बाढीपहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय
११ असार २०७८
•
२ मिनेट पाठ
बाढीपहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन प्राथमिकता दिने निर्णय गरेको छ। नवनियुक्त मन्त्री कृष्णगोपाल श्रेष्ठले पदभार ग्रहण गर्दै उक्त निर्णय गरेका हुन्।




उनले चाँडै नै कोभिड–१९ विरुद्धको खोप ल्याएर देशभर रोकथाम र नियन्त्रणमा काम गरिने बताए। “कोभिड–१९ विरुद्धको खोपका बारेमा धेरै अब हल्ला होइन, काम गरेर देखाउँछौँ”, उनले भने, “हामी कुराभन्दा काममा विश्वास गर्दछौं, त्यसैले हल्ला नगरीकन छिट्टै नै खोप ल्याएर चमत्कारी देखाउने छौँ।”

उनले खोप ल्याउनका लागि विभिन्न मुलुकसँग छलफल भइरहेको समेत बताए। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका मन्त्री श्रेष्ठले सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयबाट मात्रै कोरोना भाइरस नियन्त्रण गर्न सकिने भनाइ राखे।  

उनले कोभिड–१९ को तेस्रो लहरका लागि अहिलेदेखि नै सरकारले तयारी थालेको जानकारी दिए। उनले नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता रहेको भन्दै कोभिड–१९ नियन्त्रण गर्न सके अरू क्षेत्रलाई चलायमान गराउने सकिने धारणा राखे।  

यस्तै उनले तेस्रो लहरबाट बालबालिकालाई बचाउनका लागि स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधार बनाउन बैङ्किङ एशोसिएशनले उपलब्ध गराउने रु ३३ करोडको स्वीकृत गर्ने सैद्धान्तिक सहमतिमा निर्णय गरेका छन्।  

यस्तै उनले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि ६०० सघन उपचार कक्ष (आइसियु), १०० भेन्टिलेटर, एक हजार ४०० हाइडिपेन्डेन्सी युनिट (एचडियु), २५० बालबालिकाका लागि श्यया थप गर्ने निर्णयमा समेत हस्ताक्षर गरेका छन्।  

पदबहालीका क्रममा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले आगामी असोज मसान्तभित्र ३३ प्रतिशतलाई खोप दिनसके सङ्क्रमण नियन्त्रणको नजिकमा पुग्ने बताए। उनले एक करोड १० लाख खोप किन्ने प्रक्रिया सुरु गरिएको जानकारी दिए। उनले पहिलो र दोस्रो लहरको कोभिड–१९ को नियन्त्रण गर्न स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिकाले गर्दा अन्य देशको तुलनामा राम्रो काम भएको बताए।  

मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठ र डा रोशन पोखरेललगायतले लक्षित जनसङ्ख्यालाई खोप नै उपलब्ध गराउन सकेमात्र सङ्क्रमण कम गर्न सकिने धारणा राखेका थिए।
अर्को समाचार
बाढीपहिरो प्रभावित छुमगाउँमा उर्जामन्त्री श्रेष्ठ
३२ साउन २०७८
•
४ मिनेट पाठ
बाढीपहिरो प्रभावित छुमगाउँमा उर्जामन्त्री श्रेष्ठ
कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठ जुम्लाको बाढीपहिरो प्रभावित क्षेत्र पातारासी गाउँपालिका ३ छुम गाउँमा पुगेका छन्। उनले बाढीपहिरोले क्षति पुर्‍याएको क्षेत्रको अवलोकन गरेर प्राभावित गाउँका स्थानीयको समस्या संवोधनका लागि चासो लिएका हुन्। यही भदौ १२ गते बाढी पहिरोका छुम गाउँमा एक जनाको मृत्यु भएको थियो। 




२५ पशु चौपाय बगाएर लगेको थियो। दर्जन बढि काठेपुल बगाउनुका साथै अन्नबाली पुर्णरुपमा क्षति गरेको थियो। पिठो पिस्ने दर्जन बढि घट्ट पुरेको थियो। बाढीप्रभावित गाउँमा पुगेका उर्जामन्त्री श्रेष्ठले तत्काल राहतको लागि पहल थाल्ने बताए। उनले भने,बाढीपहिरो पीडितको समस्या प्रभावकारी ढंगले संवोधन गर्नका लागि गाउँमा पुगेका छौँ। जिल्लामै हुन सक्ने काम मन्त्रालय माताहतका कार्यालयबाट गर्न निर्देशन दिन्छु। जिल्लामा नहुने सहयोग प्रदेश सरकारले गर्नेछ। ’उनले तत्काल प्राकृतिक विपद्को घटनाको संवोधन गर्न विशेष पहल हुने बताए। यहाँको प्राकृतिक प्रकोप जोखिमको पहिचान गर्ने र रोकथामका लागि गर्नुपर्ने सबै काम गर्न मन्त्रालय तयार रहेको बताए।  

उनले मन्त्रालयमा, मन्त्रालय माताहतका कार्यालयमा र क्याविनेटमा समेत यहाँका नागरिकले बाढीपहिरोबाट भोग्नु परेको समस्या संवोधनका लागि छलफल चलाउने बताए। स्थानीय रणबहादुर महताराले गाउँमा बाढीले गरेको क्षेतिले आजित किसानको घरदैलोमा पुगेर उर्जा दिएकोमा मन्त्री प्रति खुसि व्यक्त गरे। उनले भने,‘अहिले सम्म गाउँमा बाढीपहिरोको कुनै पनि घटना भएको थिएन। पहिरो आउँछ भन्ने कल्पना समेत गरेका थिएनौँ। 

पुर्खा देखि नसुनेको र नदेखेको बाढीपहिरो आयो। हामी एकदम पीडित छौ। यहाँका बाढी प्रभावितले भोग्नु परेको समस्याको छिटोभन्दा छिटो संवोधन होस। ’बाढीपहिरोले १२ वटा घट्ट,२५ वटा पशुचौपाय,एक जना मान्छे र खेतियोग्य जमिन सबै बगाएर लगेको थियो। यो संगै घरीखोला भगवती मन्दिर आसपासको क्षेत्र क्षतिग्रस्त भएको छ। मन्दिर आसपासका २२ वटा धारा बगेका छन्। यो पहिरोले पुर्खाहरुका शिला र चिन्हहरु समेत बगाएर  लिइएको उनी बताउँछन्।  

स्याउ र ओखर नर्सरी,आलु,मकै,सिमी,चिनो,कागुनो र कोदो समेत बगाएर लगेको किसान बताउँछन्। गाउँभित्रका १ सय ७५ घर धुरीको झण्डै ६० हल जमिन बाढीपहिरोले बगाएको हो। उनले भने,‘पहिरोले गाउँको सुन्दरता गुम्यो। रोजीरोटी खोस्यो। हिड्ने पुलपुलेसा बगायो। अहिले बिजोग अवस्था छ। मन्त्री ज्यु,तत्काल प्रदेश सरकारको ध्यान जावस। ’

बाढीपहिरो पीडितले प्रहरी मुचुल्का सहित पातारासी गाउँपालिकामा पेस गरिसकेका छन्। प्रदेश र संघीय सरकार संग पहल गर्न आग्रह गरिएको स्थानीय बुढाले बताए। अहिले अन्न पिस्ने घट्ट बगाउँदा रोटी खानबाट बञ्चित छन्। पुल नहुदा हिडडुल गर्न सकस छ। अहिले सेतो चामलको भात र आलुको खान्की हुने गरेको स्थानीय बताउँछन्।  

७ वटा खहरे खोलाबाट आएको बाढी पहिरोले छुमखोलो कटान गरेर खेतियोग्य जमिन बगरमा परिणत गरेको छ। पातारासी गाउँपालिका अध्यक्ष लछिमान बोहोरा गाउँपालिकामा ठुलै विपत्ती आइलागेको बताउँछन्। उनले यहाँका बाढी पीडितको समस्या समाधानका लागि कहाँबाट के व्यवस्थापन गर्न सकिन्छ  सबै क्षेत्रमा पहल भइराखेको बताए। सामान्य रकमले यहाँको क्षति पुर्ति होला जस्तो देखिदैन। तर स्थानीय सरकार तत्काल राहतका कार्यक्रमका लागि पहल थालिरहेको अध्यक्ष बोहोराले बताए।  

उनका अनुसार छुमखोला,चौर खोला र लुम खोलामा एक्कासी बाढीपहिरो आउँदा ठुलो क्षति पुगेको छ। ‘बाढीपहिरोले झण्डै ८० मिटर सडक लगेको छ। तत्काल गर्नुपर्ने काम गर्न भनिसकेका छौँ। सदरमुकाम खलंगामा रहेको व्यापारी व्यवसायी संग सल्लाह गरेर उधारो सामाग्री दिनको लागि भनिसकेका छौँ। त्यसको व्यवस्थापन गाउँपालिकाले गर्ने तयारी भइरहेको छ,’अध्यक्ष बोहारोले भने।  

उर्जामन्त्री संगै जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा, विपद व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाई,नेपाल प्रहरीका डिएसपी दानबहादुर थापा,सशस्त्र प्रहरी बलका एसपी गगन श्रेष्ठ पनि बाढीग्रस्त क्षेत्रमा पुगेका थिए।  

उर्जामन्त्री श्रेष्ठले भोलि नै विपद् व्यवस्थापन समितिको बैठक बसाल्न भनिसकेको बताए। उनले विपद व्यवस्थापन समितिमा पनि यहाँका बाढी पहिरो र पीडितको समस्या संवोधनका लागि छलफल हुने बताए। मन्त्री श्रेष्ठले जुम्ला तिला, तातोपानी ,सिँजा र कनकासुन्दरी गाउँपालिकामा बाढी पहिरोले पुर्याएको क्षेतिको बारेमा अवलोकन तथा बाढीप्रभावित स्थानीयसंग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रीका स्वकीय सचिव महेन्द्र कार्कीले जानकारी दिए।
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस