तलब नपाएको भन्दै मेडिकल कलेजका कर्मचारी आन्दोलित
०४ साउन २०७८
•
२ मिनेट पाठ
तलब नपाएको भन्दै मेडिकल कलेजका कर्मचारी आन्दोलित
आन्दोलनमा उत्रिएका नेपालगन्ज मेडिकल कलेजका कर्मचारी । तस्बिर : नागरिक
तलब, भत्ता नपाएको भन्दै नेपालगन्ज मेडिकल कलेजका कर्मचारी आन्दोलित भएका छन्। लर्डवुद्ध एजुकेशनल एकेडेमी अन्तर्गतको नेपालगन्ज मेडिकल कलेजका कर्मचारी विगत चार दिनदेखि आन्दोलनमा उत्रिएका हुन्। आन्दोलन स्वरुप उनीहरुले कलेजका प्रबन्ध निर्देशकको कार्यकक्ष, प्रशासन र लेखा शाखामा तालाबन्दी गरेका छन्।  




कलेज प्रशासनले अधिकांस कर्मचारी तथा स्वास्थ्यकर्मीलाई विगत ३/४ महिनाको तलब, भत्ता नदिएको आन्दोलनरत कर्मचारीको गुनासो छ। कर्मचारीको आन्दोलनका कारण मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुरको सेवा प्रभावित भएको छ। कलेजका कर्मचारीहरु दिनहुँजसो आन्दोलन गरिरहेका छन्।  

आन्दोलनरत कर्मचारीले आफूहरुले विगत ३/४ महिनादेखि तलब, भत्ता कत्तिपनि नपाएको गुनासो गरे। ‘पहिला नियमित रुपमा तलब खुवाउँदै आएको मेडिकल कलेजले तलब दिन छाडेको तीन महिनाभन्दा बढी भईसक्यो,’ आन्दोलनरत एक स्वास्थ्यकर्मीले भनिन्, ‘त्यत्रो कोरोना महामारीमा ज्यानको बाजी थापेर काम गरियो, न जोखिम भत्ता पाईयो, न त आफ्नो मासिक तलब।’  

मेडिकल कलेज प्रशासनले कर्मचारीलाई तलब नदिएर ठूलो अन्याय गरेको उनको दुखेसो छ। नेपालगन्ज मेडिकल कलेजका प्लाष्टिक सर्जन डा. विनोद कर्णले तलब, भत्ता नपाएर आफूहरु अन्यायमा परेको बताए। ‘मैले पनि ३/४ महिनाको तलब पाएको छैन, तलब नपाएपनि बिरामीको उपचार गरिराखेका छौं,’ उनले भने। नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष समेत रहेका डा. कर्णले मेडिकल कलेजका कर्मचारीको आन्दोलनलाई संघको पनि साथ रहेको बताए। उनले अगाडि थपे, ‘आफ्नो ज्यान जोखिममा राखेर कोभिडको समयमा दिनरात काम गर्‍यौं, तर पाउनुपर्ने पारिश्रमिक नै पाएनौं।’

नेपालगन्ज मेडिकल कलेजका उप–निर्देशक डा. दिनेश श्रेष्ठले कर्मचारीको आन्दोलन चलिरहेको बताए। ‘तलब नपाएपछि कर्मचारीको आन्दोलन चलिरहेको छ, सबै कर्मचारीको समस्या एउटै हो,’ उनले भने, ‘धेरैजसो कर्मचारीले वैशाख महिनादेखि तलब पाएका छैनन्।’  

आफूले पनि विगत चार महिनादेखि तलब, भत्ता नपाएको उपनिर्देशक श्रेष्ठले सुनाए। कर्मचारीको आन्दोलनको विषयमा मेडिकल कलेज कर्मचारी युनियनले भने प्रतिक्रिया दिएका छैनन्। मेडिकल कलेज बिक्रीको प्रक्रिया अगाडि बढिसकेको हल्ला चलिरहेका बेला लामो समयदेखि तलब नपाएपछि कर्मचारी थप सशंकित भएका हुन्। यस विषयमा प्रतिक्रिया लिन कलेजका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडियालाई सम्पर्क गर्दा उनले फोन उठाएनन्।
अर्को समाचार
बढुवा रोकेको भन्दै कर्मचारी आन्दोलित
२६ साउन २०८०
•
२ मिनेट पाठ
बढुवा रोकेको भन्दै कर्मचारी आन्दोलित
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कर्मचारीका बढुवा प्रक्रियामा युवा तथा खेलकुद मन्त्रालयले अवरोध पुर्याएको भन्दै चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेका छन्।




राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै करिब तीन दशकसम्म बढुवा नभएका कर्मचारीको पदोन्नतिका विषयमा काम भइरहँदा आफ्नो मन्त्रालयले त्यसलाई रोक्ने काम गरेको भन्दै चरणबद्ध रूपमा आन्दोलन गर्ने जनाएको हो। देशभर जिल्ला खेलकुद र केन्द्रमा गरेर करारसहित करिब आठ कर्मचारीहरू नेपाली खेलकुदमा छन्। यद्यपि, यीमध्ये केही २८ वर्षसम्म एउटै पदमा कार्यरत छन्।  

उनीहरूको बढुवा प्रक्रियाका लागि लामो समयदेखि प्रयास भए पनि हुन सकिरहेको छैन। पछिल्लो समय भने नियमसम्मत रूपमा तीन सय ८५ जना कर्मचारीको बढुवा प्रक्रियाको काम अन्तिम चरणमा पुगेपछि युवा तथा खेलकुद मन्त्रालयले रोकेको राखेपका कर्मचारीले आरोप लगाएका छन्। राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघकी अध्यक्ष सरस्वती केसीले मन्त्रालयकै कर्मचारीले आफूहरूको बढुवा हुन नदिने काम गरिरहेको बताइन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङको संयोजकत्वमा रहेको पाँच सदस्यीय पदपूर्ति समितिले आवश्यक प्रक्रिया पुर्याएर लामो समयदेखि बढुवा नभएका कर्मचारी (प्राविधिक र प्रशासनिक) पदोन्नतिको काम अगाडि बढाएको थियो। उक्त पदपूर्ति समितिका सदस्यहरूमा राखेपका विभागीय प्रमुख, खेलकुद मन्त्रालयका प्रतिनिधि र खेलकुद विज्ञ (विजेन्द्र हमाल र चन्द्रकान्त पण्डित) थिए। तर, मन्त्रालयका प्रतिनिधिले भने बढुवा प्रक्रिया अगाडि बढाउन नमानेको कर्मचारीहरूको आरोप छ।  

राखेपका कर्मचारी संघका महासचिव कुमार बस्नेतले मन्त्रालका सहसचिवद्वय कुमार दाहाल र युगनारायण श्रेष्ठले कर्मचारीहरूको बढुवा प्रक्रिया रोकेको आरोप लगाएका छन्। कर्मचारी सेवासर्त नियमावलीमा अधिकृतभन्दा तल १२ वर्ष, अधिकृतको १५ वर्ष, अधिकृत दितीयदेखि प्रथममा १८ वर्षसम्म एउटै पदकमा काम गरेको र आवश्यक शैक्षिक योग्यता पनि पुगेका बढुवा हुन पाउने प्रक्रिया रहेको राखेपअन्तर्गत कर्मचारी संघले जनाएको छ। आफूहरूको माग सुनुवाई नभए प्रशिक्षकहरूले प्रशिक्षणको कार्यक्रम नै नगर्ने कर्मचारीहरूले चेतावनी दिएका छन्।
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २० सेकेन्ड अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस