भक्तपुर अस्पतालका मेसुदेखि कर्मचारीसम्मलाई सरुवाको धम्की
१७ भदौ २०७८
•
४ मिनेट पाठ
भक्तपुर अस्पतालका मेसुदेखि कर्मचारीसम्मलाई सरुवाको धम्की
बिरामी सिफारिस केन्द्रका रूपमा परिचित भक्तपुर अस्पताललाई  सुधार गर्दै सबै सेवा सञ्चालन गरिएकामा केही निजी क्लिनिक सञ्चालक तथा अस्पतालका बिचौलियाले मेडिकल सुपरिटेण्डन्ट डा सुमित्रा गौतम, अन्य चिकित्सक र कर्मचारीलाई सरुवा गर्ने धम्की दिन थालेका छन्।




बिरामीको उपचार, ल्याब परीक्षण र औषधि खरिद गर्न निजी अस्पताल, क्लिनिक तथा औषधि पसलमा पठाइने गरेकामा केही चिकित्सक एवं कर्मचारीलाई कारबाही गरिएकाले बिचौलियासहित गिरोहले उनीहरूलाई नै  सरुवा गर्न शक्तिकेन्द्र धाउन थालेका हुन्।

मेसु डा गौतमले  भनिन, ‘म आएदेखि यहाँको बेतिथि सुधार्न लागेको लाग्यै छु, यस्तो कोभिडको जोखिममा आफैँ बिरामी हुँदासमेत यहाँका चिकित्सक र कर्मचारी अहोरात्र खटिएका छन्, यति हुँदाहुँदै पनि केही चिकित्सक र कर्मचारीले आउने बिरामीलाई सिधै बाहिर पठाउने गरेको पुष्टि भएकाले कारबाही गरिएको हो।’

प्याम्परदेखि कोभिडका बिरामीसमेतलाई बाहिर पठाइएको रेकर्ड आएकाले त्यस्ता चिकित्सकलाई सरुवा गरिएको, केहीलाई स्पष्टीकरण सोधेर सचेत गराइएको उनले बताइन्। अस्पतालमै हुने उपचारसमेत यहाँ हुँदैन भन्दै निजी अस्पताल तथा क्लिनिकमा पठाउने गरेको, आफ्नै अस्पतालमा भएका सबै ल्याब परीक्षण यहाँ हँुदैन भनेर बाहिरका प्याथोलोजीमा पठाउने गरेको र अस्पतालको आफ्नै फार्मेसीमा १० प्रतिशत छुटमा पाइने औषधिसमेत बाहिर किन्न पठाउने गरेको प्रमाणित भएपछि कारबाही गरिएको अस्पताल प्रशासनले जनाएको छ।

मेसु डा गौतमले भनिन्, ‘अस्पतालको फार्मेसीमा औषधिमा १० प्रतिशत र शल्यक्रियाका सामानमा ३० देखि ३५ प्रतिशतसम्म छुट दिने गरिएकोे छ। कुनै पनि ल्याब परीक्षणका लागि बाहिर जानै पर्दैन, अस्पतालमै छ, यहाँ नभए सँगैको मानव अङ्ग र भक्तपुर क्यान्सर अस्पतालको ल्याबमा पठाउने व्यवस्था गरेका छौँ, यति हुँदाहुँदै पनि बिरामीलाई कमिशनका लागि बाहिर पठाउने काम भित्रैबाट भएको पाइएपछि कारबाही गरेका हौँ, यसले इमान्दार चिकित्सक र कर्मचारीको मनोबल बढाएको छ।’

अस्पतालकै एक कर्मचारीलाई चिकित्सकले यही ल्याब सेवा हुँदाहँुदै परीक्षणका लागि सान प्याथालोजीमा पठाएको र अस्पतालको भन्दा तीन गुणा महङ्गो शुल्क लिएकाले प्रतिवाद गर्दा त्यहाँका सञ्चालकले चिकित्सकलाई नै कमिशन दिनुपर्ने बताएपछि यो रहस्य बाहिर आएको ती कर्मचारीले बताए। उपचारका लागि आएका कोभिडका बिरामीलाई समेत बिचौलियाले छाडेनन्। उपचाररत्  बिरामीका आफन्त सन्तोष श्रेष्ठले भने, ‘बुबा कोभिड भएर ल्याउनेबित्तिकै भर्ना नगरी बिभिन्न परीक्षण गर्न अस्पताल अगाडिको प्याथालोजीमा पठाए, त्यहाँ महङ्गो रहेछ, अर्को दिन अस्पतालमै भर्ना भएपछि पो अर्का चिकित्सकले सबै यही परीक्षण हुन्छ भनेपछि हामी छक्क पर्यौं।’

बेथिति हटाउँदै सेवामा सुधार आएपछि अस्पताल सुदृढीकरण मूल्याङ्कनमा ३८ बाट बढेर यस वर्ष ८२ मा पुग्नाका साथै वाग्मती प्रदेशकै उत्कृष्ट अस्पताल बनेर पुरस्कार पाएको अस्पताललाई अब फेरि बदनाम हुनबाट जोगाउन र व्यवस्थितरूपले सेवा दिन अस्पताल अहोरात्र लागेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालले जानकारी दिए।  

अस्पतालको फोर्मेसीमा कार्यरत एक कर्मचारीले आफ्नै अगाडि बाहिरका औषधि पसलमा पठाएपछि त्यसो नगर्न भन्दा गाली खानुपरेको सुनाए। ती कर्मचारीले भने, ‘अस्पतालको फार्मेसीमा रू. ५० मा पाइने थर्मोमिटर बाहिर रू. २५० सम्म पर्छ, यहाँ रू. ३०को युरिन व्याग बाहिर रू. १०० लिन्छन्, टाँका लगाउने सूचर रू. ३५० देखि ४५० सम्म पर्नेमा  बाहिर रू. एक हजार १०० सम्म लिने गरेका छन्, यति सम्मकी रू. एक हजार १०० पर्ने  शव परीक्षणका लागि आवश्यक सामानको प्याक बाहिर रू. दुई हजार ७०० देखि तीन हजार ७०० सम्म लिने गरेका छन्, हामीले यहीँ पाइन्छ, बाहिर नपठाउनुस् भन्दा हामीलाई नै थर्काउथे।’

विगतमा कमिशन बढी आउने र नचल्ने औषधिको बोलपत्र बढी गरेर औषधि नै खेर फाल्ने, औषधि सप्लायर्सले ल्याएको भन्दा बढी बिल बनाएर भुक्तानी लाने गरेकोजस्ता बेथितिलाई अस्पतालले तोडेको छ। औषधि बोलपत्रमा न्यूनतम मूल्य निर्धारण गर्दै त्यहीँ मूल्यमा वर्षदिनसम्म औषधि ल्याउनुपर्ने गरी कडाइ गरिएकाले सप्लायर्सहरूले  मेसु डा गौतम आएको छ महिनामै सरुवा गर्न खोजेकामा नसकेको व्यवस्थान समितिको भनाइ छ।

औषधि सप्लायर्स, केही निजी अस्पतालका सञ्चालक, अस्पताल बाहिरका केही औषधि व्यवसायी र ल्याब सञ्चालकले उनको सरुवा गर्न धम्की दिँदै शक्तिकेन्द्र धाउन थालेका हुन्। सरुवा गराउने अभियानमा लागेका टोली भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालदेखि प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराइसम्मलाई गुनासो गर्न पुगेका थिए।

जिसस प्रमुख गेलालले भने, ‘अस्पतालले बिरामीलाई सबै सेवा भित्रबाटै दिन थालेको र बिरामी बाहिर पठाउने चिकित्सकलाई समेत कारबाही गरिएकाले हाम्रो व्यवसायमा समस्या पर्यो भन्दै केही व्यक्ति मेसु डा गौतमको सरुवा गर्न आएका थिए तर मैले अस्पताल अहिले एकदम राम्रो भएको छ, यस्ता गलत कुरा लिएर नआउनुस् भनेर पठाइदिएँ।’ मेसु डा गौतमले औषधि सप्लायर्सदेखि केही व्यक्तिले फोनबाट केन्द्रदेखि प्रदेश सरकारसम्म पुगेर अब सरुवा गराइछाड्छौँ भनेर धम्की दिएको बताइन्।
अर्को समाचार
११९ वर्षपछि भक्तपुर अस्पतालमा बालबालिकाका लागि आइसियु सेवा
२९ माघ २०७८
•
३ मिनेट पाठ
११९ वर्षपछि भक्तपुर अस्पतालमा बालबालिकाका लागि आइसियु सेवा
स्थापनाको ११९ वर्षपछि भक्तपुर अस्पतालमा पहिलो पटक बालबालिकाका लागि आइसियु सेवा आइतबारदेखि सुरु हुने भएको छ।




अस्पतालमा वर्षौंदेखि प्रसूति वार्ड सञ्चालनमा रहे पनि बालबालिकाका लागि आइसियु सेवा नहुँदा आकस्मिक अवस्थामा आमा र बच्चालाई अन्य अस्पताल रिफर गर्नुपर्ने अवस्था थियो। अब सो अवस्थाको अन्त्य हुने भएको छ।

भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले अस्पतालमा पहिलो पटक बच्चाका लागि भेन्टिलेटरसहितको एनआइसियु सञ्चालनमा ल्याउन सफल भएको बताए। उनले भने, ‘प्रसूति सेवा राम्रो रहेको भक्तपुर अस्पतालमा बच्चाको आइसियु नहुँदा बेलाबेलामा समस्या हुने गरेको थियो। अब त्यसको अन्त्य भएको छ। २० शय्याको एनआइसियु सञ्चालनको तयारी पूरा भएको छ।’

आगामी फागुन १ गतेदेखि बच्चाका लागि १० शय्या र १८ वर्षभन्दामुनिकाका लागि १० शय्याको  भेन्टिलेटरसहितको आइसियु सञ्चालनमा आउने गौतमले बताए। आवश्यक सबै तयारी पूरा गरेर जनशक्ति समेत परिचालन गरिएको छ। तीन वर्ष अगाडिसम्म आइसियु नै नभएको भक्तपुर अस्पतालमा मेसु डा.गौतम आएपछि अस्पतालको मुहार फेरिएको छ। अस्पतालमा डेढ वर्षदेखि भेन्टिलेटरसहितको १६ आइसियु सञ्चालनमा छ।

मेसु डा. गौतमका अनुसार भेन्टिलेटरसहितको ६ शय्याको आइसियू कोरोना संक्रमितका लागि प्रयोग भइरहेको छ भने भेन्टिलेटरसहितको १० शय्याको आइसियु अरू बिरामीका लागि प्रयोग भइरहेको छ। आइतबारदेखि बच्चाको २० शय्याको आइसियु सुरु भएसँगै भक्तपुर अस्पतालमा भेन्टिलेटरसहितको ३६ शय्याको आइसियु सञ्चालन हुनेछ।

डा. गौतमले भने, ‘भक्तपुर अस्पतालमा उपचारका लागि आएका बिरामीले अब आइसियु छैन, डाक्टर छैनन् र सुविधा छैन भनेर अन्यत्र जानु पर्दैन। भक्तपुर अस्पताल बिरामीलाई निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा दिन सक्षम भएको छ।’

नेपालमा कोरोनाको पहिलो लहर सुरु भएपछि भक्तपुर अस्पतालमा डा. गौतमले ६ शय्याको आइसियु सञ्चालनमा ल्याएर कोभिडका बिरामीको उपचार सुरु गरेका थिए। अस्पतालले अक्सिजन समेत उत्पादन सुरु गरेको छ। अस्पतालले सञ्चालनमा ल्याएको लिक्विड प्लान्टबाट दैनिक ५० सिलिन्डर अक्सिजन उत्पादन भइरहेको छ भने फागुन २ गतेदेखि ग्याँस अक्सिजन पनि उत्पादन सुरु गर्नेछ।

उनले भने, ‘फागुन २ गतेदेखि दैनिक १५० सिलिन्डर ग्याँस अक्सिजन उत्पादन सुरु गर्दैछौँ, लिक्विड र ग्याँस गरेर २००  सिलिन्डर अक्सिजन उत्पादन हुन्छ। अब अक्सिजनको अभाव हुँदैन। हामी अरू अस्पताललाई पनि अक्सिजन दिन सक्छौं।’

भक्तपुर अस्पतालको सबै वार्डमा अक्सिजन फाइप जडान गरी वितरण सुरु गरेसँगै सिलिन्डर घिसार्दै बेडमा लैजानुपर्ने समस्याको पनि अन्त्य भएको छ। कोरोना भाइरस सङ्क्रमणको महामारीले अल्जाइमरका रोगी बढेपछि अस्पतालले निःशुल्क अल्जाइमर क्लिनिकसमेत सञ्चालनमा ल्याएको छ। अस्पतालले मनोरोग विशेषज्ञसहितको सेवा सञ्चालन गर्दै अल्जाइमर अर्थात् बिर्सने रोगको उपचार सुरु गरेको हो। कोरोना सङ्क्रमणले मानिसमा डर, त्रास बढेको, मनोबल घट्दै गएको, चिन्ता बढ्दै गएको र ससाना कुरामा पनि त्रासका कारण चिन्ता लिने क्रम  बढ्दै गएपछि अस्पतालमा अल्जाइमरको सेवा समेत सञ्चालनमा ल्याइएको हो।

अस्पतालले सेवा बिस्तार गर्नुका साथै बेरुजु शून्यमा झारेको छ। मेसु डां . गौतम आएपछि भक्तपुर अस्पतालमा भएको सुधारकै कारण अस्पताल सुदृढीकरण मूल्याङ्कन ३८ बाट ८२ पुर्‍याउन सफल भएपछि बाग्मती प्रदेश सरकारबाट यस वर्ष उत्कृष्ट अस्पतालको पुरस्कार समेत पाउन सफल भएको छ। तीन वर्ष अगाडिसम्म रिफर सेन्टरको रूपमा परिचित यस अस्पतालमा अस्पतालमा दैनिक ८० देखि १५० जनासम्म बिरामी आउने गरेकामा अस्पतालको सेवामा सुधार भएपछि दैनिक ७५० देखि ८०० बिरामी आउन थालेका छन्।

अस्पतालमा बिरामीको बढ्दो चाप र सेवा बिस्तारका कारण भवन अभाव भइरहेको अवस्थामा साझा औषधि लिमिटेडले ओगटेको भवन नछाड्दा  नयाँ निर्माण गर्न सकिएको छैन। साझालाई भवन छाड्न पटकपटक आग्रह गर्दा पनि अटेर गरेको अस्पतालले जनाएको छ। -रासस
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस