कोरोना कहरले रोजगारी छाडेर घर फर्किँदै सुदूरपश्चिमेली
१३ चैत्र २०७७
•
३ मिनेट पाठ
कोरोना कहरले रोजगारी छाडेर घर फर्किँदै सुदूरपश्चिमेली
पछिल्लो समय भारतबाट रोजगारी छाडेर घर फर्किने सुदूरपश्चिमेलीको अहिले लर्को लाग्न थालेको छ। भारतमा कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्न थालेपछि र सुदूरपश्चिममा विशुपर्व नजिकिएसँगै रोजगारीका लागि भारत पसेका सुदूरपश्चिमीले अहिले आ–आफ्ना घर फर्किन थालेका हुन्। सुदूरपश्चिम प्रदेश स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरका अनुसार पाँच दिनको अवधिमा भारतबाट आएका ११ नयाँ व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ।




कोरोनाका कारण रोजागारी छाडेर आउनेहरु सिधै गाउँ पस्न थालेका कारण यहाँका गाउँघरमा पुनः कोरोना सङ्क्रमण फैलिने भन्दै स्थानीय प्रशासनले अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाएका छन्। उता गृह मन्त्रालयले समेत क्वारेन्टिन तयारी अवस्थामा राख्न निर्देशनसहितको पत्राचार गरेसँगै यहाँका स्थानीय तहमा सबैले क्वारेन्टिन निर्माणका लागि तयारी गर्न थालेको सुदूरपश्चिम गाउँपालिका अध्यक्ष महासङ्घ तथा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए।

कोरोना जोखिमबाट बच्नका लागि सम्पूर्ण तयारी र सावधानी अपनाउनका लागि यहाँका स्थानीय तहलाई स्थानीय प्रशासनले आग्रहसमेत गर्दै आएका छन्। सुदूरपश्चिम प्रदेशका सीमा नाका कञ्चनपुरका गड्डाचौकी, त्रिनगर, दार्चुलाको धार्चुला तथा बैतडीको झुलाघाट क्षेत्रमा भारतबाट सुदूरपश्चिम अर्थात घर फर्किनेको सीमा नाकामा भीडभाड बढ्न थालेको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ। 

अहिले यहाँका सीमा नाकाबाट दैनिक सयौँको सङ्ख्यामा सुदूरपश्चिमेली भित्रिन थालेका छन्। रोजगारीका लागि भारत गएका स्वदेश फर्कने क्रम बढेपछि सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण फैलिने जोखिम बढेकाले सावधानीका लागि सबै तयारी अवस्थामा राखिएको प्रदेश स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले बताए।

उनले भने, 'सीमामा घर फर्किनेको क्रम बढेको छ, कोरोना जोखिम नबढोस् भनेर हामीले सबै सावधानी अपाउनुका साथै स्वास्थ्य जाँचमा पनि निकै ध्यान दिएका छौँ।' भारतमा कोरोना सङ्क्रमण पुनः देखिएसँगै सुदूरपश्चिमेलीको प्रमुख पर्व बिशु नजिकिँदै आएकाले पनि अहिले रोजगारी गरी घर फर्किनेको सङ्ख्या बढेको पाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए।

उनले भने, 'भारतबाट नेपाल आएका सबै नागरिक कोरोना त्रासले आएका होइनन्, अधिकांश बिशु पर्व मनाउन आएका पनि छन्, घर आउँदै गरेकासँग कोरोना जोखिम हुनसक्ने भएकाले हामीले सीमा क्षेत्रमा स्वास्थ्य जाँचदेखि अन्य कुरामा ध्यान दिन आफू मातहतका निकायलाई निर्देशन दिएका छौँ।'  उनका अनुसार कञ्चनपुरको त्रिनगर र गड्डाचौकी नाकाबाट मात्रै दैनिक एक हजारभन्दा बढी हाराहारीमा नेपाली नोपल प्रवेश गरिरहेका छन्। 

प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार यी दुई नाकाबाट विगत १० दिनको अवधिमा कम्तीमा पनि आठ हजारभन्दा बढी नेपाली नेपाल भित्रिएका छन्। भारतबाट फर्किका शङ्कास्पद व्यक्तिको एन्टिजेन परीक्षण गर्न सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले भारतसँग सीमा जोडिएका चार जिल्लाका स्वास्थ्य कार्यालयलाई पत्राचार गरेकोसमेत जनाएको छ। कञ्चनपुरको गड्डाचौकी, त्रिनगर, बैतडीको झुलाघाट र दार्चुलामा स्थापना भएका हेल्थ डेस्कमार्फत एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन आग्रह गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ।

भारतबाट स्वदेश फर्किने सबैको सीमा नाकामा स्वास्थ्य परीक्षण हुन नसकेको भारतबाट घर फर्किएका डोटीका दीर्घबहादुर कामीले बताए। उनले भने,'सीमा नाकामा हेल्थ डेस्क स्थापना भएको छ तर खासै त्यहाँ स्वास्थ्य जाँच गरिँदैन। सामान्य ज्वरो मापन गरेर घर पठाउन थालेका छन्, कोरोना जाँचसम्बन्धी कुनै परीक्षण नहुँदा समस्या भएको छ।'

भारतबाट फर्किनेहरूको परीक्षण गर्न सम्बन्धित स्थानीय तहलाई एन्टिजेन पठाइएको प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए। उनले भने,'सीमा नाकामा सबैको एक–एक गरी स्वास्थ्य जाँच गर्न केही असहज भएका कारण सम्बन्धित स्थानीय तहले जाँच गर्ने गरी एन्टिजेन पठाइएको छ, भारतबाट आएकाहरुको सम्बन्धित स्थानीय तहमा स्वास्थ्य जाँच हुनेछ।'
अर्को समाचार
दर्जन पुल शिलान्यास, एउटै बनेनन्
२७ साउन २०७८
•
३ मिनेट पाठ
दर्जन पुल शिलान्यास, एउटै बनेनन्
भिमाद नगरपालिका–८, थामडाँडा र शुक्लागण्डकी नगरपालिका–११ जरेवर जोड्ने गरी वर खोलमा निर्माणाधीन मोटरेबल पुल । तस्बिरः विनोद/नागरिक
बर्खामा बर्सेनिजसो सडक सञ्जालबाट विच्छेद हुने जरेवरका बासिन्दालाई योपटकको बर्खामा पक्की मोटरेबल पुलबाट खोला तर्न पाउने आस थियो। भिमाद नगरपालिका–८ थामडाँडा र शुक्लागण्डकी नगरपालिका–११ जरेवर जोड्ने वर खोलामा शिलान्यास गरेको पुल गत २२ असारमा सक्नुपर्ने सम्झौता हो। तर यो पुलको चारवटा पिलर ठडिनेबाहेक केही भएको छैन।




मुक्तिनाथ दीपज्योति ज्वाइन्ट भेन्चर, पोखराले ठेक्का लिएको यो पुलको चारवटा पिल्लर ठडिएका छन्। यतिबेला खोलामा उर्लेको भेलले काम समेत रोकिएको छ। हिउँदमा कुलो जस्तै भएर बग्ने बुडुवा खोला बर्खामा तर्न नसक्ने अवस्थामा हुन्छ। यहाँका स्थानीय घाँस–दाउरा र मेलापात गर्न निर्माणाधीन मोटरेबल पुलबाट जोखिम मोलेर वारपार गर्न बाध्य छन्।

वर्षौैंदेखि मोटरेबल पुल चाहियो भन्दै आएका स्थानीयको मागअनुरुप गण्डकी प्रदेश सरकारको लगानीमा गत पुसमा बुडुवा खोलामा पुल शिलान्यास त गरियो, तर निर्माणले गति लिन सकेन। गणेशकुण्ड आइएस निर्माण सेवा नुवाकोटले ठेक्का लिएको पुलको सम्पन्न गर्ने म्याद गत २७ असारमा सकिएको छ। पुलको काम सक्न १५ प्रतिशतभन्दा बढी काम बाँकी रहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष पदमराज सेन ठकुरीले बताए। ‘यतिबेला पुल बनाएर सकिन्थ्यो होला, बाढी आएर काम रोकियो,’ उनले भने। पुल र सडकको बीचमा फिलिङ गर्ने काम बाँकी रहेको उनी बताउँछन्।

ऋषिङ गाउँपालिका–४, मधुवन र ५, रुपटार जोड्ने गरी ज्वाला खोलामा निर्माण थालिएको मोटरेबल पुलको पनि सम्पन्न गर्नुपर्ने मिति टरिसकेको छ। ठेक्का सम्झौता अनुसार गत २५ असारमा यो पुल ठडिएर मोटर गुड्न थाल्नुपर्ने हो। तर पुल तत्कालै सम्पन्न हुने छनक देखिन्न। ज्वाला खोला सहित शालिकराम करिडोरमा मात्र चारवटा पुल शिलान्यास गरिएको थियो। एउटा पनि सम्पन्न भएको छैन। रिस्ती खोलामा दुई पुल शिलान्यास भए। दुवै निर्माणाधीन अवस्थामा छ।

यी लगायत तनहुँमा गत आर्थिक वर्ष २०७७/७८ मा गण्डकी प्रदेश सरकारको लगानीमा मोटरेबल पुल शिलान्यासको लहर चलेको थियो। जिल्लाका १२ वटा नदी, खोलामा मोटरेबल पुल बनाउन थालिएको हो। तर तोकिएको तिथिभित्र एउटा पनि सम्पन्न नभएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ। तीमध्ये ६ वटा पुल गत असारमा सकिनुपर्ने थियो। तीनवटा अबको असोजसम्म सम्पन्न गर्ने म्याद छ। बाँकी पुलको म्याद आगामी आर्थिक वर्षसम्म छ। असोजमा सकिनुपर्ने पुलको पनि गति उतिसारो अघि बढेको छैन।

कोरोना भाइरस संक्रमणका कारण पुल निर्माणमा ढिलाइ भएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुंगाना बताउँछन्। उनी भन्छन्, ‘कोरोना कहरमा निर्माण कम्पनीले काम गर्न खोजेका हुन्। तर, लक्ष्य अुनसार सकेनन्।’ निर्माणाधीन सबै पुलको कार्य प्रगति सन्तोषजनक देखिएको उनले दाबी गरे। कोरोना कहरमा म्याद सकिएका निर्माणाधीन योजनालाई सरकारको निर्णय अनुसार अब ६ महिना म्याद थपिने उनले जानकारी दिए। निर्माणको म्याद सकिएका पुल ६ महिनाभित्र सम्पन्न हुने गरी काम गर्न निर्देशन दिने उनको भनाइ छ।

गत वर्ष शिलान्यास भएका दुईवटा पुलको काम भने अलि धेरै भएको छ। रिस्ती खोला सोती पसल र बुडुवा खोला लोकतान्त्रिक पुलको काम अन्तिम चरणमा पुगेको ढुंगानाले जानकारी दिए। ‘दुवै पुलको ९० प्रतिशत हाराहारीमा काम भएको छ। अब स्ल्याब राख्ने काम मात्र बाँकी हो,’ उनले भने। १२ पुललाई २९ करोड एक लाख २९ हजार रुपैयाँ भुक्तानी भइसकेको छ। यो आर्थिक वर्ष प्रदेश सरकारले ती पुललाई २६ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ। सबै पुल सम्पन्न गर्न ८९ करोड ६६ लाख ६१ हजार २ सय ४० रुपैयाँमा सम्झौता भएको हो।

चालु वर्षमा पनि गण्डकी प्रदेश सरकाले तनहुँका १४ मोटरेबल पुल निर्माणका लागि बजेट विनियोजन गरेको छ। १४ पुललाई ३ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन भएको पूर्वाधार विकास कार्यालय तनहुँले जानकारी दिएको छ। बजेट विनियोजन भए पनि पुलको उपयोगिता अध्ययन गरी माटो परीक्षण भएपछि डिपिआर तयार भई स्रोत सुनिश्चितता हुँदा बल्ल पुल निर्माणको काम थालनी हुने जनाइएको छ।
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस