वीपीमा कालो ढुसी संक्रमित विरामीको जटिल शल्यक्रिया
०७ असार २०७८
•
२ मिनेट पाठ
वीपीमा कालो ढुसी संक्रमित विरामीको जटिल शल्यक्रिया
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कालो ढुसी(ब्लाक फंगस) संक्रमित एक विरामीको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको छ ।  




प्रतिष्ठानका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. शंकरप्रसाद साहको नेतृत्वमा काठमाण्डौंका एक ६१ वर्षीय वृद्धको शल्यक्रिया भएको हो । ती वृद्धको प्रतिष्ठानमा दुई साता उपचार पश्चात डिस्चार्ज भएर घर फर्किसकेका छन् । विरामी डिस्चार्ज भइसकेपछि मात्र प्रतिष्ठानले आइतबार कालो ढुसीको शल्यक्रिया भएको जानकारी दिएको हो । डा. साहको नेतृत्वमा कालो ढुसी संक्रमित वृद्धको अप्रेशसनमा डा.राजन मुल्मी, एनेस्थेसिया विभागबाट प्रा.डा. विरेन्द्रप्रसाद साह, प्रा.डा. कृष्णा पोखरेल, डा.जेनी बज्राचार्य, नर्सहरु सरिता ठाकुर, रेणुका राजवंशी तथा हेल्पर दुर्गा बिककोटोलीले गरेको प्रतिष्ठानले जनाएको छ । यस किसिमको शल्यक्रिया पूर्वाञ्चलमा यो नै पहिलो हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार जेठ १३ गते एक वृद्ध अनुहारको देब्रे पाटो सुन्निएर दुःखेको र देब्रे आँखा पनि रातो भएको समस्या लिएर ओपिडीमा उपचारको लागि आएका थिए । उच्च रक्तचाप र सुगरको पनि विरामी ती वृद्धलाई एक सातादेखि यो समस्याले सताएको थियो । उनी वीपी प्रतिष्ठानको ओपिडी आउनु १० दिनअघि मात्र कोभिड १९ संक्रमत भएर काठमाडौंको वीर अस्पतालमा उपचार पश्चात निको भई डिस्चार्ज भएका थिए ।  

प्रतिष्ठानमा विरामीको जाँच गर्ने क्रममा नाकको देब्रेपट्टिको प्वालभित्रको पछाडीको भागसम्म कालो भएर पिप जमेको अवस्थामा पाइएको थियो । वृद्धलाई सोही दिन वार्डमा भर्ना गरेको र भोलिपल्ट जेठ १४ गते शल्यक्रिया गरिएको प्रतिष्ठानले जनाएको छ । शल्यक्रियाको क्रममा नाकभित्रको कालो भएको भागलाई निकालेर ल्याब परीक्षण गर्न पठाइएको थियो । उक्त परीक्षणको रिपोर्टले वृद्धलाई कालो ढुसीको संक्रमण भएको पुष्टि गरेको सहप्रवक्ता डा.पोखरेलले जानकारी दिए । कालो ढुसी एक प्रकारको घातक संक्रमण हो । समयमा उपचार नपाए विरामीको प्राण पनि जानसक्ने चिकित्सकको भनाई छ ।  

शल्यक्रिया पश्चात वृद्धलाई थप उपचारका लागि प्रतिष्ठानको नाक, कान तथा घाँटी वार्डमा भर्ना गरिएको थियो । नाक, कान तथा घाँटी विभागका प्रा.डा. श्याम थापा क्षेत्री तथा विभागका अन्य विशेषज्ञ चिकित्सकहरुबाट नियमितरुपमा इण्डोस्कोपी एवं उपचार गरिएको प्रतिष्ठानको भनाई छ । उपचारको क्रममा मेडिसिन विभाग तथा आँखा विभागका विशेषज्ञ चिकित्सकहरुको पनि परामर्श लिई उपचार गरिएको र उनलाई असार ४ गते शुक्रबार बेलुका डिस्चार्ज गरिएको प्रतिष्ठानले जनाएको छ ।  

कोभिडका विरामी निको भएर डिस्चार्ज भइसकेको १० देखि ५० दिनको भित्रमा यो संक्रमण देखिने डा.साह बताउँछन् । उपचारको क्रममा विरामीलाई स्टेरोइड थेपारी दिइएको र अक्सिजनमा राखिएको छ भने यो रोग हुने धेरै सम्भावना रहने डा.साहले जानकारी दिए । ‘कोभिड विरामी डिस्चार्ज भएकोलाई नाकबाट कालो रगत आउने, आँखामा समस्या भयो र अनुहारमा दुखाई भयो भने तत्काल चिकित्सकको सम्पर्कमा जान आग्रह गछौं,’ डा.साहले भने, ‘समयमै उपचार नगरेमा तीव्ररुपमा फैलने र आँखा नदेख्ने, बिस्तारै ब्रेनमा गएर विरामीको ज्यान जाने जोखिम पनि हुन्छ ।’
अर्को समाचार
शिक्षकको आन्दोलनले वीपीको पठनपाठन प्रभावित, परीक्षाकाको माग गर्दै विद्यार्थी पनि आन्दोलनमा
२६ असोज २०८०
•
४ मिनेट पाठ
शिक्षकको आन्दोलनले वीपीको पठनपाठन प्रभावित, परीक्षाकाको माग गर्दै विद्यार्थी पनि आन्दोलनमा
वीपी प्रतिष्ठानका विद्यार्थीहरूले पठनपाठन सुचारुको माग गर्दै निकालेको र्‍याली र प्रदर्शन। तस्बिरः रोहित राई
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विद्यार्थीहरूले पठनपाठन र परीक्षाका कार्यक्रमहरू सुचारु गर्न माग गर्दै प्रदर्शन गरेका छन्।




शिक्षकहरूको आन्दोलनले पठनपाठन तथा परीक्षाका कार्यक्रमहरू प्रभावित भएको भन्दै विद्यार्थीहरूले शुक्रबार प्रतिष्ठानमा र्‍याली निकाल्दै प्रदर्शन गरेका हुन्। 

अवरुद्ध भएको बढुवा प्रक्रिया सुचारु गर्ने सम्झौता कार्यान्वयन नभएको भन्दै सोमबारदेखि प्रतिष्ठानका शिक्षकहरू आन्दोलनमा छन्। सोमबारदेखि उनीहरुले पठनपाठन, परीक्षा तथा उपचार सेवा पनि छोडेर सामूहिक राजीनामा पत्र बुझाउन काठमाण्डौं गएका थिए।

शिक्षकको आन्दोलनले डेन्टल तेस्रो वर्षको वार्षिक परीक्षाबाहेक अन्य सम्पूर्ण शैक्षिक तथा परीक्षाका कार्यक्रमहरू ठप्प छ। विद्यार्थीहरुको भविष्यलाई गम्भीर असर पुग्ने भएकोले विद्यार्थीहरूले पढ्ने र शिक्षकहरूलाई पढाउने वातावरण तयार गर्न माग गर्दै प्रदर्शन गरिएको विद्यार्थी कल्याण समाजका अध्यक्ष डा.ओम शान्ति रजकले बताए। ‘पढाई भइरहेको छैन। वार्षिक परीक्षाबाहेक आन्तरिक परीक्षा सबै रोकिएको छ। यो हाम्रो लागि ज्यादै चिन्ताको विषय हो,’उनले भने,‘सयौँ विद्यार्थीहरुको भविष्यसँग जोडिएको कारण पनि हामीले पढ्न पाउने र शिक्षकहरूले पढाउने वातावरण बन्नुपर्छ भनेका हौँ।’

मन्त्रीलाई राजीनामा बुझाएर पक्रिए शिक्षकहरू

विद्यार्थीहरूले पठनपाठन सुचारु गर्न माग गर्दै प्रदर्शन गरिरहँदा शिक्षकहरूको एक समूह भने काठमाण्डौंमा सहकुलपति एवं स्वास्थ्य मन्त्रीलाई राजीनामा बुझाएर फर्किएका छन्।

सोमबार काठमाण्डौं प्रस्थान गरेका शिक्षकहरूले स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर संयुक्तरुपमा राजीनामा पत्र बुझाएका हुन्। राजीनामा पत्रमा डेढ सयको संख्यामा एसोसियट प्रोफेसर, एडिस्नल प्रोफेसर र असिस्टेन्ट प्रोफेसरहरूको हस्ताक्षर रहेको शिक्षक कल्याण समाजका पुर्वमहासचिव डा.सन्दिप साहले जानकारी दिए। उनका अनुसार काठमाण्डौं गएको टोली बिहिबार धरान फर्किएको छ भने अर्को टोली आज (शुक्रबार) धरान फर्कदैछ।

शिक्षकहरूको टोलीले सहकुलपति एवं स्वास्थ्य मन्त्री बस्नेत, कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पुर्वप्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा, प्रतिष्ठानका पुर्वउपकुलति एवं काँग्रेस नेता डा.शेखर कोइरालालगायतलाई पनि भेटेर समस्या राखेका थिए। मन्त्री बस्नेतले प्रतिष्ठानका पदाधिकारीहरुलाई सँगै राखेर समस्या समाधान गर्न निर्देशन दिइसकेको जानकारी गराएको खुलाउँदै प्रतिष्ठानका एडिस्नल प्रोफेसर डा.रविन मास्केले चाँडो निकास पाउनेमा आफुहरु आशावादी रहेको बताए। 

शिक्षकहरू काठमाण्डौंबाट फर्किए पनि उपचार, पठनपाठनमा भने संलग्न नरहने प्रष्ट पारेका छन्। डा.मास्केले भने,‘हामीले राजीनामा बुझाइसकेका छौँ। त्यसैले उपचार, पठनपाठन गर्न मिल्दैन। त्यसको लागि पदाधिकारीहरूले नै माग सम्बोधन गरेर वातावरण तयार गर्नुपर्छ।’ शिक्षक कल्याण समाजको साधारण सभा बसेर कसरी आन्दोलन अघि बढाउने भनेर निर्णय लिने पनि उनले बताए।

प्रतिष्ठानमा १७० को हाराहारीमा रहेको एसोसियट प्रोफेसर, एडिस्नल प्रोफेसर र असिस्टेन्ट प्रोफेसरहरूको बढुवा विगत ७ वर्षदेखि रोकिदा वृत्ति विकासमा अवरोध पुगेको छ। प्रतिष्ठानकै कतिपय विभागहरू पनि प्रोफेसरविहीन छ भने वृत्ति विकास नहुँदा निराश भएर ५० जनाको हाराहारीमा पछिल्लो २ वर्षमा दक्ष चिकित्सकहरूले प्रतिष्ठान छोडेर अन्त्र गएका छन्। हाल निलम्बनमा परेका उपकुलपति डा.ज्ञानेन्द्र गिरीको पालामा बढुवा प्रक्रिया सुरु भएको थियो। तर, वर्तमान कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीले उक्त बढुवा प्रक्रिया रोकेपछि शिक्षकहरू आन्दोलनमा छन्। 

उपचार सेवा पनि प्रभावित

शिक्षकहरूको आन्दोलनले प्रतिष्ठानको उपचार सेवा पनि प्रभावित भएको छ। प्राध्यापक, सिनियर रेसिडेन्ट, जुनियर रेसिडेन्टको मात्र भरमा ओपिडी सेवा सुचारु भएपनि कतिपय विभागमा कोटा तोकिएको छ। जसले गर्दा बिहान चाँडो ओपिडी बिल काउन्टरमा आएका बिरामीहरूले मात्र उपचार पाउने गरेका छन्। 

टाढाबाट ढिला गरी आएका बिरामीहरूले समयमा नै ओपिडी कार्ड नै काट्न भ्याउँदैनन्, र दुःख पाउने गरेको एक कर्मचारीले बताए। पहिल्यै अप्रेसनको लागि समय तोकिएका बिरामीहरूको पनि अप्रेसन भएको छैन। प्रतिष्ठानका अस्पताल निर्देशक डा.जगत नारायण प्रसादले सूचना जारी गर्दै शिक्षकहरू अनुपस्थित हुँदा आकस्मिक, आइसियु, अन्तरङ्ग तथा बहिरङ्गका सम्पूर्ण सेवाहरूमा प्रतिकुल असर पर्न जाने र पूर्ण क्षमतामा अस्पतालको सेवाहरु प्रवाह गर्न नसकिने जनाएका छन्। 

डेपुटी अस्पताल निर्देशक डा.इन्द्र लिम्बुले भने केही विभागहरूमा ओपिडीका बिरामीहरूको कोटा तोकिएको भएपनि टाढाबाट आएका बिरामीलाई उपचार गराउने प्रबन्ध गरिरहेको बताए। साथै उनले रुटिन ओटी (शल्यक्रिया) सोमबारदेखि नै ठप्प भएपनि इमर्जेन्सी अप्रेसन भने नरोकिएको बताए। ‘ओपिडी सुचारु नै छ, रुटिन ओटबाहेकका अन्य सेवाहरु पनि रोकिएको छैन,’उनले भने।
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५२ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
यो पनि पढौँ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस