मास्क लाउने र हात धुने बानीले घटे सरुवा रोग
२१ पौष २०७७
•
३ मिनेट पाठ
मास्क लाउने र हात धुने बानीले घटे सरुवा रोग
कोरोना नियन्त्रणका लागि भनेर गत वर्षदेखि विश्वभरि अपनाइएको जनस्वास्थ्य मापदण्डका कारण अन्य सरुवा रोगसमेत घटिरहेको पाइएको छ। राजधानीका मुख्य तथा ठूला अस्पतालहरूले फोहोर तथा प्रदूषणले लाग्ने रोग नियन्त्रण भइरहेको अनुभव गरेका छन्। चिकित्सकका अनुसार न गर्मी महिनाका झाडापखाला फैलियो न त रुघाखोकी तथा निमोनिया।




टिचिङ अस्पतालका वरिष्ठ छातीरोग विशेषज्ञ डा. सन्तकुमार दासको अनुभवमा गत वर्षको तुलनामा इन्फ्लुएन्जाजन्य रोगका बिरामीहरू देखिएका छैनन्। बितेका वर्षहरूमा स्वाइनफ्लुका बिरामीहरू अस्पताल आउँथे। यो वर्ष न स्वाइनफ्लुका न त अन्य फ्लुका बिरामी उपचारका लागि पुगेका छन्। कोभिडको जस्तै लक्षण देखिएका तर रिपोर्ट नेगेटिभ आए मात्र इन्फ्लुएन्जा परीक्षण गरिन्छ। तैपनि इन्फ्लुएन्जाका बिरामी नभेटिएको डा. दास बताउँछन्। उनको अनुभवमा जाडोमा बहिरंग विभागमा मात्र दैनिक ४०/५० जना इन्फ्लुएन्जाका बिरामी आउँथे। 

यो वर्षको जाडोमा रुघाखोकी तथा श्वासप्रश्वासका बिरामी घटेको वीर अस्पताल मेडिकल विभागका अनुभव छ। विभागका वरिष्ठ फिजिसियन डा. धु्रव गैरेका अनुसार गत वर्ष दैनिक औसत ६० जना इन्फ्लुएन्जाका मात्र बिरामी आउँथे। यो वर्ष अत्यन्त कम संख्यामा मात्र यस्ता बिरामी उपचारका लागि आइरहेका छन्। यो वर्ष गत वर्षजस्तो भाइरल डायरिया र फुड प्वाइजनका बिरामी पनि नआएको डा. गैरे बताउँछन्। हिँडडुल गर्नेहरूमा देखिने इन्फ्लुएन्जा तथा श्वासप्रश्वाससम्बन्धी रोगहरू पनि यो वर्ष अत्यन्त कम देखिएको उनको अनुभव छ। ‘मास्क लगाउनाले युवाहरूमा देखिने श्वासप्रश्वासको संक्रमण यो वर्ष धेरै घटेको छ,’ डा. गैरे भन्छन्।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. युवराज शर्माको पनि कीटजन्य र श्वासप्रश्वासजन्य रोगहरू घटेको अनुभव सुनाउँछन्। ‘निश्चित रूपमा घटेको छ तर नेपालीहरूमा पछिल्लो समयमा भीडभाडमा हिँड्ने चलन बढेको छ,’ उनी भन्छन्, ‘यसले जोखिम पनि बढेको छ।’  

चिकित्सककका अनुसार यो वर्षको गर्मीमा देखापर्ने हेपाटाइटिस, झाडापखाला तथा टाइफाइडका बिरामी विगतका वर्षहरूको तुलनामा उल्लेखनीय रूपमा घटेका छन्। कोभिड र अन्य इन्फ्लुएन्जाको सर्ने प्रक्रिया एउटै भएकाले मास्क लगाउने र दूरी कायम राख्दा सर्नमा नियन्त्रण भएको चिकित्सकहरू बताउँछन्। कोभिडबाट बच्न मानिसहरू घरबाहिर कम खाने, जहाँ पायो त्यहाँ नखाने, हातको सफाइ गर्ने बानीले कीटजन्य सरुवा रोगमा कमी आएको चिकित्सकहरू बताउँछन्।

इन्फ्लुएन्जाजस्तै डेंगीको संक्रमणसमेत घटेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुन बताउँछन्। पुनका अनुसार कोभिड–१९ र अन्य इन्फ्लुएन्जा सर्ने तरिका एउटै भएको अवस्थामा कोभिड–१९ देखा पर्नु र इन्फ्लुएन्जा संक्रमण कम देखिनु अध्ययनको विषय हो। उपुनको अनुमानमा भाइरसहरू एउटै ठाउँमा एकैपटक देखिँदा आपसमा हुने भाइरल इन्टरफेरेन्स (आपसी प्रतिस्पर्धा) हुने क्रममा एक भाइरस मात्र सक्रिय हुने प्रक्रिया हुन सक्छ। जस्तो कि कोरोना भाइरससँगको प्रतिस्पर्धामा अन्य निष्क्रिय भएको हुन सक्छ। पुुनका अनुसार अमेरिका तथा युरोपमा समेत अन्य कोभिडको संक्रमण जाडोमा पाँच गुणाले बढ्ने भन्ने अनुमान गरिएकोमा विश्वभरि नै घट्नुमा मास्कको प्रयोग तथा हातको सफाइ नै कारण हुन सक्छन्।

कोभिड भाइरससँग जोगिने उपायहरूले अन्य रोगको संक्रमणबाट बचाएको हुनाले राज्यको सरुवा रोगमा हुने खर्चको भार कम भएको डा. पुन बताउँछन्। मास्क लाउने, हात धुने र दूरी कायम गर्ने गरेकै कारण अन्य सरुवा रोगमा कमी आएकाले अब सबै नेपालीले यस्तै जीवनशैली अपनाउनेपर्ने आवश्यकता स्वस्थ जीवनका लागि सहयोगी हुने वीर अस्पतालका डा. गैरे औंल्याउँछन्। ‘कोभिडबाट बच्न लगाइएका मास्कले प्रदूषणबाट उत्पन्न हुने श्वास–प्रश्वासका रोगह पनि कम भएको देखियो,’ उनले भने। गत अक्टोबरमा अमेरिकाबाट प्रकाशित ‘जर्नल अफ मेडिकल इन्टरनेट रिसर्च’ मा प्रकाशित प्रतिवेदनमा ताइवानमा गरिएको अध्ययनले मास्क लगाउने, हात धुने र दूरी कायम राख्ने चलनले कोरोनाबाट मात्र बच्ने नभई अन्य श्वासप्रश्वाससम्बन्धी रोगबाट बच्न सहयोग पुगेको पाइएको निष्कर्ष निस्केको थियो।
अर्को समाचार
बङ्गुरमा देखियो ‘अफ्रिकन स्वाइन फिवर’
१५ कार्तिक २०७९
•
१ मिनेट पाठ
बङ्गुरमा देखियो ‘अफ्रिकन स्वाइन फिवर’
स्याङ्जाको पुतलीबजारमा बङ्गुरमा ‘अफ्रिकन स्वाईन फिवर’ देखा परेको छ। बङ्गुरमा ज्वरो आउने, खाना नखाने, कान, मुख तथा घाँटीमा विभिन्न खालका दाग खटिरा देखिएपछि ल्याबपरीक्षण गर्दा ‘अफ्रिकन स्वाईन फिवर’ भएको पुष्टि भएको भेटेरिनरी तथा पशु विज्ञकेन्द्र स्याङ्जाका प्राविधिक प्रमुख गोपाल गिरीले जानकारी दिए।  




जिल्लाको पुतलीबजार नगरपालिकाको १४ लगायतका विभिन्न वडामा किसानले पालेका बङ्गुरमा रोग देखा परेपछि पोखरास्थित पशुरोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा प्रयोगशालाले उक्त रोग भएको पुष्टि गरेको हो। 'बङ्गुरमा रोग लागेपछि दसैँ अघि पनि एकपटक परीक्षणका लागि प्रयोगशालामा नमुना पठाएका थियौँ', उनले भने, 'त्यतिबेला ‘रिपोर्ट नेगेटिभ’ आयो, अहिले तिहारअघि पठाएको ‘रिपोर्ट पोजेटिभ’ आएको छ।'

पुतलीबजारका विभिन्न स्थानमा किसानले पालेका बङ्गुरमा एक महिना अघिदेखि यो रोगको सङ्क्रमण फैलिएको हो। 'यसको कुनै उपचारविधि तथा भ्याक्सिन छैन',उनले भने, 'सङ्क्रमण फैलिएको स्थानमा आवातजावत गर्दा चुना र ‘भिरकोन’ छर्किने, मरेका बङ्गुरलाई खाडल खनेर गाड्नुपर्छ।' सङ्क्रमण फैलिएका ठाउँमा कार्यालयबाट चुना र ‘भिरकोन’ उपलब्ध गराइएको र व्यवसायीलाई प्राविधिक ज्ञान तथा परामर्श दिइएको उनले बताए।  

यो सरुवा रोग भएकाले सङ्क्रमित बङ्गुरलाई छुट्टै राख्ने, होटलमा फालिएका खानेकुरालाई राम्रोसँग पकाएर खुवाउनुपर्ने सुझाव उनकाे रहेकाे छ। स्याङ्जाको पुतलीबजार १४ र सोही पालिकाको अन्य दुई ठाउँमा देखिएको सङ्क्रमणबाट हालसम्म तीनसय बढी बङ्गुर तथा पाठापाठी मरिसकेको विवरण प्राप्त भएको भेटेरिनरी तथा पशु विज्ञकेन्द्र स्याङ्जाले जनाएको छ। रासस
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस