फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई खोप
०६ फागुन २०७७
•
१ मिनेट पाठ
फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई खोप
सरकारले यही फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले फागुन २३ गतेदेखि ६० वर्ष वा सोभन्दा माथिका नागरिकलाई खोप लगाइने भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। भारत सरकारले उपलब्ध गराएको कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप गत माघ १४ गतेदेखि लगाउन थालिएको हो।  




पहिलो चरणमा प्राथमिकतामा परेको स्वास्थ्यकर्मी, अग्रपङ्क्तिमा काम गरेका सुरक्षाकर्मी, एम्बुलेन्स तथा शवबाहनका चालक तथा सहचालक, महिला स्वास्थ्य स्वयंसेविकालगायतलाई यही माघ १४ गतेदेखि २४ गतेसम्म सो खोप लगाइएको थियो। यही फागुन २ गतेदेखि दोस्रो प्राथमिकतामा परेका व्यक्ति जिल्लास्तरीय सरकारी कार्यालयका कर्मचारी, बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका कर्मचारीलाई खोप लगाउन थालिएको छ। यसअघि माघ २६ देखि ३० गतेसम्म काठमाडौँमा कूटनीतिक नियोगका पदाधिकारी र कर्मचारी तथा पत्रकारलाई समेत खोप लगाइएको थियो।  

मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार अहिलेसम्म दुई लाख ६३ हजार ४८२ जनाले खोप लगाइसकेका छन्। पहिलो चरणमा प्राथमिकता परेका ८४ प्रतिशतले खोप लगाएको उनले बताए। प्रदेश नं १ मा ७२ प्रतिशत, प्रदेश नं २ र वाग्मती प्रदेशमा ८४ प्रतिशत, गण्डकी प्रदेशमा सतप्रतिशत, लुम्बिनी प्रदेशमा ८४ प्रतिशत, कर्णाली प्रदेशमा ७२ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९१ प्रतिशतले पहिलो चरणमा पहिलो प्राथमिकता परेका व्यक्तिले खोप लगाएका छन्। उनले खोप सुरक्षित भएकाले ढुक्कसँग लगाउन अनुरोध गरे।
अर्को समाचार
राक्सिराङमा ज्येष्ठ नागरिकलाई घरमै उपचार सेवा
१४ वैशाख २०८१
•
२ मिनेट पाठ
राक्सिराङमा ज्येष्ठ नागरिकलाई घरमै उपचार सेवा
ज्येष्ठ नागरिक जितबहादुर मोक्तानको उपचार गर्दै स्वास्थ्यकर्मी। तस्बिर: नागरिक
मकवानपुरको राक्सिराङ गाउँपालिका-२ सुनारीका ७१ वर्षीय जितबहादुर मोक्तान घरमै स्वास्थ्य उपचार पाएपछि खुसी छन्। अत्यधिक खोकी र ज्वरोले एक हप्तादेखि थल्लिएर घरमै सुतिरहेको खबर पाएपछि राक्सिराङ गाउँपालिकाको स्वास्थ्यकर्मीको टोली उनको ओछ्यानमै पुगेर उपचार गरेको हो।




राक्सिराङ गाउँपालिकाले सुरु गरेको एकीकृत घुम्ती सेवा शिविरअन्तर्गत स्वास्थ्यकर्मीको टोली असक्त, अपांग र ज्येष्ठ नागरिकको उपचारका लागि घरघरमै पुगेको हो।

चार छोरी विवाह गरेर आफ्नै घर गएपछि सानो घरमा पतिपत्नी मात्रै बस्दै आएका मोक्तानलाई स्वास्थ्यकर्मी टोलीले स्लाइन पानी दिनुका साथै निःशुल्क औषधि समेत वितरण गरेको थियो। सिकिस्त बिरामी भएर सुतिरहेको अवस्थामा घरमै आएर उपचार गरिदिएकोमा उनले पालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई धन्यवाद व्यक्त गरे।

‘दम बढेर हो कि के भो, ६/७ दिनदेखि निकै गाह्रो बनायो। एक्कासि डाक्टरको टोली ओछ्यानमै आइपुग्दा सुरुमा त अचम्म लाग्यो,’ मोक्तानले भने, ‘यसरी घरघरमै आएर उपचार गरिदिएकोमा खुसी लागेको छ। मजस्तै सबैले उपचार पाउन सकून्।’

यस्तै उच्च रक्तचापको समस्याका कारण केही दिनदेखि घरमै थला परिरेकी राक्सिराङ–१ की ८७ वर्षीया राममाया बल स्वास्थ्यकर्मीको सल्लाह र निःशुल्क औषधि पाएपछि खुसी देखिन्थिन्। उनले स्वास्थ्यकर्मीको सल्लाह बमोजिम औषधि खाने प्रतिबद्धता जनाउँदै घरमै आएर उपचार गरेकोमा खुसी लागेको प्रतिक्रिया दिइन्।

‘राक्सिराङ डाँडापाखा छ। बजारसम्म औषधिमुलो गर्न जान पनि सकसै छ,’ बलले भनिन्, ‘कम्तीमा महिनाको एक पटक गाउँपालिकाको डाक्टरको टोली यसरी घरघरमा आयो भने हामीलाई धेरै राहत हुन्थ्यो।’ शिविरको पहिलो दिन मोक्तान र बलजस्तै घरमै थलिएर बसेका राक्सिराङ–१ र २ का ६ जनालाई घरमै पुगेर उपचार गरिएको छ।

स्वास्थ्यकर्मी पुगेको घरघरमा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष वनस्तम थिङ, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलासहित सम्बन्धित वडा अध्यक्ष पोसिलो खानेकुरा बोकेर पुगेका थिए। गाउँपालिकाका अध्यक्ष मल्लले शिविर र घरदैलोका क्रममा जटिल समस्या देखा परेकाहरूको थप उपचारमा गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए।

‘ज्येष्ठ नागरिक हाम्रा अमूल्य सम्पत्ति हुन्। आर्थिक अभाव र विभिन्न कारणले घरमा थला परेर बसेकाहरूको घरघरमै पुगेर उपचार गराउने क्रम जारी छ। यो अभियानलाई अझ प्रभावकारी तवरले कसरी सञ्चालन गर्न सकिन्छ भन्ने सोचिरहेका छौं,’ अध्यक्ष मल्लले भने। यस विषयमा आगामी दिनमा छलफल गरेर अघि बढ्ने उनले बताए।

आर्थिक अभाव र भौगोलिक विकटताका कारण राक्सिराङका धेरै अशक्त र ज्येष्ठ नागरिक रहेकाले उनीहरूका लागि थप योजनाबद्ध काम गर्नुपर्ने अवस्था रहेको पालिका उपाध्यक्ष वनस्तम थिङको भनाइ छ। पालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरले धेरै हदसम्म राहत मिलेको उनको विश्वास थियो।
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस