कोभ्याक्सले नेपाललाई अर्को साता खोप उपलब्ध गराउने
२९ जेष्ठ २०७८
•
१ मिनेट पाठ
कोभ्याक्सले नेपाललाई अर्को साता खोप उपलब्ध गराउने
कोभ्याक्सले नेपाललाई अर्को साता खोप उपलब्ध गराउने भएको छ। कोभ्याक्सले नेपालको खोप वार्ता समितिलाई अक्सफोर्ड तथा अस्ट्राजेनेकाद्वारा विकसित खोपका केही डोज एक सातापछि उपलब्ध गराउने जानकारी दिएको हो। कति डोज दिने भन्ने यकिन नभएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ। 




महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले भने, ‘खोप दिने संकेत गरेको छ तर कति दिने भन्ने यकिन छैन।’ उनको अनुसार कोभ्याक्सलाई खोप प्राप्त भएपछि विश्वभरि वितरण गर्ने क्रममा नेपालको भागमा जति आउँछ, त्यति नै दिने हो।

कोभिसिल्डको पहिलो डोज खोप लगाएर बसेका ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप दिने विषय चुनौतीपूर्ण बनेपछि खोप समितिले सम्भव भएजति सबै ठाउँमा पहल गरिरहेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलले बताए। ‘१४ लाख डोज खोपलाई पहिलो प्राथमिकतामा राखेर पहल भइरहेको छ’, उनले भने। 

भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले दिनुपर्ने १० लाख डोज र थप खोपका लागि पनि पहल भइरहेको उनले बताए। उता अमेरिकाले नेपाललाई दिने भनेको खोपमा पनि त्यहाँको प्रक्रियाका कारण ढिलाइ भएको छ।
अर्को समाचार
कोभ्याक्सको थप खोप जेठमा
२६ फागुन २०७७
•
२ मिनेट पाठ
कोभ्याक्सको थप खोप जेठमा
कोभ्याक्सले नेपाललाई उपलब्ध गराउने भनेको खोपको पूरा मात्रा आगामी जेठभित्र मात्र आइपुग्ने स्थिति देखिएको छ। कोभिड १९ विरुद्धको खोप व्यवस्थापन संयोजक डा. श्यामराज उप्रेतीका अनुसार कोभ्याक्सले पहिलो लटमै २२ लाख ५६ हजार डोज खोप दिने भनेकोमा ३ लाख ४८ हजार डोजमात्र यही साता नेपाल आइपुगेको छ। कोभ्यााक्सले पहिलो लटमा उपलब्ध गराउने भनेको खोप कम मात्रामा आइपुगेपछि सरकारले पूर्वघोषित उमेर समूह ५५ बाट बढाएर ६५ वर्षमाथिकालाई मात्र खोप अभियान सुरु गरेको छ।  




कोभ्याक्सले दिने भनेको र भारतबाट खरिद गरेर ल्याउने भनेको खोप पूरा नआएपछि ६५ वर्ष उमेरमाथिकालाई मात्र दिन थालिएको परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा. झलक गौतमले बताए। ‘कोभ्याक्सको पूरा खोप आएन, नेपालले भारतबाट खरिद गरी ल्याउने भनेको खोप पनि पूरा नआएपछि खोप दिने उमेर समूह संशोधन गर्‍यौं’, उनले भने।

खोप नपुगेपछि पूर्वघोषित उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउन नसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठले बताए। ‘भनेजति खोप आउन नसकेपछि ६५ वर्ष उमेरमाथिकालाई मात्र खोप दिन सुरु गर्‍यौं’, उनले भने। नेपाल आफैंले भारतबाट खरिद गरेर ल्याउने खोप मार्चभित्र आउने संकेत मिलेको छ। कोभिसिल्ड खोप नेपाल आइपुगेको अवस्थामा नेपालसित दोस्रो चरणमा जम्मा २३ लाख ४० हजार खोप हुनेछ।  

चीनले अनुदानस्वरूप दिने भनिएको ५ लाख डोज खोप आउने कुरा पनि अहिलेसम्म निश्चित नभएको डा. उपे्रतीले बताए। मागअनुसार खोप उत्पादन कम भएपछि कोभ्याक्सले पहिलो पटक नेपालका १ प्रतिशत जनसंख्यालाई पुग्नेगरी मात्र खोप उपलब्ध गराएको जानकारी उपे्रतीले दिए। ‘विश्व बजारमा खोपको अभाव छ, कोभ्याक्सको थप खोप कहिले आउने हो, भन्न सकिँदैन’, उनले भने।  

कोभ्याक्सले भनेजति खोप नदिएपछि सरकारले पूर्वघोषित समयमै खोप दिन नसक्ने भएको छ। ‘जतिजति खोप आउँछ, सोहीअनुसार उमेर समूह छुट्टाएर लगाउँछौं’, डा. उप्रेतीले भने। यो हिसाबले २०२१ मा पूर्वघोषित सबै उमेर समूहले खोप पाउने स्थिति नरहेको उनको भनाइ छ। तर यो अवधिभित्र मुख्य जोखिममा रहेको समूहलाई समेट्न सकेमा कोरोनाको खासै असर नपर्ने डा. उप्रेतीको तर्क छ। ‘यो जोखिममा रहेको उमेर समूहभित्रै धेरै दीर्घरोगी पर्छन्, वृद्धवृद्धालाई खोप दिँदा दीर्घरोगीहरू पनि समेटिन्छन्’, उनले भने।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस