कोरोनाविरुद्ध सचेतना अभियान सुरु
३० चैत्र २०७७
•
१ मिनेट पाठ
कोरोनाविरुद्ध सचेतना अभियान सुरु
ट्राफिक प्रहरीले विश्वमा फैलिँदै गएको दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राखेर सचेतना अभियान सुरु गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा आजदेखि कोरोना भाइरस रोकथाम तथा सुरक्षित बनाउनका लागि जनचेतनामूलक अभियान सुरु गरेको हो।  




‘ट्राफिक प्रहरीको चाहना, स्वस्थ्य र सकुशल यात्राको कामना’ भन्ने मूल नाराका साथ सुरु गरिएको कार्यक्रममा बोल्दै महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले विश्वमा नै महामारीको रूपमा फैलिरहेको कोभिड–१९ विरूद्ध समयमै सजगता र सचेतना फैलाउन जनचेतनामूलक अभियान सञ्चालन गरिएको जानकारी दिए। “यातायात क्षेत्र कोभिड–१९ बाट उच्च जोखिममा रहेको छ, यस क्षेत्रमा बेलैमा सावधानी अपनाएर मात्र चलायमान बनाउनुपर्छ,” उनले भने।  

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले कोरोनाबाट बच्नका लागि यातायात क्षेत्रका मजदूरले स्वास्थ्य सतर्कता अपनाउनुपर्ने बताए।  महासङ्घका महासचिव पूण्यप्रसाद (सरोज) सिटौलाले बसभित्र बढी भीडभाड नगरी चालक, सहचालक र यात्रुले अनिवार्य रुपमा माक्स र सेनिटाइजर प्रयोग गरेमात्र सार्वजनिक यातायातमा कोरोना फैलिने क्रममा कमी आउने उल्लेख गरे।

कार्यक्रममा सार्वजनिक यातायातका साधनमा कोरोना भाइरस सचेतनामूलक स्टिकर टाँस्नुका साथै चालक, सहचालक र यात्रुलाई माक्स वितरण गरिएको थियो। सोही कार्यक्रममा सम्पूर्ण चालक सहचालक तथा यात्रुले अनिवार्य रूपमा मास्क लगाई भौतिक दूरी कायम गरी सवारी साधनको प्रयोग गर्नु हुन महाशाखाले विशेष अनुरोध समेत गरेको छ। महाशाखाले आगामी दिनमा कोरोना भाइरसबाट चालक, सहचालक र यात्रुमाथि हुने जोखिमलाई मध्यनजर गर्दै बढी भीडभाड हुने स्थानमा नागरिक सचेतना जगाउने जनाएको छ। रासस
अर्को समाचार
कोरोनाविरुद्धको लडाईमा डा. अनिल
०६ असार २०७७
•
३ मिनेट पाठ
कोरोनाविरुद्धको लडाईमा डा. अनिल
‘अस्थायीः कोभिड–१९ आइसोलेसन केन्द्र’मा डा. अनिल केसि । तस्बिर : दिनेश/नागरिक
चार वर्ष अगाडि रोल्पा अस्पतालमा आएका डा. अनिल केसि यतिबेला रोल्पालीका प्रिय पात्र बनेका छन् । यहाँका जनप्रतिनिधि, स्थानीय, प्रसाशक सबैले मायाँ र आदर गर्ने ब्यक्तित्व बनाएका छन् उनले । कोरोना कहर भन्दा अगाडि अस्पतालमा बिरामीसंगै ब्यस्त डा. केसि पछिल्लो समय कोरोनाविरुद्धको लडाईमा छन् । जटिल अवस्थाको प्रशुती अप्रेशन समेत गर्ने उनि र रोल्पा अस्पतालको टिम यतिबेला निरन्तर जनस्वास्थ्यमा केन्द्रीत छ ।  




सरकारले सबै जिल्लामा जिल्ला स्तरीय ५० शैयाको आइसोलेसन केन्द्र बनाउने निर्देशन गरे बमोजिम जलजला बहुमुखी क्याम्पस रोल्पामा तयार गरिएको ‘अस्थायीः कोभिड–१९ आइसोलेसन केन्द्र’मा यतिबेला उनै डा. अनिल छन् । मनको कुनामा त्रासको भारि बोकेर अन्य दुई स्वास्थ्यकर्मी र दुई कार्यालय सहयोगीसंगै संक्रमित उपचार र रेखदेखमा खटिएका उनको अनुभव बेग्लै छ ।  

‘डर नै त होईन तर कोहि संक्रमित एकाएक गम्भीर भयो भने कसरी समस्या समाधान गर्ने होला भन्ने चिन्ता बढि लाग्छ ।’ डा. केसि भन्छन् ‘कतिबेला आफैलाई संक्रमण भयो कि जस्तो फिल हुन्छ । तर खतरा भईहाल्ला भन्ने डर चाहि छैन् ।’ उनि भन्छन् ‘जाने बुझेकै कतिपयले कोरोना प्रति गलत धारणा राखेको देख्दा अचम्म लाग्छ । उनिहरुको कोरोनालाई हेर्ने दृष्टीकोण नै बिभेद पुर्ण छ ।’ अस्थायीः कोभिड–१९ आईसोलेशन केन्द्रमा संक्रमितलाई राखेपछि जिल्ला समन्वय समिति प्रमुख, नेपाल प्रहरी, सशस्त्र प्रहरीका डिएसपि बाहेक अन्य जनप्रतिनिधि, प्रसासक, नागरिक अगुवा कोहि आएका छैनन् ।’ केसिले भने ‘बरु केहि स्थानीय युवाहरुले भोलेन्टीयर रुपमा सहयोग गरे ।’

उनले बिहानै ५ बजे उठेर संक्रमितलाई बाथरुमका लागि पानीको ख्याल गर्छन । पहिले जस्तो अहिले पानीको समस्या चाहि छैन । बेडको समस्या पनि कम भएको छ । ‘सुरुका दिनमा हामि आफैले मिलेर शैया जोड्यौ ।’ स्वास्थ्यकर्मीले बिहान ५.३० सबै ४० जना संक्रमितलाई उठाएर एक छिन सारिरिक ब्यायम गर्न लगाउछन् । ६ बजेतिर भाईटल लिने काम हुन्छ । ‘डिजिटल नाप हुन्छ । फोनबाट लिन लगाउछौ । ८ तिर खाजा खुवाउछौ ।’ हरेक कोठामा रहेको सिसिईटिभि र ईन्टरकम फोनले सजिलो गराएको छ ।  

बिहान खाजा पछि प्रसासनिक काम सुरु हुन्छ । १० बजेतिर सबैको भाईटल लिईन्छ । ‘उनिहरुलाई उपचारको जरुरी छ भने उपचार गर्छौ । १२ बजे खाना हुन्छ ।’ खाना पछि स्टोर हेर्ने । अन्य तयारी गर्ने । दिउसो ३ बजेतिर खाजा आउछ । ‘दिउसोको खाजा पछि संक्रमितहरुको आवश्यकता बुझ्छौ ।’ साझ सबैले पिपिई लाएर जाच गर्न जान्छन । ‘उपचार वा औषधि चाहिनेलाई दिन्छौ नभए काउन्सिलीङ गर्छौ । लामो समय पिपिई लाउदा उकुसमुस हुन्छ । तल आएर नुहाईधुवाई गर्ने । साझको खाना ८ बजे खुवाएर हामि पनि खान्छौ । अनि दैनिकी अपडेट गर्छौ । सबै ठाउँमा रिपोटिङ हुन्छ ।’  

राति १० बजे भाईटल लिएपछि सबैलाई एक चरण अबस्था बुझेर सुत्न लगाउछौ । हामि सुत्दा करिब ११ बजेको हुन्छ । केसिले आइसोलेसन केन्द्रको दैनिकी सुनाए । कहिले काहि कसैमा ज्वरो, खोकिको समस्या समेत आउछ । डा. अनिलका अनुसार यतिबेला अस्थायीः कोभिड–१९ आईसोलेशन केन्द्रमा पारिवारीक वातावरण छ । ‘आन्तरीक रुपमा रमाईलो वातावरणमा छौ । सबै संक्रमित ज्ञानी छन् । हामि पिपिई लगाएर जान्छौ । उनिहरुले अनुहार चिन्न मन लागेको बताउछन् ।’  

डा. अनिल केसिको टिम यहाँ बसेको १० दिन पुगेको छ । अबको ४ दिन पछि उनि क्वारेन्टिनमा बस्ने छन् । आफ्नो टिम निस्कियो भने यहाँ को आउने अनि भौतिक र आर्थिक तयारी अबस्था कस्तो छ भन्ने बारेमा चिन्तित छन् । डा. अनिलको टिम सबैको सहयोग भयो र पिसिआर परीक्षण नेगेटिभ आयो भने फेरी पनि सेवा गर्न तयार रहेको छ । यतिबेला रोल्पा अस्पताल प्रमुख डा. धनमायाँ घर्ती, डा. प्रकाश बुढा, डा. सपना कर्ण, डा. दिपक मकाजु लगायतको टोली कोरोनाविरुद्धको लडाईमा निरन्तर छ ।  
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३३ सेकेन्ड अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस