कोभ्याक्स खोप यसै साता
१३ फागुन २०७७
•
४ मिनेट पाठ
कोभ्याक्स खोप यसै साता
विश्व स्वास्थ्य संगठनको नेतृत्वमा स्थापना भएको कोभ्याक्स सुविधाअन्तर्गतको पहिलो खेप नेपालमा यसै साताको अन्तसम्ममा आउने भएको छ। कोभ्याक्स सुविधाअन्तर्गत अग्रपंक्तिमा रहेर काम गर्ने कुल ११ लाख नेपालीलाई खोप उपलब्ध गराउने भनेकोमा पहिलो लटमा ३ लाख ४८ हजार खोपको डोज केही दिनमै नेपाल आउन लागेको हो।  




कोभ्याक्सले नेपाल सरकारलाई हालै लेखेको एक पत्रका उक्त मात्रामा खोपको डोज उपलब्ध गराउन लागिएको उल्लेख गरिएको नयाँ दिल्लीस्थित विश्व स्वास्थ्य संगठनको दक्षिण तथा पूर्वीएसिया क्षेत्रका कार्यलयका एक अधिकारीले बताए। डब्लुएचओले मे अन्त्यसम्ममा २२ लाख ५६ हजार डोज खोप नेपाललाई उपलव्ध गराउने तयारी गरेको छ।  

नेपाललाई भारतले अनुदानममा झण्डै डेढ महिनाअघि उपलब्ध गराएको १० लाख डोज खोप र यही साता खरिद गरिएका थप १० लाख डोजमार्फत खोप अभियान सञ्चालन गरिरहेको छ। दुवै प्रक्रियाद्वारा नेपाललाई उपलब्ध भएका अक्सफोर्ड र अष्ट्राजेनेकाद्वारा विकास गरिएको एवं भारतको सेरम इन्सिच्युटद्वारा उत्पादित कोभासिल्ड खोप हो।

विश्व स्वास्थ्य संगठनले हालसम्म आफ्नो आपतकालीन प्रयोग सूचीमा सूचीकृत गरेका खोपमा अमेरिका फाइजर, भारत र दक्षिण कोरियामा निर्मित अक्सफोर्ड र अष्ट्राजेनेकाले विकास गरेका खोप मात्र रहेका छन्।  

नेपालको औषधि व्यवस्था विभागले चीनको सरकारी स्वामित्वमा रहेको सिनोफर्मद्वारा उत्पादिन खोपलाई पनि गत साता आपतकालीन प्रयोग अनुमति दिइसकेको छ। त्यसअघि सेरम इन्सिच्यूटद्वारा खोपलाई नेपालले प्रयोग अनुमति दिएको थियो। चिनियाँ खोपलाई विभागले प्रयोग अनुमति दिनुअघि नै चीन सरकारले ५ लाख डोज खोप नेपाललाई दिने घोषणा गरिसकेको थियो। चीनले नेपाललाई उपलब्ध गराउन घोषणा गरेको खोप अहिले विश्व स्वास्थ संगठनले प्रभावकारिताको समीक्षा गरिरहेका चारवटा खोपमध्ये एक हो। संगठनले हाल चीनको सिनोफर्म र सिनोभ्याक, अमेरिकी खोप मार्डना र जोन्सन एण्ड जोन्सनद्वारा विकास गरिएको खोपको प्रभावकारिताको अध्ययन गर्देछ। आगामी ३ सातामा उक्त समीक्षाको नतिजा आइसक्ने डब्लुएचओको नयाँ दिल्लीस्थित क्षेत्रीय कार्यलयका ती अधिकारीले बताए। अहिले विश्वमा खोपको आपूर्ति जनस्वास्थ्यको विषयभन्दा पनि राजनीतिक र कूटनीतिक विषय बनेको छ। खोप कूटनीतिमार्फत आफ्नो प्रभाव क्षेत्र विस्तारमा विभिन्न देश तथा औषधि उत्पादक कम्पनी लागेका छन्।

‘मार्चको मध्यसम्ममा उक्त समीक्षात्मक अध्ययनको प्रारम्भिक नतिजा आइसक्नेछ, त्यसैले नेपालले हाल उपलब्ध खोपको खपतमा बढी ध्यान दिनु उपयुक्त हुन्छ,’ ती अधिकारीको सुझाव छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चीनले दिने भनिएको खोप कहिले आउँछ भन्ने अझै निश्चित नभएको बताए। ‘उनीहरूले जहिले दिन्छन्, त्यहीबेला नै खोप आउनेछ,’ उनले भने।  

सामान्यतया खोपको उत्पादन भएपश्चात ६ महिनाभित्र प्रयोग भइसक्नुपदर्छ। उत्पादन भैसकेको पछि गुणस्तर परीक्षणका लागि १ महिना लाग्ने र त्यसको ढुवानीमा समेत समय खर्च हुने भएकाले कुनै पनि देशले खोप उपलब्ध भएको ३ देखि ४ महिनामा प्रयोग गरिसक्नुपर्ने विज्ञ बताउँछन्।  

‘अहिले नेपालमा उपलब्ध खोपको उपयोगको गति ढिलो भएकाले खोपको खपत नेपालका लागि प्राथमिकताको विषय हुनुपर्दछ,’ विश्व स्वास्थ संगठनका ती अधिकारीले भने। त्यसो त, डब्लुएचओले नेपालले सञ्चालन गरेको खोप अभियानको प्रशंसा गरेको छ। नेपालले खोप खरिद प्रक्रियालाई सरलीकृत गरेर ४ अमेरिकी डलरमा सेरम खोप खरिद गर्नसक्नु अत्यन्त महत्वपूर्ण उपलब्धि रहेको डब्लुएचओ अधिकारीको कथन छ।  

‘विश्वका १३० देशमा कोभिड–१९ खोप लगाउनसमेत सुरु भइनसकेको अवस्थामा नेपालले यति धेरै मात्रामा खोपको जोहो गर्नसक्नु प्रशंसनीय कार्य हो,’ ती अधिकारीले नयाँ दिल्लीबाट नागरिकलाई भने। नेपालले सुरुमा १५ वर्षमाथिका २ करोड १६ लाख जनसंख्यालाई खोप दिने भनेकोमा कोभिसिल्ड खोप १८ वर्षमाथिका लागि मात्र प्रयोग हुने भएकाले २ करोडको हाराहारीको जनसंख्यालाई खोप दिने तयारी गरिएका खोप तथा बाल स्वास्थ्य शाखाका प्रमुख डा. झलक गौतमले बताए। उनले पहिलो र दोस्रो चरणमा लक्षित गरिएका कुल ४७ लाखलाई असारसम्म खोप लगाइसकिने पनि बताए।

खोप अभियानअन्तर्गत नेपालले पहिलो चरणमा सफाइकर्मी, अग्रपंक्तिमा खटिएका स्वास्थकर्मी, सफाइकर्मी तथा अस्पतालका खटिएका कर्मचारीलाई, त्यसपछि पत्रकार, संयुक्त राष्ट्रसंघीय निकाय तथा कूटनीतिक नियोगका कर्मचारीलाई खोप उपलब्ध गराएको छ। पछिल्ला दिनमा निजामती कर्मचारी, स्थानीय तहका प्रतिनिधि, संस्थान तथा बैंकका कर्मचारी, स्वास्थ्य स्वयंमसेवक, एम्बुलेन्स चालक, शववाहन चालक तथा शव वाहन व्यवस्थापनमा खटिएका कर्मचारीलाई खोप दिइएको छ। दोस्रो चरणअन्तर्गत ५५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई समुदायस्तरमा खोप उपलब्ध गराउने तयारी छ। नेपालमा पहिलो चरणको खोप अभियानअन्तर्गत सोमबारसम्म कुल ४ लाख ३० हजार जनाले खोप लगाइसकेका छन्।

विश्व स्वास्थ्य संगठनले नेपालको खोपको योजना, खोप लगाइसकेपछि हुनसक्ने प्रतिकूल प्रभावको व्यवस्थापन, खोपका लागि स्वास्थ्यकर्मी तालिमलगायत विषयमा प्रभावकारी कार्य गरेको जनाएको छ। जर्मनीले समेत खोप लगाइसकेपछि पर्ने प्रतिकूल प्रभाव रोकथाम (एडभर्स इम्प्याक्ट फ्लोइङ इम्युनाइजेसन–एइएफआई) किट तयार गर्न तथा खोप प्रोटोकल बनाएर कार्यान्वयन गर्न नसकेको चर्चा गर्दै संगठनका ती अधिकारीले संगठनले नेपालको तयारीलाई औपचारिक रूपमै प्रंशसा गरेको बताए। नेपालमा खोप लगाएकालाई सामान्य असरबाहेक गम्भिर प्रकृतिका प्रतिकूल प्रभाव कसैलाई पनि देखिएको छैन।
अर्को समाचार
१८ वर्ष पूरा भएका विद्यार्थीलाई आजबाट खोप दिईने
०४ भदौ २०७८
•
१ मिनेट पाठ
१८ वर्ष पूरा भएका विद्यार्थीलाई आजबाट खोप दिईने
काठमाडौँ महानगरपालिकाले कोभिड–१९ विरुद्धको  भेरोसेल खोपको पहिलो मात्रा लगाउनका लागि खोप केन्द्र तय गरेको छ। त्यसमा यसअघि लगाउँदै आएका केन्द्रसँगै आठ केन्द्र थप गरिएको छ। आजबाट लागाउने चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा ४० वर्ष वा सो भन्दा माथिका उमेर समूह, १८ वर्ष पूरा भएका कक्षा ११ तथा १२ का र विश्वविद्यालय तहका परीक्षा प्रवेशपत्र दिएका विद्यार्थीलाई दिन लागिएको हो। 




यसअघि खोप लगाइँदै आएका महानगरपालिकाको ३२ वडाका खोप केन्द्रसँगै राधास्वामी आइसोलेशन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्ताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, नेपाल प्रहरी अस्पताल र वीरेन्द्र सैनिक अस्पताललाई पनि यसपटक खोप केन्द्रका रुपमा विस्तार गरिएको छ। खोप कार्यक्रम बिहान १० देखि साँझ ५ बजेसम्म रहने छ।

अहिले थप गरिएका केन्द्रबाट यसअघि महानगरपालिकाले अग्रपङ्क्तिमा खटिने व्यक्तिका लागि मात्र खोप लागाउने व्यवस्था गरेको थियो। तोकिएका लक्षित समूहले महानगरभित्र खोप आज, शनिबार र आगामी मङ्गलबार तीन दिन लगाउन सकिने महानगरपालिकाको सहरी स्वास्थ्य विभागका प्रमुख हरि कुँवरले जानकारी दिए। खोप लगगाउन जाँदा आफ्नो उमेर र परिचय खुल्ने कागजातसहित नजिकको खोप केन्द्रमा गई भीडभाड नगरी स्वास्थ्य मापदण्ड पूरा गरेर खोप लगाउन आग्रह गरिएको छ।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस