आफैं बिरामी तर रोकिएन संक्रमितको उपचार
२० वैशाख २०७८
•
४ मिनेट पाठ
आफैं बिरामी तर रोकिएन संक्रमितको उपचार
लामो समयसम्म ड्युटी गर्दा थकित अवस्थामा रहेका भेरी अस्पतालका स्टाफ नर्स। तस्बिर: नागरिक
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको कोभिड आइसोलेसन वार्डमा कार्यरत डा. पुरुषोतम बर्मा आफैं अस्वस्थ छन्। कोरोना संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा रहने उनलाई विगत ५/६ दिनदेखि ज्वरो, रुघाखोकी र श्वास फेर्ने समस्याले सताइरहेको छ। कोरोनाको लक्षणसँग मिल्दोजुल्दो रहेको आफ्नो स्वास्थ्य समस्याभन्दा उनी वार्डमा भर्ना भएका संक्रमितको स्वास्थ्यप्रति बढी चिन्तित छन् र त आफू अस्वस्थ हुँदा पनि उपचारमा तल्लिन भइरहेका छन्।  




‘मलाई ५/६ दिनदेखी त्यति सञ्चो छैन, हिजो (शनिबार) त झन् धेरै गाह्रो भयो,’ उनले नागरिकसँग भने ‘कोरोनाको लक्षण पुरै छ, पिसिआरको लागि स्वाब दिइसकेको छु, रिपोर्ट अझै आएको छैन।’ कोरोनाको शंका लागेर बिरामीको उपचार गर्दै आफै आइसोलेट भएर बसिरहेको डा. बर्माले सुनाए। बाँके, डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनी निवासी ३० बर्षका उनी विगत डेढ वर्षदेखि अस्पतालको मेडिकल अफिसर पदमा कार्यरत छन्।  

उनी यसअघि शिक्षण अस्पताल नेपालगन्जको मेडिकल आइसियु कक्षमा कार्यरत थिए। नयाँ भेरियन्टको रूपमा कोरोना महामारी फैलिएपछि अस्पतालले सोही कक्षलाई आइसोलेसन वार्ड बनायो। कोरोना संक्रमितको उपचार गर्नकै लागि उनी सोही वार्डमा काम गर्न थालेका हुन्। ‘अहिले दैनिक रूपमा कोभिडका बिरामीलाई नै हेर्नुपर्छ, मलाई आफ्नोभन्दा धेरै चिन्ता बिरामीको हुन्छ,’ उनले थपे।  

बर्मासहित मेडिकल कलेजमा कार्यरत अन्य थुप्रै स्वास्थ्यकर्मी संक्रमित छन्। अस्वस्थ भए पनि ड्युटी निभाउनुलाई डा. बर्मा आफ्नो दायित्व र कर्तव्य सम्झिन्छन्। उनले थपे, ‘अस्पतालले त मलाई बिदामा बस्नुस् भनेको हो, तर मैले यस्तो महामारीको बेलामा बिरामीको उपचार गर्न छाडेर बिदामा बस्न सकिन।’ डाक्टर र नर्सले संक्रमितको उपचारमा ध्यान दिएमा धेरैको ज्यान बच्ने बर्मा बताउँछन्। घर परिवारले पनि महामारीको समयमा आपूm सुरक्षित भएर बिरामीको सेवा गर्न सल्लाह दिने गरेको उनी सम्झिन्छन्।

भेरी अस्पतालको कोभिड वार्डमा कार्यरत डा. आश्री सिंहलाई बवशाख ६ गते कोरोना पोजेटिभ भएपछि होम आईसोलेसनमा बसिन्। होम आईसोलेसन बसाईको ११ दिनपछि शनिबार उनको कोरोना रिपोर्ट नेगेटिभ आयो। डा. सिंह अब फेरि पनि अस्पतालको ड्युटीमा जाने तरखरमा छिन्। ‘पिसिआर परिक्षण गराउँदा मेरो रिपोर्ट नेगेटिभ आइसकेको छ, अब फेरी पनि कोभिड वार्डको ड्युटीमा जाने तयारीमा छु,’ उनले भनिन्। डा. सिंहले भेरीको कोभिड वार्डमा काम गर्न थालेको करिव ७ महिना पुगेको छ। कोभिड वार्डमै काम गर्दा यसअघि संक्रमण नभएको बताउने उनी भन्छिन्, ‘यसपटक पनि सावधानी त अपनाइएकै हो, अहिले नयाँ भेरियन्टको रूपमा संक्रमण फैलिएको छ, अर्को कुरा पोजेटिभ बिरामीसँग प्रत्यक्ष सम्पर्कमा हुँदा संक्रमित भइयो।’  

घर परिवारले आफ्नो स्वास्थ्यप्रति चिन्ता गरे पनि महामारीको समयमा आफू पछाडी नहट्ने उनी बताउँछिन्। ‘यस्तो महामारीको समयमा मैले आफ्नो खुट्टा पछाडि हटाउनु हुँदैन, अगाडि बढेर सामना गर्नुपर्छ,’ डा. सिंह भन्छिन्, ‘मैले बुवा, मम्मीलाई सम्झाउने गर्छु, हामी पछाडि हटेर हुँदैन, हामी स्वास्थ्यकर्मी पछाडी हटेपछि जनताको उपचार कसले गर्ला ?’ कोरोना संक्रमितको उपचार गरिरहेका नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पतालका स्वास्थ्यकर्मीहरू अहिले आफ्नो स्वास्थ्यभन्दा सर्बसाधारणको उपचारमा बढी चिन्तित छन्। स्वास्थ्यकर्मीहरू आफै अस्वस्थ छन्। तरपनि दिनरात कोरोना संक्रमितको उपचारमा सक्रिय छन्। संक्रमितको उपचारका लागि फ्रन्टलाइनमा खटिएका यहाँका स्वास्थ्यकर्मीहरू न ढुक्कसँग सुत्न सक्छन्, न त पेटभरी खाना खान।

नेपालगन्ज मेडिकल कलेजका उप–निर्देशक डा. दिनेश श्रेष्ठका अनुसार कलेजको कोहलपुर र नेपालगन्जको अस्पतालमा गरी करिब डेढ सयको हाराहारीमा कर्मचारी कोरोनाबाट संक्रमित भएका छन्। उनका अनुसार मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा अहिले १२ जना डाक्टरसहित कुल ७५ जना तथा शिक्षण अस्पताल नेपालगन्जमा करिव ७० जना कर्मचारी संक्रमित छन्। ‘कोहलपुरको अस्पतालमा धेरै जनशक्ति भएको हुँदा यहाँ संक्रमित सबै स्टाफ बिदामा छन्, नेपालगन्जको अस्पतालमा जनशक्ति कम छ, त्यहाँका स्टाफ संक्रमित भए पनि प्रायः ड्युटीमै छन्,’ उनले भने। अस्पतालमा संक्रमित बिरामीको संख्या बढ्दै जाने र स्वास्थ्यकर्मी पनि संक्रमित भएमा सबैलाई ड्युटीमा खटाउनुपर्ने अवस्था आउन सक्ने उप–निर्देशक डा. श्रेष्ठले सुनाए।

भेरी अस्पतालका ८ जना चिकित्सकसहित करिव ८५ जना संक्रमित भइसकेका छन्। यसमध्ये केही निको भइसकेका छन्, भने केही अझै पनि होम आइसोलेसन र अस्पतालमा भर्ना छन्। आफै संक्रमित भएर पनि केही स्टाफ नर्सले कोभिड वार्डमा कोरोना संक्रमितको उपचार गरिरहेका छन्। अस्पतालको कोभिड वार्डकी नर्सिङ इन्चार्ज शिला शर्मा अस्पतालका स्वास्थ्यकर्मीहरू संक्रमित हुने र निको हुने क्रम चलिरहेको बताउँछिन्। ‘कोरोना संक्रमण भए पनि अस्पतालमा केही नर्सिङ स्टाफ उपचारमा खटिनुभयो, अहिले धेरैजसो निको भएर पनि काममा फर्किसक्नुभएको छ,’ उनले भनिन्। 
अर्को समाचार
कोरोनामा टीकापुर अस्पतालः डाक्टरको टिम, जसले स्थिति सम्हाल्यो
०६ जेष्ठ २०७८
•
३ मिनेट पाठ
कोरोनामा टीकापुर अस्पतालः डाक्टरको टिम, जसले स्थिति सम्हाल्यो
कैलालीको टीकापुर अस्पतालमा वैशाख ८ गते एकजना बिरामी उपचारका लागि आए। कोरोना फोकल पर्सन डा. रमेशप्रसाद उपाध्यायले बिरामीमा फरक स्वास्थ्य समस्या देखे। उनले एक्सरे गरेर हेरे। बिरामीको छाती र फोक्सोमा जटिल समस्या देखियो। उनलाई यो कुनै फरक समस्या हो भन्ने लाग्यो।  




उनले ती बिरामीलाई अस्पताल भर्ना गरेर उपचार थाले। वैशाख १२ गते त्यस्तै स्वास्थ्य समस्या भएका अरु केही बिरामी पनि आए। यो क्रम बढ्दै गयो। वैशाख १६ गते एकजनाले ज्यान गुमाए। अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या र मृत्यु हुने क्रम दिनप्रतिदिन बढ्दै गयो। बिरामीले अस्पतालको कम्पाउण्डसमेत भरियो। एकैदिन ६० जना बिरामी भर्ना भए।  

वैशाख २६ गते एकैदिन ६ जनाले ज्यान गुमाए। स्थिति नियन्त्रणभन्दा बाहिर गयो। सीमित स्वास्थ्यकर्मीले धान्न मुस्किल भयो। त्यसमाथि अक्सिजनको चरम अभाव भैदियो। पछिल्लो दिन थप ८ जनाले ज्यान गुमाए।  

यी सबै बिरामीलाई हेरिरहेका थिए डा. उपाध्यायले। उनी कत्ति आत्तिएनन्। किनकि उनले यसअघि यस्तै अवस्था भोगिसकेका थिए। तीन महिनाअघि टीकापुर पुगेका उनी कोरोना पहिलो लहरमा काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत थिए। त्यहाँको अनुभवले डा. उपाध्यायलाई परिपक्व बनाइसकेको थियो। ‘मेरा लागि त्यो अनुभव हिम्मत बनेर आयो’ उनले भने, ‘मैले मात्रै हैन पूरै टिमले हिम्मत जुटायौं ।’

उनको टिममा थिए डा. संवाद खरेल र डा. सन्दिप यादव। स्टाफ नर्सको कमाण्ड सम्हालिन नर्सिङ अधिकृत कमला बिष्टले। कोभिड जनरल वार्डमा चारजना स्टाफ नर्स खटिए। उनीहरुलाई महामारीको खासै अनुभव थिएन। आँखैअघि मान्छे मर्न थालेपछि स्टाफ नर्स आत्तिए। बिष्टले उनीहरुलाई सम्हालिन्। बिस्तारै उनीहरुले बिरामीलाई सम्हाल्न थाले।  

‘उनीहरुले यस्तो अवस्था कहिल्यै फेस गरेका थिएनन्’ उनले भनिन्, ‘त्यसैले पनि सुरुको अवस्था निकै चुनौतीपूर्ण रह्यो।’

अहिले कोभिड जनरल वार्ड र उच्च उपचार कक्षमा २४ जना स्टाफ नर्स कार्यरत छन्। प्रसुति वार्ड लगायतमा कार्यरत स्टाफ नर्सलाई त्यता परिचालन गरिएको छ। बिरामीको चापअनुसार यो संख्या प्रयाप्त हैन। नर्सिङ अधिकृत बिष्टका अनुसार तैपनि धानेका छन्।  

डा. उपाध्याय लगायतको टिम वैशाख दोस्रो साताबाट पूरै समय अस्पतालमा छ। उनीहरु दिनरात नभनेर बिरामीको उपचारमा संलग्न छन्। ‘कति दिनसम्म त हामी सुत्न पाएनौं’ डा. यादवले भने, ‘हाम्रा लागि सुत्नुभन्दा बिरामीको ज्यान जोगाउनु महत्वपूर्ण थियो।’    

अस्पतालमा वैशाख २८ गतेपछि अवस्था नियन्त्रणमा आएको छ। हाल ३६ जना उपचाररत छन्। ५२ जना उपचार गरेर निको भई घर फर्किएका छन्। करिब १५० जना सामान्य चेकजाँच गरेर निको भएका छन्। डा. उपाध्यायका अनुसार कैयौं व्यक्ति टेलिफोनबाटै भनेको औषधी सेवन गरेरसमेत निको भएका छन्।

अस्पतालले कुनै स्वास्थ्य समस्या भए खबर गर्नु भनेर डा. उपाध्यायको नाम र मोबाइल नम्बर सार्वजनिक गरेको थियो। ‘धेरै व्यक्तिले टेलिफोनबाट सोधेरै औषधी सेवन गरे’ उनले भने, ‘एकजना हिजो निको भएर भेट्न आउनुभएको थियो।’

उनी कुनै स्वास्थ्य समस्या भए अस्पताल आउन सुझाव दिन्छन्। उनका अनुसार रोग पालेर बस्दा समस्या बढ्दै गइरहेको छ। उनले अहिले पनि धेरै व्यक्ति अस्पताल नआएर घरमै बसेको बताए। ‘अन्तिम अवस्थामा अस्पताल आएका व्यक्ति नै समस्यामा परेका छन्’ उनले भने, ‘स्वास्थ्य समस्या हुने बित्तिकै उपचार गर्नुस्।’

कतिपय व्यक्तिहरु उपचारका लागि अस्पताल आउन डराइरहेका छन्। उनीहरु घरमै बसेका कारण जोखिम बढ्दै गएको छ। चिकित्सकका अनुसार त्यस्ता व्यक्तिहरु आफ्नो मात्रै नभई घरपरिवारका सदस्यहरुको स्वास्थ्यसमेत समस्यामा पारिरहेका छन्। 
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २१ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २६ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस