आइओएम डिनमा डा. श्रीवास्तव
२९ माघ २०७०
•
१ मिनेट पाठ
आइओएम डिनमा डा. श्रीवास्तव
काठमाडौं– त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिनमा डा. राकेशप्रसाद श्रीवास्तवलाई नियुक्त गरेको छ। बुधबार साँझ बसेको परिषद बैठकले आइओएमका वरिष्ठतम प्राध्यापकमध्ये पहिलो नम्बरमा रहेका श्रीवास्तवलाई डिन नियुक्त गरेको त्रिविका रजिस्ट्रार चन्द्रमणि पौडेलले बताए।
यसअघि हिजो प्रधानमन्त्रीको सपथ लिएलगत्तै सुशील कोइरालाले कुलपतिको हैसियतले २४ घन्टाभित्र डिन नियुक्त गरी जानकारी गराउन उपकुलपतिलाई निर्देशन दिएका थिए। त्रिवि पदाधिकारीकाे बर्खास्तगीको माग उठाएका अनशनरन डा‍ गोबिन्द केसीले नयाँ डिन नियुक्तीकै अाधारमा अान्दाेलन नराेक्ने बताएका छन्।
अर्को समाचार
आइओएम डिनमा श्रीवास्तव
२९ माघ २०७०
•
५ मिनेट पाठ
आइओएम डिनमा श्रीवास्तव
काठमाडौं- नवनियुक्त प्रधानमन्त्री सुशील कोइरालाको २४ घन्टे अल्टिमेटम नसकिँदै त्रिवि कार्यकारी परिषदले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा नयाँ डिन नियुक्त गरेको छ। बुधबार साँझ परिषद बैठकले वरिष्ठताका आधारमा एक नम्बरमा रहेका प्राध्यापक डा. राकेशप्रसाद श्रीवास्तवलाई डिन बनाएको हो।परिषद बैठकले त्रिवि शिक्षण अस्पतालको निमित्त कार्यकारी निर्देशकमा डा. ईश्वर लोहनीलाई जिम्मेवारी दिएको छ। 
नाक, कान, घाँटी रोग विशेषज्ञ डा. श्रीवास्तव ६ वर्षअघिसम्म सोही विभागका प्रमुख थिए। पूर्व सर्जरी विभाग प्रमुख डा. लोहनीले गत सोमबारमात्रै अस्पतालको डेपुटी निर्देशकबाट राजीनामा दिएका हुन्। लोहनी नेपालका नामी प्लास्टिक सर्जन हुन्।
डा. भगवान कोइरालाको राजीनामा स्वीकृत गर्दै परिषदले शनिबार विदादित छविका डा. रतिन्द्र श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशक बनाएको थियो। चौतर्फी विरोधले श्रेष्ठ अस्पताल जानै सकेका थिएनन्, पदबहालीसमेत बाहिर रेस्टुरेन्टमा गरेका थिए।
त्रिवि कुलपति कोइरालाले प्रधानमन्त्री पदको शपथलगत्तै २४ घन्टाभित्र डिन नियुक्त गर्न उपकुलपतिलाई लिखित निर्देशन दिएका थिए। 
परिषदले बुधबार बिहानै नयाँ सर्च कमिटी (सिफारिस समिति गठन गरेको थियो। समितिकै सिफारिसमा फागुन १ देखि लागू हुनेगरी श्रीवास्तवलाई डिन नियुक्त गरिएको रजिस्टार चन्द्रमणि पौडेलले बताए। 'हामीले उहाँलाई डिन नियुक्त गरेर त्यसको जानकारी कुलपति (प्रधामन्त्री) कार्यालयलाई गराइसकेका छौं,' रजिस्टार पौडेलले भने।
यसअघि परिषदले अघिल्लो सोमबार गठित सर्च कमिटी भंग गरेको थियो। उक्त समितिमा वरिष्ठताका आधारमा डिन सिफारिस गर्नेबारे विवाद भएपछि सदस्य डा. दीपक महराले राजीनामा दिएका थिए। अघिल्लो सरकारको निर्देशन परिषदले पटकपटक अवज्ञा गर्दै आएको थियो। 
वरिष्ठताका आधारमा डिन नियुक्ति माग गर्दै एक महिनायता दोस्रोपटक आमरण अनशन बसेका डा. गोविन्द केसीकै मागअनुसार वरिष्ठतम व्यक्तिलाई डिन नियुक्त गरिएको छ। यससँगै केसीको प्रमुख माग पूरा भएको छ।
डा. केसीले भने यत्तिमै अनशन तोड्न अस्वीकार गरेका छन्। १४ दिन लामो अनशन तोडाउँदा भएका सहमति कार्यान्वयन नगरी फेरि अनशन बस्न बाध्य पार्ने त्रिवि कार्यकारी परिषदका पदाधिकारीको बर्खास्तगीलाई उनले अनशनको बटमलाइन बनाएका छन्। 
'पहिल्यै पूरा हुनुपर्ने प्रमुखमध्ये एउटा माग पूरा भयो,' डा. केसीले भने, 'आइओएमलाई यो अस्थिरताको स्थितिमा पुर्यािउने पदाधिकारीको बर्खास्तगी बाँकी नै छ।'
रजिस्टार पौडेलले भने वरिष्ठताभन्दा त्रिवि रातो किताबको नियमअनुसार डिन नियुक्त भएको बताए। 
२०३९ पुस १८ मा सहायक प्राध्यापकबाट सेवा प्रवेश गरेका श्रीवास्तव २०५४ वैशाख ५ मा प्राध्यापकमा बढुवा भएका थिए।
गौरमा जन्मिएका श्रीवास्तवले सेन्ट जेभियर्सबाट १९७९ मा ओ–लेबल, अस्कलबाट आइएससी, मद्रासबाट एबिबिबिएस र १९८२ मा अलइन्डिया मेडिकल इन्टिच्युटबाट एमएस गरेका छन्। उनी नेपालका प्रथम नाक, कान, घाँटी रोग विशेषज्ञ डा. लक्ष्मीनारायण प्रसादका छोरा हुन्। सहकर्मी चिकित्सकहरुका अनुसार 'स्टेट फर्वार्ड' स्वभावका श्रीवास्तव राम्रा योजनाकार र 'एक्सन ओरियन्टेड' चिकित्सक हुन्।
डिन नियुक्त भएपछि श्रीवास्तवले डा. केसीले उठाएका माग र सरकारसँग भएका सहमति कार्यान्वयन गर्नु आफ्नो प्रमुख दायित्व भएको बताए। 'डा. केसीले ६ मध्ये चार माग अझै पूरा भएका छैनन्,' उनले भने, 'यी सबै माग पूरा हुनुपर्छ।'
श्रीवास्तवले २०७३ फागुनमा उमेरहदका कारण अवकाश पाउनेछन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस