कोरोनाको परिवर्तित रुपबारे अध्ययन गरिने
०९ पौष २०७७
•
३ मिनेट पाठ
कोरोनाको परिवर्तित रुपबारे अध्ययन गरिने
सरकारले बेलायतमा देखिएको कोरोना भाइरसको परिवर्तित नयाँ रुप नेपाल प्रवेश गरेनगरेको पत्ता लगाउन अध्ययन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा बुधबार बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले भाइरसको नयाँ स्वरुप नेपालमा भएनभएको अध्ययन गर्ने निर्णय गरेको हो ।  




नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले केही सातायता बेलायतबाट अथवा बेलायत ट्रान्जिट हुँदै आएका यात्रुको खोजी गरी संक्रमित पाइए अनुवांशिक उपक्रम (जेनेटिक सिकेन्स) अध्ययन गरिने जानकारी दिए ।  

‘हामीले बिहीबारदेखि नै सम्भावित संक्रमितको खोजीलाई अगाडि बढाउनेछौं,’ ज्ञवालीले भने ।  

कोरोना भाइरसको दोसो चरणको जेनेटिक सिकेन्सको अध्ययन गर्ने योजना यसअघि नै बनाए पनि परिषद्ले बेलायतमा देखिएको नयाँ स्टे«नको पनि सम्भावना देखिएकाले थप भाइरसका नमुना समेटेर अध्ययन गर्न लागेको हो । ‘यसपटक कम्तीमा पनि ५० भन्दा बढी नमुनाको अध्ययन गर्ने तयारी रहेको र यसबारे थप गृहकार्य बिहीबारबाटै गर्नेछौं,’ ज्ञवालीले भने ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार राति १२ बजेदेखि लागु हुनेगरी बेलायतबाट आउने र बेलायत ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन विभिन्न हवाईसेवालाई सर्कुलर गरिसकेको छ । कोरोना महामारी सुरु भएपछि नेपालेले गत मार्च अन्तिम सातादेखि सेप्टेम्बर १ सम्म अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो । प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता राजकुमार क्षेत्रीले पश्चिम राष्ट्रबाट विशेषगरी एयर अरेबिया, टर्किस एयरलायन्स, कतार एयरलायन्स र फ्लाई दुबई एयरलायन्स हुँदै यात्रु नेपाल आउने भएकाले यी एयरलायन्स हुँदै नेपाल आएका यात्रुको खोजीनीति गर्न आवश्यक रहेको बताए । पछिल्ला केही सातायता नेपाल आउनेमा अधिकांश नेपाली नै भएको र पर्वतारोहणलगायत अन्य उद्देश्यका लागि विशेष अनुमति लिएर आएका यात्रु पनि रहेका उनले बताए ।  नेपालमा भाइरस संक्रमितको पहिचान र संक्रमितको सम्पर्कमा रहेकाको ट्रेसिङ अत्यन्त कमजोर रहेको बताउँदै त्रिभुवन विश्वविद्यालयमा माइक्रोबायोलोजीका प्राध्यापक डा. प्रकाश घिमिरे भाइरसको यो नयाँ स्ट्रेनको खोजी र पहिचानमा सरकार गम्भीर हिसाबले लाग्नुपर्ने तर्क गर्छन् । 

‘सरकारले सेप्टेम्बर १५ देखि बुधवारसम्म बेलायत र बेलायत हुँदै आएका यात्रुको तत्काल खोजी गरी उनीहरूमा कुनै लक्षण अथवा समस्या भएमा रिपोर्ट गर्न तत्काल सार्वजनिक सूचना जारी गर्नुपर्छ । यो नयाँ स्वरुप नेदरल्यान्ड, डेनमार्क, अस्ट्रेलिया, इटाली र आइसल्यान्डमासमेत देखिएकाले ती देशबाट अथवा ती देश हुँदै आएका यात्रुको पनि निगरानी आवश्यक छ,’ घिमिरे भन्छन् । यो भाइरस सुरुमा बेलायतमा सेप्टेम्बर तेस्रो साता पहिलो पटक देखिएको तर डिसेम्बर मध्यसम्म आइपुग्दा बेलायतको कुल संक्रमितको दुई तिहाइ हिस्सा यसले लिइसकेको छ ।  

इम्पेरियल कलेज अफ लन्डनका डा. इरिक भोल्जले गत शुक्रबार एक अन्तक्र्रियामा अन्य स्ट्रेनभन्दा यो भाइरसको स्ट्रेनमा सर्न सक्ने क्षमता ७० प्रतिशतले बढी रहेको र यो अत्यन्त तीव्र गतिमा फैलिरहेको बताएका थिए ।  प्रारम्भिक समीक्षात्मक अध्ययनले यो नयाँ भाइरसमा १७ वटा फरक परिवर्तन भएको देखाएको छ । यो भाइरसलाई नियन्त्रण गर्न कोरोना खोप सफल हुने तर यो भाइरसले अझै पनि आफ्नो स्वरुपमा परिवर्तन गर्दै गएमा चुनौती थपिने बिबिसीले जनाएको छ । यो भाइरस फैलिन नदिन बेलायतमा कडा निषेधात्मक व्यवस्था लागू गरिएको छ भने नेपाललगायत विभिन्न देशले बेलायतसँगको हवाई सम्पर्क तोडेका छन् ।  रोयटर्समा मंगलबार प्रकाशित समाचारका अनुसार भाइरसको यो परिवर्तित स्वरुपले बालबालिका पनि संक्रमित हुने विज्ञले बताएका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यसअघि पनि कोभिड–१९ भाइरसको आनुवांशिक अध्ययन गरेको थियो । अध्ययनले समेटेका १५ भाइरसका सिक्वेन्समध्ये एकाध साउदी अरेबिया, युरोप र अमेरिकामा पाइएका भाइरसका सिक्वेन्ससँग मिलेको पाइएको थियो भने अधिकांश भारतमा देखिएका सिक्वेन्ससँग मिल्दोजुल्दो देखिाएको थियो । अध्ययनले धेरै देशमा पाइएको भाइरसको ‘डी–६१४–जी’ नाम गरेको उत्परिवर्तित स्ट्रेन नेपालमा पनि रहेको देखाएको थियो ।
अर्को समाचार
भरियाले बनाएको विद्यालयमा पढ्छन् तीन सय बालबालिका
२७ माघ २०८०
•
२ मिनेट पाठ
भरियाले बनाएको विद्यालयमा पढ्छन् तीन सय बालबालिका
सामान्य परिवारमा जन्मिएर पर्यटकको भारी बोक्ने काममा लागेका ७१ वर्षीय तामाङले गाउँमै विद्यालय स्थापना गरेका छन् । ३५ वर्षअघिबाट पर्यटकको भारी बोक्ने काममा लागेका तामाङले आफ्नो जन्मभूमि षडानन्द नगरपालिका–९ बैदर भञ्ज्याङमा विद्यालय स्थापना गरेका हुन् ।




उनले विसं २०४६ मा चित्राले बारेर विद्यालय सञ्चालन गरेका थिए। उनले लालीगुँरास प्राथमिक विद्यालय स्थापना गरेर कक्षा ५ सम्मको पढाइ थालेका थिए । त्यसपछि उनले २०५१ सालमा चन्द्रसूर्य माध्यमिक विद्यालय स्थापना गरेर कक्षा ६ देखि १० सम्म सञ्चालन गरे। २०६८ चैतदेखि दुई विद्यालयलाई गाभेर चन्द्रसूर्य माध्यमिक विद्यालय बनाइएको उनले जानकारी दिए।

तत्कालीन समयमा विदेशी पर्यटकको भारी बोक्ने काम गर्ने तामाङले विदेशीबाट चन्दा संकलन तथा आफूले भारी बोकेर कमाएको पैसाले यो स्थानमा दुई विद्यालय स्थापना गरेको बताए । त्यो समयमा यहाँका शिक्षकलाई उनले नै तलब दिए। विद्यालय स्थापना गरेको १८ वर्षसम्म आफैंले रकम संकलन गरेर तलब खुवाएको उनको भनाइ छ । आफ्ना पिता लघुसिंह तामाङले देखेको सपना पूरा गर्न धेरै दुःख र संघर्षले विद्यालय स्थापना गर्न सफल भएको उनले बताए।

‘मेरा पिताको यो स्थानमा विद्यालय स्थापना गर्ने सपना थियो’, उनले भने, ‘तर उनको देहावसान भयो, पिताको सपना साकार पार्न यो काममा जुटेँ र स्थापना गर्न पनि सफल भएँ, भारी बोकेको पैसाले सुरुमा चित्राले बारेर विद्यालय बनाएँ, भारी बोक्ने क्रममा विदेशीलाई मेरो योजना सुनाएँ, त्यसपछि उनीहरूले मलाई थप सहयोग पनि गरे ।’

विद्यालयका लागि आफूले दुईपटक गरेर ७८ रोपनी जग्गा निःशुल्क दिइएको तामाङले बताए । पछिल्लो समयमा दिएको सात रोपनी जग्गामा हालको चन्द्रसूर्य मावि सञ्चालन भइरहेको छ । बाँकी ७१ रोपनी जग्गा पनि विद्यालयले भोगचलन गरिरहेको उनले बताए ।

‘म सामान्य परिवारमा जन्मेको मान्छे हुँ’, उनले भने, ‘तर यहाँ विद्यालय नहुँदा भोगेको दुःखलाई मैले नजिकबाट नियालेँ, विद्यालय स्थापना गरी छाड्ने अठोटका साथ अघि बढेँ, काम गर्दै जाने क्रममा अहिले सफल पनि भएँ, गाउँका बालबालिकाले अहिले घरको खाना खाएर शिक्षा लिन पाएका छन्, त्यो देख्दा गर्वले छाती फुल्छ ।’ सरकारले विद्यालयको स्वामित्व लिएसँगै ६ वर्षअघिबाट विद्यालय सञ्चालनको भार कम भएको उनले सुनाए।

स्थानीय तथा विद्यालयका शिक्षक कुसुम तामाङका अनुसार यस विद्यालयमा तीन सय विद्यार्थी अध्ययनरत छन्। –रासस
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २६ सेकेन्ड अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस