ताप्लेजुङमा ७१ प्रतिशत कोरोना संक्रमणमुक्त
२२ असार २०७८
•
१ मिनेट पाठ
ताप्लेजुङमा ७१ प्रतिशत कोरोना संक्रमणमुक्त
ताप्लेजुङमा करिव ७१ प्रतिशत कोरोना संक्रमणमुक्त भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यो विवरणअनुसार अहिले ताप्लेजुङमा कोरोना संक्रमितको संख्या ४ सय १७ रहेको छ। जिल्ला प्रशासन कार्यालयका कोभिड –१९ सम्पर्क व्यक्ति खरिदार बिजय गोठाले गौतमका अनुसार कूल संक्रमितमध्ये १ हजार २१ जना संक्रमणमुक्त भएका छन्। 




१ हजार ४ सय ४३ जना कूल संक्रमित रहेकोमा अहिले ४ सय १७ जना अर्थात् करिव २९ प्रतिशत सक्रिय संक्रमित रहेको गौतमले जानकारी दिए। सक्रिय संक्रमित मध्ये ३ सय ९९ जना होम आइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

संस्थागत क्वारेन्टिनमा २ जना रहेका छन्। १३ जना जिल्ला अस्पतालको आइसोलेसनमा र १ जना सिरिजंगा गाउँपालिकाले बनाएको संस्थागत आइसोलेसनमा रहेको समेत जिल्ला प्रशासन कार्यालयले जनाएको छ। २ जना संक्रमितलाइ थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको जानकारी समेत प्रशासनले दिएको छ। जिल्ला प्रशासन कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति गौतमले आफूहरुको अभिलेखमा भने कोरोना संक्रमणका कारण जिल्ला भित्रै १४ जना मानिसको ज्यान गएको विवरण रहेको बताए। 

स्वास्थ्य कार्यालयले ताप्लेजुङ स्थायी ठेगाना भइ अन्यत्र उपचारका क्रममा मृत्यु भएका समेतको विवरण राख्ने गरेको छ। स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार कोरोनाको दोस्रो भेरिएन्ट सुरुभएयता २० जनाको ज्यान गएको छ। कोरोनाको दोस्रो भेरिएन्ट सुरुभएयता ताप्लेजुङमा एन्टीजेन बिधि बाट ३ हजार ६ सय ८० र पीसीआर बिधिबाट २ हजार २ सय ३५ गरी ५ हजार ९ सय १५ जनाको परीक्षण गरिएको थियो। त्यसमध्ये पीसीआर बिधि बाट ५ सय ६९ र एन्टीजेन बिधिबाट ८ सय ७४ जना संक्रमितको पहिचान भएको विवरण समेत प्रशासन कार्यालयले उपलब्ध गराएको छ।  
अर्को समाचार
ताप्लेजुङमा कोरोना संक्रमणमुक्त हुने दर १८ प्रतिशत
१४ जेष्ठ २०७८
•
१ मिनेट पाठ
ताप्लेजुङमा कोरोना संक्रमणमुक्त हुने दर १८ प्रतिशत
ताप्लेजुङमा करिव १८ प्रतिशत मात्र कोरोना संक्रमणमुक्त भएका छन्।




पीसीआर र एन्टिजेन गरी ६ सय २६ हुँदा संक्रमित हुँदा १ सय ७ जना संक्रमणमुक्त  भएका छन्। जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलका अनुसार पीसीआर परीक्षणबाट संक्रमित पुष्टि भएका ४ सय ६९ जनामध्ये ९५ जना संक्रमणमुक्त  भएका छन्।

एन्टिजेन परीक्षणबाट संक्रमण पुिष्ट भएका १ सय ५७ जनामध्ये १ सय ४० जना संक्रमणमुक्त भएका छन्। एन्टिजेन र पीसीआर परीक्षणबाट संक्रमण पुष्टि भएकामध्ये यहिँ परीक्षण गरिएका ९ र अन्यत्र परीक्षण गरिएका १ गरी १० जनाको मृत्यु भइसकेको छ।

स्वास्थ्य कार्यालयका अनुसार संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढी सक्रिय संक्रमित फुङ्लिङ नगरपालिकामा रहेका छन्। फुङ्लिङ नगरपालिकामा २ सय ९६ जना पीसीआर र ३ जना एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएका गरी २ सय ९९ जना सक्रिय संक्रमित रहेका छन्।

यस्तै मेरिङ्देन गाउँपालिकामा पीसीआर परीक्षणबाट पुष्टि भएका २७ जना, आठराइ त्रिवेणी गाउँपालिकामा पीसीआरबाट पुष्टि भएका ५ र एन्टिजेनबाट पुष्टि भएका ३६ जना गरी ४१ जना, मैवाखोला गाउँपालिकामा पीसीआर परीक्षणबाट पुष्टि भएका २ जना र एन्टिजेनबाट संक्रमण पुष्टि भएका १० गरी १२ जना सक्रिय संक्रमित रहेका छन्।

यस्तै मिक्वाखोला गाउँपालिकामा पीसीआर परीक्षणबाट संक्रमित पुष्टि भएका १६ जना, पाथीभरा याङ्वरकमा पीसीआरका ११ र एन्टिजेनका १० गरी २१ जना, सिरिजङ्घा गाउँपालिकामा एन्टिजेनका १४ र पीसीआरका १५ गरी २९ जना, फक्ताङ्लुङमा एन्टिजेनबाट संक्रमण पुष्टि भएका ६ जना र सिदिङ्वा गाउँपालिकामा पीसीआर परीक्षणबाट संक्रमण पुष्टि भएका ६ जना सक्रिय संक्रमित रहेका छन्।

यस्तै ताप्लेजुङ जिल्ला अस्पतालमा एन्टिजेन परीक्षणबाट संक्रमत पुष्टि भएका ६१ जना सक्रिय संक्रमित रहेका छन्। 
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३३ सेकेन्ड अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस