बुटवलमा थप ४ संक्रमितको मृत्यु
२२ वैशाख २०७८
•
१ मिनेट पाठ
बुटवलमा थप ४ संक्रमितको मृत्यु
बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा आज ४ जना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा बुटवल १२ का ४७ वर्षीय पुरुष र ९ की ५४ वर्षीया महिला,तिलोत्तमा नगरपालिका ४ की ४० वर्षीया महिला र कञ्चन गाँउपालिकाका ४ की २७ वर्षीया महिला छन्।




चारै जनाको कोभिड अस्पतालमा बेड अभाव भएपछि प्रादेशिक अस्पतालको फिबर क्लिनीकमा राखेर उपचार भइरहेको थियो। आइसीयुमा राखेर उपचार गर्नु पर्ने अवस्थाका संक्रमितलाइ सामान्य अक्सिजनका भरमा फिबर क्लिनीकमा राखेर उपचार गरिएपनि बचाउन नसकिएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा.बिष्णु गौतमले बताए। 

बुटवल १२ का ४७ वर्षीय पुरुषलाइ वैैशाख १५ गते अस्पताल ल्याइएको थियो। उपचारमा संलग्न चिकित्सकहरुका अनुसार अस्पताल आउँदा नै स्वासप्रश्वास र उच्च ज्वरो आएका उनलाइ आइसीयु उपचार आवश्यक भएपनि बेड खाली नभएपछि फिबर क्लिनीकमै अक्सिजन दिएर राखीएको थियो। उनको गएराती मृत्यु भएको हो। १९ गते अस्पताल ल्याइएकी कञ्चनकी २७ वर्षीया महिलाको आज बिहान ६ बजे मृत्यु भएको हो। बुटवल ९ की ५४ वर्षीया महिलाको बिहान ६ बजेर २४ मिनेट जाँदा र तिलोत्तमाकी ४० वर्षीया महिलाको बिहान साढे ६ बजे मृत्यु भएको डा गौतमले जानकारी दिए।  

यससंगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २४ पुगेको छ।  पछिल्लो समय गम्भिर स्वास्थ्य समस्या देखिएपछि अस्पताल आउने संक्रमितको संख्या हवात्तै बढेको छ। चिकित्सकहरुका अनुसार अस्पताल आएका मध्ये अधिकांश आइसीयुमा राखेर उपचार गर्नु पर्ने अवस्थाका छन्। तर बुटवल भैरहवाका कोभिड अस्पतालमा प्रयाप्त आइसीयु बेड नहुँदा भर्ना हुने पालो कुर्दाकुदै संक्रमितले ज्यान गुमाइरहेका छन्।
अर्को समाचार
बुटवलमा पछिल्लो २४ घण्टामा ६ संक्रमितको मृत्यु
२० वैशाख २०७८
•
१ मिनेट पाठ
बुटवलमा पछिल्लो २४ घण्टामा ६ संक्रमितको मृत्यु
गम्भिर लक्षण सहितका कोरोना संक्रमितको संख्या बढ्दै जाँदा  स्थिती भयावह बन्दै गएको छ । पछिल्लो २४ घण्टामा बुटवलको कोरोना अस्पताल र लुम्बिनी प्रादेसिक अस्पतालमा भर्ना गरीएका ६ जना संंक्रमितको मृत्यु भएको छ ।  बुटवलका ३ जना अर्घाखाँची,कपिलबस्तु र सल्यानका १÷ १ जना  संक्रमितको गएराती मृत्यु भएको लुम्बिनी प्रादेसिक अस्पताल बुटवलका सूचना अधिकारी डा बिष्णु गौतमलले जानकारी दिए ।




डा गौतमका अनुसार बुटवल उपमहागर ४ का ८४ बर्षीय पुरुष,बुटवल ९ का ६१ बर्षीय र बुटवल ११ का ६५ बर्षीय पुरुषको उपचारका क्रममा गएराती मृत्यु भएको हो । अर्घाखाँचीको धतिवाङका ७५ बर्षीय पुरुष,सल्यानका ४३ बर्षीय पुरुष र कपिलबस्तुको शिवराज ७ का ४३ बर्षीय पुरुषको पनि उपचारकै क्रममा मृत्यु भएको डा गौतमले जानकारी दिए ।  

कपिलबस्तु र सल्लयानका  संक्रमितको बुटवलको कोरोना विशेष अस्पतामा मृत्यु भएको हो । डा गौतमका अनुसार कोरोना अस्पालमा बेड अभाव भएका कारण आइसीयु भर्नाको पालो कुरेका ३ जना संक्रमितको लुम्बिनी प्रादेसिक अस्पतालको इमरजेन्सी र फिबर क्लिनीमा मृत्यु भएको हो । पछिल्लो समय गम्भिर स्वास्थ्य समस्या देखिएपछि अस्पताल आउने संक्रमितको संख्या हवात्तै बढेको छ । चिकित्सकहरुका अनुसार अस्पताल आएका मध्ये अधिकाँस आइसीयुमा राखेर उपचार गर्नु पर्ने अवस्थाका छन । तर बुटवल भैरहवाका कोभिड अस्पतालमा प्रयाप्त आइसीयु बेड नहुँदा भर्ना हुने पालो कुर्दाकुदै संक्रमितले ज्यान गुमाइरहेका छन ।  
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५२ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस