सिटामोल अभावले मर्कामा बिरामी
१९ पौष २०७८
•
२ मिनेट पाठ
सिटामोल अभावले मर्कामा बिरामी
अत्यावश्यक औषधिमध्येको सिटामोल यतिबेला हुम्लाको सर्केगाड गाउँपालिका–४ स्थित साया स्वास्थ्य चौकीमा पाइँदैन। सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा पर्दै आएका छन्। साया स्वास्थ्य चौकीमा बिरामी उपचारका लागि जाँदा सामान्य सिटामोलसमेत नपाउने गरेको गुनासो आउन थालेको छ। मौसमी ज्वरोका कारण गाउँमा अधिकांश बालबालिका र वृद्धवृद्धालाई बढी समस्या बनाएको स्थानीयको भनाइ छ।




स्वास्थ्य चौकीमा औषधि पाइन छाडेपछि सर्केगाडका सर्वसाधारण्लाई सास्ती खेप्नुपरेको स्वास्थ्यकर्मीले बताएका छन्। कोरोना भाइरस सङ्क्रमण (कोभिड १९) का विरामीका लागि पनि अत्यावश्यक औषधि मानिने सिटामोलको अभाव देखिएको छ भने ज्वरोका बिरामीहरू औषधि नपाएर घर फर्किनुपरेको अवस्था आइपरेको स्वास्थ्यकर्मीको भनाइ छ। स्वास्थ्य चौकीमा उपचार तथा औषधि लिन पुग्दा स्वास्थ्यकर्मीले औषधि छैन भन्दै फिर्ता पठाउने गरेका छन्। सो स्वास्थ्य चौकीमा दैनिक १५ देखि २० जनासम्म बिरामी उपचार गर्न जाने गरेको बताइएको छ।  

पछिल्लो समय मौसममा आएको परिवर्तनका कारण सो स्वास्थ्य संस्थामा ज्वरोका बिरामी बढेका छन्। ‘केही औषधि पसलहरूले समेत सिटामोल आफ्नो नजिकको ग्राहकलाई दिन स्टक गरी राख्दा उपलब्धतामा थप समस्या देखिएको हो,’ स्वास्थ्य चौकीका अनमी बिजौरा शाहीले भनिन्। व्यवस्थापनमा सरकारी निकायका कमजारीले देशभर जीवनरक्षक औषधि अभाव रहेको आरोप स्थानीयवासीको छ। ‘गाउँभरि सिटामोलको अभाव छ,’ उनले भनिन्, ‘स्वास्थ्य चौकीमा समेत सिटामोल छैन।’ गाउँपालिकाको दूरदर्शिता नभएकाले यो समस्या आएको स्वास्थ्यकर्मीको आरोप छ। सिटामोलजस्तो अत्यावश्यक औषधि नहुनुमा गाउँपालिकाले समयमै यसतर्फ ध्यान नदिनु मुख्य कारण भएको स्वास्थ्यकर्मीको भनाइ छ।  

सो स्वास्थ्य चौकीमा अस्थायी साधनसँग सम्बन्धित पिल्सहरू पनि नभएको अनमी शाहीले बताइन्। यसका साथै स्लायन पनि नभएको उनको भनाइ छ। प्रायः टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्नेलगायत समस्या लिएर स्वास्थ्य चौकीमा आउनेहरू सिटामोल, एमोसिलिनजस्ता औषधि नहुँदा थप समस्या बनाएको शाहीले बताइन्। यस्तै हिउँदको समयमा दमका बिरामी स्वास्थ्य चौकीमा बढी आउने गरेको भए पनि उनीहरूलाई चाहिने औषधिसमेत नभएको बताइएको छ।  

स्वास्थ्य चौकीका अहेब धर्मराज शाहीले औषधि अभाव हुँदा नागरिकको गाली आफूहरूले खानुपर्ने अवस्था आएको बताए। उपचारका लागि आएका बिरामीलाई औषधि छैन भन्दा जानेबुझेका फिर्ता हुने गरे पनि नबुझेका केहीले गाली गर्नेको उनको भनाइ छ।
अर्को समाचार
सिटामोलः एकजनालाई एकपत्ता मात्र!
०९ माघ २०७८
•
४ मिनेट पाठ
सिटामोलः एकजनालाई एकपत्ता मात्र!
ज्वरो र दुखाई नियन्त्रणमा उपयोग हुने सिटामोल गण्डकी प्रदेशमा पाउन छाडिएको औषधि व्यवसायीले बताएका छन्। व्यवसायीका अनुसार शुद्ध सिटामोल अभाव छ, तर, सिटामोल मिसिएको अरुखाले औषधि भने पर्याप्त पाइएको छ। सिटामोल मिश्रित औषधि पर्याप्त पाइने भएकोले नआत्तिन व्यवसायीले आग्रह गरेका छन्।  




औषधि व्यवसायीले थोकमा अहिले सिटामोल पाएका छैनन्। मौज्दात सिटामोल मात्र बिक्री गर्दै आएका छन्। मौज्दात सकिएको खण्डमा सिटामोल नपाउने अवस्था रहेको उनीहरुको भनाई छ। बुद्धचोकस्थित मेडिकेयर फर्माका संचालक विष्णु भण्डारीले खुद्रामा सिटामोल पाउन कठिन हुन थालेको बताए। ‘व्यवसायीले थोकमा सिटामोल किन्न पाएका छैनन। मौज्दातबाट अहिले काम चलाउ गरेका हौ,’ भण्डारीले भने, ‘थोकमा पाउन सकिएको छैन। पहिले नै राखेकोबाट अहिले बिक्री गर्दै आएका हौ। थोकमा किन्न नपाएपछि खुद्रामा अभाव हुने पक्का हो।’

भण्डारीले अहिले आफ्नो फार्मेसीमा बढीमा २५ पाता मात्र सिटामोल मौज्दात रहेको बताए। ‘बजारमा अभाव छ भन्ने सुनेपछि एकैजनाले १० पत्ता सिटामोल किन्न खोज्छन्। अहिले मैले एकजनालाई एकपत्ता भन्दा बढी दिएको छैन,’ उनले भने, ‘दशपत्ता मौज्दात गर्न जरुरी छैन। उपभोक्ता हतासिएको मात्र हो।’ औषधि व्यवसायीले दुई सातादेखि थोकमा सिटामोल किन्न नपाएको उनले बताए।  

‘हामीसँग रहेसम्म बिक्री गर्ने हो। नभएमा हामीले पनि दिन सक्दैनौ,’ उनले भने। शुद्ध सिटामोल बजारमा खुद्रामा केही ठाउँमा मात्र पाइने उनले बताए। उनका अनुसार शुद्ध सिटामोलको मुल्य एकरुपैयाँ पर्छ। ‘सिटामोल मिश्रित अरु औषधि खाँदा महंगो पर्छ,’ उनले भने, ‘सिटामोल मिश्रित अरु औषधि भने छ, तर, त्यो बेशी महंगो पर्ने हो। सिटामोल भने सस्तो छ।’ सिटामोल मिश्रित औषधि भने बजारमा पर्याप्त पाइने उनले बताए।  
नेपाल औषधि व्यवसायी संघ गण्डकीका अध्यक्ष कृष्णप्रसाद पाण्डेले पनि शुद्ध सिटामोल चाहे अनुसार पाउन छाडिएको बताए। ‘शुद्ध सिटामोल नपाएकै हो। तर, सिटामोल मिश्रण भएका औषधि पर्याप्त छन,’ पाण्डेले भने, ‘त्यहि भएर आत्तिन जरुरी छैन। शुद्ध सिटामोल भने अहिले चाहेको बेला नपाउन पनि सकिन्छ।’ उनका अनुसार प्रदेशमा सिटामोल भित्र्याउनका लागि पहल भईरहेको छ।  

अध्यक्ष पाण्डेका अनुसार नेपालमा सिटामोलको मुल्य बढाएर बेच्न मिल्दैन। किनकी शुद्ध सिटामोलको मुल्य प्रतिगोटा एकरुपैयाँ (एकपत्ताको १० रुपैयाँ) भन्दा बढी लिन पाइँदैन। पाण्डेको अनुमान अहिले गण्डकीमा प्रतिदिन दुईलाख ट्याबलेट माग भईरहेको छ। प्रदेशमा करिब १५ सय औषधि व्यवसायी छन्। सिटामोल सबैतिर पाइने सामान्य औषधि भएको र हरेक दुखाईमा उपयोग हुने भएकोले पनि यसको प्रयोग बढी हुने उनले बताए। गण्डकी प्रदेशका लागि केहीदिन भित्र आपूर्ति बढाउने गरि नेपाल औषधि लिमिटेडसँग छलफल गरिसकेको अध्यक्ष पाण्डेले बताए।  

औषधि व्यवसायीका अनुसार नेपाली कम्पनिले उत्पादन नगर्दा अहिले अभाव भएको हो। सरकारी उत्पादक नेपाल औषधि लिमिटेडले कच्चा पदार्थ अभाव भन्दै मंसिर र पुसमा उत्पादन गर्न सकेको थिएन। निजी कम्पनिले पनि उत्पादन लागत महंगो परेको तर, मूल्य भने निश्चित तोकिएकोले घाटा खेप्न नसकेको भनेर उत्पादन गर्न छाडेका थिए। व्यवसायीका अनुसार नेपालमा सिटामोलको मूल्य २०६४ सालदेखि बढेको छैन। कच्चा पदार्थको मूल्य बढेकोले घाटा हुने भन्दै निजी कम्पनिले उत्पादन नगर्दा बजारमा अभाव भएको व्यवसायीले बताएका छन्।  

नेपालमा झन्डै दुईदर्जन कम्पनिले सिटामोल उत्पादन गर्छन्। सरकारी उत्पादकले पनि दुई महिना उत्पादन गर्न सकेको थिएन। निजी कम्पनिले पनि घाटा हुने भन्दै उत्पादन रोक्दा कोरोना संक्रमण महामारीको बेला अभाव देखिएको अध्यक्ष पाण्डेले बताए। नेपालले सिटामोल आयात गर्दैन। बाहिरबाट आयात गर्दा मुल्य पनि फरक पर्छ। त्यसैले गर्दा आयात हुँदैन। नेपालमा सिटामोलको मूल्य सस्तो भएकोले बाहिरबाट आयात नहुने र स्वदेशी उत्पादन पनि बन्द हुँदा अभाव देखिएको अध्यक्ष पाण्डेले जानकारी दिए।  
बजारमा सिटामोल अभाव भईरहँदा सरकारी उत्पादक नेपाल औषधि लिमिटेडले भने केही दिनमा काठमाडौं बाहिर पनि पठाउने गरि उत्पादन गरिरहेको बताएको छ। काठमाडौंका मुख्य अस्पताल परिसरमा सिटामोल पुर्‍याईसकेको र अब काठमाडौं बाहिर पनि पठाउने तयारी भईरहेको कम्पनिले बताएको छ। नेपाल औषधि लिमिटेडका बिक्री प्रमुख दीपकरत्न तुलाधर नियमित रुपमा सिटामोल उत्पादन भईरहेको बताउँछन्। उनका अनुसार कच्चा पदार्थ नहुँदा गत मंसिर र पुसमा उत्पादन रोकिएको थियो। तर, अहिले कच्चा पदार्थ ल्याएर उत्पादन सुरु भईसकेको र अब राजधानी बाहिर पनि पठाउने तयारी भईरहेको बताए।

‘निजी कम्पनिले उत्पादन गर्न सकेका छैनन्। तर, हामीले काठमाडौंमा पठाउन थालिसकेका छौं। अब राजधानी बाहिर पठाउने हो,’ तुलाधरले भने, ‘बीचमा उत्पादन रोकिएको थियो। कच्चा पदार्थ नहुँदा मंसिर र पुसमा रोकिएको हो। त्यसको असर अहिले भएको हो।’ तुलाधरका अनुसार सिटामोल उत्पादनमा चाहिने कच्चा पदार्थ भारत र चीनबाट हुन्छ। सरकारी कम्पनिले दिनमा ३ लाख ट्याबलेट सिटामोल उत्पादन क्षमता राख्छ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले सरकारी संयन्त्रमा अभाव नभएको बताए । ‘सरकारी निकायमा अभाव छैन। तर, बाहिर बजारमा अभावको हल्ला छ,’ खड्काले भने, ‘अहिले सिटामोलको समस्या होईन। सरकारी स्वास्थ्य निकायबाट निशुल्क बाड्ने ठाउँमा अभाव छैन।’ सिटामोल अभाव भएपछि सरकारले  आपूर्ति बढाउन निर्देशन दिएको उनले बताए। 
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस