हेलचक्र्याइँ गरे संक्रमण भयावह
०१ वैशाख २०७८
•
३ मिनेट पाठ
हेलचक्र्याइँ गरे संक्रमण भयावह
जनस्वास्थ्य मापदण्ड पालनामा लापरबाही जारी रहे छिटै दैनिक ११ हजारजनाका दरले कोरोना संक्रमण बढ्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औंल्याएको छ। यस्तो प्रक्षेपण राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सोमबार पत्रकारसँगको भेटघाटमा बताएका हुन्। यस हिसाबले आगामी असारसम्ममा ६ लाखभन्दा बढीमा कोरोना संक्रमण हुने आकलन गरिएको छ।




मन्त्री त्रिपाठीले बढ्दो संक्रमण नियन्त्रण गर्न कडाइपूर्वक जनस्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरे। ‘कोरोना संक्रमणको दोस्रो लहरको प्रमुख कारणमा लापरबाही नै बढी देखिन्छ’, उनले भने। मन्त्री त्रिपाठीले फैलिँदो संक्रमण नियन्त्रण गर्न एक महिनाका लागि विद्यालय बन्द गरी भर्चुअल माध्यमबाट पठनपाठन गर्ने निर्णय भएको बताए। लकडाउन गर्ने योजना भने हाललाई नरहेको उनले स्पष्ट पारे। 

उनका अनुसार सीमा नाकाबाट प्रवेश गर्नेलाई नाकामै परीक्षण गर्ने र १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरिएको छ।  बढ्दो संक्रमणलाई ध्यानमा राखी सबै अस्पताललाई तयारी अवस्थामा राख्न आवश्यक सामग्रीबारे जानकारी लिएको उनले बताए। नागरिकसँगको कुराकानीमा मन्त्री त्रिपाठीले रोकिएको खोप छिटै नेपाल आइपुग्ने संकेत गरे। ‘खोप छिटै आउँछ, कसैले नचिताएको खोप आउँछ’, उनले भने।  

थप चारजनाको मृत्यु  

कोरोना संक्रमणबाट गत २४ घण्टामा थप चारजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सोही अवधिमा थप पाँचजनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५८ पुगेको छ। मृत्यु हुनेमा सबैभन्दा बढी ६० वर्षमाथिका १ हजार ९ सय १८ जना छन्। त्यस्तै ५० देखि ५९ वर्षका ५ सय १३ जना र ४० देखि ४९ वर्षका ३ सय १४ जना छन्। ३० देखि ३९ वर्ष उमेर समूहका १ सय ८२ जनाको ज्यान गएको छ।

गत २४ घण्टामा थप ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थप संक्रमितसहित नेपालमा हालसम्म २ लाख ८० हजार ९ सय ४८ जना संक्रमित पुगेका छन्। गत २४ घण्टामा सीमा नाकाबाट आएका ५७ जनामा कोेरोना संक्रमण पुष्टि भएको छ। विभिन्न सीमा नाकाबाट चैत ६ यता नेपाल प्रवेश गरेका मध्ये ५ सय ३४ जना संक्रमित भेटिएका छन्। गत २४ घण्टामा संक्रमण पुष्टि भएका मध्ये सबैभन्दा बढी ३० देखि ३९ वर्षभित्रका छन्। २४ घण्टाभित्रमा यो उमेर समूहका १ सय १९ जना संक्रमित भेटिएका छन्। संक्रमितमध्ये हाल ३ हजार ६ सय ८ जना आइसोलेसनमा छन्। १ सय १८ जना संस्थागत आइसोलेसनमा छन् भने ४३ जनाको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  

पाँच जिल्लामा खोप अभियान जारी

चीनबाट ल्याइएको कोभिड १९ विरुद्धको खोप काठमाडौं उपत्यका र आसपासका गरी सात जिल्लाका सर्वसाधारणलाई लगाइने परिवार कल्याण महाशाखाले जनाएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरको बैठकले यस्तो निर्णय गरेको हो।  

वैशाख ५ गतेसम्म चल्ने खोप अभियानमा काठमाडौं, ललितपुर, भक्तपुर, काभे्र, सिन्धुपाल्चोक, रसुवा र नुवाकोट समेटिएका छन्। खोप अभियानमा सार्वजनिक यातायातका चालक तथा सहचालकलाई समेत खोप दिइनेछ। त्यसैगरी ४० देखि ५९ वर्षभित्रका सर्वसाधारणलाई खोप लगाइनेछ।
अर्को समाचार
खोप लगाए पनि हुन्छ संक्रमण
२८ साउन २०७८
•
३ मिनेट पाठ
खोप लगाए पनि हुन्छ संक्रमण
कोभिड १९ विरुद्धको खोप लगाएका व्यक्तिलाई पनि कोरोना संक्रमण हुन सक्ने भएकाले सुरक्षाका सबै उपाय अपनाउन चिकित्सकले आग्रह गरेका छन्। खोप लगाएपछि पनि जनस्वास्थ्य मापदण्ड पालना गरेमा मात्र सुरक्षित रहन सकिने र अरूलाई समेत सुरक्षित राख्न सकिने उनीहरूको सुझाव छ। नेपालमा खोप लगाएका व्यक्तिहरूले ढुक्क भएर जनस्वास्थ्य मापदण्ड उल्लंघन गरेकै कारण संक्रमण बढेको र कतिपयमा जटिल समस्यासमेत देखिएको कोभिड १९ उपचारमा संलग्न चिकित्सकले औंल्याएका छन्।  




शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाका अनुसार खोप लगाएपछि संक्रमित भएर दैनिक २ देखि ३ जना यो अस्पतालमा आउने गरेका छन्। दुवै डोज खोप लिएर पनि जटिल समस्या देखिएका दुईचारजना बिरामीले खबर गरेको सरुवा रोग अस्पतालकै डा. शेरबहादुर पुनले बताए। चिकित्सकका अनुसार खोप लगाएर एन्टिबडी बनिनसकेकाहरू पुनः संक्रमित भएर उपचारमा आएका छन्।  

पहिलो डोज खोप लगाउनेबित्तिकै संक्रमित भएर आउने धेरै रहेको अस्पतालले जनाएका छन्। चिकित्सकका अनुसार दुवै डोज लगाए पनि खोपले कतिपयको शरीरमा एन्टिबडी नबनेको हुन सक्छ। त्यस्तो अवस्थामा कोरोना संक्रमण भई जटिल समस्या आउन सक्छ। तर यस्तो संख्या कम हुने गरेको चिकित्सकले औंल्याएका छन्। दुवै डोज लगाएको धेरै समय बितेपछि शरीरमा एन्टिबडी कम हुँदै गएमा पनि खोप लगाएका व्यक्तिमा कोरोना संक्रमणले जटिल समस्या ल्याउन सक्छ। खोप लिएर शरीरमा कोभिड १९ विरुद्ध एन्टिबडी बनेको अवस्थामा पनि संक्रमित हुन्छन्। एन्टिबडी बनेपछि संक्रमित हुनेहरूमा जटिल समस्या भने हुँदैन। तर यस्ता व्यक्तिले परिवारका अन्य सदस्य र समुदायमा संक्रमण फैलाउन सक्ने हुनाले खोप लिएका व्यक्तिहरूले पनि जनस्वास्थ्यको मापदण्ड पालना गरेर आफू, परिवार र समुदायलाई संक्रमणबाट जोगाउन सक्ने चिकित्सकको सुझाव छ।  

नेपालमा अहिले पनि सबै व्यक्तिले खोप नलिइसकेको अवस्था रहेकाले खोप लिएका व्यक्तिहरूले अनिवार्य मास्क प्रयोग, भौतिक दूरी कायम गर्ने र हातको सफाइ गर्नेजस्ता जनस्वास्थ्यको मापदण्ड पालना गर्र्नुपर्ने डा. पुन बताउँछन्। परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा. झलक गौतमले कुनै पनि खोपले सय प्रतिशत शरीरमा काम गर्ने सुनिश्चितता नहुने भएकोले कोभिड १९ विरुद्धको खोप लिए पनि जनस्वास्थ्यको मापदण्ड पालना गरेर सुरक्षित रहन सुझाए। ‘अहिले हामीले प्रयोग गरेको खोपले सबैको शरीरमा काम नगर्ने हुन सक्छ। भाइरसको रूप परिवर्तन भएर आउँदा खोपले काम नगर्ने पनि हुन सक्छ। यो अवस्थामा खोप लिएकाहरूले खोपले काम गरेको छ कि छैन भनेर एन्टिबडी परीक्षण गर्ने एउटा उपाय हुन सक्छ। तर नयाँ भाइरसको हकमा खोपले काम गर्ने सुनिश्चित नभएकाले सुरक्षित रूपमा दैनिकी चलाउनु नै उत्तम उपाय हो’, डा. गौतमको सुझाव छ।  

संक्रमणदर २३ प्रतिशत  

गत २४ घण्टामा पिसिआर परीक्षण भएका मध्ये २३ प्रतिशतमा संक्रमण देखिएको छ। परीक्षण भएका १० हजार ९ सय ७ नमुनामध्ये २ हजार ६ सय १६ जनामा कोरोना पुष्टि भएको हो। एन्टिजेन विधिसमेत गरेर १६ हजार ६ सय ६५ वटा नमुनाको परीक्षण गरिएकोमा ३ हजार ४ सय ८१ जना अर्थात् २० प्रतिशतमा कोरोना पुष्टि भएको छ। यीसहित नेपालमा संक्रमितको संख्या ७ लाख ९५ हजार ३ सय ९१ पुगेको छ।

निषेधाज्ञा खुकोलो भएपछि दैनिक बढ्दो संक्रमणका कारण नेपालमा हाल ३८ हजार ३३ जना सक्रिय संक्रमित छन्। तीमध्ये ३४ हजार ८ सय १३ जना होम आइसोलेसन र ३ हजार २ सय २० जना संस्थागत आइसोलेसनमा छन्।

गत २४ घण्टामा थप ३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ। यीसहित नेपालमा १० हजार १ सय ८० जनाको कोरोनाबाट मृत्यु भइसकेको छ। गत २४ घण्टामा काठमाडौ उपत्यकामा ९ सय ६४ जना नयाँ संक्रमित भेटिएका छन्। बितेको एक सातामा नेपालमा कोरोनाका कारण २ सय २३ जनाको मृत्यु भइसकेको छ भने २५ हजार ४ सय ६९ जना संक्रमित थपिएका छन्।  

विश्वविद्यालयका विद्यार्थीलाई खोप  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वविद्यालयस्तरका विभिन्न तहका परीक्षामा सामेल हुने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप दिने निर्णय गरेको छ। मन्त्रालयको बुधबारको निर्णयअनुसार यी विद्यार्थीलाई अस्ट्राजेनेका र भेरोसेलको खोप पहिलो मात्रा दिइने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ।
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस