मुटु रोग विशेषज्ञको अनुभवः नेपालीले रोग लागेको समेत थाहा पाउँदैनन्
१६ पौष २०७८
•
६ मिनेट पाठ
मुटु रोग विशेषज्ञको अनुभवः नेपालीले रोग लागेको समेत थाहा पाउँदैनन्
केही दिनयता जाडो ह्वात्तै बढेपछि देशभर जनजीवन प्रभावित भएको छ। यस्तो अवस्थामा विरामी र वृद्धमा मुटु रोगसम्बन्धी जोखिम बढ्ने मुटु रोग विशेषज्ञहरु बताउँछन्। चिकित्सकका अनुसार गर्मीमा भन्दा चिसो मौसममा शरीरलाई तातो बनाउन तथा रक्त सञ्चार गर्न मुटुले बढी काम गर्नुपर्दछ। त्यसले चिसो मौसममा मुटुलाई भार पर्न जान्छ। फलस्वरुपः गर्मीको तुलनामा जाडोयाममा मुटुसम्बन्धी जोखिम बढी रहने वरिष्ठ मुटु रोग विशेषज्ञ मिलन प्रकाश श्रेष्ठको अनुभव छ।

चिसो मौसममा आफूलाई तातो राख्न शरीर आफैले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। त्यस कारण शरीरको मेटाबोलिजम बढ्न गई मुटुमा प्रेसर बढ्ने गर्छ। जसले गर्दा मुटुका रक्तनलीसहित सम्पूर्ण रक्तनलीमा संकुचन आउने गर्दछ। जुन प्राकृतिक प्रक्रिया भएको श्रेष्ठ बताउँछन्।

‘चिसो मौसममा मुटुका नली संकुचन हुँदा हृदयघातको समस्या हुन सक्छ। साथै चिसो मौसममा फोक्सो, दमका समस्या भएका मानिसमा विभिन्न किसिमका संक्रमण भई मुटुमा प्रेसर परेर मुटुलाई कमजोर पार्न सक्छ,’ उनी भन्छन्,‘त्यस्तो अवस्थामा मुटुमा हार्ट फेलरको सम्भावना रहन्छ।’

के हो मुटु रोग

हिँड्दा स्या, स्या बढ्ने, छातीमा गरुङ्गोपन वा दुख्ने, छातीमा ढुकढुक बढ्ने समस्या र दुवै खुट्टा सुन्निने समस्या प्रारम्भिक चरणमा हुन्छ। त्यो बाहेका कहिले काँहि मुटुको चालमा गडबडी हुने समस्याले मानिस हिँड्दा बेहोस हुने वा चक्कर आउने मुटु रोगका लक्षण भएको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा समेत कार्यरत रहेका वरिष्ठ मुटुरोग विशेषज्ञ श्रेष्ठको भनाइ छ। यी समस्या अन्य कारणले पनि हुनसक्छ तर यो मुटु रोगको प्रारम्भिक लक्षण पनि हो।

मुटु रोगका प्रकार

डा. श्रेष्ठका अनुसार सामान्यतया मुटुरोगलाई तीन उमेर समूहमा विभाजन गर्न सकिन्छ। जन्मजात मुटुको रोग, ५ देखि १५ वर्षका किशोर किशोरीलाई हुने मुटुको बाथ र त्यो भन्दा माथि उमेर समूहका मानिसमा देखा पर्ने मुटु सम्बन्धी रोगहरु।

मुटुको बाथ भनेको बाल्यकालमा हुने समस्या हो। व्याक्टेरियाको संक्रमणबाट हुने समस्या मुटुको बाथ भएको श्रेष्ठ बताउँछन्। यो समस्याका सुरुवाती चरणमा धेरैमा जटिल खालको लक्षण नदेखिने भएका कारण अन्तिममा मात्रै थाहा पाइने हुन सक्छ। यसले विशेषगरि मुटुका भल्बलाई नै असर गर्छन्। ‘भल्बको असर बारे सुरुवाती चरणमै उपचार गर्न सके त्यसले विकराल रुप लिन पाउँदैन। तर समयमै पहिचान भएन समस्या बढ्दै गए, मुटुलाई नै बिगार्न सक्छ,’ उनी भन्छन्, ‘यसको जटिल अवस्थामा औषधिले पनि काम नगर्ने र अप्रेशन गर्नै गर्नुपर्ने बाध्यता आउन सक्छ।’

१५ वर्षभन्दा माथि उमेर समूहका मानिसहरुलाई ब्लड प्रेसरको समस्या र उमेर बढ्दै जाँदा हृदयघातको समस्या हुँदै जानाले मुटु कमजोर हुने गर्दछ। कुनै पनि उमेर समूह मुटु रोगको जोखिमबाट सुरक्षित नभएको श्रेष्ठ बताउँछन्।

चिसो मौसम र मदिरापानको सम्बन्ध

विशेषगरी जाडो छल्न भन्दै चुरोट र मदिरापान सेवनमा नियन्त्रण गुमाउँदा धेरै मानिसहरूमा मुटुको जोखिम बढ्ने र कसैकसैको यही बेला हृदयाघात भइ मृत्यु पनि हुने गरेको चिकित्सकहरु बताउँछन्।

मध्यपान, धुमपान मुटुका लागि राम्रो कुरा होइन। जुनसुकै मौसममा पनि मध्यपान, धुमपानले मुटुलाई बेफाइदा मात्रै गर्छ। श्रेष्ठ भन्छन्, ‘यसले मान्छेलाई छणिक आनन्द गराए पनि दिर्घकालीन रुपमा गर्ने असर भनेको प्रेसर, सुगरसहित मुटुको घड्कन बढाउने र मुटुका नली बन्द गर्ने काम मात्रै गर्छ।’ उनी थप्छन्, ‘त्यसले नकारात्मक असर बाहेक अरु गर्दैन। त्यसका बाबजुद शरीरलाई न्यानो राख्न बारम्बार तातो पानी खाने, चिया, कफि, दूध पिउने, शरीरलाई न्यानो राख्ने तिर विशेष ध्यान दिनुपर्छ।’

हृदयघात

जाडोको मौसममा हृदयघातको जोखिम बढी हुन्छ। त्यसैले जाडो याममा सतर्कता अपनाउनै पर्छ, खासगरी हृदयका रोगीले। हृदयघात भनेको आजको भोलि हुने समस्या होइन। विशेष गरि सुर्ति सेवन गर्ने, ब्लड प्रेसर उच्च हुने, सुगर भएकाहरु, कोलेष्ट्रोल उच्च भएकाहरु, मोटोपन भएकाहरु, शारीरिक व्यायाम नगर्नेहरु र अत्याधिक मानसिक तनावमा काम गर्नुपर्ने बाध्यता भएका मानिसहरुमा हृदयघात बढी हुने अध्ययनले देखाएको छ। मुटुमा ब्लक भएर, रक्तनलीमा रगत जमेर, मुटुका मांसपेशीमा रगतको आपूर्ति नभएपछि, मांसपेशी मर्ने प्रक्रियालाई हृदयघात भनिने श्रेष्ठ बताउँछन्।

यस्तो हुनुभन्दा अगाडि, जब मुटुमा ‘ब्लकेज’ हुन सुरु हुन्छ, ब्लकेज ठूलो हुँदैजाँदा, हिँड्ने बेला छातीमा पिरो हुने, स्वास फेर्न गाह्रो हुने समस्या देखिँदै जान्छ। ब्लकेजको मात्रा बढ्दै जाँदा समस्या पनि बढ्ने हुन्छ। यसको सुरुवाती चरणमा छाती दुख्ने, छाती पिरो हुने, पोल्ने, स्वास फेर्न गाह्रो हुनेगर्छ। त्यस्तो अवस्थामा केही बेर आराम गरे केही पनि नभए जस्तो हुन्छ। यो प्रारम्भिक चरणमा उपचार सम्भव भएको चिकित्सकको भनाइ छ।  

नेपालमा मुटुरोगको उपचार

नेपालमा प्रायः सबै प्रकारका मुटुरोगको उपचार सम्भव रहेको छ। संसारमै नयाँ भनिएका पद्धति पनि नेपालमा प्रयोगमा आएको छ। भलै सरकारी अस्पतालमा त्यसको सीमितता भए पनि सबै उपचार नेपालमा सम्भव छ। राजधानीमै केन्द्रित मात्रै भए पनि नेपालमा उपचार उपलब्ध रहेको श्रेष्ठको भनाई छ।  

एनजियोग्राफि, एनजियोप्लाष्टी जुन जालि राख्ने र खोल्ने, मुटुका ब्लक खोल्ने उपचार पद्धति हो। जसमा ७०÷८० हजार रुपैयाँदेखि २÷३ लाखसम्म पनि पर्ने गर्छ। पेसमेकर पद्धतिमा एक लाखदेखि ३÷४ लाख, मुटुको वाइपास गर्दा वा भल्ब फेर्दा लाख लाखमै शुल्क पर्छ। आइसीटि उपकरण राख्ने पद्धतिमा १५÷१६ लाखसम्म पनि पर्ने गरेको उनी बताउँछन्।

मुटु रोगबारे नेपाली नागरिकको चेतना

मुटु रोगबारे नेपाली नागरिकको चेतनामा धेरै कमि रहेको मुटुरोग विशेषज्ञ बताउँछन्। समस्या नपर्दासम्म अस्पताल नजाने नेपालीको बानी रहेको श्रेष्ठको भनाइ छ। उपचारका क्रममा औषधिको सेवन गरिरहेको समयमा समेत चिकित्सकको नियमित सम्पर्कमा बस्ने नगरेको उनको अनुभव छ।  

कतिपयले आफूलाई मुटु सम्बन्धी रोग लागेको थाहा समेत पाउँदैनन्। थाहा पाएकाले पनि बेवास्ता गर्ने भएका कारण मानिसको स्वास्थ्यमा जटिल समस्याहरु देखिन थालेका छन्। त्यसैले बेलैमा रोगको पहिचान गरी उपचार गर्न जरुरी रहेको चिकित्सकहरुको सुझाव छ।

यस्तै, सन्तुलित भोजन गर्नुपर्ने उनको सुझाव रहेको छ। उनी भन्छन्, ‘सागपात, फलफूल, माछामासु आदिको सन्तुलित खाना खानु पर्ने। तर कुनै पनि कुराको अत्याधिक सेवन राम्रो भने होइन। सकेसम्म शाकाहारी खानालाई जोड दिनुपर्छ।’ बजारका प्याकिङ् गरिएका खाना जंकफूडले शरीरमा नचाहिदो फ्याट बढ्ने, कोलेष्ट्रोल बढी देखिन्छ।  

चिकित्सकको सुझाव

हरेक व्यक्तिले आफ्नो मुटु स्वस्थ राख्न विशेष ध्यान दिनुपर्ने उनी बताउँछन्। उनका अनुसार खानपानमा जंकफूडलाई बेवास्ता गर्नुपर्छ। सफ्ट ड्रिङ्स, गुलियो धेरै भएको खानेकुराले मोटोपन बढाउने, शरीरमा कोलेष्ट्रोलको मात्रा बढाउने गर्छ। रातो मासुको सेवन पनि नराम्रो हो। त्यसकारण सेतो मासु जस्तैः कुखुरा वा पन्छी जातिय कुरालाई प्रोत्साहन गर्नुपर्छ। माछाको सेवन पनि राम्रो हुन्छ।  

मुटुरोग लागेपछि औषधि जीवन भर खानुपर्ने सम्भावना धेरै रहने बताउँदै डा. श्रेष्ठ भने, ‘मुटु रोगको उपचार खर्च निकै महङ्गो रहेको छ। त्यस कारण रोग लाग्नु भन्दा पनि लाग्न नदिनुनै उत्तम हुन्छ। यसलाई बचाउ तिर लैजानु पर्छ।’
अर्को समाचार
रुघाखोकी लाग्दा बाफ लिन चाहनुहुन्छ? जान्नुहोस् सहि तरिका
२५ माघ २०८०
•
२ मिनेट पाठ
रुघाखोकी लाग्दा बाफ लिन चाहनुहुन्छ? जान्नुहोस् सहि तरिका
जुनसुकै मौसममा रुघाखोकीले मानिसलाई सताउने गर्छ। तर, चिसो मौसममा भने धेरैलाई रुघा, खोकी, ज्वरो तथा फ्लुजस्ता रोगले सताउन थाल्छ। यस्ता बिमारीको उपचार गर्ने धेरै घरेलु विधि छन्। त्यसमध्ये परम्परागत रुपमा चलेको तातो पानीको बाफ लिनु पनि हो।

तातोपनीबाट बाफ लिने एक सरल तथा चाँडै राहत प्राप्त गर्ने उपयुक्त उपचार विधि हो। तर, केहीलाई बाफ लिने सही तरिका थाहा नहुन सक्छ।

बाफ लिने सुरक्षित तरिका  

एउटा ठिक्कको भाँडामा भर्खर उम्लेको पानी र त्यसमा कुनै हर्बल या आवश्यकता अनुसार पुदिनाको पात पनि राख्न सकिन्छ। टाउकोलाई बाक्लो तौलियाले ढाक्ने र तातोपानी हालेको भाँडाभन्दा करिब ३० सेन्टिमिटरको दूरीमा बस्ने। तर ख्याल राख्नुपर्छ, पानी राखेको भाँडा र टाउको पूर्णतः तौलियाले छोपिएको हुनुपर्छ।

एक या दुई मिनेटसम्म नाकले मात्र श्वास लिनुपर्छ। त्यसपछि केही समय ब्रेक लिने र पुनः यही प्रक्रिया दोहोर्‍याउने।

बाफ कसरी काम गर्छ ?

बाफ लिँदा नाक तथा घाँटी हुँदै फोक्सोसम्म तातो हावा पुग्छ। जसले निकै राहत अनुभव गर्न सकिन्छ। तातो पानीको बाफ लिनु एउटा चिकित्सकीय उपचार विधि पनि हो। तातो पानीको बाफले बन्द नाक खुलाउन मद्दत गर्छ। यसले श्वास फेर्न गाह्रो हुने समस्यालाई तत्काल समाधान गर्छ।

तातो बाफ लिनाले शरीरको तापक्रम बृद्धि हुन्छ र रक्तधमनीको पनि विस्तार हुन्छ। जसले गर्दा ब्लड सर्कुलेसनमा सुधार हुनुका साथै अनुहारको छिद्राहरु खुल्न थाल्छन्। सोही कारण बाफ लिएपछि मुहारको चमकमा धेरै परिवर्तन आउन सक्छ।

यति मात्र होइन, शरीरको तापक्रम बढ्दा इम्युनिटी पनि बढ्न थाल्छ। यसले व्याक्टेरिया तथा किटाणुसँग लड्ने क्षमता बृद्धि गर्ने डब्लुबिसीको उत्पादन पनि बढाउँछ।

तातोपानीको बाफ लिँदा ध्यान दिनुपर्ने कुराहरु:

१. तातोपानीको बाफ लिँदै गर्दा केही असुविधा या जलनको अनुभव भएमा तरुन्तै तौलिया हटाउनुपर्छ।

२. बच्चा, गर्भवती महिला या अस्वस्थ रोगीहरुले तातो पानीको बाफ लिने समयमा निकै नै सावधानी अपनाउनुपर्छ।

३. अनुहारमा सुन्दरता प्राप्त गर्न चाहनेले पनि तातो पानीको बाफ लिन सक्छन्।

(सुलोचना चौधरी, नर्स)
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस