शव व्यवस्थापनमा गम्भीर लापरबाही
११ वैशाख २०७८
•
२ मिनेट पाठ
शव व्यवस्थापनमा गम्भीर लापरबाही
धरानमा कोरोना संक्रमित व्यक्तिको शव व्यवस्थापनमा लापरबाही भएको पाइएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा बुधबार राति मृत्यु भएका संक्रमितको शव अन्त्येष्टिमा मापदण्ड उल्लंघन गरी ५० जनाभन्दा बढी सहभागी भएको भेटिएको छ। बिहीबार दिउँसो परिवार तथा आफन्तले मृतकको शव चतरामा लगेर अन्त्येष्टि गरेका थिए। अन्त्येष्टिमा परिवार, आफन्त र छिमेकी गरी ५० भन्दा बढी सहभागी थिए।  




प्रतिष्ठानमा बुधबार राति धरान ११ का ४५ वर्षीय एक संक्रमितको मृत्यु भएको थियो। मृतकको शव प्रतिष्ठानले बिहीबार बिहान परिवारको जिम्मा लगाएको थियो। वडा नं. ११ का अध्यक्ष बाबुलाल लामाले मृतकका परिवारलाई प्रतिष्ठानका डाक्टरले फोन गरेर शव लैजान सक्नुहुन्छ भन्दै जिम्मा लगाएको बताए। पछि बुझ्दा ५० जनाभन्दा बढी मलामी गएको थाहा भएको पनि उनले बताए। ‘मलाई त जानकारी नै थिएन, पछि बुझ्दा ५०–६० जना मलामी गएछन्’, अध्यक्ष लामाले भने, ‘जान पाउने हो कि होइन, मलामी कसरी गए, कसरी अन्त्येष्टि गरे भनेर कसले अनुगमन गर्‍यो ?’ अध्यक्ष लामाले अस्पताल र प्रहरीले जनस्वास्थ्यमा खेलबाड हुनेगरी शव जिम्मा लगाएको भन्दै आक्रोश व्यक्त गरे। मलामी गएकालाई पहिचान गरेर क्वारेन्टिनमा बस्ने व्यवस्था गर्न स्वास्थ्य महशाखा प्रमुखलाई आग्रह गरेको पनि उनले बताए।  

मापदण्ड उल्लंघन गरेर मलामी गएकोबारे आलोचना भएपछि बिहीबार उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहतासहितको टोली मृतकको परिवारलाई भेट्न घर पुगेको थियो। प्रतिष्ठानका डाक्टरले सुरक्षा मापदण्ड अपनाएर शव लैजान भनेपछि परिवारले लगेको उनले बताए। मलामी ५०–५५ जनाजति गएको, मोटरसाइकलमा दूरी कायम गरेको र शव कोशी नदी छेउमा खाल्डो खनेर नछोई डोरी प्रयोग गरेर गाडेको आफन्तले बताएको मेहताले जानकारी दिए। मास्क, सेनिटाइजर लगाए पनि पिपिई भने नभएको पाइएको मेहताले बताए। मलामी गएका सबैलाई कम्तीमा ३ दिन घरमा नै क्वारेन्टिनमा बस्न आग्रह गरिएको उनले बताए। ‘२५ जनामात्र मलामी जाने भन्ने थाहै थिएन भने। सबैलाई क्वारेन्टिनमा बसाएर सोमबार स्वाब लिन्छौं,’ मेहताले भने।  

प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा. प्रमोद बरालले नयाँ प्रोटोकल आएको भनेर प्रहरीबाट खबर आएपछि परिवारलाई शव जिम्मा लगाएको बताए। सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले स्वास्थ्य प्रोटोकल सबै पूरा गर्न चाहँदा मात्र शव जिम्मा दिइने बताए। प्रोटोकल पूरा गर्न नसक्दा नेपाली सेनाले नै अन्त्येष्टि गर्ने प्रजिअ ढकालले बताए। ‘परिवारले प्रोटोकल पूरा गर्छ भने मात्र शव जिम्मा दिने हो, नत्र सेनालाई नै दिन्छौं,’ प्रजिअ ढकालले भने, ‘प्रोटोकल पूरा भएनभएको पालिकाका स्वास्थ्य संयोजक र प्रहरीले हेर्नुपर्छ।’ शव अन्येष्टि गर्न पिपिई लगाउनुपर्ने, शव खोलेर हेर्न नपाउने, २५ जनाभन्दा बढी मलामी जान नहुनेलगायतका मामदण्ड पालना गर्नुपर्ने उनले बताए।
अर्को समाचार
उत्तरपुस्तिका ‘हराउने’ लापरबाही: जुम्लामा केन्द्राध्यक्ष र निरीक्षक पदमुक्त
२१ चैत्र २०८२
•
३ मिनेट पाठ
उत्तरपुस्तिका ‘हराउने’ लापरबाही: जुम्लामा केन्द्राध्यक्ष र निरीक्षक पदमुक्त
माध्यमिक शिक्षा परीक्षा (एसईई)को सुरुवातमै उत्तरपुस्तिका व्यवस्थापनमा देखिएको गम्भीर त्रुटिले जुम्लाको परीक्षा प्रणालीमाथि प्रश्न उठाएको छ। तातोपानी गाउँपालिका–५ स्थित दुर्गा मावि, लाम्रा केन्द्रमा उत्तरपुस्तिका हराएको र पुनः भेटिएको घटनापछि केन्द्राध्यक्ष मुकुन्दराज शर्मा र निरीक्षक हरिदेवी रावललाई पदमुक्त गरिएको छ।




अंग्रेजी विषयको पहिलो दिनको परीक्षामा एउटा उत्तरपुस्तिका हराएको भनिएको र केही समयपछि पुनः भेटिएको घटनाले परीक्षा व्यवस्थापनको विश्वसनीयतामाथि नै चुनौती थपेको हो। जिल्ला परीक्षा समितिले यसलाई ‘गम्भीर लापरबाही’ ठहर गर्दै तत्काल कारबाही गरेको हो।

शिक्षा विकास तथा समन्वय इकाइ, जुम्लाका प्रमुख रमेश लुवार नेतृत्वको छानबिन टोलीले घटनास्थलमै पुगेर झण्डै सात घण्टा अनुसन्धान गरेको थियो। प्रारम्भिक विवरणअनुसार उत्तरपुस्तिका हराएको भनिए पनि पुनः गणनाका क्रममा अव्यवस्थित अवस्थामा भेटिएको पाइएको छ। यसले उत्तरपुस्तिका सुरक्षामा प्रणालीगत कमजोरी रहेको संकेत गरेको छ।

छानबिनका क्रममा मुचुल्का उठाई लाहाछाप लगाइएको उत्तरपुस्तिकाको पोको सुरक्षाकर्मीको रोहबरमा खोलिएको थियो। उक्त पोको लाम्रा प्रहरी चौकीका प्रमुख र सशस्त्र प्रहरी बलका एसपी देबबहादुर बोहराको रोहबरमा खोलिएको हो।

परीक्षणमा नयाँ उत्तरपुस्तिका थपिएको प्रमाण फेला नपरे पनि एउटै उत्तरपुस्तिका अव्यवस्थित रूपमा राखिनु, गणना प्रक्रियामा असंगति देखिनु र तत्काल स्पष्टता दिन नसक्नुले परीक्षा केन्द्रको कार्यशैलीमाथि गम्भीर प्रश्न खडा गरेको छ।

लुवारका अनुसार उत्तरपुस्तिका हराउनु र भेटिनुको बीचमा भएको लापरबाहीले परीक्षाको मर्यादामा प्रत्यक्ष असर पार्ने भएकाले सम्बन्धित जिम्मेवार अधिकारीलाई परीक्षा अवधिभर केन्द्रमा जान नपाउने गरी पदमुक्त गरिएको हो।

घटनापछि केन्द्रमा तत्काल नेतृत्व परिवर्तन गरिएको छ। सोही विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर शाहीलाई नयाँ केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ। उनले अब परीक्षा सञ्चालनमा कडाइ गरिने, संलग्न शिक्षकको पुनः व्यवस्थापन गरिने र निरीक्षण प्रणालीलाई अझ कडा बनाइने बताएका छन्।

दुर्गा मावि, लाम्रा केन्द्रमा गणेश मावि राँका, नेत्रज्योति मावि हाँकु र हिमशिखर मावि तातोपानीका साथै ग्रेडवृद्धिका गरी १ सय ४२ विद्यार्थी सहभागी छन्। यस्तो संवेदनशील केन्द्रमा देखिएको कमजोरीले समग्र परीक्षा प्रणालीको विश्वसनीयता जोगाउन चुनौती थपेको सरोकारवालाहरू बताउँछन्।

यद्यपि शिक्षा विकास तथा समन्वय इकाइले जिल्लाभरका अन्य केन्द्रमा परीक्षा शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको जनाएको छ। तर लाम्रा केन्द्रको घटनाले अनुगमन प्रणाली अझ सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याएको छ।

यसैबीच, जुम्लामा पहिलोपटक जिल्लामै उत्तरपुस्तिका परीक्षण सुरु गरिएको छ। प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुसार शुक्रबारदेखि परीक्षण कार्य कडा सुरक्षा घेराभित्र सञ्चालन भइरहेको छ। सरकारको निर्देशनअनुसार एक महिनाभित्र नतिजा प्रकाशन गर्ने लक्ष्य राखिएको छ।

इकाइले विषय शिक्षकहरूको रोष्टर तयार गरी परीक्षण, सम्परीक्षण र नतिजा तयारी प्रक्रिया अघि बढाइसकेको जनाएको छ। स्थानीय तहका शिक्षा शाखासँग समन्वय गर्दै काम भइरहेको छ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) समाप्त भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्ने नेपाल सरकारको निर्देशनअनुसार परीक्षा सम्पन्न भएका विषयहरूको उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण तथा नतिजा तयारी गर्न निर्देशन दिइएको थियो। यस वर्ष जुम्लामा अंग्रेजी विषयतर्फ नियमित २ हजार १ सय ३३ मध्ये २ हजार ९१ र ग्रेडवृद्धितर्फ ७६ मध्ये ५४ विद्यार्थी परीक्षामा सहभागी भएका छन्। नियमिततर्फ ४२ र ग्रेडवृद्धितर्फ २२ विद्यार्थी अनुपस्थित छन्। अन्य विषयको विवरण संकलन भइरहेको छ।

परीक्षा अनुगमनका लागि जिल्लामा बहुस्तरीय टोली परिचालन गरिएको छ। पहिलो दिन प्रमुख जिल्ला अधिकारी पौडेलको नेतृत्वमा पातारासी क्षेत्र तथा शिक्षा विकास समन्वय इकाइ प्रमुख लुवारसहितको टोलीले गुठिचौर र चन्दननाथ क्षेत्रमा अनुगमन गरेको थियो।

लाम्रा केन्द्रको घटनाले एउटा सन्देश स्पष्ट पारेको छ—परीक्षा केवल सञ्चालनको विषय मात्र होइन, विश्वासको पनि विषय हो। उत्तरपुस्तिका जस्तो संवेदनशील सामग्रीको व्यवस्थापनमा सानो कमजोरीले पनि ठूलो प्रश्न उठाउन सक्छ। त्यसैले आगामी दिनमा परीक्षा व्यवस्थापनलाई अझ कडाइ, पारदर्शिता र उत्तरदायित्वका साथ सञ्चालन गर्नु अपरिहार्य देखिएको छ।
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४० मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस