसीआर रिपोर्ट पोजेटिभ आएको हो। उनको उपचारकै क्रममा लमजुङबाट नै स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाइएको र आज सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वस्थ्य निर्देशनालयले जनाएको छ। उनको थप उपचारका लागि काठमाडौँ लगिएको स्रोतले जनाएको छ।

हालसम्म अधिकांश बाहिरी जिल्लाबाट यस जिल्लामा कार्यरत कर्मचारीमा सङ्क्रमण देखिए पनि पछिल्लो समयमा भने स्थानीयवासीमा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले मनाङ जनाएको छ। स्वास्थ्य कार्यालयका अनुसार नासो गउँपालिकाका दुई र चामे गाउँपालिकामा एक स्थानीय सङ्क्रमित पुष्टि भएको र दुई जना निको भइसकेका छन्। हाल जिल्लामा एक मात्रै सङ्क्रमित रहेका छन्। अन्य बिरामी निको भएर घर फर्किसकेका छन्।रासस
अर्को समाचार
मनाङमा कोरोना जित्ने बढ्दै
१० जेष्ठ २०७८
•
३ मिनेट पाठ
मनाङमा कोरोना जित्ने बढ्दै
हिमाली जिल्ला मनाङमा नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना सङ्क्रमण जित्ने बढ्दै गएका छन्। केही समय शून्य सङ्क्रमित रहेको मनाङमा नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना सङ्क्रमणलाई मनाङमा एकै दिन २८ जनाले जितेका छन्।  




धेरैजसो होम आइसोलेशनमा बसेका कोरोना सङ्क्रमित सङ्क्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ।  हालसम्ममा जिल्लामा ८४ सङ्क्रमितमध्ये ६३ जना सङ्क्रमणमुक्त भएर घर फर्किसकेका छन्। कोरोना सङ्क्रमणमुक्त हुने सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए।  

उनले २१ सक्रिय सङ्क्रमित आइसोलेशनमा रहको जानकारी दिए। आचार्यका अनुसार त्यसमध्ये छ सङ्क्रमित सामुदायिक आइसोलेशनमा रहेका छन् भने अन्य सबै होम आइसोलेशनमा रहेका छन् ।  मनाङका चार स्थानीय तहमध्ये सङ्क्रमितहरु दुई वटा पालिकाका हुन्। दोस्रो लहरको कोरोना सङ्क्रमणबाट चामे गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकामा बढी प्रभाव पारेको उनले बताए। नासो गाउँपालिका र नार्पाभूमि गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या शून्य छ।  

'यसपटकको कोरोना सङ्क्रमणले चामे र मनाङ ङिस्याङवासीलाई प्रभाव पार्‍यो, हाल मनाङमा सङ्क्रमित थपिने क्रम न्यून हुँदै गएको छ, पहिले सङ्क्रमित ह्वात्तै बढ्दा उपचार गर्न समस्या हुने पो हो कि जस्तो एक किसिमको डर पैदा भएको थियो, अहिले निको हुने बढ्दै गएपछि खुशी लागेको छ, अब छिट्टै मनाङका सङ्क्रमित निको हुनेछन्', आचार्यले भने। मनाङवासीले समयमै सचेतता अपनाएपछि सङ्क्रमण बढ्नुभन्दा न्यूनीकरणतर्फ उन्मुख भएको पाइएको स्वास्थ्य कार्यालयले मनाङले जनाएको छ।  

सामुदायिक आइसोलेशन र होम आइसोलशनमा रहेका सबै सङ्क्रमितको स्वास्थ्य अवस्था हाल सामान्य रहेको उनले बताए । 'सङ्क्रमितको अवस्था सामान्य रहे पनि समस्या आयो भने यहाँ उपचार गर्न सक्ने अवस्था रहेको छैन, हेलिकप्टर नै मगाउनुपर्ने हुन्छ, कहिलेकाहीँ हेलिकप्टर आउन ढिलो भएमा यहाँका मानिसको ज्यानसम्म जान सक्ने हुन्छ, यहाँको समस्या कहिले समाधान हुने खै ?',  उनले भने।  

उनकाअनुसार मनाङमा हालसम्म दरबन्दीमा रहेका चिकित्सकसमेत रिक्त रहेको छ । मनाङ विकट क्षेत्र भएर पनि होला दरबन्दीकै चिकित्सकहरू आउनै नचाहेका कारण दरबन्दी पूर्ति हुने अवस्था नै नरहने उनी बताउँछन्। सम्बन्धित निकायमा जानकारी गराए पनि हालसम्म चिकित्सक आइनपुगेको उनको भनाइ छ।  मनाङमा २० वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन र ठूलो सानो गरी २९ अक्सिजन सिलिण्डर रहेको छ । हालसम्म ११ वटा अक्सिजन सिलिण्डर खपत भइसकेको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ। जिल्ला अस्पताल मनाङमा हाल आठ कन्सन्ट्रेटर र आठ ठूला तथा पाँच साना सिलिण्डर रहेको छ । अस्पतालमा दुई वटा खपत हुने गरेको थियो भने बिरामी बढ्दै गएमा सबै उपयोग गर्न सकिने अवस्था छ।  

चामे गाउँपालिकामा दुई वटा अक्सिजन  कन्सन्ट्रेटर र दुई वटा सानो अक्सिजन सिलिण्डर रहेको छ। मनाङ ङिस्याङ गाउँपालिकामा तीन अक्सिजन  कन्सन्ट्रेटर र १३ वटा सानो सिलिण्डर रहेको छ। त्यहाँ नौ वटा अक्सिजन सिलिण्डर खपत भइसकेको छ। नार्फु गाउँपालिकामा पाँच अक्सिजन  कन्सन्ट्रेटर छन्। यस गाउँपालिकामा अक्सिजन सिलिण्डर भने छैन। नासो गाउँपालिकामा दुई वटा अक्सिजन  कन्सन्ट्रेटर र एउटा सानो अक्सिजन सिलिण्डर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।  

मनाङ हिमाली क्षेत्र भएकाले यहाँका प्रत्येक होटल तथा बेसक्याम्पमा अक्सिजन राख्ने गरिएको छ। यहाँ हाइअल्टिच्युड हुने भएकाले अक्सिजन कम भएको अवस्थामा उपयोग गर्न प्रायजसो यहाँका मानिसले अक्सिजनको व्यवस्थापन गरेका हुन्छन्। जिल्ला अस्पताल मनाङमा सात, चामेगाउँपालिकामा १०, मनाङ ङिस्याङ गाउँपाकिलामा १३, नार्फु गाउँपालिकामा पाँच र नासो गाउँपालिकामा १२ गरी कुल ४७ शय्याको आइसोलेशन रहेको छ। रासस
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस