खोप लगाएको निश्चित भएमा विद्यालय खोल्न सकिने
१७ भदौ २०७८
•
५ मिनेट पाठ
खोप लगाएको निश्चित भएमा विद्यालय खोल्न सकिने
काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै विद्यालयले चाहेमा विद्यार्थीको भौतिक उपस्थितिमै खोल्नसक्ने निर्णय भएको छ।  




बुधबार काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुखको बैठकले लामो सयमदेखिको लकडाउनका कारण समुदायिक विद्यालयका विद्यार्थीको शैक्षिक गतिविधि रोकिन गई शिक्षण सिकाइमा नकारात्मक असर परिरहेकोले खोप लगाएको समुदाय वा क्षेत्र निश्चित भएमा विद्यालय खोल्नसक्ने निर्णय गरिएको काठमाडौं जिल्ला प्रमुख कालीप्रसाद पराजुलीले बताए।  

उनले काठमाडौंका दुर्गम क्षेत्रका विद्यालयमा नेटको पहुँच नभएको कारण गत वर्षदेखि नै विद्यालयमा शैक्षिक गतिविधि अघि बढ्न नसकेको जनाए।  यही कारण विद्यार्थीमा सिकाइ कमजोर बन्दै गएको विश्लेषणसमेत गरिएकोले त्यस्ता क्षेत्रका विद्यायलाई प्राथमिकताका साथ खोल्न दिने निर्णय गरिएको उनले बताए।  उनले हाल गोकर्णेश्वर नगरपालिकामा सबैले खोप लगाएर स्थानीय तहको सहमतिमै विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमै विद्यालय सञ्चालन भइरहेको बताए।  

बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयअनुसार शैक्षिक संस्था विद्यालयले भौतिक उपस्थितिमा पठनपाठन गर्न/गराउन नपापाउने भनेको छ।  गर्नैपर्ने भएमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रवधानभित्र रही स्थानीय तहहरूले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालय सञ्चालनको निर्णय गर्नसक्ने अधिकार पनि दिएको छ।  

‘दक्षिणकाली, नाम्लेभारे, शंकरापुरलगायतका दुर्गमका नगरपालिकामा इन्टरनेटको पहुँच नै छैन।  विद्यालयमा शैक्षिक गतिविधि गत वर्षदेखि नै अघि बढ्न सेकेको छैन,’ काठमाडौं जिल्ला प्रमुख पराजुलीले नागरिकसँग भने, ‘यी नगरपालिकाले सिडिओ कार्यालयमा अभिभावक, शिक्षक तथा समुदायले नै कोरोनाविरुद्धको खोप लगाइसकेको र विद्यार्थीलाई मास्क, सेनिटाइजर र भौतिक दूरी कायम गरी विद्यालय खोलेर भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गर्नसक्ने निवेदन नै दिनुभएको छ।  विद्यालयले खोप लगाएको र स्थानीय तहले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालय सञ्चालन गर्नसक्ने निर्णय गर्ने अधिकार दिइएको छ। ’ जिल्ला प्रशासन कार्यालय काठमाडौंले भदौ मसान्तसम्म लागु हुनेगरी निषेधाज्ञा जारी रहेको जनाउँदै सो अवधिमा विद्यालयसमेत सञ्चालन गर्न सकिने उनले बताए।  

‘केही दिनअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समेत स्मार्ट लकडाउनमा विद्यालय खोल्नसक्ने विषयमा सिसिएमसीलाई छ बुँदे कार्य योजना बुझाएको छ,’ काठमाडौं जिल्ला प्रमुख पराजुलीले नागरिकसँग भने, ‘सोही कार्ययोजनामा आधारित रहेर विद्यालयहरू भौतिक उपस्थितिमै खोल्न सक्नेछन्,’ उनले थपे, ‘हाल कोरोना संक्रमणविरुद्धको खोप पनि सबैले लिइरहनुभएको छ।  संक्रमण पनि घट्ने क्रममा छ।  त्यही भएर स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड अपनाएर विद्यालय खोल्न समस्या पर्दैन। ’

कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रण सम्बन्धमा नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय, कोभिड १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी काठमाडौं जिल्ला प्रशासन कार्यालयले भदौ मसान्तसम्म निषेधाज्ञा लम्ब्याएको सूचनामा प्रकाशित गरेको हो।  

अर्कोतर्फ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड महामारीको अवस्थामा हुनसक्ने निषेधाज्ञाको प्रकृति अनुरूप सिसिएमसीलाई बुझाएको ६ बुँदे क्रियाकलापको कार्य योजनामा चारवटा क्षेत्र तोकिएको छ।  स्मार्ट निषेधाज्ञामा पूर्ण निषेधाज्ञा (रातो), मिश्रित निषेधाज्ञा (गाढा पहेलो), आंशिक निषेधाज्ञा ( पहेंलो ) र समान्य निषेधाज्ञा हरियो गरी चार क्षेत्रमा वर्गीकरण गरेको छ।  

काठमाडौं जिल्ला प्रमुख रिजालका अनुसार सरकारले सबै मन्त्रालयहरूलाई स्मार्ट लकडाउनको कार्य योजना तयार गर्न निर्देशन दिएको थियो।  ‘यही निर्देशनअनुसार शिक्षा मन्त्रालयले पनि स्मार्ट लकडाउन अनुसार शैक्षिक गतिविधिअघि बढाउनेबारे कार्ययोजना तयार पारी सिसिएमसीमा पठाएको छ। यस विषयमा सिसिएमसीमा छलफल पनि भइरहेको छ,’ उनले भने, ‘मन्त्रालयले बुझाएको क्षेत्रगत र पठनपाठनदेखि परीक्षा सञ्चालनसम्मको स्पष्ट व्यवस्था गरिएको छ। ’

मन्त्रालयले बुझाएको कार्ययोजना अनुसार रातो क्षेत्रमा अर्थात पूर्ण निषेधाज्ञा भएको क्षेत्रमा वैकल्पिक सिकाइ सहजीकरण योजना तयार पार्ने, प्रधानाध्यापको नेतृत्वमा कम्तीमा एकतिहाइ शिक्षक आलोपालो उपस्थित रही स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर विद्यार्थीको समूहअनुसार सिकाइ सहजीकरण योजना तयार पार्ने र विद्यार्थीलाई क्लोज गुप्र युनिटमा आवद्ध गरी सिकाइ सहज बनाउनु पर्नेछ।  

गाढा पहेंलो अर्थात् मिश्रित निषेधाज्ञा भएको क्षेत्रमा सूचना र प्रविधिको पहुँचको आधारमा विद्यार्थीको सिकाइ सहजीकरण गर्नुपर्ने हुन्छ।  प्रअको नेतृत्वमा ५० प्रतिशत शिक्षक आलोपालो विद्यायमा उपस्थित भई स्वास्थ्य सुरक्षाको मापदन्ड तथा भौतिक दूरी कायम गरी विद्यार्थीको समूहअनुसार सिकाइ सहजीकरणको योजना तयार पार्नु पर्नेछ।  साथै विद्यार्थीलाई क्लोज गु्रप युनिटमा आवद्ध गरी नियमित टेलिफोन वा अनलाइनलगायतका उपयुक्त विधि प्रयोग गरी सिकाइ सहज बनाउनु पर्नेछ।  

आंशिक अर्थात् पहेंलो निषेधाज्ञा भएको क्षेत्रमा शिक्षक विद्यालयमा उपस्थित भई थप सिकाइ सामग्री तथा प्रत्येक हप्ताका लागि विद्यार्थी क्रियाकलाप र गृहकार्य तयार गर्ने।  निरन्तर मूल्यांकन गर्ने, मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा ०७७ अनुसारका मापदण्ड पूरा गरी कुल विद्यार्थी संख्याको एकतिहाइलाई आलोपालो वा सिफ्टमा उपस्थित गराई पठनपाठन गराउनुपर्ने व्यवस्था गरिएको छ।  यसैगरी, समान्य वा हरियो क्षेत्रको निषेधाज्ञा भएको भए मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा ०७७ अनुसार मापदण्डमा रहेर सञ्चालन गर्नुपर्ने व्यवस्था छ।  

उच्च शिक्षाको हकमा पूर्ण र मिश्रित निषेधाज्ञा भएको क्षेत्रमा शिक्षण संस्थाले भर्चुअल माध्यमबाट पठनपाठन गराउने र सम्बन्धित विश्वविद्यालयलाई विद्युतीय माध्यमबाट जानकारी गराउनु पर्नेछ भने आंशिक र समान्य निषेधाज्ञा भएको क्षेत्रमा शिक्षण संस्थाले विद्यार्थीलाई छुटाछुटै समयमा सानासाना समूहमा बाँडेर आलोपालो कक्षा सञ्चालन गर्नुपर्ने कार्ययोजनामा व्यवस्था गरिएको छ।  

यसैगरी, काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको भदौ मसान्तसम्मको खुकुलो निषेधाज्ञा अनुसार अनावश्यक रूपमा मानिस जम्मा हुने, भिडभाड गर्ने, सभा/जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि नगर्ने÷नगराउने, यस अवधिमा पर्ने चाड पर्वमा स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिक रूपमा मात्र मनाउन पाउने व्यवस्था गरेको छ। 
अर्को समाचार
काठमाडौं उपत्यकामा पर्दैछ पानी !
०२ जेष्ठ २०८१
•
१ मिनेट पाठ
काठमाडौं उपत्यकामा पर्दैछ पानी !
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा यतिखेर पानी परिरहेको छ। उपत्यकाको मौसम बदली भइ सुन्धारा, त्रिपुरेश्वर, सहिदगेट, रत्नपार्क र आसपासका क्षेत्रमा पानी दर्किरहेको छ।




मौसम पूर्वानुमान  महाशाखाका अनुसार, बिहान उपत्यकाकाे माैसम सफा रहेकाे थियाे। अहिले दिउँसाेपछि मौसम बदली भइ अहिले उपत्यकामा पानी परेकाे हाे। 

यस्तै,कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी पहाडी भू–भागमा आंशिक बदली तथा तराई भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहको छ।

गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन,चट्याङ्ग र हावारहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव बढिरहेको छ भने भारतको उत्तर पूर्वआसाम र आसपास क्षेत्रको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा पनि देखा परेकाले देशभर आशिंक बदली तथा वर्षा भइरहेको छ।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १० मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस