कोरोनाविरूद्धको खोप लगाउन १६ हजार केन्द्रमा ५२ हजार स्वयंसेवक खटाइनेछ : स्वास्थ्य मन्त्री
२७ पौष २०७७
•
१ मिनेट पाठ
कोरोनाविरूद्धको खोप लगाउन १६ हजार केन्द्रमा ५२ हजार स्वयंसेवक खटाइनेछ : स्वास्थ्य मन्त्री
फाइल तस्वीर
सरकारले कोरोनाविरूद्धको खोप लगाउन १६ हजार खोप केन्द्र परिचालन गर्ने भएको छ। मन्त्रालयको जिम्मेवारी सम्हालेको १५ औं दिनमा स्वास्थ्य मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गरेका स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले कारोनाविरूद्धको खोपका लागि ५ हजार कर्मचारी र ५२ हजार स्वयंसेवक खटाइने जानकारी दिए।




उनले खोपका लागि भारत, रुस र युइएसहितका देशहरुसँग छलफल गरिरहेको पनि बताए। मन्त्री त्रिपाठीले खोप खरिद प्रक्रिया र ढुवानीका बारेमा छलफल भइरहेकाले खोप चाँडै नेपालमा आउने बताए।

‘खोप चाँडो ल्याउन खोप निर्माण भइरहेका मुलुकका सरकार प्रमुखसँग छलफल गरिरहेका छौं। म स्वयम्ले भारत, रुस र युइएका राजदूतहरुसँग कुरा गरिरहेको छु,’ मन्त्री त्रिपाठीले भने।

मन्त्री त्रिपाठीका अनुसार कोभ्याक्समार्फत आउने खोप सुरूमा २० प्रतिशत जनसंख्यालाई दिइने र बाँकीलाई खरिद प्रक्रियामार्फत दिइनेछ। उनले कोरोनाको खोप निःशुल्क प्रदान गरिने समेत बताए। खोप पुगेको सात दिनभित्र खोप दिने कार्य सुरु गर्नेरि स्वास्थ्य मन्त्रालयले तयारी गरेको उनको भनाई छ।

कोरोनाविरूद्धको खोप सुरुमा जोखिम वर्ग, ५५ वर्ष उमेर माथिका र दीर्घरोगीलाई लगाइने समेत स्वास्थ्य मन्त्रालयको तयारी छ।  
अर्को समाचार
स्वास्थ्य बीमा बोर्डका पाँच सदस्यको राजीनामा
०१ कार्तिक २०८०
•
१ मिनेट पाठ
स्वास्थ्य बीमा बोर्डका पाँच सदस्यको राजीनामा
स्वास्थ्य बीमा बोर्डबाट पाँच सदस्यले सामूहिक राजीनामा दिएका छन् । मंगलबार उनीहरूले बोर्डको कार्यालयमार्फत स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई राजीनामा बुझाएका हुन् । 




स्वास्थ्य मन्त्री र सरकार स्वास्थ्य बीमा बोर्डलाई समाप्त पार्ने गरी लागिपरेको आरोपसहित उनीहरूले राजीनामा दिएका हुन् । 

राजीनामा दिनेहरूमा बोर्डका मनोनीत सदस्यहरू डा. तारा शाह, डा. सुरेश तिवारी, चन्द्र थापा, टीका चापागाई भट्टराई र इन्द्रकला राई छन् । 

करिब एक महिनाअघि मन्त्रीले स्वास्थ्य बिमा बोर्डका कार्यकारी प्रमुख दामोदर बसौलालाई स्वास्थ्य बीमा बोर्डको ऐनविपरीत स्पष्टीकरण सोधेका थिए । त्यसको दुई सातापछि कार्यकारी प्रमुख बसौलालाई तीन महिनाका लागि निलम्बन गरी एक साताभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएका थिए । 

पाँच महिनादेखि अध्यक्षविहीन बोर्डमा पाँचजनाले सामूहिक राजीनामा दिएपछि बोर्डमा निमित्त कार्यकारी निर्देशक र अर्थ मन्त्रालयका प्रतिनिधि गरी दुई जना मात्र सदस्य रहेका छन् ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस