मेडिकल प्रवेश परीक्षामा सहभागिता जनाउने विद्यार्थीको एपेक्सले गर्‍यो निःशुल्क पिसिआर परीक्षण
०८ साउन २०७८
•
४ मिनेट पाठ
मेडिकल प्रवेश परीक्षामा सहभागिता जनाउने विद्यार्थीको एपेक्सले गर्‍यो निःशुल्क पिसिआर परीक्षण
चिकित्यसा शिक्षा आयोगले साउन ९ गतेदेखि स्नातक तहको एकीकृत प्रवेश परीक्षा संचालन गर्ने तय गरेको छ। कोरोना महामारी उच्च जोखिमबीच साउन ९ गतेदेखि १३ गतेसम्म संचालन हुने प्रवेश परीक्षामा सबै परीक्षार्थीलाई  पिसिआर रिपोर्ट अनिवार्य गरेको सूचना आयोगले सार्वजनिक गरेको छ। आयोगले  विद्यार्थीकोलागि पिसिआर रिपोर्ट अनिवार्य गरेलगत्तै परीक्षाको तयारीमा जुटेका विद्यार्थी चिन्तित बनेका थिए। एकातिर अस्पतालहरूमा 'कोभिड भ्याक्सिन' लिनेहरूको भिड छ भने अर्काेतर्फ परीक्षणको शुल्कमा पनि अस्पतालहरूले मनोमानी शुल्क लिने गरेका छन्।  




यस्तो अवस्थामा पुतली सडकमा रहेको एपेक्स मेडिकल एन्ड इन्जिनियरिङ्ग एजुकेशन एकेडमीले विद्यार्थीको चिन्ता हटाउन आफ्नाे प्राङ्गणमै स्वाब परीक्षण सेवा निःशुल्क उपलब्ध गराएर विद्यार्थीलाई राहत दिएको मेडिकल परीक्षा तयारीमा रहेको विद्यार्थीहरू बताउँछन्। ‘आयोगले ७२ घन्टा भित्रको पिसिआर रिपोर्ट भए मात्र परीक्षामा सहभागिता जनाउने सूचना सार्व जनिक गरे लगत्तै हामी अस्पतालहरूमा बुझ्यौं। दुइ हजारदेखि ५ हजार सम्म शुल्क लाग्ने रहेछ,’ बिहिबार एपेक्समा स्वाब दिन पुगेका कुमार साहले भने ‘फेसबुकमा एपेक्सले मेडिकल विद्यार्थीकोलागि स्वाब संकलन गर्ने व्यवस्था मिलाएको सूचना प्राप्त गरेपछि म यहाँ आएर स्वाब दिएँ।’ साउन ९ गते परीक्षाको तयारीमा जुटेका साहले थपे ‘ल्याब परीक्षण शुल्क ८ सय ५० मात्र लाग्ने रहेछ। अरू सेवाहरू निःशुल्क छ। अस्पतालमा जस्तो भिड पनि छैन। कोभिड सर्ने त्रास पनि छैन।’ साह पेन्टागन कलेजमा विज्ञानका कक्षा १२ का विद्यार्थी हुन्।

धनगढीका कल्याण विष्ट पनि बिहिबारै एपेक्स पुगेर स्वाब दिन पाउँदा निकै खुसी बनेको अनुभव सुनाए। टेकु पुग्दा भिड देखेरै त्रसित बनेको विष्टलाइ एपेक्समा लाइननै नबसेर स्वाब दिनु सबै भन्दा खुसीको कुरा लाग्यो। परीक्षण शुल्क पनि निकै सहुलियत रहेको उनको भनाई छ।‘स्वाब संकलन गरेको ६ घन्टा भित्रै रिपोर्ट मोवाइलमा एसएमएस बाटै आउने रहेछ, पेसले खुसी हुँदै भने ‘लाइन पनि लाग्नु परेन। भिडले कोरोना सर्ने त्रास पनि भएन। ढुक्क् भएर स्वाब दिएँ। एपेक्स मेडिकल एन्ड इन्जिनियरिङ्ग इजुकेशन एकेडमीका संचालक हरि पौडेलले सरकारले मेडिकलका प्रवेश परीक्षा दिने विद्यार्थीहरूकोलागि पिसिआर अनिवार्य गरेपछि परीक्षाका तयारीमा रहेका विद्यार्थीहरूलाई निकै तनाव भएको सूचना आफूले प्राप्त गरेको जनाए। एपेक्स मेडिकल प्रवेश परीक्षा तयारी गराउने एकेडमी भएकोले पनि आफू विद्यार्थीको हितमा पिसिआरको व्यवस्था सहजरूपमै एकेडमी मै गराएको उनको भनाई छ।

संचालक पौडेलले नागरिकसँग भने ‘ विद्यार्थीलाई  अस्पताल गएर भिडभाड र लाइन बस्नु परेन। स्वाब संकलन गरेको ६ घन्टा भित्रमै रिपोर्ट माेबाइलमै आउँछ।’ उनका अनुसार साउन ११ गते सम्म विहान ७ बजेदेखि बेलुका ७ बजे सम्म परीक्षणको व्यवस्था गरिएको छ। सिसिएमसीले परीक्षा संचालनको स्वीकृति दिँदानै कोभिड १९ को उच्च जोखिमलाई ध्यानमा राख्दै पिसिआर अनिवार्य गरे अनुसार आयोगले सूचना प्रकाशित गरेको आयोगका प्रवक्ता डिल्ली लुइँटेलले बताए। उनका अनुसार आयोगले तीन दिन लगाएर विद्यार्थीले रूचाएको ठाउँमै परीक्षा केन्द्र तोक्न फारम भराएको थियो। सोहि अनुसार अब केन्द्र तोकिएको छ।

विदेशी परीक्षार्थी र परीक्षा केन्द्र स्थान छनोट गर्न छुटेका परीक्षार्थीको हकमा काठमाडौं उपत्यकामा परीक्षा केन्द्र कायम गरिएको उनले जनाए। परीक्षा केन्द्र सम्बन्धी विवरण प्रवेश पत्रमा उल्लेख गरिएको छ। प्रवक्ता लुइँटेलका अनुसार यस पटक आयोगले पहिलो पटक एकीकृत प्रवेश परीक्षा संचालन तथा व्यवस्थापन गर्दैछ।

‘विगतमा विश्वविद्यालयहरूले आ–आफ्नै हिसाबले प्रवेश परीक्षा लिने गरेका थिए। जसका कारण धेरै अनियमितता भएको गुनासो आयो। त्यसपछि सरकारले मेडिकल प्रवेश परीक्षामा एकरूपता कायम गर्न आयोगलाई एकीकृत रूपमा परीक्षा संचालन र व्य वस्थापनको जिम्मेवारी दिएको हो,’ प्रवक्ता लुइँटेलले नागरिकसँग भने ‘यस पटक काठमाडौं र काठमाडौं  बाहिर गरी पाँच स्थानबाट केन्द्र तोकेर आयोगले परीक्षा संचालन गर्दैछ। उनका अनुसार यस पटक काठमाडौंमा २८, धरानमा १९, चितवनमा १७, पोखरामा ११ र नेपालगंजमा ८ गरी कुल ८३ परीक्षा केन्द्रबाट विद्यार्थीहरूले परीक्षा दिदै छन्।  कोभिड १९ पिसिआरको रिपाोर्ट पोजेटिभ भएको परीक्षार्थीहरूलाई छुट्टै कोठामा राखेर परीक्षा संचालन गर्ने व्यवस्था भएकोले त्यस्ता परीक्षार्थीले आयोगको इमेल ठेगानामा अग्रिम जानकारी गराउनु पर्ने छ।

त्यस्तै परीक्षार्थीलाई आयोगको वेबसाइटमा रहेको केस इन्भेष्टिगेसन एण्ड कन्ट्रयाक ट्रेसिङ्ग सेल्फ डिक्लिरेसन फारम भरी आवश्यक विवरण अनिवार्य गरिएको छ। यस पटक मेडिकलको एमबिबिएस,बिडिएस,बिएससी नर्सिङ,बिएएसएलएफ,बिपरफ्युजन टेक्नोलोजी,बिएएमएस,बिएनएस, बिएससी एमएलटी, बिएससी एमआइटी, बि फार्म,अपटोमेट्री। बिपिटी र बिपिएच गरी स्नातक तहको कुल १३ विषयकोलागि कुल ३२ हजार ८ सय ६६ ले परीक्षा दिँदै छन्। सबै भन्दा बढी एमबिबिएसमा ११ हजार २ सय ९९ले परीक्षा दिँदै छन्। दोस्रोमा बिडिएसमा ४ हजार ५ सय ३६ तेस्रोमा बिएससी नर्सिङमा कुल चार हजार तीन विद्यार्थीले परीक्षा दिँदै छन्। आयोगको ऐन अनुसार कुल परीक्षार्थीको १० प्रतिशत कोटा विदेशी विद्यार्थीकोलागि तोकिएको छ। यस पटक  भारत, बंगादेश, श्रीलंकालगाएतका विदेशी विद्यार्थीहरूको सख्या ५ सय हाराहारीमा छ।
अर्को समाचार
मेडिकल प्रवेश परीक्षा दिन ७२ घण्टाभित्रको पिसिआर अनिवार्य
१७ असार २०७८
•
२ मिनेट पाठ
मेडिकल प्रवेश परीक्षा दिन ७२ घण्टाभित्रको पिसिआर अनिवार्य
चिकित्सा शिक्षा आयोगले साउन ९ गतेदेखि स्नातक तहको एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने तय गरेको छ। साउन ९ देखि १३ गतेसम्म सञ्चालन हुने प्रवेश परीक्षामा सबै परीक्षार्थीलाई पिसिआर रिपोर्ट अनिवार्य गरेको सूचना आयोगले सार्वजनिक गरेको परीक्षा तालिकामा उल्लेख छ।




सिसिएमसीले परीक्षा सञ्चालनको स्वीकृति दिँदा नै कोभिड–१९ को उच्च जोखिमलाई ध्यानमा राख्दै पिसिआर अनिवार्य गरेअनुसार आयोगले सूचना प्रकासित गरेको आयोगका प्रवक्ता डिल्ली लुइँटेलले बताए। उनका अनुसार आयोगले तीन दिन लगाएर विद्यार्थीले रुचाएको ठाउँमै परीक्षा केन्द्र तोक्न फारम भराएको थियो। सोही अनुसार अब केन्द्र तोकिने छ।

‘सिसिएमसीले परीक्षा सञ्चालन गर्न स्वीकृति दिँदा नै विद्यार्थीले रोजेको ठाउँअनुसार केन्द्र तोक्नुपर्ने र स्वदेशी विद्यार्थीको सवालमा परीक्षाको दिनुभन्दा ७२ घन्टाभित्रको पिसिआर रिपोर्ट अनिवार्य गरेको हो,’ प्रवक्ता लुइँटेलले भने, ‘विदेशी विद्यार्थीको हकमा भने ७ दिनको क्वारेन्टिन अनिवार्य गरेको छ। यसपटक परीक्षार्थीले आफूलाई पायक पर्ने केन्द्रबाट परीक्षा दिने पाउने भएका छन्। आयोगको परीक्षा निर्देशनालयले केन्द्र तोक्ने र जनशक्ति व्यवस्थापनबारे समन्वय गरिरहेको छ।’

विदेशी परीक्षार्थी र परीक्षा केन्द्र स्थान छनोट गर्न छुटेका परीक्षार्थीको हकमा काठमाडौं उपत्यकामा परीक्षा केन्द्र कायम गरिएको आयोगले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ। ‘प्रवेशपत्र परीक्षा सुरु हुनुभन्दा ५ दिनअगाडि परीक्षार्थी आफैंले अनलाइन माध्यमबाट प्रिन्ट गर्न सकिने ब्यवस्था गरिएको छ,’ आयोग प्रवक्ता लुइँटेलले भने, ‘सबै परीक्षार्थीले सरकारले कायम गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्नुपर्छ। कोभिड १९ पिसिआरको रिपाोर्ट पोजेटिभ हुने परीक्षार्थीलाई छुट्टै कोठामा राखेर परीक्षा सञ्चालन गर्ने व्यवस्था भएकोले त्यस्ता परीक्षार्थीले आयोगको इमेल ठेगानामा अग्रिम जानकारी गराउनु पर्छ।’

त्यस्तै परीक्षार्थीलाई आयोगको वेबसाइटमा रहेको तोकिएको स्वघोषणा फारम भरी आवश्यक विवरण दिन अनिवार्य गरिएको छ। यसपटक एमबिबिएस, बिडिएस, बिएस्सी नर्सिङ, बिएएसएलएफ, बिपरफ्युजन टेक्नोलोजी, बिएएमएस, बिएनएस, बिएससी एमएलटी, बिएससी एमआइटी, बि फार्म, अपटोमेट्री, बिपिटी र बिपिएच गरी स्नातक तहका १३ विषयका लागि कुल ३२ हजार ८ सय ६६ परीक्षार्थीले परीक्षा दिँदैछन्। ‘सबैभन्दा बढी एमबिबिएसमा ११ हजार २ सय ९९, दोस्रोमा बिडिएसमा ४ हजार ५ सय ३६ तेस्रोमा बिएससी नर्सिङमा ४ हजार ३ विद्यार्थीले परीक्षा दिँदैछन्।’
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस