खोटाङमा संक्रमण जित्नेको संख्या बढ्दै
०१ असार २०७८
•
२ मिनेट पाठ
खोटाङमा संक्रमण जित्नेको संख्या बढ्दै
पछिल्लाे केहि सातायता खोटाङमा काेराेना संक्रमण जित्नेको संख्या बढ्दै गएकाे छ। मंगलबारसम्ममा सक्रिय संक्रमितको संख्या ६ सय ७९ हुँदा संक्रमण जित्नेको संख्या ८२३ पुगेको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ।  




यस तथ्यांक अनुसार कोभिड–१९ बाट संक्रमण भएका सक्रिय संक्रमितभन्दा संक्रमण जित्नेको संख्या १ सय ४४ ले बढि हुन पुगेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए। १० स्थानीय तह रहेको जिल्लामा कुल १ हजार ५ सय १९ जनालाई संक्रमण हुँदा ८ सय २३ संक्रमितले संक्रमण जितेका हुन्।  

हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २७१ जना, हलेसी तुवाचुङ नगरपालिकाका १३१ जना, रावाबेँसी गाउँपालिकाका ७२ जना, केपिलासगढी गाउँपालिकाका २१ जना, ऐसेलुखर्क गाउँपालिकाका ६६ जना, जन्तेढुंगा गाउँपालिकाका ५३ जना, खोटेहाङ गाउँपालिकाका ४२ जना, साकेला गाउँपालिकाका ८८ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ६८ जना र बराहपोखरी गाउँपालिकाका ११ जनाले संक्रमण जितेका छन्। 

८२३ जनाले संक्रमण जित्दा र ६ जनाको मृत्यु हुँदा हाल जिल्लामा सक्रिया संक्रमितको संख्या ६७९ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३०५ जना, हलेसी तुवाचुङ नगरपालिकामा ७१ जना, रावाबेँसी गाउँपालिकामा ३२ जना, केपिलासगढी गाउँपालिकामा ४४ जना, ऐसेलुखर्क गाउँपालिकामा ४९ जना, जन्तेढुंगा गाउँपालिकामा १६ जना, खोटेहाङ गाउँपालिकामा १५ जना, साकेला गाउँपालिकामा ७२ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ६१ जना र बराहपोखरी गाउँपालिकामा १४ जना सक्रिया संक्रमित छन्। जिल्लामा हालसम्म ५ हजार ९७ जनाको एन्टीजेन र १ हजार ७९४ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५१९ जनालाई संक्रमण पूष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख सिग्देलले बताए।  

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा हालसम्म २४ स्वास्थ्यकर्मी संक्रमित भएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ९ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २ जना, रावाबेँसी गाउँपालिकामा २ जना, केपिलासगढी गाउँपालिकामा ३ जना, ऐसेलुखर्क गाउँपालिकामा १ जना, जन्तेढुंगा गाउँपालिकामा २ जना, साकेला गाउँपालिकामा १ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ३ जना र बराहपोखरी गाउँपालिकामा १ जना स्वास्थ्यकर्मी संक्रमित भएका हुन्।  

संक्रमित स्वास्थ्यकर्मीमध्ये कतिपय डिस्चार्ज भइसकेका छन्। हालसम्म जिल्लामा ६ संक्रमितको मृत्यु भइसकेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४ जना, केपिलासगढी गाउँपालिकामा १ जना र ऐसेलुखर्क गाउँपालिकामा १ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। हालसम्म २७ जना जिल्ला बाहिरका अस्पतालमा रेफर भएका छन् भने ३८ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ। हाल ६ सय ४१ जना होमआइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।  
अर्को समाचार
खोटाङमा कोरोना जित्नेको संख्या बढ्दै
२४ जेष्ठ २०७८
•
२ मिनेट पाठ
खोटाङमा कोरोना जित्नेको संख्या बढ्दै
खोटाङका ४ सय ६३ जनाले कोरोना जितेका छन्। स्वास्थ्य कार्यालय खोटाङका अनुसार आइतबारसम्ममा १ हजार २ सय २१ जनालाई संक्रमण हुँदा २ सय २१ पुरुष र १ सय ३४ महिलाले संक्रमण जितेका हुन्। 




दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १ सय ८१ जना, हलेसी तुवाचुङ नगरपालिकाका ७० जना, रावाबेँसी गाउँपालिकाका ४२ जना, केपिलासगढी गाउँपालिकाका १० जना, ऐसेलुखर्क गाउँपालिकाका ४१ जना, जन्तेढुंगा गाउँपालिकाका ३८ जना, खोटेहाङ गाउँपालिकाका ९ जना, साकेला गाउँपालिकाका ५४ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ९ जना र बराहपोखरी गाउँपालिकाका ९ जनाले संक्रमण जितेका हुन्। ४ सय ६३ जनाले संक्रमण जित्दा र ५ जनाको मृत्यु हुँदा हाल जिल्लामा सक्रिया संक्रमितको संखा ७७३ जना रहेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए।  

हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २८२ जना, हलेसी तुवाचुङ नगरपालिकामा ९८ जना, रावाबेँसी गाउँपालिकामा ३९ जना, केपिलासगढी गाउँपालिकामा ३७ जना, ऐसेलुखर्क गाउँपालिकामा ७१ जना, जन्तेढुंगा गाउँपालिकामा २१ जना, खोटेहाङ गाउँपालिकामा ४९ जना, साकेला गाउँपालिकामा ६१ जना,  दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ८० मा जना र बराहपोखरी गाउँपालिकामा १५ जना सक्रिया संक्रमित छन्। जिल्लामा हालसम्म ३ हजार ७३३ जनाको एन्टीजेन र १ हजार ५१३ जनाको पिसिआर परीक्षण गर्दा १ हजार २२१ जनालाई संक्रमण पूष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लाका १० वटै स्थानीय तहमा हाल एन्टीजेन परीक्षण र पिसिआर परीक्षणको दायरा फराकिलो पारिएको स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताए।  

१० स्थानीय तह रहेको जिल्लामा हालसम्म २३ स्वास्थ्यकर्मी संक्रमित भएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ९ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २ जना, रावाबेँसी गाउँपालिकामा २ जना, केपिलासगढी गाउँपालिकामा ३ जना, ऐसेलुखर्क गाउँपालिकामा १ जना, जन्तेढुंगा गाउँपालिकामा २ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ३ जना र बराहपोखरी गाउँपालिकामा १ जना स्वास्थ्यकर्मी संक्रमित भएका हुन्। 

संक्रमित स्वास्थ्यकर्मीमध्ये कतिपय डिस्चार्ज भइसकेका छन्। हालसम्म जिल्लामा ५ संक्रमितको मृत्यु भइसकेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३ जना, केपिलासगढी गाउँपालिकामा १ जना र ऐसेलुखर्क गाउँपालिकामा १ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।  हालसम्म २४ जना जिल्ला बाहिर रेफर भएका छन् भने ३२ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ। 
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस