चित्तपोल स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग
०९ भदौ २०७८
•
२ मिनेट पाठ
चित्तपोल स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग
सूर्यविनायक नगरपालिका–१० स्थित चित्तपोल स्वास्थ्य चौकीलाई एक थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको छ। शैक्षिक परामर्शको सेवा प्रदान गर्ने एक्सपर्ट एडुकेशन एण्ड भिसा सर्भिसेस अन्तर्गतको एक्सपर्ट एडुकेशन फाउण्डेशनले बुधबार सो सहयोग प्रदान गरेको हो।




सो अवसरमा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवम् सूर्यविनायक नगरपालिका–१० का वडा अध्यक्ष शिवराम राउतले भक्तपुर जिल्लाकै विकट क्षेत्रको रुपमा रहेको चित्तपोल अन्य क्षेत्रमा जस्तै स्वास्थ्य क्षेत्रमा पनि विकास दृष्टिले पछाडी रहेको चर्चा गर्दै प्राप्त अक्सिजन कन्सन्ट्रेटर सहयोगले कोभिडको महामारीमा चित्तपोलका जनताको ज्यान जोगाउन थोरै भएपनि सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले आफूहरु निर्वाचित भएर आएपछि हेल्थपोष्टको स्तरबृद्धि र गुणस्तरिय सेवाका लागि ल्याव स्थापना गरी सञ्चालनमा ल्याएको जानकारी गराउँदैं थप स्वास्थ्य सामग्री सहयोगको अपेक्षा गरे।  

समाजसेवी एवम् नेपाली कांग्रेसका नेता अंगत खड्काले जनताको जीउधनको रक्षाका लागि सबैले हातेमालो गर्नुपर्ने आवश्यकता औंल्याए। उनले कोभिड विरुद्धको लडाईं एक्लै लडेर जित्छु भन्ने कल्पना बाहिर भएको तथ्य विश्वको अवस्थाले छर्लङ पारेको बताउँदै चित्तपोल जस्तो ग्रामिण भेगको स्वास्थ्य चौकीलाई सुविधा सम्पन्न बनाउन स्वास्थ्य सामग्री सहयोग गर्ने संस्थालाई धन्यवाद दिए।  

दातृ संस्था एक्सपर्ट एडुकेशन एण्ड भिसा सर्भिसेसका देवीप्रसाद लम्सालले कोरोनाको दोस्रो लहरमा नेपालमा अक्सिजनको अभाव देखिएपछि ५० वटा अक्सिजन कन्सन्ट्रेटर अष्ट्रेलियाबाट ल्याएर देशका विभिन्न भागमा सहयोग प्रदान गरिएको जानकारी दिए। उनले सर्भिसेसको देश विदेशमा गरी ३५ वटा शाखा रहेको र ती शाखाहरुमा कार्यरत करिव ६ सय कर्मचारीहरुले स्वईच्छाले गरेको सहयोग रकम तथा अन्य सहयोगी हातहरुबाट संकलित रकमबाट स्वास्थ्य सामग्री खरिद गरी सहयोग गरेको बताए।

कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख मुकुन्दप्रसाद चौलागाईं र खिमानन्द पौडेलले प्राप्त सहयोगले स्वास्थ्य चौकीको सेवा बिस्तारमा थप टेवा पुगेको र यसले चित्तपोलका जनताले सहजरुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास दिलाए।
अर्को समाचार
प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटर
१७ असार २०७८
•
१ मिनेट पाठ
प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटर
गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलालाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्दै ललित लम्साल । तस्बिर सौजन्य : निर्मला शर्मा
कोभिड–१९ को दोश्रो लहरलाई मध्यनजर गर्दै खोटाङको ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई एक थान अक्सिजन कन्सन्ट्रेटर जुटेको छ । कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणका लागि कृष्ण लम्साल र टेकप्रसाद लम्सालको पहलमा ‘एक एक पाइला’ नामक संस्थाबाट प्राथमिक स्वास्थ्य केन्द्रलाई एक थान अक्सिजन कन्सन्ट्रेटर जुटेको हो ।  




हाल काठमाडौं रहेका लम्सालद्धयको पहलमा आइपुगेको अक्सिजन कन्सन्ट्रेटर स्थानीय ललित लम्सालले गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलालाई हस्तान्तरण गरेका छन् । स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष राजेश राजभण्डारी, डा. टेकनारायण श्रेष्ठ, स्वास्थ्य संयोजक रामकाजी नेपाल लगायतको उपस्थितिमा लम्सालले गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् ।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस