डब्लुएचओको दक्षिणपूर्वी एसिया राष्ट्रको क्षेत्रीय समितिको बैठक सम्पन्न
२२ भदौ २०७८
•
२ मिनेट पाठ
डब्लुएचओको दक्षिणपूर्वी एसिया राष्ट्रको क्षेत्रीय समितिको बैठक सम्पन्न
दिगो विकास लक्ष्य प्राप्तिका लागि स्वास्थ्य प्रणालीको उत्थानशीलतालाई थप सबलीकरण गर्ने सम्बन्धमा १२ बुँदे घोषणपत्र जारी गर्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण पूर्वी एशियाली राष्ट्रको क्षेत्रीय समितिको ७४ औं बैठक सम्पन्न भएको छ।




भर्चुअलरुपमा सञ्चालित दुई दिने सो बैठकले जारी गरेको घोषणापत्रमा कोभिड–१९ को  महामारीबाट पाठ सिक्दै स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न, स्वास्थ्यको सर्वव्यापी पहुँच पुर्याउन र दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि राजनीतिक नेतृत्वको सहभागिता हुनुपर्नेमा जोड दिएको उल्लेख छ।

घोषणापत्रमा महामारीको दौरान र महामारीपश्चात्को समयमा अत्यावश्यक स्वास्थ्य सेवा र जनस्वास्थ्यका कार्यक्रम सञ्चालन राख्नका लागि समुदायलाई संलग्न गराउन, समुदायको सशक्तीकरण गर्न, जोखिममा रहेका र प्रभावित समुदायका लागि प्रभावकारी प्रतिकार्य सञ्चालन गर्न, जनस्वास्थ्य आपत्कालीनसम्बन्धी र विपद् जोखिम व्यवस्थापनसम्बन्धी रणनीतिलाई एकीकृत गर्न, प्राथमिक स्वास्थ्य स्याहारमा निगरानी तथा तयारी क्षमताको सुदृढीकरण गर्न सदस्य राष्ट्रले प्रतिबद्धता जनाएको छ।

जनस्वास्थ्य सम्बन्धी आपत्काललाई सम्बोधन गर्न र सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह भएको सुनिश्चित गर्नका लागि राष्ट्रिय क्षमता विकास कार्यमा डब्लुएचओको महत्वपूर्ण भूमिका हुनुपर्नेसमेत घोषणापत्रमा उल्लेख छ। सदस्य राष्ट्रहरूले प्राथमिक स्वास्थ्य स्याहारको मानसिक स्वास्थ्य तथा अन्य रोगलगायतका नसर्ने रोगलाई समाहित गर्ने, प्राथमिक स्वास्थ्य स्याहार सेवाका लागि राष्ट्रिय गुणस्तर मापदण्ड स्थापना गर्ने र महामारी तथा पुनःरुत्थानको दौरानमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।

त्यस्तै परम्परागत औषधि प्रणालीको सम्भाव्यताको उचित उपयोग गर्ने र डिजिटल स्वास्थ्य प्रविधिमा भएका नवीनतम आविष्कारको पनि सर्वोत्तम उपयोग गर्ने घोषणापत्रमा उल्लेख छ। बैठकमा समेटिएका ११ राष्ट्र नेपाल, बङ्गलादेश, भारत, भुटान, श्रीलङ्का, माल्दिभ्स, थाइल्याण्ड, उत्तर कोरिया, इन्डोनेसिया, म्यानमार, पूर्वी टिमोरका स्वास्थ्यमन्त्री सहभागी थिए।
अर्को समाचार
बृहत् नागरिक आन्दोलनको मार्चपास, घोषणापत्र जारी
०८ फागुन २०७७
•
३ मिनेट पाठ
बृहत् नागरिक आन्दोलनको मार्चपास, घोषणापत्र जारी
२००७ सालमा प्राप्त प्रजातन्त्रको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ। शुक्रबार नेपाली सेनाले प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राजधानीको सैनिक मञ्चमा विशेष भइरहँदा बृहत् नागरिक आन्दोलनले भने प्रतिनिधिसभा विघटनको विरोधमा ‘टुँडिखेल मार्च’ को आयोजना गरेर घोषणापत्र जारी गरिएको छ। मार्चपासपछिको कोणसभामा लेखक तथा अधिकारकर्मी जेबी विश्वकर्माले घोषणापत्र पढेर सुनाएका थिए।  




नेपालमा जारी राजनीतिक गतिरोधले स्वतन्त्रता र न्यायप्रेमी नागरिकलाई मर्माहत तुल्याएको अवस्थामा संसदीय व्यवस्था, संवैधानिक अभ्यास र लोकतान्त्रिक मूल्यमान्यता संकटमा परेको कुरा घोषणापत्रमा उल्लेख छ। ‘संकटग्रस्त राजनीतिलाई अग्रगामी दिशा दिने ऐतिहासिक कार्यभार अहिले नागरिकहरूको काँधमा आएको छ,’ घोषणापत्रमा भनिएको छ। असुरक्षा, अभाव, अपहेलना, हिंसा र हत्याका घटनाले सार्वजनिक जीवनलाई समस्याग्रस्त तुल्याएको अवस्थामा नागरिकको अधिकार सुनिश्चित गर्ने राजनीतिक वातावरण बनाउनु दलहरूको प्राथमिक कार्यभार भए पनि राज्य सञ्चालनको जिम्मा लिएका दलले आधारभूत काम गर्नबाट चुक्दा नागरिकले समाजलाई अग्रगामी दिशानिर्देश गर्न लाग्नुपरेको परिस्थिति निर्माण भएको सन्दर्भ जारी घोषणापत्रमा उल्लेख छ।  

‘संघीय गणतन्त्रको पहिलो निर्वाचनबाट उदाएको प्रधानमन्त्री केपी शर्मा ओलीमा सर्वसत्तावादी चिन्तन र व्यवहार हाबी भयो,’ घोषणापत्रमा उल्लेख छ, ‘ओली नेतृत्वको वर्तमान सरकारले जनताको मौलिक हकमा, संघीयताको आधारभूत सिद्धान्तमा, धार्मिक अधिकारको मर्ममा, राज्य संयन्त्रका अवयव, संवैधानिक निकाय, सर्वसाधारणको स्वास्थ्य र शिक्षामा, किसान र श्रमिकका जीविकोपार्जनमा, जनताको बलिदानी, संघर्ष र आन्दोलनहरूबाट प्राप्त व्यवस्थामा सर्वसत्तावादी प्रहार गर्‍यो। जसले गर्दा राजनीतिक गतिरोध र प्रणालीगत संकट मात्र सिर्जना नभएर देशलाई अन्योल र मुठभेडतर्फ धकेल्यो।’  

बृहत् नागरिक आन्दोलन देशलाई नयाँ दिशानिर्देश गराएर अग्रगामी परिवर्तनका लागि विभिन्न १० सवालमा केन्द्रित भएको छ। ‘सचेत नागरिकले आफ्नो समुदायको मात्र होइन, परित्यक्त समुदायको अधिकार, अपनत्व, आत्मसम्मान र स्वामित्व सुनिश्चित हुने जीवन्त लोकतन्त्र खोजेका हुन्,’ घोषणापत्रमा भनिएको छ, ‘लोकतन्त्रलाई अग्रगामी गति दिन संविधानलाई अध्यावधिक गर्ने, जननिर्वाचित संस्थाहरूलाई उत्तरदायी बनाउने र राज्य संयन्त्रलाई जवाफदेही बनाउने कार्यमा हातेमालो गरौं। सरकारको काम मौलिक हक प्रत्याभूत गर्नु भएपनि नागरिकको सर्वोच्चता र नागरिकका आवाजहरूसँग डराएर सञ्चारलाई नियन्त्रण गर्ने, फोन संवाद टेपिङ गर्ने र सामाजिक सञ्जालमा अंकुश लगाउने लगायत कार्य गर्ने अधिकार सरकारसँग छैन। मौलिक हकलाई संकुचित बनाउने ऐननियम तत्काल खारेज गर्न निरंकुश चरित्रविरुद्ध आवाज उठाऔं।’  

लोकतान्त्रिक राज्यमा कुनै पनि राजनीतिक दल वा नागरिक समूहले गर्ने शान्तिपूर्ण गतिविधिमा प्रतिबन्ध लगाउन नपाइने हुँदा राजनीतिक आस्था र फरक विचार राखेको आधारमा कुनै दल, समूह वा अभियानप्रति राज्यले गर्ने निषेध, दमन, धरपकड, थुनछेक र हत्या तत्काल बन्द गरेर लोकतन्त्र व्यवहारमा अनुभूत गराउनुपर्ने कुरा घोषणापत्रमा समावेश गरिएको थियो। महिला र लैगिक अल्पसंख्यकलाई समान नागरिक हुने, स्वतन्त्र जीवन बाँच्न पाउने र आफ्ना सन्तानको हकअधिकार सुनिश्चित गर्ने आन्दोलनमा एकताबद्ध हुन आह्वान गरिएको छ। आदिवासी जनजातिमाथिको ऐतिहासिक उत्पीडन, आर्थिक, सांस्कृतिक र भाषिक शोषण र संरचनागत विभेद यथावत् रहेको अवस्थामा आफ्ना भू–क्षेत्रमा आदिवासी जनजातिहरूको स्वशासनको आकांक्षा पूरा गर्न र विभेदको अन्त्यका लागि संकल्प गर्न जरुरी रहेका घोषणापत्रमा उल्लेख गरिएको छ।  

कार्यक्रममा बोल्दै पत्रकार नारायण वाग्लेले समृद्ध काठमाडौंलाई समृद्धिको नाराले ध्वस्त पारिएको तर्क गरेका थिए। लेखक खगेन्द्र संग्रौलाले नागरिक आन्दोलनमा नागरिकको टाउको गनेर त्यसको शक्तिको मापन नहुने तर्क गरेका थिए।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस