कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिको प्रक्रिया रोक्न अन्तरिम आदेश
२२ चैत्र २०७७
•
२ मिनेट पाठ
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिको प्रक्रिया रोक्न अन्तरिम आदेश
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा नियुक्तिको प्रक्रिया तत्काल यथास्थितिमा राख्नका लागि सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ। उपकुलपति पदका लागि आवेदन दिन कानून बमोजिम चाहिने सहप्राध्यापकको योग्यता नै नपुगेका व्यक्तिहरुको प्रारम्भिक सूची तयार पारी अयोग्य व्यक्तिलाई उक्त प्रतिष्ठानमा उपकुलपति नियुक्त गर्ने सरकारले तयारी गरेपछि प्राध्यापक डा. रामप्रसाद उप्रेतीले दायर गरेको रिट निवेदनमा सुनुवाई गर्दै सर्वोच्च अदालतले आगामी वैशाख ३ गते अन्तरिम आदेशमा छलफलका लागि दुवै पक्ष झिकाउने र सो अवस्थासम्मका लागि उपकुलपति पदमा नियुक्तिको प्रक्रिया यथास्थितिमा राख्न आदेश दिएको हो। 




सहप्राध्यापकको योग्यता नै नभइकनै उपकुलपतिका पदमा आवेदन दिएका असिष्टेन्ट प्रोफेसर रहेका डा. मंगल रावल, डा. पुजनकुमार रोकाया, डा. प्रवीणकुमार गिरी, डा. राजिव शाह, डा. सूर्यमान मेन्याङ्बो र डा. हरिहर देवकोटालाई उक्त प्रतिष्ठानसँग सम्बन्धित ऐनमा भएको व्यवस्था अनुसार बढुवा नै नभई एकैचोटि तोक आदेशका भरमा सहप्राध्यापकको रुपमा काम गराउने गरी प्राज्ञिक परिषदबाट यहीं भदौं १४ र मंसिर २२ गते भएको निर्णय समेत कार्यान्वयन नगरी यथास्थितिमा राख्न सर्वोच्चले आदेश दिएको हो। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासबाट भएको उक्त आदेशमा निमित्त उपकुलपतिका रुपमा काम गर्नका लागि डा. मंगल रावललाई तोक्ने गरी प्रतिष्ठानका सहकुलपति अर्थात् स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीको मन्त्री स्तरको फागुन १७ गतेको निर्णय समेत कार्यान्वयन नगरी यथास्थतिमा राख्न समेत आदेश भएको छ।

विशिष्टकृत तीन छुट्टाछुट्टै ऐनद्वारा स्वाशासित संस्थाका रुपमा संस्थापित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदहरुमा नियुक्तिका निमित्त सम्बन्धित ऐन बमोजिमको तीनवटा छुट्टाछुट्टै समिति गठन गर्नुपर्नेमा त्यसो नगरी एउटै सिफारिश समिति गठन गरी योग्यता नपुगेका व्यक्तिहरुलाई नियुक्त गर्ने गरी सरकारले तयारी गरेपछि डा. उप्रेतीले चैत १७ गते दर्ता गरेको रिट निवेदनमा चेत २० गते उक्त आदेश भएको हो।
अर्को समाचार
त्रिवि उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीको ‘गफै बढी’
२५ माघ २०८०
•
४ मिनेट पाठ
त्रिवि उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीको ‘गफै बढी’
त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा उपकुलपति नियुक्तिमा विलम्ब हुँदै जाँदा दलहरूबीच भागबण्डा नमिलेको अड्कलबाजी सरोकारवालाले गर्न थालेका छन्। त्रिविमा कात्तिक १७ गतेपछि उपकुलपति पद खाली छ। निमित्त उपकुलपतिको भरमा त्रिवि छ।




उपकुलपति मात्र होइन, त्रिविमा रजिस्ट्रार र सेवा आयोगका सदस्यको पद पनि रिक्त छ। शिक्षाध्यक्षले निमित्त उपकुलपतिको जिम्मेवारी पाएका छन्। लामो समयसम्म त्रिवि निमित्तका भरमा चल्नुपर्दा शैक्षिक, आर्थिक र प्रशासनिक क्षेत्रमा व्यवधान भएको छ।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले भने  विश्वविद्यालयहरूलाई राजनीतिमुक्त बनाउन हरेक नियुक्ति खुला प्रतिस्पर्धाबाटै गर्ने बताउँदै आएका छन्। प्रधानमन्त्रीको प्रतिबद्धताबमोजिम त्रिविमा खुला प्रतिस्पर्धाबाट उपकुपति नियुक्त गर्न छनोट एवं सिफारिस समिति गठन गरिएको छ। समितिले खुला रूपमा आवेदन मागेको छ र प्राप्त आवेदनमाथि छानबिन भइरहेको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं त्रिविका सहकुलपति अशोक राईको संयोजकत्वमा गठित समितिले विभिन्न मापदण्ड प्रयोग गरी आवेदकमध्येबाट ‘सर्टलिस्ट’ निकाल्ने तयारी गरिरहेको मन्त्रालयले जनाएको छ।

यसैबीच मंगलबार मन्त्रालयले  पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन मागेको छ। शिक्षामन्त्री राईको संयोजकत्वमा गठित छनोट तथा सिफारिस समितिले फागुनमा रिक्त हुने पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदका लागि खुला रूपमा आवेदन मागेको हो।

यसैगरी फागुन १९ गते रिक्त हुने मध्यपपश्चिमाञ्चल र सुदूरूपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस गर्न विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको संयोजकत्वामा छुटाछुटै दुई समिति गठन गरिएको छ।

समिति उपकुलपति छनोट मापदन्ड तयारीमा जुटेको संयोजक अधिकारीले बताए। ‘समितिको बैठक बसेर उपकुलपति छनोट मापदण्ड निर्माण गर्ने काम अघि बढाइएको छ,’ अधिकारीले भने, ‘मापदण्ड तयपछि दुवै विश्वविद्यालयको उपकुलपतिका लागि खुला रूपमा आवेदन माग गरिनेछ। यही माघ महिनाको अन्त्यसम्म दरखास्त आवह्वान सूचना प्रकाशित हुन्छ।’

त्रिविमा उपकुलपति पदका लागि दुई महिलासहित ४३ जनाको आवेदन परेको छ। ‘पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदका लागि पनि मन्त्रालयले आवेदन मागेको छ। त्रिविको हकमा विज्ञहरूले आवेदनउपर अध्ययन गरिरहनु भएको छ,’ शिक्षामन्त्रीका पिए प्रकाश सापकोटाले भने ‘त्रिविको हकमा सर्टलिस्ट गर्ने काम माघ अन्तिम सातासम्म सम्पन्न हुन्छ। त्यसपछि तीनजना उम्मेदवारको नाम कुलपतिसमक्ष समितिले सिफारिस गर्नेछ।’

त्रिविमा उपकुलपतिलगायत पदमा भागबण्डा नमिल्दा नियुक्तिमा विलम्ब भएको प्राध्यापक बताउँछन्। विश्वविद्यालयहरूका उच्च पदमा एकैपटक भागबण्डा गर्ने रणनीतिअन्तर्गत त्रिविमा उपकुलपति नियुक्तिमा विलम्ब गरिएको एक प्राध्यापकले बताए।

विश्वविद्यालयमा रिक्त हुने पदहरूलाई एउटै डालोमा राखेर भागबन्डा मिलाउन त्रिविमा उपकुलपतिलगायत नियुक्तिमा ढिलाइ गरिएको निवर्तमान रजिष्ट्रार पेशल दाहाल बताउँछन्। त्रिविको उपकुपति पदका दाबेदार कुनै न कुनै दलसँग आबद्ध रहेकाले नियुक्ति स्वच्छ हुनेमा आशंका रहेको उनले बताए।

रजिस्ट्रार दाहालको चार वर्षे कार्यकाल पुस ८ गते सकिएको हो। त्रिविका उपकुलपति धर्मकान्त बासकोटाको कार्यकाल कात्तिक १७ गते सकिएको थियो। अहिले त्रिविको शिक्षाध्यक्ष पनि निमित्त छन्। कृषिका डिन प्राध्यापक भार्गव धिताललाई निमित्त शिक्षाध्यक्ष तोकिएको छ। 

उनी माओवादी केन्द्र निकट मानिन्छन्। त्रिवि सेवा आयोगको सदस्य पद पनि मंसिर ८ गतेयता रिक्त छ।। फागुन १९ गते पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय र सुदूरपश्मिाञ्चल विश्वविद्यालयमा उपकुलपति पद खाली हुँदै छ। निमित्त उपकुलपति भएका शिक्षाध्यक्ष शिवप्रसाद भुसालको कार्यकाल चैत ८ गते सकिँदै छ।

‘हाम्रो देशमा शिक्षा क्षेत्र दल र सरकारको प्राथमिकतामा कहिल्यै परेन,’ दाहालले भने, ‘त्रिविका उपल्ला पद रिक्त छन्। भागबन्डा मिलाउन अन्य विश्वविद्यालयका पदहरू खाली हुने पर्खाइमा सरकार छ।’

त्रिवि जनसंख्या अध्ययन केन्द्रीय विभागका सहप्राध्यापक पद्मप्रसाद खतिवाडा समग्र रूपमा विश्वविद्यालय शिक्षा खस्कनुको मुख्य कारण उच्च शिक्षा विधेयक नआउनुलाई मान्छन्। ‘एउटा प्रधानमन्त्री १३ वटा विश्वविद्यालयसहित १५० भन्दा बढी निकायको अध्यक्ष हुन्छन्,’ उनले भने, ‘प्रधानमन्त्रीले विश्वविद्यालय शिक्षा बुझेकै हुँदैन। अनि जुनसुकै पद खाली भए पनि उनलाई के मतलब। निमित्त दिएर उनको के बिग्रिन्छ र ? बिग्रिने भनेको विश्वविद्यालय शिक्षा हो।’
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस