उपत्यकामा कोरोना बिरामी भर्ना ह्वात्तै बढ्यो
१८ साउन २०७८
•
४ मिनेट पाठ
उपत्यकामा कोरोना बिरामी भर्ना ह्वात्तै बढ्यो
निषेधाज्ञा खुलेपछि उपत्यकामा बढ्दो कोरोना संक्रमणसँगै अस्पतालमा भर्ना हुने बिरामीको संख्या बढ्दै गएको अस्पतालहरूले जनाएका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका अनुसार केही दिनयता दैनिक २० देखि २५ जना कोरोना संक्रमित बिरामी लक्षणसहित भर्ना हुन आएका छन्। अस्पतालमा आइतबार भर्ना भएका बिरामीको संख्या १ सय २६ पुगिसकेको छ। 




अस्पतालमा कोभिड वार्डको बिरामी भर्ना क्षमता १ सय ४५ मात्र छ। बिरामी बढेै जान थालेपछि अस्पतालले कोभिड वार्डमा भर्ना थप गर्दै जाने तयारी गरिरहेको कोभिड १९ उपचार संयोजक तथा उपनिर्देशक डा. सन्तकुमार दासले बताए। एक महिनाअघि भर्ना हुनेको संख्या घटेपछि अस्पतालले कोभिड बाहेकका बिरामीको उपचारमा पनि प्राथमिकता बढाउँदै गएको थियो।  

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार २ सय ११ जना कोभिड संक्रमित भर्ना भएका छन्। तीमध्येमा २५ जना आइसियुमा र १ सय ८० जना हाइडिपेन्डेन्सी वार्डमा भर्ना भएका हुन्। दुई सातादेखि भर्ना हुन सुरु भएका बिरामी केही दिनदेखि दैनिक २५ देखि ३५ जनाको दरले भर्ना भइरहेको अस्पतालका निर्देशक डा. रवी शाक्यले जानकारी दिए। उनी भन्छन्, ‘निषेधाज्ञा खुकुलो भएपछि संक्रमण बढेको हो।’

वीर अस्पतालमा ५ सय क्षमताको कोभिड अस्पताल रहेकोमा आइतबारसम्ममा ९२ जना संक्रमित भर्ना भइसकेका छन्। तीमध्येमा ७० जना आइसियुमा छन्। अस्पतालको आइसियु क्षमता १ सय शैड्ढया हो। यो अस्पतालमा दैनिक १०÷१२ जनाको दरले भर्ना हुने गरेको अस्पतालका युनिफाइड कोभिड डेजिनेटेट अस्पतालका प्रमुख प्रशासक डा. जागेश्वर गौतमले जानकारी दिए।  

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको सबै वार्ड कोरोना संक्रमितले भरिएको अस्पतालले जनाएको छ। अस्पतालमा ४० जनरल शैड्ढया, २० आइसियुको क्षमता हो। चार÷पाँचदेखि दैनिक लक्षण भएका बिरामीको भर्ना हुने दर बढेको अस्पतालका अनुसन्धान विभाग प्रमुख डा. शेरबहादुर पुनले बताए।  

चिकित्सकका अनुसार लक्षण भएका बिरामी भर्ना भएका छन्। ‘भर्ना भएका धेरैजसो आइसियु तथा अक्सिजन चाहिने अवस्थाका धेरै छन्,’ शिक्षण अस्पतालका कोभिड १९ संयोजक डा. दासले भने। भर्ना हुनेहरू खोप केन्दबवाट एक साताअघि खोप लिन गएका धेरै भेटिएको चिकित्सकको भनाइ छ। ‘खोप लगाउन गएको पाँच/दिनपछि ज्वरो आएर भर्ना हुन आएको पाइएको छ,’ डा. दासले भने। ‘बिरामीको कुरा बुझ्दा खोप केन्द्र र खोप प्रमाणीकरणको लाइनबाटै सरेको देखिन्छ,’ डा. पुनले भने।  

संक्रमणको स्रोत खोप केन्द्र र प्रमाणीकरण स्थल  

निषेधाज्ञा खुलेसँगै व्यापारिक केन्द्रदेखि सार्वजनिक यातायात खुल्नु र जनस्वास्थ्यको मापदण्ड पालना गर्न छोड्दै जानुले संक्रमण तिब्र रूपमा फैलिएको चिकित्सकहरूको विश्लेषण छ। समयमै जनस्वास्थ्यको मापदण्ड पालना नगरेमा संक्रमणदर थप चुचुरोमा पुग्न सक्ने चिकित्सकहरूले औंल्याएका छन्। डा. दासका अनुसार अहिलेको कोभिड संक्रमण मौसमी नभई जनस्वास्थ्य मापदण्ड उल्लंघनकै कारणले भएको हो। नेपालमा कोरोना संक्रमण दोस्रो लहरको नियन्त्रण विना नै निषेधाज्ञा खुला गरिएकोले पुनः तीव्र संक्रमणतिर गएको हो। कोभिड संक्रमण फैलिने तरिकामा कुनै मौसम नभएर जनस्वास्थ्यको मापदण्डको उल्लघंन नै प्रमुख कारण देखिएकोले आम सबैले खोप नलाएसम्म जनस्वास्थ्यको मापदण्ड कडाइपूर्वक पालना गर्न डा. दासको सुझाव छ।

त्यसबाहेक सरकारले मानिसको बढी जमघट हुने स्थल सार्वजनिक यातायात, बजारलगायत पुनः बन्द गर्नुपर्ने आवश्यकता देखिन्छ। ‘सार्वजनिक बस र बजार पुनः बन्द नगरेमा संक्रमण दोस्रो लहरकै रूपमा फैलिन सक्छ,’ उनले भने। दोस्रो लहरकै जस्तो संक्रमित बढेमा अहिले पनि अस्पताल सबै किसिमले सक्षम नभएकोले सरकार र जनता दुवैले कडाइका साथ जनस्वास्थ्यमा मापदण्ड पालना गर्नु पर्ने देखिएको उनको भनाइ छ। ‘ अक्सिजन, शैड्ढया भए पनि जनशक्ति पर्याप्त तयारी अवस्थामा छैनन्,’ डा. दासले भने।  

अहिले पनि धेरै जनसंख्याले खोप लगाउन बाँकी रहेकोले सरकारले जसरी पनि समयमै सवैलाई खोप दिने कार्यमा लाग्नु पर्ने डा. पुनको सुझाव छ। ‘खोप केन्द्र सुरक्षित बनाएर मात्र खोप दिनुप¥यो,’ उनले भने। सुरक्षित खोप केन्द्रको लागि सरकारले खुला ठाउँहरूलाई प्रयोग गर्नसक्ने डा. पुनको सुझाव छ। खोप लगाएका र नलगाएकामा बराबर भाइरल लोड देखिएकोले खोप लगाएकाहरूले पनि कोरोना सार्ने सम्भावना भएकोले कडाइपूर्वक जनस्वास्थ्यको मापदण्ड पालना नै मुख्य उपाय भएको डा. पुनले बताए।

‘अस्पतालमा आएका बिरामीहरूमा हेर्दा खोप लगाएका र नलगाएकाहरूमा कोभिड–१९ को भाइरल लोड बराबर देखिएको छ,’ उनले भने। डा. पुनका अनुसार खोप लगाएकाहरूबाट पनि अरूमा संक्रमण भएपछि अमेरिकाले आफ्ना नागरिकलाई खोप लगाउनको लागि १ सय रूपैयाँ डलर दिएर पनि खोप लगाउने निर्णय गरेको देखिन्छ। नेपालमा पनि छिटोभन्दा छिटो सबैलाई खोप दिन सकेमा कोरोनाको जोखिम र मृत्युबाट बचाउन सकिन्छ।  

संक्रमण दर २० प्रतिशत  

गत चौबिस घण्टामा नेपालमा कोरोना संक्रमण दर २०.३ प्रतिशत रहेको छ। परिक्षण भएका १२ हजार ३ सय ३६ वटा नमुनामध्येमा १२ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो। थप संक्रमितसहित नेपालमा कुल संक्रमित संख्या ७ लाख ५९ हजार ३ सय ७ जना पुगेका छन्। आइतबार अघिल्लो दुई दिनको तुलनामा केही प्रतिशत कम संक्रमण दर रहे पनि परिक्षण संख्या पनि कम रहेको तथ्यांकले औंल्याएको छ। संक्रमण दर एक सातायता २५ प्रतिशतको वरिपरी देखिएको थियो। गत चौबिस घण्टामा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। थपसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९ हजार ८ सय ७५ पुगेको छ।
अर्को समाचार
उपत्यकामा सङ्क्रमण बढेसंगै अस्पताल भरिए
१९ साउन २०७८
•
३ मिनेट पाठ
उपत्यकामा सङ्क्रमण बढेसंगै अस्पताल भरिए
काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी पनि ह्वात्तै बढेका छन्। पछिल्लो पटकको निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यका मापदण्डमा कडाई नहुँदा केही दिनयता दिनहुँजसो बिरामी बढेका हुन्।  




कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल), शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, पाटन अस्पताल, शिक्षण अस्पताललगायत संस्थामा बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको छ।

दैनिक सङ्क्रमित बढेपछि कोभिड–१९ उपचारका लागि छुट्याइएका सघन उपचारकक्ष (आइसीयु), हाइडिपेन्डेन्सी युनिट (एचडीयु), भेन्टिलेटर र साधारण शय्या भरिएका छन्। सशस्त्र प्रहरी बल अस्पतालका डा प्रवीण नेपालले अस्पतालका सबै शय्या भरिएको जानकारी दिए। उनका अनुसार १० दिन यतादेखि बिरामीको सङ्ख्या बढ्दै गएपछि शय्या भरिएका हुन्। 'सङ्क्रमितहरु आउने क्रम बढेकाले हामीसँग भएका २०० शय्या भरिन्छन् होला', उनले भने, 'अहिले बिरामी पनि पहिलेका जस्तै श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने समस्या रहेको छ।'

उनका अनुसार आइसीयूमा २०, एचडीयूमा ५० र साधारण शय्यामा १३० जना बिरामी रहेका छन्। अहिले सङ्क्रमणको दोस्रो लहर चलिरहेको छ। दोस्रो लहर गत चैतबाट सुरु भएको हो। दोस्रो लहरसँगै बिरामी बढ्न थालेका हुन्। दोस्रो लहरमा सङ्क्रमितलाई ज्वरो आउने, निमोनिया हुने, श्वासप्रश्वासमा समस्या आउनेजस्ता समस्या देखिएको छ। सङ्क्रमणको दोस्रो लहर गत वैशाख अन्तिम सातामा उच्च विन्दुमा पुगेको थियो।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निषेधाज्ञा खुला राखेर जनस्वास्थ्यका मापदण्ड लागू नगरेमा असोज १५ पछि सङ्क्रमणको तेस्रो लहर आउने चेतावनी दिएको छ।

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा.जागेश्वर गौतमले विगत दुई हप्तादेखि सङ्क्रमितको सङ्ख्या बढ्दै गएको बताए। उनले निषेधाज्ञा खुकुलो भएको, भीडभाड  बढेको र जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा बिरामी बढ्दै गएको बताए।

उनका अनुसार अस्पतालमा १०० बिरामी रहेका छन्। तीमध्ये ३५ जना आइसीयू र चार जना भेन्टिलेटर र अन्य एचडीयूमा रहेका छन्। सङ्क्रमित बढ्ने जोखिमलाई ध्यानमा राखेर अस्पतालले एक हजार शय्या तयारी अवस्थामा राखेको उनको भनाइ छ। यहाँ एक सय आइसीयू र १०० भेन्टिलेटर रहेका छन्।  

उनले सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि अस्पतालमा २० टनको तरल अक्सिजन र दुईवटा अक्सिजन प्लान्ट जोडिएको जानकारी दिए। यस्तै थप एकवटा अक्सिजनको प्लान्ट जोड्ने तयारीमा अस्पताल रहेको छ। शुक्रराज अस्पतालका निर्देशक डा।अनुप बाँस्तोलाले निषेधाज्ञा खुलेसँगै बिरामी बढ्दै गएको बताए। उनका अनुसार अहिले २२ जना आइसीयू, २० भेन्टिलेटर र ३५ जना कोभिड–१९ शय्यामा रहेका छन्। यस्तै पाटन अस्पतालका कोभिड–१९ सम्पर्क व्यक्ति डा.आशिष श्रेष्ठका अनुसार कूल १५१ बिरामीमध्ये २१ आइसीयूमा र १० भेन्टिलेटरमा रहेका छन्। यस्तै विगत २४ घण्टामा पाटन अस्पतालमा २२ सङ्क्रमित भर्ना भएका छन्। पाटनमा ३० आइसीयू, १५ भेन्टिलेटर शय्या रहेका छन्।

काठमाडौँ उपत्यकामा आठ हजार ८९५ सक्रिय सङ्क्रमित रहेका छन्। देशभरि १५७ अस्पताल कोभिड–१९ का लागि सूचीकृत गरिएका छन्। ती अस्पतालमा दुई हजार ६०० आइसीयू रहेका र ६३० थप गर्ने प्रक्रियामा छन्। यस्तै ९०० भेन्टिलेटर र दुई हजार ७५ एचडीयू रहेका छन्। उपत्यकाका सरकारी अस्पतालमा ३११ आइसीयू र १३९ भेन्टिलेटर र साधारणसँगै एचडीयू दुई हजार ६६ शय्या रहेका छन्।

देशभरिमा ६९० जना आइसीयु र १७५ भेन्टिलेटर, तीन हजार २२४ जना संस्थागत आइसोलेशन र २८ हजार ४०५ जना होम आइसोलेशनमा रहेका छन्। त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले शय्या भरिन थालेको बताए। उनले अहिले १२२ जना सङ्क्रमित बिरामी उपचाररत रहेको जानकारी दिए। तीमध्ये ९१ जना साधारण शय्यामा, अक्सिजन दिएर आइसीयूमा ११ र भेन्टिलेटरमा १८ र दुई जना आकस्मिक सेवामा उपचार गराइरहेका छन्।

उनले बिरामी आउन थालेकाले अब २२ वटा साधारण शय्या र एक वटा मात्र आइसीयू शय्या खाली रहेका बताए। अस्पतालमा १४५ शय्या कोभिड–१९ का सङ्क्रमितका लागि छुट्याइएको छ। त्रिवि शिक्षण अस्पतालमा पाँच एचडीयु र २२ आइसीयू बालबालिकाका लागि छुट्याइएको छ।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले भीडभाड बढेकाले सङ्क्रमितसँगै बिरामी पनि बढेको बताए। 'अहिले केही दिनयता  समाजमा सङ्क्रमण बढेका पाइएको छ', उनले भने, 'सङ्क्रमितहरु दिनप्रतिदिन बढेका छन्।' उनले निषेधाज्ञा खुकुलो भए पनि सबैले जनस्वास्थ्यका मापदण्ड लागू गर्न आग्रह गरे। रासस
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस