जुम्लामा मास्क बैंक स्थापना
२८ साउन २०७८
•
४ मिनेट पाठ
जुम्लामा मास्क बैंक स्थापना
कोरोना संक्रमणको दर बढ्न थालेपछि जुम्लामा मास्क बैंक स्थापना भएको छ। मास्क बैंकबाट मास्क नहुनेले लिनेछन् भने मास्क हुनेले राखेर जानेछन्। कोही पनि नागरिक मास्कविहीन नहोस भन्नका लागि सदरमुकाम खलंगाको बालमन्दिर नजिकै मास्क बैंक स्थापना भएको हो।  




‘मास्क हुनेले मास्क दिनुस, नहुनेले मास्क लिनुस’ भन्ने मान्यतासहित बैंक स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले जानकारी दिइन्।  

सदरमुकाम खलंगाको मुख्य बजारमा मास्क बैंक स्थापना भएकोले मास्कको प्रयोग बढ्ने अनुमान गरिएको छ। सरकारले सुरु गरेको नेपाल मास्क अभियान अन्तर्गत जुम्लामा मास्क बैंक स्थापना गरिएको उनले बताइन्।  

जिल्ला कोभिड १९ संकट व्यवस्थापनको सक्रियतामा मास्क बैंक स्थापना भएको हो। मास्क बैंकलाई प्रभावकारी बनाउन स्थानीय प्रशासन, सुरक्षा निकाय र जिल्ला जनस्वास्थ्य सेवा कार्यालयसहित सरोकारवालाहरुको समन्वय भइरहेको छ।

मास्क किन्न नसक्ने र हतारमा मास्क लगाउन बिर्सेका नागरिकलाई लक्षित गरेर मास्क बैंक स्थापना गरिएको हो। मास्क नहुनेलाई मास्क हुनेले सघाउने बानीको विकास गर्न पनि मास्क बैंक प्रभावकारी हुने प्रमुख जिल्ला अधिकारी प्रसाई बताउँछिन्।

अब बजारमा आउने सबैको मुखमा मास्क हुनुपर्छ। मास्क किन्न नसक्नेले बालमन्दिरमा गएर मास्क लगाउन सक्नेछन्। हुनेले मास्क बैंकमा मास्क प्रदान गर्न सक्नेछन्। उनले भनिन्, ‘कोरोना रोकथाम तथा नियन्त्रणसंग जोडिएको सही रुपमा सदुपयोग गर्नुपर्छ। मास्कको प्रयोग गरेर कोरोना भगाउन सबैले अठोट गर्नुपर्छ। मास्क बैंकको मक्सद यही नै हो।’

'धेरै जसो नागरिकले मास्क भएर पनि लगाउँदैनन्। केहीले मास्क किन्ने रकम नहुँदा मास्क पाउँदैनन्। यो बैंक मास्क नलगाउने र मास्क किन्न नसक्ने सबै प्रति लक्षित रहनेछ’, उनले भनिन्।

जुम्लामा स्थापना भएको मास्क अभियानले सकरात्मक सन्देश दिएको नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाही बताउँछन्। उनले भने, ‘जुम्लामा मास्क अभियान आवश्यक थियो। स्थापना भइसक्यो। अब मास्क सबैले प्रयोग गरौँ। हुनेले मास्क बैंकमा मास्क प्रदान गरौँ। कोरोना संक्रमण रोक्न आ आफ्नो ठाउँबाट जुटौँ।’

मास्क बैक सशस्त्र प्रहरीको निगरानीमा हुनेछ। सशस्त्र प्रहरीले मुख्य बजार क्षेत्रमा प्रवेश गरेका मास्क नहुनेलाई मास्क उपलब्ध गराउनेछ। मास्क बैंकको व्यवस्थापन जिम्मेवारी सशस्त्र प्रहरीलाई दिइएको छ।  

मास्क बैंक स्थापनाले सकरात्मक सन्देश प्रवाह भइरहेको सशस्त्र प्रहरी बलका एसपी गगन श्रेष्ठ बताउँछन्। उनले भने, ‘मास्क बैंकबाट मास्क दिने र लिने क्रम बढिरहेको छ। यो राम्रो अभ्यासको सुरुवात भएको हो।’

मास्क बैंकका लागि सुरुमा जिल्ला जनस्वास्थ्य सेवा कार्यालयले मास्क राखेको छ। संस्था र व्यक्तिले पनि बैंकमा मास्क दिन थालिसकेका छन्। हरेक नागरिकलाई मास्क अनिवार्य भन्ने मान्यताका साथ मास्क बैंक राखिएको हो। अब कोही पनि मास्क नभएर लगाउन नसकेको बाहना गर्न पाउने छैनन्।  

मास्क बैंकमा मास्क जम्मा गर्न जिल्ला स्थित सरकारी तथा गैरसरकारी संघ संस्था, व्यापारी, व्यवसायी, उद्योगी लगायत सबै सहयोगी मनहरुलाई अपिल गरिएको छ। मास्क बैंक खोल्दा पनि मास्क नलगाउने नागरिकलाई कार्बाही हुने स्थानीय प्रशासनले जनाएको छ।  

प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले मास्क बैंकको भरपुर सदुपयोग गर्न आग्रह गरिन्। मास्क बैंकमा धेरै मास्क एकैटपक राख्न पाइनेछ। तर एकै व्यक्तिले एकै पटक धेरै मास्क लिन पाउने छैन। आफूलाई आवश्यक पर्ने एक मास्क मात्र प्रयोग गर्नुपर्नेछ। जिल्लालाई मास्कमय बनाएर कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न मास्क बैंक कोसेढुंगा साबित हुने स्थानीय बताउँछन्।

सदरमुकाममा मास्क बैंक स्थापना भएपछि स्थानीय खुसी छन्। उनीहरुले अब बैंकबाट लिएको मास्क अनिवार्य रुपमा नियमित रुपमा प्रयोग गर्ने बताएका छन्। हरेक स्थानीय तहमा मास्क बैंक स्थापना गरेर सहजै रुपमा नागरिकलाई मास्क पाउने बातावरण निर्माण गर्न आग्रह गरिएको छ।

अहिले गाउँमा बाँडिने मास्क दुरुपयोग भइरहेको छ। मास्क प्रयोग नगरेर फ्याक्ने गरिएको छ। बैंक स्थापना भएपनि आवश्यकता अनुसार मास्क लिन पाउनेछन्।  

मास्क बैंक स्थापना गर्दै कोभिड १९ संकट व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी प्रसाईले मास्कको नियमित प्रयोग संगै, नियमित सावुनपानीले हात धुन, सेनिटाइजरको प्रयोग गर्ने, सामाजिक तथा व्यक्तिगत दूरी कायम गर्न अपिल गरिन्। उनले अबको भेरियन्ट बालबालिकामा प्रत्यक्ष प्रभाव पार्ने भएकोले बालबालिका बचाउन पनि उच्च सतर्कता अपनाउनु पर्नेमा जोड दिइन्।  

मास्क छैन? मास्क हरायो? मास्क फोहोर भयाे। अब मास्क बैंकबाट लिनुहोस। कोरोना संक्रमणबाट आफू बच्नुहोस, अरुलाई पनि बचाउनुहोस भने मास्क बैंकको बोर्डमा लेखिएको छ। कोरोना संक्रमणका लक्षण, अपनाउनु पर्ने सावधानी र रोकथाम तथा नियन्त्रणका बिषयमा सचेतना सामग्री राखिएको छ। बैंकको दायाँ साइटमा मास्कदाताको नामावली राख्ने प्रबन्ध गरिएको छ। 

नेपाली सेना नन्दाबक्स गणका गणपति रविन थापा, सशस्त्र प्रहरीका डिएसपी गगन श्रेष्ठ, नेपाल प्रहरीका डिएसपी दानबहादुर थापा, प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले नागरिकलाई मास्क लगाइदिएर मास्क बैंक स्थापना भएको घोषणा गरेका थिए।
अर्को समाचार
हुनेले दिन्छन्, नहुनेले लैजान्छन् मास्क
२५ साउन २०७८
•
५ मिनेट पाठ
हुनेले दिन्छन्, नहुनेले लैजान्छन् मास्क
सप्तरी जिल्लाको झण्डै मध्यमा रहेको राजविराज बजारको मुख्य स्थान गजेन्द्र चोकमा साढे एक महिनादेखि एउटा टेबल लाग्ने गरेको छ। ब्यानरले छोपेको टेबुल वरिपरि कुर्सी र बेञ्चमा केही महिला र पुरुष बसेका छन् भने कोही उभिएका छन्। टेबलमा एउटा कार्टुनमा ‘हुनेले दिएर जाऔँ, नहुनेले मास्क लगाएर जाऔँ’ लेखिएको छ। कार्टुनसँगै छेउमा स्यानिटाइजरको बोतल र दुईवटा बट्टा सजाएर राखिएको छ। एउटा बट्टामा ठूला मानिसले र अर्को बट्टामा साना बालबालिकाले लगाउने आकारका मास्क छन्। मास्क नहुने आउँछन् र बट्टाबाट एउटा मास्क निकालेर लगाउँछन्। कतिपयले अभियानको प्रशंसा गर्दै मास्कको पोका वा पैसा नै दिएर जान्छन्।




निषेधाज्ञा खुलेसँगै बजारमा भीडभाड बढेपछि केही गैरसरकारी संस्था मिलेर राजविराजमा मास्क बैंक स्थापना गरेका हुन्। मास्क नलगाएर बजार हिँड्नेको सङ्ख्या बढेपछि सचेतना अभिवृद्धिका साथै मास्क वितरण गर्ने उद्देश्यले मास्क बैंक स्थापना गरिएको हो। गत असार १० गतेदेखि सुरु भएको उक्त अभियानअन्तर्गत मास्क वितरण कार्य निरन्तर जारी छ।  

बजार निस्कँदा अनिवार्यरूपमा मास्क प्रयोग गर्ने वातावरण बनाउनका लागि पैदलयात्री, सवारी साधनका यात्रुसँगै चालक र व्यवसायीलाई सचेत बनाउने उद्देश्यले दैनिक रूपमा ‘मास्क लगाएर जाऔँ’ अभियान सुरु गरिएको समग्र जनउत्थान केन्द्रका सुष्मा गुप्ताले बताए। ‘सबैलाई मास्क लगाएर हिँड्न आग्रह गर्छौँ, मास्कको अभाव भए लगाएर जान भन्छौँ', गुप्ता भन्छन्, 'कोही मान्छन्, कोही मान्दैनन्। कसैले चिउँडोबाट मुखमा सार्छन् त कोही गोजीबाट हतपत्त निकालेर मुखमा लगाउँछन्।”

जिल्ला सङ्कट व्यवस्थापन केन्द्र सप्तरीको गत असार ७ गतेको बैठकले कोरोनाको सङ्क्रमण दर घट्दो क्रममा रहेको ठहर गरेको थियो। सोही बैठकले सरकारी कार्यालय, सार्वजनिक संस्थानलगायतका कार्यालयले भीडभाड नहुने गरी स्वास्थ्य मापदण्ड पालना गर्दै असार १३ गतेदेखि सबै कार्यालयलाई सेवा सञ्चालन गर्न सूचना जारी गर्‍यो। सक्रिय सङ्क्रमितको सङ्ख्या कम भएपछि कोरोनाको त्रास कम भयो। मानिस प्रशस्त मात्रामा सडकमा हिँड्न लागे। विस्तारै मास्क लगाउन छाड्दै गए। स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा लापरर्वाही हुने सङ्केत देखा पर्नासाथ मास्क बैंक स्थापना गरिएको एकल महिला समूहको प्रदेश २ अध्यक्ष अनिता देवकोटाले जानकारी दिए।  

कोरोना सङ्क्रमण दर घट्दो क्रममा रहेको भनी खुला गरिएको निषेध आदेशमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना नहुँदा अहिले पुनः सङ्क्रमण दर बढेको देवकोटाको भनाइ छ। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा पिसिआर मेसिन बिग्रिएकाले परीक्षण बन्द छ। एन्टिजेन परीक्षणको तथ्याङ्कले कोरोना सङ्क्रमण दिनदिनै बढ्दै गएको देखाएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि थप सतर्कता अपनाई स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाइका साथ पालना गरी जिल्लाभरि लागू गरिएको निषेधाज्ञा अवधि थप गर्दै लगेको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए। उनकाअनुसार औषधोपचार एवं अत्यावश्यक कामबाहेक सकभर घर बाहिर ननिस्किन, निस्कनै पर्दा अनिवार्य मास्क लगाउन, समूहमा नहिँड्न, भौतिक दूरी कायम गर्न निर्देशन जारी गरिएको छ तर पनि मानिस बेवास्ता गरिरहेका छन्।

सबैभन्दा बढी सडकमा बिना काम हिँडिरहनेले लापरर्वाही गरिरहेका छन्। 'मास्क लगाएर हिँड्नभन्दा लगाए पनि नलगाए पनि हाम्रो खुशी हो भन्दै हिँड्छन्”, मास्क वितरण गरिरहेका इन्सेक प्रतिनिधि मनोहर पोखरेलले भन्नुभयो, 'कोही त धन्यवाद फर्काउँछन्, कोही झर्कोफर्को मान्छन्।' कतिपय ज्येष्ठ नागरिक र बालबालिका पैसा नभएकै कारण मास्क प्रयोग नगरेको बताउने गरेकाले निःशुल्करूपमा मास्क प्रदान गर्न थालिएको उनले बताए। दैनिक पसिना बगाउने र कोरोनाविरुद्धको सुई लगाएकाले मास्कको आवश्यक्ता नभएको बताउने पनि भेटिन्छन् । मास्क लगाउने पैसाले चिया खानु जरुरी रहेको भन्ने पनि भेटिन्छन्। पोखरेलले भने, “उनीलाई ‘मास्क एक महत्व अनेक’ भनेर सम्झाइबुझाई गर्ने गरेका छौँ।'

सार्वजनिक स्थान तथा बजारमा भीडभाड हुन नदिन सरकारको निर्देशन र घरबाहिर निस्कनु पर्दा अनिवार्य मास्क लगाएर मात्र निस्कनु भन्ने जिल्ला प्रशासन कार्यालयको निर्देशनअनुसार नै राजविराजमा सचेतनामूलक मास्क वितरणको अभियानलाई निरन्तरता दिइएको महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीका प्रिया सिंह थारुले बताए।  

'मास्क वितरणका साथै जनतालाई सचेत गराउने उद्देश्यले अभियान थालेका हौँ, ब्यानरमा पनि ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ भनेर लेखेका छौँ', सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष ललिता कर्णले भने, 'कोही खुशी भएर मास्क किन्नका लागि पैसा दिएर जान्छन्, अधिकांशले निःशुल्क लिएर जान्छन्।' उनकाअनुसार अभियानको उद्देश्य हरेक नागरिकले कोरोनाबाट बच्नका लागि सुरक्षा सतर्कता अपनाउनुपर्छ भन्ने बुझुन् भन्ने हो।  

चोकमै रहेका न्यू विशाल टेलर्सका सञ्चालक मोहम्मद परवानाका अनुसार बजार आएका कतिपय ग्राहकले मास्कसमेत लगाउँदैनन्। दूरीमा बसेर कुरा गर्न आग्रह गर्दा 'छिटो देऊ, गइहाल्छु', भन्छन्। 'न मास्क लगाउँछन्, न दूरी कायम गरेर बस्छन्, उल्टै नकराउनू भन्छन् बरु अर्को पसलमा जाने गरी धम्क्याउँछन्', परवानाले भने, 'सबैका लागि भनेको हो तर उनीहरू उपदेश नदेऊ आफ्नो काममा ध्यान देऊ भनेपछि चुप लागेर बस्छु।'

कोरोना भाइरसबाट जोगिनका लागि उत्तम विकल्प सामाजिक दूरी कायम गरेर भेटघाट गर्ने र अनिवार्यरूपमा मास्क प्रयोग गर्ने भएकाले त्यसमा ध्यान दिन सबैलाई आयोजकले अनुरोध गर्ने गरेका छन्। कोरोनाविरुद्धको सचेतना अभियानलाई जिल्लाभरि नै चलाउनुपर्ने आवश्यक्ता रहेको महिला मानव अधिकार रक्षक सञ्जालका सचिव माधवी शाहले बताए। लकडाउन खुकुलो भए पनि कोरोना जोखिम नहटेकाले बजारमा भीडभाड हुन नदिने, अनिवार्य मास्क प्रयोग गर्ने, सामाजिक दूरी कायम गराउनेलगायतका स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाइका साथ पालना गराउनुपर्ने शाहले बताए। 
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५२ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस